राजनीति

    Showing 651-660 of 7,632 items.
  • नेपाली कम्युनिष्ट पार्टी बाजुराको एकता सभा मंसिर २९ गते मार्तडीमा हुने

    बाजुरा— नेपाली कम्युनिष्ट पार्टी बाजुराले एकताको सभा सदरमुकाम मार्तडी हुने भएको छ। यहीँ मंसिर मंसिर २९ गते एकता सभा भव्य रुपमा मार्तडी गरिने नेपाली कम्युनिष्ट पार्टी बाजुराले जनाएको छ ।एकीकृत समाजवादी, नेकपा माओवादी सहितका दलहरुको एकतापछिको पहिलो सभा सदरमुकाम मार्तडीमा गर्ने निर्णय गरेको नेपाली कम्युनिष्ट पार्टीका नेता प्रकाश बहादुर शाहले जानकारी जानकारी दिए ।पहिलो एकता सभाको तयारीका लागि जिल्ला कमिटीको बैठकले विभिन्न उप समिति समेत गठन गरेको पार्टीका नेता शाहले बताए । नेता शाहको संयोजकत्वमा केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, साविक पार्टीका जिल्ला कमिटीका पदाधिकारीहरु सदस्य रहने गरी ५१ सदस्यी

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 383 पटक पढिएको
  • सिंहदरबारको अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, छिट्टै पुनर्निर्माण गर्न सुझाव

    काठमाडौं— जेनजी आन्दोलनका क्रममा आगलागी र तोडफोडबाट क्षतिग्रस्त बनेको सिंहदरबार परिसरको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आइतबार अवलोकन गरेका छन् ।सिंहदरबारको भौतिक अवस्था निरीक्षणपछि पूर्वराष्ट्रपति भण्डारीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यस्तो संवेदनशील सरकारी संरचनामा भएको क्षति नेपाली जनताका लागि दुखद भएको बताइन् ।उनले भनिन्, ‘भदौ २४ गते भएको घटनामा सरकारी भवनहरूमा तोडफोड, आगजनी र लुटपाटजस्ता गतिविधि भए । सिंहदरबारको अवस्था परिवर्तन भएको देख्दा धेरै दुःख लाग्यो । नेपाल सरकारले छिट्टै पुनर्निर्माण गरी पुरानै अवस्थामा ल्याउनेछ भन्ने आशा गर्

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 448 पटक पढिएको
  • गगन थापामाथि छानविन गर्न खगेन्द्र सुनारको माग

    काठमाडौं— हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा कांग्रेका पार्टी कार्यालयदेखि नेताको घर जलाउने नेतृत्व गगन थापाले गरेको आरोप लगाएका छन् । आइतबार नख्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनल जेनजी आन्दोलमा कांग्रेका पार्टी कार्यालयदेखि नेताको घर जलाउने नेतृत्व गगन थापाले गरेको आरोप लगाउँदै उनीमाथि छानविन गर्नुपर्ने बताए । उनले भने,‘रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध राखेर गगन थापा, शेरबहादुर देउवा, आरजु राणालगायतले स्क्रिप्ट लेखेर फसाएका हुन् । जेननी आन्

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 449 पटक पढिएको
  • समतामूलक समृद्धिका लागि नयाँ राजनीतिक मोडेल आवश्यक छः बस्नेत

    धनगढी— गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले देशलाई समतामूलक समृद्धितर्फ उन्मुख गराउन ‘एजेन्डा–आधारित राजनीति’ अपरिहार्य भएको बताएका छन् ।धनगढीमा आयोजित ‘उडान एवं कनेक्टिभिटी तथा जलस्रोतको अपार सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै बस्नेतले वर्तमान शासकीय पद्धतिले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको कारण निराशा बढेको र नयाँ राजनीतिक अभ्यास आवश्यक परेको बताएका हुन् ।बस्नेतले पार्टीले सातवटा मुख्य एजेन्डा सार्वजनिक गरिसकेको उल्लेख गर्दै ती नै देशको समतामूलक समृद्धिको आधार हुने दाबी गरे ।उनका अनुसार ती एजेन्डामा सुशासन र भ्रष्टाचार शून्यको लक्ष्य, संघीयत

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 406 पटक पढिएको
  • नवनियुक्त मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण, सुशासन कायम गर्ने पहिलो निर्णय

    जनकपुर— मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णा यादवले पदभार ग्रहण गरेका छन् ।आइतबार पद तथा गोपनियताको सपथ लिए लगत्तै मुख्यमन्त्री यादवले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले प्रदेशमा सुशासन कायम गर्ने र प्रदेशमातहतबाट हुने सम्पूर्ण सरकारी कामकाज छिटो र छरितो बनाउने निर्णय गरेका छन् ।सो क्रममा सञ्चारकर्मीहरुसंग कुरा गर्दै मुख्यमन्त्री यादवले अहिलेको प्रदेश सरकारले स्थिरता पाउनेमा आफू विश्वस्त रहेको धारणा राखे । उनले सात दलीय गठबन्धन मजबुत रहेको बताए । प्रतिपक्षका सांसदहरुले पनि आफूसंग सहकार्य गर्ने आशा रहेको मुख्यमन्त्री यादवको भनाई थियो । त्यस्तै, उनले मन्त्रिपरिषद् थप विस

