काठमाडौँ / जनता समाजवादी पार्टीको कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवको अधिकार कटौती गरिएको छ । फागुन १३, १४ र १५ गते बसेको कार्यकारिणी समितिको बैठकपछि यादवको अधिकार कटौती गरिएको हो । यो निर्णयसँगै जसपाभित्र चर्किएको विवाद केही मत्थर भएको छ । अबदेखि जसपाले निर्वाचन आयोगमा बुझाउने उम्मेदवारी मनोयन पत्र तथा जसपाले गर्ने हरेक निर्णयमा ३ जना नेता संघीय परिषद् का अध्यक्ष डा. बाबुराम भट्टराई, कार्यकारिणी अध्यक्ष यादव र वरिष्ठ नेता अशोक राईको सहमति अनिवार्य हुनुपर्ने निर्णय गरिएको छ । यस निर्णयबाट अबदेखि कार्यकारिणी अधिकार अध्यक्ष उपेन्द्र यादवसँग मात्र नरहेको भट्टराई पक्षीय नेताहरूको बुझाइ छ ।
काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यसमितिको बैठक यही फागुन २५ र २६ गते काठमाडौँमा बस्ने भएको छ ।बैठकमा आगामी निर्वाचनमा पार्टीलाई सफल बनाउन नीतिगतरूपमा छलफल, समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तार, पार्टी तथा जनवर्गीय सङ्गठनलाई सक्रिय बनाउनेलगायतका विषयमा छलफल गरिने नेत्री दिलु पन्तले जानकारी दिए ।बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टीको सङ्गठनात्मक अवस्था, एमसिसी पारित गर्नुपर्नेका कारण, पछिल्ला घटनाक्रम र विवरण समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्ने छन् । बैठकमा आगामी निर्वाचनसम्म गठबन्धनलाई कसरी निरन्तरता दिन सकिन्छ भन्नेबारे पनि छलफल
काठमाडौँ / परराष्ट्रमन्त्री डा. नारायण खड्का आज मंगलबार साँझ टर्की भ्रमणमा जाँदैछन् । टर्कीका विदेशमन्त्री मेभलुत चाभुशाव्लुको निमन्त्रणामा खड्का तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साताव्यापी भ्रमणमा जान लागेका हुन् ।२७-२९ फागुनमा आयोजना हुने अन्ताल्याया कूटनीतिक मञ्चमा मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुनेछ । टर्कीमा रहँदा मन्त्री खड्काले आफ्ना समकक्षीका साथै अन्य उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल र टर्कीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्ष प्रवेशको अवसरमा परराष्ट्रमन्त्री खड्काको भ्रमण हुन लागेक हो । मञ्चमा ५० भन्
काठमाडौं / परराष्ट्रमन्त्री डा. नारायण खड्का आज मंगलबार टर्की जाँदै छन् ।टर्कीको विदेश मन्त्रालयले यही फागुन २७ देखि २९ गतेसम्म (मार्च ११ देखि १३ सम्म) आयोजना गर्ने एन्टल्या डिप्लोमेसी फोरममा सहभागी हुन उनी मंगलबार साँझ त्यसतर्फ जान लागेका हुन् । उक्त कार्यक्रममा दक्षिण एशियालगायत विश्वका विभिन्न मुलुकका राजनीतिज्ञ, कूटनीतिज्ञ तथा नीति निर्माताहरू भेला भई विद्यमान क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू र तिनको समाधानमा केन्द्रित भएर छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।टर्कीमा रहँदा मन्त्री खड्काले आफ्ना समकक्षीका साथै अन्य उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
काठमाडौँ / ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिएकी छन् । शुभकामना सन्देशमा उनले परम्पराकै नाममा अद्यापि कायम रहेका कतिपय अन्धविश्वास र कुप्रथालाई अन्त्य गर्नुपर्ने तथा महिला सशक्तीकरण, सहभागिता र समानताका विषयमा महिला र पुरुष दुवैको समान र सक्रिय भूमिका अत्यावश्यक रहेको बताएकी हुन् ।अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न
काठमाडौं / मिलेनियम च्यालेन्ज कर्पोरेशन (एससीसी) सम्झौता बुझाउन नेपाली कांग्रेसले नागरिकलाई घर-घरमा पुस्तिका पुर्याउने भएको छ । संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसी विकास परियोजना रहेको बुझाउन पुस्तिका तयार गरिएको छ ।चुनावी प्रचार अभियानसँगै एमसीसीको भ्रम हटाउन पुस्तिकासहित भिडिओ पनि बनाउने कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बताएका छन् । देशभरका वडा कार्यसमितिका सदस्यलाई सक्रिय बनाई घर(घरमा पुस्तिका पुर्याउने बताइएको छ । फागुन २० गतेदेखि सुरु गर्ने तय गरिएको प्रचार अभियान ९ दिन पछि सारिएको छ ।फागुन २९ देखि चैत २९ सम्म प्रचारात्मक अभियान गरिने महामन्त्री विश्वप्रकाश श
काठमाडौं / नेकपा माओवादी केन्द्रले ९७ जना केन्द्रीय सदस्य मनोनित गरिएको छ ।सोमबार बसेको माओवादी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समितिमा ९७ जना थप गर्नुभएको हो ।केन्द्रीय समितिमा अध्यक्ष दाहालकी छोरी गंगा दाहाल र ज्वाईं जीवन आचार्य पनि मनोनित भएका छन् ।
काठमाडौं / नेपाल बार एसोसिएसनको निर्वाचन अन्तर्गत आज (सोमबार ) उम्मेदवारहरुको मनोनयन दर्ता गरिँदैछ ।चैत १९ गते हुने निर्वाचनका लागि बारले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेद्वार मनोनयनको समय तोकेको छ । निर्वाचनका लागि गठबन्धन र एमाले समर्थितको अलग अलग प्यानल दर्ता हुने भएको छ ।यद्यपि, अध्यक्षको उममेदवार को हुन्छ भन्ने अझै टुंगो भइसकेको छैन । गठबन्धनमा कांग्रेस समर्थित प्रजातान्त्रिक कानून व्यवसायी संघ, डीएलएको नेतृत्वमा चुनावमा जाने सहमति भने भएको छ । उम्मेदवारको पहिलो नामावली आजै प्रकाशन गर्ने र दावी विरोध समय मंगलवार दिउँसो २ बजेसम्मका लागि तोकिएको छ ।उम्मेद्वारको अन्तिम नामावली भने फाग
काठमाडौं / नेकपा एकीकृत समाजवादीको पोलिट्ब्यूरो बैठक बानेश्वरमा जारी छ ।बैठकले २५–२६ फागुनमा बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नेछ । आगामी चुनावको तयारी र पार्टीको आन्तरिक गतिविधिबारे निर्णय लिन केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज बस्दै छ । यसअघि दुईपटक सारिएको बैठक आज बस्न लागेको हो ।बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिएका छन् । यसअघि, आइतबार बिहान ११ बजेका लागि तय गरिएको बैठक आइतबारै दिउँसो २ बजेका लागि सारिएको थियो । तर, नबसी आजका लागि सारिएको हो ।शुक्रबारदेखि सुरु भएको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताका बारेमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नाराणकाजी श्रेष्ठले धारणा राखेका थिए । बैठकका लागि विभिन्न ६ वटा एजेन्डा तय गरिएको छ ।नेताहरुले आजको बैठकमा पदाधिका
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.