राजनीति

    Showing 7,191-7,200 of 10,443 items.
  • समानुपातिकमा कुन दलले कति ल्याए मत ?

    झापा  / समानुपातिक मतगणनाको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले १० लाखभन्दा बढी मत पाएको छ ।निर्वाचन आयोगका अनुसार एमालेले अहिलेसम्म १० लाख ५ हजार ७२० मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ९ लाख ५७ हजार ६४० मत प्राप्त गरेको छ ।तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)रहेको छ । रास्वपाले ४ लाख ८४ हजार ८८६ मत पाएको छ भने चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्र ४ लाख ४२ हजार १३२ मत पाएको छ । पाँचौं स्थानमा रहेको राप्रपाले अहिलेसम्म २ लाख ५५ हजार ७५१ मत प्राप्त गरेको छ ।

    • प्रकाशित मितिः मंसिर ९, २०७९
    • 125 पटक पढिएको
  • पाँचथरबाट एमालेका बसन्त नेम्बाङ झिनो मतान्तरले निर्वाचित

    झापा / पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाले)का वसन्तकुमार नेम्बाङ निर्वाचित भएका छन् । गए राति अबेर सकिएको मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गरेका हुन्।नेम्वाङले ३२ हजार एक सय १० मत प्राप्त गर्दा आङदेम्बेलाई ३२ हजार ६३ मत प्राप्त गरेका छन् । नेम्वाङ यसअघि पाँचथरबाट २०४८, २०५६ र २०७४ मा पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनी विसं २०७४ मा पनि आङदेम्बेलाई हराउँदै प्रतिनिधिसभा सदस्य बनेका थिए । प्रदेशसभा (१) बाट गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगु विजयी भएका छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष

    • प्रकाशित मितिः मंसिर ९, २०७९
    • 143 पटक पढिएको
  • हुम्लामा खसेको भन्दा धेरै मतपत्र भेटिएपछि मतगणना स्थगित

    हुम्ला / हुम्लामा प्रतिनिधि सभा सदस्यको मतगणना स्थगित भएको छ । हिमज्योती माध्यमिक विद्यालयको केन्द्रको मतपेटिकामा मतपत्र बढी देखिएपछि मतगणना स्थगित भएको हो ।बिहीबार राति साढे १२ बजेदेखि रोकिएको मतगणना अहिलेसम्म सुरु हुन सकेको छैन । १२ देखि १५ मतपत्र बढी देखिएको भन्दै एमालेले मत गणना रोक्न माग गरेको थियो ।

    • प्रकाशित मितिः मंसिर ९, २०७९
    • 118 पटक पढिएको
  • कोमल वलीलाई हराउँदै दीपक गिरी बिजयी

    झापा / दाङ क्षेत्र नम्बर- ३ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी निर्वाचित भएका छन् । कांग्रेस उम्मेदवार गिरीले ३६ हजार ८८२ मत प्राप्त गरेका छन् । निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) की केन्द्रीय सदस्य कोमल वलीले २९ हजार ३२ मत प्राप्त गरेकी छन । गिरीले वलीलाई ७ हजार ८१० मतान्तरले पराजित गरेका हुन् । यो निर्वाचन क्षेत्रमा ९० हजार १५० मत खसेको थियो । सुरुदेखि नै अग्रता लिएका गिरीले क्रमिक रूपमा मतान्तर बढाउँदै लगेका थिए ।

    • प्रकाशित मितिः मंसिर ९, २०७९
    • 124 पटक पढिएको
  • मोरङ ६ बाट शेखर कोइराला निर्वाचित

    बिर्तामोड / मोरङ क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका नेता शेखर कोइराला निर्वाचित भएका छन् । कोइरालाले नेकपा एमालेका लालबाबु पण्डितलाई हराउँदै निर्वाचित भएका हुन् । उनले ३५ हजार २१८ मत ल्याए भने एमालेका पण्डितले २२ हजार ९३२ मत ल्याएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले ९५७१ मत पाए भने राप्रपाका गोपाल क्षेत्रीले ८८२९ मत पाएका छन् । 

