राजनीति

    Showing 7,181-7,190 of 10,443 items.
  • सुनसरी क्षेत्र नम्बर- ३ मा एमालेको अग्रता कायमै

    झापा / प्रतिनिधिसभा सदस्यतर्फ सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेको अग्रता कायम छ । एमाले उम्मेदवार भगवती चौधरीले २१ हजार ४ मत पाएकी छन् । नेपाली कांग्रेसका उम्मेदवार विजय कुमार गच्छदार दोस्रो स्थानमा छन् । उनको पक्षमा १५ हजार ८२३ मत खसेको छ । चौधरीभन्दा गच्छदार ५ हजार १८१ मतले पछि छन् । राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ । राष्ट्रिय स्वतन्त्र पार्टीमा उम्मेदवार कमल बाबु मैनालीले ५ हजार ८३४ मत पाएका छन् । मतगणना जारी छ । 

    • प्रकाशित मितिः मंसिर १२, २०७९
    • 137 पटक पढिएको
  • गठबन्धनलाई सुविधाजनक बहुमत

    काठमाडौँ / सातै प्रदेशमा मतगणना अन्तिम चरणमा पुग्दा प्रदेश सभामा सत्ता साझेदार पाँच दलबीच समझदारीकै आधारमा सरकार गठन हुने सम्भावना देखिएको छ । निर्वाचनको अन्तिम परिणाम आउन बाँकी रहे पनि प्रदेश सभातर्फ निर्वाचित सांसद सङ्ख्या र समानुपातिक मतका आधारमा सत्ता साझेदार दलहरूबीच संयुक्त सरकार गठन हुने देखिएको हो ।नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) , नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चासँगै चुनावी गठबन्धनमा आएको लोकतान्त्रिक समाजवादी पार्टीले मङ्सिर ४ गतेसम्म निर्वाचनको नतिजाअनुसार सुविधाजनक बहुमत प्राप्त गरेका छन् । नेकपा एमालेले केही प्रदेशमा प्रत्यक्ष र समानुपातिकमा अग्रता लिइरहेको छ

    • प्रकाशित मितिः मंसिर १२, २०७९
    • 263 पटक पढिएको
  • प्रदेशसभा निर्वाचन : एक नम्बर प्रदेशमा एमाले बन्यो पहिलो दल

    झापा /  प्रदेशसभा निर्वाचनमा एक नम्बर प्रदेशको प्रत्यक्षतर्फका ५६ निर्वाचन क्षेत्रमध्ये ४८ क्षेत्रको मत गणना सम्पन्न भएको छ ।हालसम्मको मतपरिणाम अनुसार प्रदेश नम्बर १ म नेकपा एमाले सबैभन्दा ठूलो दल बन्ने भएको छ । एमालेले हालसम्म २२ ठाउँमा जितिसकेको छ भने दुई ठाउँमा अगाडि छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १३ सिटमा जित निकालेको छ भने चार स्थानमा अग्रता बनाएको छ । त्यस्तै नेकपा माओवादी केन्द्र नौ सिट जितेर तेस्रो बनेको छ भने एकीकृत समाजवादीले दुई ठाउँमा जितेको छ । साथै एक ठाउँमा अगाडि छ । राप्रपाले पनि प्रदेशसभामा दुई सिट जितेको छ । २०७४ को प्रदेश सभा निर्वाचनमा वाम तालमेल

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • 135 पटक पढिएको
  • इलाम- १ मा झलनाथ खनाललाई हराउँदै एमालेका महेश बस्नेत निर्वाचित

    झापा / नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै नेकपा एमालेका महेश बस्नेत निर्वाचित  भएका छन् । इलाम- १ बाट खनाल २९५७ मतान्तरले बस्नेतसँग पराजित भएका हुन् ।खनालले यो क्षेत्रबाट ०५६ बाहेक सबै निर्वाचन जितेका थिए । तर यसपटक पहिले जित्दै आएको एमालेकै उम्मेदवारसँग पराजित भएका छन् । खनाललाई सत्तारुढ गठबन्धनका दलहरूको समर्थन थियो ।

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • 111 पटक पढिएको
  • प्रतिनिधिसभा निर्वाचन : यी हुन् पराजित छ मन्त्रीहरु

    झापा  / प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्त्यतिर पुगेको छ । अहिलेसम्म अहिलेसम्म एक सय ५६ निर्वाचन क्षेत्रको परिणाम आइसकेको छ । अब नौ क्षेत्रको आउन बाँकी छ ।हालसम्म सार्वजनिक भएको नतिजाअनुसार बहालवाला ६ मन्त्रीले चुनावमा पराजय भोगिसकेका छन् । पराजित हुनेमा गृहमन्त्री बालकृष्ण खाणदेखि राज्यमन्त्री उमेश श्रेष्ठसम्म छन्।निर्वाचन हार्नेमा गृहमन्त्री बालकृष्ण खाण, खानेपानी मन्त्री उमाकान्त चौधरी, ऊर्जामन्त्री पम्फा भुसाल, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज र राज्यमन्त्री उमेश श्रेष्ठ छन् । यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तीन उम्मेदव

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • 118 पटक पढिएको
  • प्रतिनिधिसभा निर्वाचन : सुदूरपश्चिम र मधेश प्रदेशमा माओवादी शून्य

