राजनीति

    Showing 4,621-4,630 of 10,435 items.
  • झापा क्लस्टर प्याप्सनद्वारा सामाजिक सुरक्षा, कर र लेखा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण सम्पन्न

    झापा— निजी विद्यालयहरूको पारदर्शिता, सामाजिक सुरक्षा र कर प्रणालीबारे जानकारी दिन झापा क्लस्टर प्याप्सनले शिवशताक्षीस्थित वाटर किङ्गडम पार्कमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा शिवशताक्षी नगरपालिका–८ का वडा अध्यक्ष सन्तकुमार फेउदेन प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले शिक्षासँग जोडिएका यस्ता विषयगत कार्यक्रमहरूमा स्थानीय तहको समेत चासो रहेको भन्दै यस्ता प्रयासहरूलाई स्वागतयोग्य बताए।गौरीगञ्ज गाउँपालिकाका पूर्व उपाध्यक्ष दिपेन्द्र थापाले निजी विद्यालयहरूले पारदर्शिता, उत्तरदायित्व तथा सामाजिक सुरक्षा प्रणालीको प्रभावकारी कार्यान्वयनमा अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिए

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 619 पटक पढिएको
  • विकास र कृषि समस्याका विषयमा कांग्रेस झापाको प्रतिनिधि मण्डल काठमाडौंमा

    विर्तामोड— विकास निर्माण र कृषि क्षेत्रका समस्याहरू समाधान गर्न ध्यानाकर्षण गराउँदै नेपाली कांग्रेस झापाको प्रतिनिधि मण्डलले बुधबार काठमाडौंमा तीन मन्त्रालयका जिम्मेवार मन्त्रीहरूसँग भेटवार्ता गरेको छ।जिल्ला सभापति देउकुमार थेबे नेतृत्वको प्रतिनिधि मण्डलले पहिलो भेट भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग गरेको थियो। भेटमा प्रतिनिधि मण्डलले एसियन हाईवे निर्माणका क्रममा बिर्तामोड बजार क्षेत्रको सौन्दर्य र व्यापारमा असर नपुग्ने गरी व्यवस्थित फ्लाइओभर निर्माण गर्न सुझाव दिएको छ। कलंकीको जस्तै बाइपास निर्माण गरी बजार क्षेत्रको सन्तुलन कायम गर्नुपर्ने सुझाव प्रतिनिधि मण्डलले दिएको हो

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 636 पटक पढिएको
  • रबि लामिछानेद्वारा रुपन्देही कारागारमा २१ थान पंखा सहयोग

    रुपन्देही— जनताको सेवा भावनासहित सक्रिय रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष तथा पूर्व गृहमन्त्री रबि लामिछानेले रुपन्देही कारागारमा रहेका कैदीबन्दीका लागि २१ थान पंखा उपलब्ध गराएका छन्।२५० कैदी क्षमता भएको रुपन्देही कारागारमा हाल करिब ६०० कैदीबन्दी रहेका छन्। अत्यधिक गर्मी (४० डिग्री सेल्सियस हाराहारी) को बीचमा पंखाको अभावमा बसेका कैदीहरूले लामो समयदेखि कारागार प्रशासनसँग सहयोगको माग गर्दै आएका थिए। कैदीहरुले आफुहरुले माग गरेपनि प्रशासनले सो बारे बेवास्ता गरेको उनीहरूको गुनासो छ।पूर्व गृहमन्त्री समेत भएका लामिछाने कारागार निरीक्षणका क्रममा कैदीबन्दीहरूले पंखाको माग गर्दै

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 771 पटक पढिएको
  • प्रधानमन्त्री ओली तुर्कमेनिस्तानबाट आज स्वदेश फर्किर्दै

    काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानबाट आज स्वदेश फर्किंदैछन् । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली आज आज स्वदेश फर्किन लागेका छन् । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै साउन १८ गते मध्यराति तुर्कमेनिस्तान गएका प्रधानमन्त्री ओली आज राति काठमाडौं आइपुग्ने छन् । सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए । सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसं

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 859 पटक पढिएको
  • आज रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा केन्द्रीय विभागको प्रगति प्रतिवेदन, कुलिङ अफ पिरियडमा भएको गडबडी छानबिन प्रतिवेदन र समसामयिक राजनीतिक एवं पार्टीका गतिविधिसम्बन्धीमा छलफल हुने रास्वपाले जनाएको छ ।पार्टीका प्रवक्ता मनिष झाकाअनुसार यस बैठकमा विभिन्न १३ बुँदाको एजेण्डामाथि छलफल हुनेछ । बैठकमा पूर्व केन्द्रीय सदस्यहरूलाई पुनः जिम्मेवारी दिने, विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउनेदेखि केन्द्रीय विभाग र प्रद

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 519 पटक पढिएको
  • शिक्षा विधेयक छिटो पारित गर्न प्रचण्डको सरकारलाई आग्रह