    • प्रकाशित मितिः मंसिर ९, २०७९
    • 118 पटक पढिएको
  • घन्टिले सातोलिए पछि ओलि बा ले गरे प्रचण्डलाइ फोन

     एमाले अध्यक्ष केपी ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिलेर अघि बढ्न आग्रह गरेका छन् । बिहीबार दिउँसो प्रचण्डलाई टेलिफोन गर्दै ओलीले यस्तो आग्रह गरेका हुन् ।‘तिक्तता बढ्दै जाँदा निकै वरपर भइएछ, अब बसेर कुरा गरौं,’ ओलीले भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो, ‘हामीलाई टाढा पार्ने शक्तिहरु अहिले पनि सक्रिय नै छन् ।’प्रचण्डले अरु कसैले टाढा पारेको नभई ओलीको विगतको कार्यशैली जिम्मेवार रहेको टिप्पणी गरेका थिए । उनले बसेर कुरा गर्न समस्या नभएको भन्दै अगाडिको बाटोबारे चाहिँ समीक्षा गर्नुपर्ने बताएका थिए ।‘हामी गठबन्धनमा छौं, चुनावको सबै परिणाम आइसक्न बाँकी नै छ,’  प्रचण्डको जव

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 563 पटक पढिएको
  • झापा- ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित

    बिर्तामोड  / झापा क्षेत्र नं ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बिहीबार सकिएको मतगणना अनुसार लिङ्देनले ४० हजार ६४८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत ल्याए । लिङ्देनलाई नेकपा एमालेको साथ थियो भने सिटौलालाई सत्ता गठबन्धनका दलहरूको साथ थियो । योसंगै दुई पटक लिङदेन र दुई पटक सिटौलाले जितेका हुन् । यस क्षेत्रमा १ लाख ३१ हजार ४३२ मतदाता रहेकोमा ८९ हजार ६३७ मत खसेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए ।

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 112 पटक पढिएको
  • खोटाङमा एमालेका विशाल भट्टराईलाई हराउँदै माओवादीका राई निर्वाचित

    झापा / एमालेका विशाल भट्टराईलाई हराउँदै खोटाङमा  प्रतिनिधिसभा सदस्यका लागी माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई ‘पासाङ’ निर्वाचित  भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार राईले नेकपा एमालेका विशाल भट्टराईलाई २ हजार ६६९ मतान्तरले पछि पारे । राईले ३१ हजार ३५१ मत पाउँदा भट्टराईले २८ हजार ६८२ मत ल्याए ।

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 142 पटक पढिएको
  • झापा –४ बाट एमालेका एलपि साँवा फराकिलो मतान्तरले विजयी

    झापा / झापा क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका लालबहादुर सावा (एलपि) दोस्रो पटक संसद्मा निर्वाचित भएका छन् । सावाँले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका देउमान थेबेलाई ६ हजार ८६७ फराकिलो मतान्तर पराजित गर्दै निर्वाचित भएका हुन् । सावाँले २९ हजार ३१५ मत प्राप्त गर्दा थेबेले २२ हजार ४४८ मत प्राप्त गरेका छन् । उनीहरूबीचको मतान्तर छ हजार ८६७ रहेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले १४ हजार ०६९ मत ल्याई तेस्रो भएका छन् । 

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 114 पटक पढिएको
  • एमालेका गुप्तालाई ७ हजार मतले पछि पार्दै रौतहटमा नेकपा एसका अध्यक्ष माधव नेपाल विजयी

    झापा / रौतहटबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर- १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । उनले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गरेका हुन् । नेपालले ३३ हजार ५२२ मत प्राप्त गर्दा एमालेका अजयले २६ हजार ५२२ मत प्राप्त गरेका छन् ।

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 110 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.