    झापा / प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तर्फको १५६ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक हुँदा माओवादी केन्द्र दुई प्रदेशमा शून्य भएको छ। माओवादीले सुदूरपश्चिम र मधेश प्रदेशमा प्रतिनिधिसभा तर्फ शुन्य भएको हो। माओवादीले सूदुरपश्चिम प्रदेशका नौ जिल्लाका १६ वटा निर्वाचन क्षेत्र र मधेश प्रदेशका ८ जिल्लाका ३२ निर्वाचन क्षेत्रमध्ये एउटा पनि क्षेत्र जित्न सकेन । सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमध्ये दार्चुला, डडेलधुरा, अछाम २, कञ्चनपुर २ र ३ नम्बर नम्बर क्षेत्रमा कांग्रेस र कञ्चनपुर १ मा एमाले उम्मेदवार विजयी भएका छन् भने कैलालीका पाँच क्षेत्रमध्ये १, २ र ३ नम्बर क्षेत्रमा नागरिक उन्मुक्त

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • 104 पटक पढिएको
  • प्रतिनिधिसभा निर्वाचन : कर्णाली प्रदेशमा नेकपा एमाले शून्य

    झापा / प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तर्फको १५५ क्षेत्रको नतिजा सार्वजनिक हुँदा एमाले एउटा प्रदेशमा शून्य भएको छ। प्रतिनिधिसभा तर्फ एमाले कर्णाली प्रदेशमा शून्य भएको हो ।कर्णाली प्रदेशका १० जिल्लाका १२ वटा निर्वाचन क्षेत्रमध्ये ११ वटाको मत गणना सम्पन्न हुँदा एमालेले एउटा निर्वाचन क्षेत्रमा पनि जित निकाल्न सकेन । रुकुम पश्चिम, कालिकोट र जाजरकोटमा माओवादीका उम्मेदवार विजयी हुँदा कांग्रेसले मुगु, दैलेख –२, सुर्खेत –१ र –२ मा जित निकालेको छ। त्यसैगरी राप्रपाले जुम्लामा जित निकाल्दा नेकपा एकीकृत समाजवादी सल्यान, डोल्पा र दैलेख –१ मा विजयी भएको छ । २०७४ सालको निर्वाचनमा कर्णालीबाट ६ क्

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • 123 पटक पढिएको
  • अहिले सम्म समानुपातिकतर्फ कुन दलले कति मत पाए ?

    झापा  / आम चुनावको मतगणना जारी छ । हालसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १५५ स्थानको मत परिणाम आइसकेको छ भने १० स्थानको आउन बाँकी छ । त्यस्तै समानुपातिक मतगणनाको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले २३ लाख ४४ हजार ४९ मत ल्याएको छ । नेपाली कांग्रेसले २२ लाख ७ हजार ५२७ मत ल्याएको छ ।त्यस्तै नेकपा माओवादी केन्द्रले ९ लाख ६६ हजार हजार ३०४ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २३ हजार ९६५ मत पाएको छ । राप्रपाले ४ लाख ८७ हजार ९८ मत पाएको छ । एकीकृत समाजवादीले दुई लाख २१ हजार २८१ मत ल्याएको छ । यसैगरी जनता समाजवादी पार्टीले दुई लाख ८७ हजार ७५९ मत पाएको छ भने लोसपाले एक लाख १९

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • 133 पटक पढिएको
  • प्रतिनिधिसभा अपडेट : १५६ सिटको नतिजा आयो, ९ बाँकी

    झापा / मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।निर्वाचन आयोगका अनुसार कुल १६५ निर्वाचन क्षेत्रमध्ये आइतबार बिहानसम्म १५६ वटा सिटको टुङ्गो लागेको छ भने अझै ९ वटा क्षेत्रको परिणाम आउन बाँकी छ । हालसम्म सबैभन्दा धेरै नेपाली कांग्रेसले ५३ वटा सिटमा जित हासिल गरेको छ भने नेकपा एमालेले ४१ वटा क्षेत्रमा जित हासिल गरेको छ ।त्यसैगरी नेकपा (माओवादी केन्द्र)ले १७, नेकपा (एकीकृत समाजवादी)ले १० र राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सात–सात क्षेत्रमा विजयी भएका छन् । त्यस्तै जनता समाजवादी पार्टीले छ, लोकतान्त्रिक समाजवादी पार्टी, ने

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • 123 पटक पढिएको
  • झापाको पाँच वटै निर्वाचन क्षेत्रको मत गणना सम्पन्न : को–को कहाँबाट विजयी भए ?

    बिर्तामोड / झापामा मंसिर ४ गते भएको आम निर्वाचनको मत गणना सम्पन्न भएको छ । पाँच वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको झापामा तीन वटा क्षेत्रमा नेकपा एमालेले जितेको छ भने नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी एक–एक क्षेत्रमा जित हाँसिल गरेका छन् । झापा –१ एमालेको प्रभाव क्षेत्र मानिने झापा क्षेत्र नम्बर –१ मा २३ वर्षपछि कांग्रेसले जितेको छ । उक्त क्षेत्रबाट एमाले स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गर्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तेश्रो पटक सानदार जित हासिल गरेका हुन् । अघिल्ला दुई निर्वाचनमा पराजय बेहोरेका शर्माले

    • प्रकाशित मितिः मंसिर ९, २०७९
    • 247 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.