    काठमाडौं –  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षा विधेयक छिटो पारित गर्न सरकारसँग माग गरेका छन् ।अखिल क्रान्तिकारीले आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा बोल्दै उच्च शिक्षा आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान पनि माग गरे ।उनले भने, ‘यति दुइटा कुरा भयो विद्यार्थीहरुको ९० प्रतिशत जवाफ त्यही हुन्छ । यी दुईटा काम गर्नको लागि व्यवस्था परिवर्तन गर्न पर्दैन । सजिलै सरकारले गर्ने कुरा हो। मेरो नेतृत्वको सरकारले अगाडि बढाइसकेको छ । त्यसलाई अन्तिम रुप दिइयोस् ।’उनले शिक्षा विधेयक आउन सरकारकै कारणले ढिलाइ भइरहेको आरोप लगाए ।

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 588 पटक पढिएको
  • रविलाई भेटेपछि अध्यक्ष भट्टराईले भने : ‘जनप्रतिनिधिलाई थुनामा राख्दा जनतालाई अन्याय हुन्छ’

    काठमाडौं –  नेपाल समाजवादी पार्टी(नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय स्ततन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेका छन् ।बिहीबार भट्टराईले  भैरहवा कारागार पुगेर लामिछानेलाई भेटेका हुन् ।भेटेपछि उनले सञ्चारकर्मीहरुसँगको कुराकानीमा एउटा राजनीतिक जनताको प्रतिनिधि भएको मान्छे भागेर पनि सुख पाउँदैन् भन्ने कुराको अनुमान गरेर पनि जमानतमा बाहिर रहेर मुद्दा फेस गर्ने व्यवस्था गर्नुपर्नेे धारणा राखे । उनले भने, ‘उहाँमाथि त अन्तिम फैसला भइसकेको छैन । उहाँ न्यायिक हिरासतमा हुनुहुन्छ । कोही मान्छे भाग्छ अथवा थप अपराध गर्छ भन्ने लाग्दा न्यायिक हिरासतमा राख्ने हो । तर एउटा

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 556 पटक पढिएको
  • देउवालाई सिधै प्रधानमन्त्री बनाउने बाटो बन्द

    काठमाडौं –  नेपाली कांग्रेस र नेकपा एमालेबीचको सात बुँदे सहमति सरल रेखामै कार्यान्वयन भए त ठिकै छ । तर एमाले अध्यक्ष केपी शर्मा ओलीको मुड बदलियो र उनले सहमतिअनुसारै कांग्रेस सभापति शेरबहादुर देउवालाई शक्ति हस्तान्तरण गर्न चाहेनन् भने राष्ट्रपति रामचन्द्र पौडेलले पनि केवल रामराम मात्र भन्नुपर्ने अवस्थाको सिर्जना सर्वोच्च अदालतले गरिदिएको छ । किनभने सर्वोच्च अदालतको संवैधानिक इजलासले एउटा यस्तो फैसला सार्वजनिक गरिदिएको छ कि जसले राष्ट्रपतिका हात बाँधिदिएको छ भने ओलीले सत्ताको साँचो नबुझाए पनि प्रधानमन्त्री बन्न पाउने देउवाको कार्ड पनि खोसिदिएको छ ।गत वर्षको साउनमै गरेको फैसलाको लिखित प

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 512 पटक पढिएको
  • चार दलको गठबन्धनलाई चुनौती दिँदै रास्वपाको दोब्बर मतअन्तरले शानदार जित हात पारे सापकोटाले

    रौतहट— चन्द्रपुुर नगर उद्योग वाणिज्य संघको निर्वाचनमा चार दलीय गठबन्धनलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट उम्मेदवार उदय नारायण सापकोटा निर्वाचित भएका छन्।पूर्वप्रधानमन्त्री माधव नेपाल, प्रभु साहलगायतका चर्चित नेताहरुको निर्वाचन क्षेत्र रहेको रौतहटमा कांग्रेस-एमालेलगायत चार दलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट सापकोटा अध्यक्षमा निर्वाचित भएका छन्।रास्वपा अध्यक्ष रवि लामिछानेमाथि राजनीकि प्रतिशोध भएको भन्दै रास्वपाले देशव्यापी रुपमा हस्तक्षर अभियान चलाइरहेका बेला चन्द्रपुर नगर उद्योग वाणिज्य संघको निर्वाचनमा रास्वपाले सफलता पाएको हो।अध्यक्षमा निर्वाचित सापकोटाले ५ सय

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 764 पटक पढिएको
  • रुपन्देही–३ को उपनिर्वाचन १७ कात्तिकमा हुँदै, रास्वपाबाट ९ जनाको आवेदन

    रुपन्देही— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार बन्न ९ जनाले आवेदन दिएका छन् । बिहीबार रास्वपाले फेसबुक पेजमार्फत रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार बन्न ९ जनाले आवेदन दिएको बताएको हो । रास्वपाबाट उम्मेदवार बन्न  सुलभ खरेल, पाथवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुन अग्रवाल र मधु अर्यालले आवेदन दिएका छन् ।आवेदनकहरूको नाममाथि २३ र २४ साउनमा दाबी विरोध गर्ने समय रास्वपाले दिएको छ । १२ भदौसम्म प्रारम्भिक निर्वाचन हुने रास्वपाले जनाएको छ ।  रुपन्देही–३ मा १७ कात्तिकमा उपनिर्

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 603 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.