राजनीति

    Showing 7,201-7,210 of 10,445 items.
  • झापा –४ बाट एमालेका एलपि साँवा फराकिलो मतान्तरले विजयी

    झापा / झापा क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका लालबहादुर सावा (एलपि) दोस्रो पटक संसद्मा निर्वाचित भएका छन् । सावाँले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका देउमान थेबेलाई ६ हजार ८६७ फराकिलो मतान्तर पराजित गर्दै निर्वाचित भएका हुन् । सावाँले २९ हजार ३१५ मत प्राप्त गर्दा थेबेले २२ हजार ४४८ मत प्राप्त गरेका छन् । उनीहरूबीचको मतान्तर छ हजार ८६७ रहेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले १४ हजार ०६९ मत ल्याई तेस्रो भएका छन् । 

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 115 पटक पढिएको
  • एमालेका गुप्तालाई ७ हजार मतले पछि पार्दै रौतहटमा नेकपा एसका अध्यक्ष माधव नेपाल विजयी

    झापा / रौतहटबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर- १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । उनले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गरेका हुन् । नेपालले ३३ हजार ५२२ मत प्राप्त गर्दा एमालेका अजयले २६ हजार ५२२ मत प्राप्त गरेका छन् ।

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 111 पटक पढिएको
  • दाङमा एमाले महासचिव पोख्रेललाई पराजित गर्दै माओवादीकी रेखा शर्मा निर्वाचित

    झापा / दाङ क्षेत्र नम्बर २ मा एमाले महासचिव शङ्कर पोख्रेललाई पराजित गर्दै नेकपा माओवादी केन्द्रकी रेखा शर्मा निर्वाचित भएकी छन् । शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गरेकी छन् भने पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गरेका छन् । पोख्रेललाई १ सय ९६ मतान्तरले हराउँदै शर्मा विजयी भएकी हुन् ।

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 116 पटक पढिएको
  • उमेश श्रेष्ठलाई २८ हजार मतले पछि पार्दै रवि लामिछाने विजयी

    चितवन  / चितवन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् ।उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई २८ हजार ३१२ मतले पछि पाार्दै लामिछाने विजयी भएका हुन् ।लामिछानेले ४२ हजार २४१ मत प्राप्त गर्दा श्रेष्ठले १३ हजार ९२९ मत पाएका छन् । राज्यमन्त्री समेत रहेका श्रेष्ठ सत्ता गठबन्धको समर्थनसहित निर्वाचनमा होमिएका हुन् । पत्रकारिता पेशा छाडेर पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा होमिएका लामिछानेले अप्रत्यासित मत पाएका हुन् ।त्यस्तै, नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १३ हजार ३०८ मत प्राप्त गर्दै तेस्रो भएका

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 123 पटक पढिएको
  • नेमकिपाका प्रेम सुवाल भक्तपुर –१ बाट पुनः निर्वाचित

    भक्तपुर / भक्तपुर –१ बाट नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार प्रेम सुवाल पुनः विजयी भएका छन् । सुवालले ४२ हजार ७६१ मतसहित नेकपा एमालेका नवराज गेलाललाई पराजित गरेका हुन् ।गेलाzल ११ हजार ८३४ मतसहित दोस्रो भए भने तेस्रो स्थानमा राप्रपाका उम्मेदवार भरतबहादुर खड्काले ९ हजार २२२ मत पाएका छन् । त्यस्तै सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका सुनिल गोठेले ५ हजार १६५ मत पाएका छन् ।

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 115 पटक पढिएको
  • महेश बस्नेतलाई पराजित गर्दै भक्तपुर- २ मा दुर्लभ थापा निर्वाचित

    काठमाडौँ / भक्तपुर- २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा  निर्वाचित भएका छन् । मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा भएको मतगणना अनुसार उनले नेकपा (एमाले) का महेश बस्नेतलाई नौ सय ५९ को मतान्तरले पराजित गरेका हुन् ।गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सो क्षेत्रमा कूल ६५ हजार नौ सय ९१ मत रहेको थियो । सो मध्ये कांग्रेसका उम्मेदवार थापाले २४ हजार दुई सय ३८ मतले अग्रता प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी महेश बस्नेतले २३ हजार दुई सय ७९ मत प्राप्त गरेका छन्  । कूल ९१ हजार ९११ मतदाता रहे

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 133 पटक पढिएको
  • मोरङ- ३ मा डा. सुनिल शर्माको ११ हजार मतको अग्रता

    बिर्तामोड / मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले ११ हजार मतको अग्रता बनाएका छन् ।५० हजार ८१६ मत गणना गर्दा दोस्रो स्थानमा रहेका नेकपा एमाले उम्मेदवार भानुभक्त ढकालसँग थापाले ११ हजार ६१ मतको अग्रता बनाएका हुन् । शर्माले २४ हजार ९६२ मत पाउँदा ढकालले १३ हजार ९०१ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा उम्मेदवार रेखा थापाले ५ हजार ६८८ मत पाएकी छन् ।

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 165 पटक पढिएको
  • झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देन कांग्रेसका सिटौला भन्दा ३ हजार ३९८ मतले अगाडि

    बिर्तामोड / झापा क्षेत्र नम्बर- ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन ३ हजार ३९८ मतले अगाडि रहेका छन् । पछिल्लो मतगणना अनुसार लिङ्देनले ३० हजार ९६३८ मत प्राप्त गरेका छन् भने गठबन्धन तर्फबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाको २७ हजार ५६५ मतले पछ्याइ रहेका छन् । प्रदेशसभातर्फ भने ३९१० मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी र ३ ९२० मा नेकपा एमालेका छविलाल चुडाल विजयी बनिसकेका छन् । झापा ३ मा १ लाख ३१ हजार ४३२ मतदाता संख्या मध्ये ८९ हजार ६३७ मत खसेको थियो । 

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 156 पटक पढिएको
  • ललितपुर- ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की निर्वाचित

    काठमाडौं / ललितपुर क्षेत्र नं ३ मा प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्की निर्वाचित भएकी छन् । नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले पछि पार्दै तोसिमा विजयी भएकी हुन् ।बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाएकी छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए । ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत मात्र पाइन् । यसअघि २०७४ को निर्वाचनमा भुसालले यही क्षेत्रबाट चुनाव जितेकी थिइन् ।

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 108 पटक पढिएको
  • पाँचथरको प्रदेशसभा २ बाट माओवादीका इन्द्र आङ्बो निर्वाचित

    झापा / पाँचथरको प्रदेशसभा २ बाट माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो पुनः निर्वाचित भएका छन् । २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका उनी दोस्रो पटक प्रदेश सभामा निर्वाचित भएका हुन् ।प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोले एमाले उम्मेदवार आइन्द्रसुन्दर नेम्वाङलाई पराजित गरे । माओवादी केन्द्रबाट प्रदेश १ मुख्यमन्त्रीको एकल दाबेदार आङ्बोले १५ हजार ६७२ मत पाएका छन् । एमाले उम्मेदवार नेम्वाङले १२ हजार ६०५ मत पाएका छन् ।

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 138 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.