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 399 पटक पढिएको
  • रवि लामिछानेलाई भेट्न हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनार नख्खु कारागारमा

    काठमाडौं— हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनार आइतबार नख्खु कारागार पुगेर सहकारी मुद्दामा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन्।लामिछानेलाई भेट्न पुगेका सुनारसँगै हालै रास्वपामा प्रवेश गरेका नेपाल प्रहरीका पूर्व एआईजी विश्व पोख्रेल पनि उपस्थित रहेको स्रोतले जनाएको छ। भेटमा पछिल्लो राजनीतिक परिस्थिति र लामिछानेविरुद्ध चलिरहेको मुद्दासम्बन्धी विषयमा छलफल भएको बताइन्छ।सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेका कारण लामिछाने अहिले नख्खु कारागारमा रहेका छन्।

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 438 पटक पढिएको
  • वैदेशिक रोजगार स्वास्थ्य परीक्षण शुल्कवृद्धि फिर्ता लिन ट्रेड युनियन कांग्रेसको माग

    काठमाडौं— नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयूसी) ले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले तिर्नुपर्ने स्वास्थ्य परीक्षण शुल्कमा सरकारले हालै गरेको करिब ५० प्रतिशतसम्मको वृद्धिप्रति आपत्ति जनाएको छ । संघका महासचिव अजयकुमार राईले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त निर्णयले हजारौँ श्रमिकमाथि अन्यायपूर्ण आर्थिक बोझ थपिएको भन्दै तुरुन्त फिर्ता लिन माग गरिएको छ ।संघका अनुसार हाल स्वास्थ्य परीक्षण शुल्क रु.३,५०० देखि बढीमा रु.६,५०० सम्म लिइँदै आएकोमा स्वार्थ समूह र केही व्यवसायीहरूको मिलोमतोमा शुल्क वृद्धि गर्ने प्रयास गरिएको हो ।विज्ञप्तिमा उल्लेख भएअनुसार, यस्तै प्रकृतिको शुल्क वृद्धि तत्कालीन मन्

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 164 पटक पढिएको
  • रास्वपाले प्रत्यक्षतर्फ उम्मेदवार बन्न २५ हजार शुल्क तोक्यो

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फको उम्मेदवारका लागि आजदेखि आवेदन खुलाएको छ ।उम्मेदवार छनौट समितिका संयोजक विपीनकुमार आचार्यले एक सार्वजनिक सूचनामार्फत आन्तरिक उम्मेदवार छनौट प्रक्रियामा सहभागी हुन इच्छुक योग्यता पुगेका पार्टी सदस्यका लागि आवेदन खुल्ला गरेको जनाएका छन् ।पार्टीको मोबाइल एपबाट आवेदन मागिएको छ आवेदन शुल्क २५ हजार तोकिएको छ । रास्वपाले समानुपातिकको उम्मेदवारका लागि भने ५० हजार शुल्क निर्धारण गरेको छ ।आर्थिक अभावले आवेदन शुल्क तिर्न नसक्ने अवस्थामा विपन्नताको परिचय पत्र, पार्टीको पालिका समितिको सिफारिस

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 402 पटक पढिएको
  • मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्रीसहित मन्त्रीहरुले लिए पद तथा गोपनीयताको सपथ

    जनकपुर— मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णा यादवसहित तीनजना मन्त्रिहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।आइतबार जनकपुरधामस्थित मधेश भवनभित्र आयोजना गरिएको सपथ ग्रहण कार्यक्रममा उनीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । गत शुक्रबार सात दलिय गठबन्धनले नेपाली कांग्रेसका कृष्णा यादवको नेतृत्वमा मधेश प्रदेश सरकारका लागि दाबी पेश गरेका थिए । सोही दिन प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ कर्णले कृष्णा यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए ।तत्कालका लागि नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट १÷१ जनालाई मन्त्री पद दिएर मन्त्रीमण्डल विस्तार गरिएको छ ।जनमत पार्टीबाट महे

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 372 पटक पढिएको
  • मधेश प्रदेशका मुख्यमन्त्री यादवले आउँदो २४ गते विश्वासको मत लिने

    सर्लाही— मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मंसिर २४ गते विश्वासको मत लिने भएका छन्।सत्तापक्षीय सातदलीय गठबन्धनको आजको बैठकले सो निर्णय गरेको जसपाका प्रमुख सचेतक राम असिस यादवले जानकारी दिए। मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन्।शपथपछि उनले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन्। विश्वासको मत पाएपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णरूप दिने योजना रहेको बताईएको छ।

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 357 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा