राजनीति

    Showing 4,641-4,650 of 6,715 items.
  • प्रधानमन्त्री देउवा र फ्रान्सेली प्रतिनिधि मण्डलबीच भेटवार्ता

    काठमाडौँ / नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउन फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहेको प्रतिनिधि मण्डलले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गरेको हो । उनीहरूबीच द्विपक्षीय सम्बन्ध र विभिन्न बहुपक्षीय मञ्चमा भएको सहयोगका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल–फ्रान्स अन्तर संसदीय समूहका अध्यक्ष माधवकुमार नेपालको निमन्त्रणामा आएको प्रतिनिधि मण्डलमा समूहका उपाध्यक्षद्वय निकोलस फोरिसियर र ग्राजिएला मेल्चियर

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • 76 पटक पढिएको
  • प्रधानमन्त्री देउवा र प्रचण्डले अर्थमन्त्रीलाई नहटाउन सहमत

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैले शर्मालाई अर्थमन्त्री जनार्दन शर्मालाई निरन्तरता दिन सहमत भएका छन् । अर्थतन्त्र सुधारको लागि शर्माले काम गरिरहेको भन्दै प्रधानमन्त्री देउवाले कुनै पनि हल्लाको पछि नलाग्न बताएका छन् ।पछिल्लो समय प्रधानमन्त्री देउवा र प्रचण्डबीच अर्थमन्त्री हटाउनेबारे बाहिर चलेको हल्ला बारे छलफल भएको थियो । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारदेखि समस्यामा परेको मुलुकको अर्थतन्त्र लाई सुधार गर्ने काम भैरहेको बेलामा हल्ला चलाएर अर्थमन्त्रीमाथि प्रहार गर्न खोजेको दुवै नेता सहमत भएका छन् ।अर्थमन्त्री शर्माले म

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • 113 पटक पढिएको
  • गठबन्धन तोड्ने ओलीको प्रयास असफल

    काठमाडौं / नेकपा समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको गठबन्धन फुटाउने प्रयास असफल बनाएको दावी गरेका छन् ।(बुधबार) केन्द्रीय कमिटी बैठकलाई सम्बोधन नेपालले एमसीसीका नाममा केपी ओलीको गठबन्धन फुटाउने प्रयासलाई आफूले विफल पारेको बताएका छन् ।‘एमसीसीका नाममा गठबन्धनमा अविश्वास पैदा गर्ने र गठबन्धन तोड्न भएको भयङ्कर षड्यन्त्रलाई विफल पार्न सफल भएको बताएका छन् । नेपालले एमसीसी पास गर्न एमालेले निसर्त समर्थन गरेको समेत बताएका छन् ।नेकपा एमालेका अध्यक्ष ओलीले नै संसद्‌मा एमसीसी पारित गर्ने प्रस्ताव लगेको भएपनि नेपालले भने एमसीसी संसोधन पछि मात्र सर्मथन भएको समेत बताएका छन्

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • 74 पटक पढिएको
  • प्रधानमन्त्री देउवाले आज पत्रकार सम्मेलन गर्दै

    काठमाडौं / कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज पत्रकार सम्मेलन गर्ने भएका छन्  । ललितपुरको सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा हुने पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनका लागि पार्टीले गर्न लागेको चुनावी अभियानको बारेमा जानकारी दिने स्रोतले जनाएको हो ।  सरकारले २०७९ बैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । कांग्रेसले यहि फागुन २९ गतेबाट चैत २९ गतेसम्म ‘घर–घर जाऔं कांग्रेस जिताऔं’ भन्ने अभियान संचालन गर्दैछ । पत्रकार सम्मेलनमा पार्टीका उपसभापतिहरू, महामन्त्रीहरू लगायतका नेताहरुको उपस्थिति रहनेछ । पत्रकार सम

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • 60 पटक पढिएको
  • परराष्ट्रमन्त्री खड्का टर्कीतर्फ उडे

    काठमाडौं / परराष्ट्रमन्त्री डा. नारायण खड्का यही फागुन २७ देखि २९ गतेसम्म टर्कीको अन्तालियामा आयोजना हुन गइरहेको अन्तालिया कूटनीतिक मञ्चमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्गलबार राति त्यसतर्फ प्रस्थान गरेका छन्  । टर्कीका विदेशमन्त्री मेभलुट चाभुसोउलुको निमन्त्रणामा खड्का टर्की प्रस्थान गरेका हुन् । परराष्ट्रमन्त्रीले यही फागुन २८ गते मञ्चमा ५० भन्दा बढी देशका परराष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञहरूको सहभागितामा ‘लोकतान्त्रिक शासन र सुरक्षा’ तथा ‘दिगो क्षेत्रीय विकासको लागि नयाँ एशिया’ विषयमा हुने दुई बेग्लाबेग्लै सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।विद्

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • 62 पटक पढिएको
  • नेकपा समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

