काठमाडौं / नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलले बिहीबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न नेपाल सरकार, नेपाल आयल निगम र सम्बन्धित निकायसँग माग गरिएको हो।नेपाल आयल निगमले बुधबार मध्यरातदेखि लागू हुनेगरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमै ३ रुपैयाँ बढाउने निर्णय गरेको थियो । यस्तै खाना पकाउने ग्यासको मूल्य पनि एक सिलिन्डरमा ७५ रुपैयाँ बढाउने निर्णय गरेको थियो । निगमले मूल्
काठमाडौँ / कानुन व्यवसायीहरूले सर्वोच्च अदालत परिसरभित्र गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको मागसहित कानुन व्यवसायीहरूले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । अदालत परिसरमा कानुन व्यवसायीहरूले माइक राख्न खोज्दा प्रहरीले रोकेको थियो । प्रहरी र वकिलहरुबीच धकेलाधकेल भएको छ ।कानुन व्यवसायीहरूले प्रदर्शनका क्रममा ‘चोलेन्द्रका मतियार होसियार’ भन्दै नारा पनि लगाएका छन् ।प्रहरीसँगको धक्कामुक्कीमा नेपाल बार एशोसियसनका महासचिव लीलामणि पौडेल सामान्य घाइते भएका छन् । अहिले सर्वोच्च परिसरमा वकिलहरूले प्रधानन्याया
काठमाडौँ \ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आजबाट सुरु हुने १२ औँ राष्ट्रिय जनगणना राष्ट्र विकासको एक महत्वपूर्ण पक्ष भएकाले यसको पूर्ण सफलताको शुभकामना व्यक्त गरेका छन् ।पूर्वप्रधानमन्त्री ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रपछिको पहिलो जनगणना भएकाले यसले राज्यको सेवा अझै प्रभावकारी बनाउन उपयुक्त तथ्याङ्क उपलब्ध गराउने भएकाले यस कार्यमा सहभागी भई सहयोग गर्न सबै नेता, कार्यकर्ता र आम नागरिकमा आह्वान गरेका हुन् । उनले आज जारी गरेको सन्देशमा घरघरमा आउने गणकलाई सही विवरण दिएर कार्यक्रम सफल बनाउन अपिल गरेका छन् ।
विराटनगर / प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले कात्तिक ३० गते विश्वासको मत लिने भएका छन् । राईले अव बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका हुन् । प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी कात्तिक ३० गतेका लागि बैठक बस्ने जनाएको छ ।तत्कालीन मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा दिएपछि राई मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री राईले प्रदेशसभाबाट विश्वासको मत लिए लगतै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । विश्वासको मत लिएर मंसिर पहिलो साता नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको मुख्यमन्त्री राईले बताए । गठबन्धन दल बीचको सहमतिमै चाँडै मन्त
काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक र सांस्कृतिक महत्वका साथ उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ दिई मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन्।छठ पर्वका अवसरमा शुभकामना दिँदै विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका उदाहरण भएको उल्लेखसमेत उनले गरेका छन्। साथै उनले यही सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने उदाहरणीय पर्वमध्येको छठ पर्व पनि एक भएको बताउँदै यस पर्वले समस्त नेपालीबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्।विगतमा विशेष गरी तराई क्षेत्रमा मनाइने छठ
काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन् ।यस पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्धत पुग्ने शुभकामना सन्देशमा भनिएको छ ।विधिपूर्वक छठको व्रत सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र व्यक्तिगत दुःख कष्ट हटेर जाने जनविश्वास छ ।सम्पूर्ण पृथ्वीलाई समाना रुपले शक्ति, ताप र प्रकाश दिने सूर्यको पूजा र आराधना गरी कात्तिक शुक्ल चतुर्थीदेखि स
विराटनगर / सरकारले तीन वटा प्रदेश प्रमुखहरु परिवर्तन गरेको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुखहरु परिवर्तन गर्ने निर्णय गरेको हो । सरकारले प्रदेश १ मा पर्शुराम खापुङ, कर्णाली प्रदेशमा तिलक परियार र सुदुरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।सरकारले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ लाई बर्खास्त गर्दै उनको स्थानमा जनता समाजवादी पार्टीका नेता तथा पुर्व सांसद पर्शुराम खापुङलाई नियुक्त गर्न सिफारि
काठमाडौँ / राष्ट्रियसभाका उपाध्यक्षसहित २० जना सदस्यको पदावधि आगामी फागुन २१ गते सकिँदैछ । वि.सं. २०७५ असार ४ गते भएको गोला प्रथाद्धारा चारवर्षे पदावधि कायम भएका २० जना सदस्यको पदावधि सकिन लागेको हो । चार वर्षे पदावधि सकिनेमा सात महिला, तीन दलित समुदाय, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यकबाट दुई र अन्य समुदायका सात सदस्य छन् । उपाध्यक्ष शशिकला दाहाल, विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी, परशुराम मेघी गुरुङ, अगमप्रसाद बान्तवा राई, उदया शर्मा पौडेल, कविता बोगटी, खीमकुमार विक, चक्रप्रसाद स्नेही, जीवन बुढा, दृगनारायण पाण्डे, ठगेन्द्रप्रकाश पुरी, तारादेवी भट्ट,
काठमाडौँ / प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मङ्गलबारबाट सबै मुद्दाको सुनुवाइका लागि इजलास गठन गरेका छन् । बन्दीप्रत्यक्षीकरणका रिट सुनुवाइका लागि मात्र इजलास तोक्दै आएका प्रधानन्यायाधीश जबराले आजबाट भने सबै मुद्दाको सुनुवाइका लागि इजलास गठन गरेका हुन् । बन्दी प्रत्यक्षीकरणको निवेदन बाहेक अरु मुद्दाको पेसी नतोक्ने र आफूलाई पनि इजलास नतोक्ने अघोषित सहमति गरेका जबराले मंगलबार त्यो सहमति तोडेका छन् । सबै मुद्दामा इजलास गठन गरेको भन्दै जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरूले भने मुद्दा सुनुवाइमा सहभागी नहुने बताएका छन् । आफ्नो इजलासमा सातवटा विवाद सुनुवाइका लागि तय गरे
काठमाडौँ / राष्ट्रिय सभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ। चार वर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङसमेत छन्।नेकपा (एमाले) का आठ, नेकपा (एकीकृत समाजवादीं)का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन सदस्यको पनि फागुन २१ कार्यकाल समाप्त हुनेछ।राष्ट्रपतिबाट विषयविज्ञका रूपमा मनोनित सदस्य बिडारीको पनि सोही मितिमा चार वर्षे कार्यकाल समाप्त हुँदैछ। पदावधि समाप्त हुनेमा अगमप्रसाद वान्तवा राई, उदया शर्मा पौडेल, कविता बोगटी, खीमकुमार विक, चक्रप्रसाद स्नेही, जी
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.