काठमाडौँ / दोलखाको बिगु गाउँपालिकामा निर्माणधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आज उद्घाटन हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै आज साँझ ४ बजे भर्चुअल माध्यमबाट माथिल्लो तामाकोशीको उद्घाटन गर्न लागेका हुन् । कुल ४५६ मेगावाट विद्युत् उत्पादन क्षमताको आयोजनामा आज एक युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन शुरु हुनेछ। आगामी आर्थिक वर्षमा ४५६ मेगावाट नै उत्पादनको लक्ष्य लिइएको छ ।आयोजनामा कुल ६ वटा युनिट छन् । जसबाट ७६ मेगावाटका दरले ४५६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।
काठमाडौँ / वाग्मती प्रदेशसभाको बैठक आज (सोमबार) फेरि बस्दै छ । बैठक दिउँसो एक बजे बस्न लागेको हो । आइतबार अपराह्न तीन बजे बस्ने भनिएको बैठक विशेष कारण देखाउँदै सोमबार दिउँसो सम्मका लागि सारिएको थियो ।विपक्षी दलहरूले विनियोजित बजेटमा माग गरिए अनुसारका योजना नभएको र बजेट वितरणमा पक्षपात गरेको आरोप लगाउँदै संसद् बैठक अवरुद्ध गर्दै आएका छन् । सहमतिको प्रयासमा आइतबार हेटौडामा सर्वदलीय बैठक बसेको थियो ।सभामुख सानु कुमार श्रेष्ठले आह्वान गरेको बैठकमा असार २१ गते दिउँसो १ बजे बस्ने बैठकमा विनियोजित बजेट शीर्षकमा छलफल पुनः सञ्चालन गर्ने सहमति भएको नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले बत
बिर्तामोड / सञ्चारकर्मी रूपा सुनारले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन् । आइतबार सुनारले मन्त्री श्रेष्ठलाई पदबाट हटाइ जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी कसूरमा कारबाहीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी हुन् । उनले कोठा भाडामा लिने र दिने मौखिक समहति भइसकेको अवस्थामा घरधनी सरस्वती प्रधानले आफू दलित समुदायको भएको बताएपछि कोठा दिन अस्वीकार गरेको रिटमा उल्लेख गरेकी छन् । उनले रिटमा संवैधानिक एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था जातीय भेदभाव तथा छुवाछुत कसुरको कसुरदारलाई कानुनबमोजिम कारबाही तथा मौलिक हकको संरक्षणको लागि आदेश जार
बिर्तामोड / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकटका नेताले बरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका छन् । एमाले भित्रको आन्तरिक विवाद समाधान गर्न आग्रह गर्दै दोस्रो तहका नेताहरुले नेपालसँग भेटवार्ता गरेका हुन् । नेपाल निवास कोटेश्वर जानु अघि उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । आज बिहान भएको भेटका क्रममा आफूहरुले पार्टी अध्यक्ष ओलीसँग भेटेर कुराकानी गर्न नेता नेपाललाई सुझाव दिएको एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । भेटका क्रममा नेता नेपालले भने आफैं कुरा गर्न र आफूले पनि कुराकानी गर्ने जवाफ दिएका थिए । भेटमा सुवास नेम्वाङ, विष्णु
काठमाण्डौ / राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको हो । आज बस्ने बैठकका २ वटा सम्भावित कार्यसूची तोकिएको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको दोश्रो वार्षिक प्रतिवेदन २०७७ / ०७७ सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ ।त्यसैगरी, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले समितिको दोश्रो वार्षिक प्रतिवेदन २०७७ ०७७ सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ । राष्ट्रिय सभाको बर्खे अधिवेशन अन्तर्गत आज दो
बिर्तामोड / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आफ्नो एकता महाधिवेशन गर्ने भएको छ । अध्यक्षत्रय सहित केन्द्रीय निर्देशन समितिको शनिबार काठमाडौंमा सम्पन्न बैठकले आगामी कार्तिक २७, २८, २९ र ३० गते महाधिवेशन गर्ने निर्णय गरेको हो।बैठकमा महाधिवेशनको तालिका परिमार्जन पारित गर्दै वडा, गाउँ, नगर, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला कार्य समितिको निर्वाचन २०७८ भदौ मसान्तसम्म सम्पन्न गर्ने निर्णय भएको राप्रपाले एक विज्ञप्ति मार्फत जानकारी गराएको छ।सक्रिय सदस्यको अन्तिम सूची तयार गरी केन्द्रीय निर्वाचन समितिलाई २०७८ असोज ७ गतेसम्म उपलब
बिर्तामोड / संसद विघटन विरुद्ध परेको रिटमा आज सभामुख अग्निप्रसाद सापकोटा पक्षका कानुन व्यवसायीकहरुकोे बहस शुरु हुँदैछ । सभामुख सापकोटाका तर्फबाट वरिष्ठ अधिवक्ताहरु श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने, अधिवक्ताहरु मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्नेछन् ।गत असार ९ गते शुरू भएको सुनुवाइका क्रममा यसअघि राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट सरकारी र निजी गरी ३२ जना अधिवक्ताहरुले १४ घन्टा बहस गरिसकेका छन् । सभामुखका तर्फबाट बहस सकेर आजै निवेदक पक्षको जवाफी बहस गर्ने तयारी रहेको छ । उनीहरूका लागि दुई घण्टा समय तोकिएको छ । सुनुवाइको शुरूवातमा निवेदक प
सर्लाही / सर्लाहीका रामनगर गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बर्माको मृत्यु भएको छ । बर्माको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।नेपाली काँग्रेसबाट निर्वाचित बर्र्माको हृदयघातका कारण मृत्यु भएको परिवारका सदस्य राहुल श्रीवास्तवले बताए । ७० वर्षीय बर्मा २०३५ सालदेखि गाविस अध्यक्ष हुँदै स्थानीय तहको निर्वाचनपछि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । रामनगर गाउँपालिकाको खैर्वा निवासी रहेका अध्यक्ष बर्मा ५ पटकसम्म गाविस अध्यक्ष रहिसकेका छन् भने उनी नेपाली काँग्रेसको महासमिति सदस्य थिए ।
काठमाडौँ / नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार शुरु भएको बैठक शनिबार पनि सञ्चालन भएको हो ।नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच जारी विवादका कारण केन्द्रीय कमिटी बैठकलाई चासोका साथ हेरिएको उक्त बैठकमा पार्टीको माधवकुमार नेपाल पक्ष भने सहभागी भएको छैन । वैठकमा महासचिव ईश्वर पोखरेलले एजेण्डा प्रस्तुत गरेका छन् । बैठकमा उपाध्यक्ष वामदेव गौतमपनि सहभागी भएका छन् र उनले पार्टी एकतामा जोड दिँदै त्यसको जिम्मेवारी आफूलाई दिन आग्रह गरेका छन् ।पार्टीमा विवाद जारी रहँदा नेपाल पक्षका २३ ज
बिर्तामोड / नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । आज (शनिबार) अपरान्ह ३ बजे प्रधानमन्त्री निवास बैठक बालुवाटारमा बस्ने भएको हो । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बैठकमा आगामी मंसिर २ गते देखि हुने भनिएको दसौँ महाधिवेशनको मिति सार्ने तयारी बारे छलफल हुनेछ बताए ।कात्तिक–मंसिरमा चुनावको मिति घोषणा भैसकेको अवस्थामा फागुनमा स्थानीय चुनाव गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । ‘हामीले पार्टीको महाधिवेशन पनि गर्नुपर्ने छ’ उनले भने, ‘मंसिर २ देखि ६ मा हुने भनिएको महाधिवेशनको मितिबारे आजको बैठकबाट पुनर्विचार हुने सम्भावना छ ।’महाधिवेशनको मिति आसन्न असोजमा सार्न
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.