    काठमाडौं / नेकपा एकीकृत समाजवादी (एस) को केन्द्रीय कमिटीको बैठक आज (बुधबार) बस्दै छ ।बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजे नेकपा (एस)को केन्द्रीय कमिटीको बैठक बस्ने नेकपा (एस)का नेता प्रेमलकुमार खनालले बताएका हुन् ।बैठकमा अध्यक्ष माधवकुमार नेपालले आगामी स्थानीय तहको निर्वाचन,पछिल्लो राष्ट्रिय राजनीति घटनाक्रमको समीक्षा भावी कार्ययोजना समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्ने र सोही प्रतिवेदनमाथि गहन रुपमा छलफल हुने उनले बताए । सो बैठक दुई दिनसम्म चल्ने भएको छ ।नेकपा (एस) को यही फागुन २३ गते बसेको बैठकले बुधबार केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेकोथियो ।

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • 55 पटक पढिएको
  • रङ्गेलीका नगरप्रमुख अग्रवाल माओवादी केन्द्रबाट निष्कासित

    बिर्तामोड / नेकपा माओवादी केन्द्रले मोरङ रंगेली नगरपालिकाका नगरप्रमुख दिलीप बगडीया(अग्रवाल)लाई पार्टीबाट निष्कासित गरेको छ । नेकपा माओवादी केन्द्रले अग्रवालले नेकपा एमाले प्रवेश गर्ने तयारी गरेको पाएपछि उनलाई पार्टीबाट निष्कासित गरेको हो ।पार्टीविरुद्ध गतिविधि गरेका कारण माओवादी केन्द्र प्रदेश १ ले विज्ञप्ति नै जारी गरी अग्रवालको साधारण सदस्यता समेत खारेज गरेर कारबाही गरेको  छ । अग्रवाललाई नगरपालिका प्रमुखको पदबाट पनि निष्कासन गर्न निर्वाचन आयोगमा सिफारिस गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । अग्रवाल २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट रंगेली नगरपालिकाको प्रमुखमा विजय

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • 122 पटक पढिएको
  • स्थानीय चुनावको तयारीमा खट्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं / प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको तयारीमा खट्न निर्देशन दिएका छन् । मंगलबार सानेपामा बसेको केन्द्रीय सदस्यहरूको बैठकमा  कांग्रेसले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा जुट्न देउवाले निर्देशन दिएका हुन् ।देउवाले घरदैलो अभियान सञ्चालनमा क्रियाशील हुन आवश्यक निर्देशन दिएको कांग्रेस नेता मोहन बस्नेतले जानकारी दिएका छन् । नेता बस्नेतले कांग्रेसले मात्रै जनता र देशका लागि इमानदारीपूर्वक काम गर्ने प्रभाव मुलुकभर परेको दाबी गरेका छन् ।कांग्रेसले २९ फागुनदेखि एक महिनासम्म देशभर चुनाव प्रचार अभियान सञ्चालन गर्ने निर्णय समेत गरिसकेको

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • 61 पटक पढिएको
  • कर्मचारी युनियनको अध्यक्षमा पोखरेल निर्वाचित

    काठमाडौं / नेपाली कांग्रेस निकट निजामती कर्मचारीहरूको छाता सङ्गठन नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित भएका छन् । युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको आज सम्पन्न मतपरिणाम अनुसार उनले दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । महाधिवेशनले अध्यक्ष पोखरेलको नेतृत्वमा २९ पदाधिकारीसहित १०१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको उपमहासचिव दुर्गाप्रसाद फुँयालले जानकारी दिएका छन् । वरिष्ठ उपाध्यक्षमा उत्तम कटुवाल, खुला उपाध्यक्षमा यज्ञबहादुर ओली, प्रदेश नं १ अध्यक्षमा मानबहादुर वन, मधेस प्रदेश अध्यक्षमा राजकिशोर राउत, बागमती प्रदेश अध्यक्षमा श्रीराम ल

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • 68 पटक पढिएको
  • पोखरामा जसपाका ९ केन्द्रीय सदस्य सहित ४ सय बढी एमाले प्रवेश

    बिर्तामोड \ पोखरामा जनता समाजवादी पार्टी (जसपा) का ९ केन्द्रीय सदस्य सहित ४ सयजनाभन्दा बढी नेता कार्यकर्ता आज एमाले प्रवेश गरेका छन् ।उनीहरूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा आयोजित कार्यक्रममा स्वागत गरेका छन् ।केन्द्रीय सदस्य देवी सुवेदी र संविधान सभा सदस्य डिबी नेपालीसहित ४ सय जना नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।सुवेदी र नेपालीसहित संविधानसभा सदस्य थिए । कशिम अलि सिद्धिकी, जसपा केन्द्रीय सदस्यसमेत रहेका समाजवादी दलित मुक्ति महासङ्घका अध्यक्ष रामबहादुर नेपाली, केन्द्रीय सदस्य विष्णुजंग बस्नेत, मनकुमारी बुढा, राजन कार्की, पार्वती जिसी, तारा नेपाली, गोपे

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • 59 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा