बुटवल / लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले आफ्नो पद जोगाउन सरकारमा लगेका जसपाका मन्त्रीले नै राजिनामा दिएपछि फेरि उनी नेतृत्वको प्रदेश सरकार संकटमा परेको छ ।आफू अल्पमतमा परेपछि उनले सरकार जोगाउन जसपालाई साथमा लिएर मन्त्री मण्डल बनाएका थिए । मन्त्री मण्डलमा रहेकी जसपाकी सांसद सुमन शर्मा रायमाझीले राजीनामा दिएपछि प्रदेश सरकार संकटमा परेको हो । रायमाझी पोख्रेल नेतृत्वको सरकारमा एवं राज्यमन्त्री थिइन् ।पोख्रेल नेतृत्वको सरकारलाई आफ्नो पार्टी जसपाले समर्थन नगर्ने भएकाले राजीनामा दिएको उनले बताएकी छन् । जसपाका चार सांसदको समर्थन जुटाएर पोख्रेलले आफ्नो सरकार जोगाएका थिए ।&
काठमाडौं / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई शनिबार बस्ने केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन आग्रह गरेका छन् । केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव समूहका नेताहरूलाई बैठकमा सहभागी हुन आह्वान गरेका हुन् । ओलीले भने ‘बामदेव गौतम पार्टी एकता जोगाउन यो बैठकमा आउनु भएको छ । उहाँलाई स्वागत गर्दै अन्य कमरेडहरूलाई पनि भोलि हुने बैठकमा सहभागी हुन आग्रह गर्दछु ।’
काठमाडौं / नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (शुक्रबार) बस्ने भएको छ । यसअघि विहीबार बस्ने भनिएको बैठक आजका लागि सारिएको थियो ।बैठकमा पदाधिकारी, पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यहरूलाई पनि बोलाइएको छ । क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद समाधान, मापदण्ड निर्धारण, समायोजन लगायतका विषयमा निर्णय लिन बैठक बस्न लागेका कांग्रेसका एक नेताले जानकारी दिए । पार्टीले क्रियाशील सदस्यता छानविन गर्न केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा समिति गठन गरेको छ। छानबिन समितिका अनुसार पार्टीमा हालसम्म आठ लाख ३० हजारभन्दा बढी सदस्यता प्रवेश भएको छ। महाधिवेशन कार्यतालिका अनुसार समितिले केन्द्री
विराटनगर / मदिरा सेवन गरी कार दुर्घटना गराएका प्रदेश संसद् बिन्दिया कार्कीका छोरा २४ वर्षीय रविनसिंह कार्की पुर्पक्षको लागि जेल चलान भएका छन् । उनलाई बुधबार मोरङ जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । गत जेठ २० गते राति प्रदेश संसद् बिन्दिया कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले कार्कीले पैदलयात्रीलाई ठक्कर दिँदा ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो भने मोरङको कटहरी गाउँपालिका –२ का २७ वर्षीय राजकुमार राजवंशी गम्भीर घाइते भएका थिए । कार्कीविरुद्ध सरकारी वकि
काठमाडौं / जातीय विभेद गरेको आरोपमा थुनामा रहेकी सरस्वती प्रधानलाई छुटाइ विवादित बनेका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय मानवअधिकार आयोग समक्ष माफी मागेका छन् । जातीय विभेदलाई प्रश्रय दिएको आरोप लागेका मन्त्री श्रेष्ठले आयोग पदाधिकारीहरूसँगको छलफलमा गल्ती गरेको महसुस भएको र आइन्दा यस्तो गल्ती नगर्ने बताएका हुन् ।जातीय विभेदको आरोपमा पक्राउ परेकी घरधनीलाई छुटाई आफ्नै गाडीमा राखेर लगेपछि मन्त्री श्रेष्ठ विवादमा तानिएका थिए ।आयोगले सो प्रकरणमा मन्त्री श्रेष्ठलाई मंगलबार आयोगको कार्यालयमा बोलाएर छलफल गरेको थियो । यसअघि बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी
काठमाडौं / नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा शुरु भएको छ । बैठकमा केही प्रस्ताव पेश र अनुमोदन बाहेक अन्य छलफल नहुने एमाले नेताहरूको भनाइ छ ।बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसहित कारबाही गरिएका एघार जना बाहेक सबैलाई बोलाइएको छ । तर माधव समूहका नेताहरू भने गएका छैनन् ।माधव नेपाल समूहले विधानले नचिन्ने बैठक गुटको भएकाले अनुपस्थित भएको जनाएको छ । गएको २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले नवौँ महाधिवेशनबाट निर्वाचित नेतृत्व खारेज गरी दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए ।
काठमाडौं / कोठा भाडाको विषयलाई लिएर सुरु भएको जातीय विभेदको विषयले मन्त्रीपरिषदमा समेत प्रवेश पाएको छ । जातीय विभेदका आरोपी छुटाउन संघिय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठ नै पुगेपछि उनीमाथि कारवाहीको माग भईरहेका वेला सो विषयले मन्त्री परिषदमा प्रवेश पाएको हो ।आफ्नै दल सम्वद्ध दलित समुदायका नेताले विरोध थालेर सरकार विरोधी आन्दोलन चर्काउन सहयोग पुगेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री श्रेष्ठलाई सो विषयमा सचेत गराएका छन् ।वैठकमा प्रधानमन्त्री ओलीले श्रेष्ठलाई संवेदनशिल विषयमा भावना र आवेगमा आएर कुनै पनि काम नगर्न भन्दै श्रेष्ठलाई सचेत गराएका हुन् । वैठकमा
बिर्तामोड / नेकपा माओवादी केन्द्र भद्रपुरको कोभिड तथा विपद व्यवस्थापन समितिले आर्थिक समस्यामा परेका र संक्रमण भएकाको परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।समितिले निषेधाज्ञाका कारण समस्यामा परेका ५ सय १० परिवार र कोरोना संक्रमित १ सय ३० परिवारलाई खाद्यान्न र पौष्टिक खानेकुरा वितरण गरेको हो । गरिब तथा विपन्न परिवारलाई प्रति परिवार १० किलो चामल , १ किलो दाल , १ प्याकेट नुन र आधा लिटर तेल र संक्रमितलाई घरमा नै पुगेर पौष्टिक खानेकुरा सहयोग गरेको माओवादी नेता हिक्मत घिमिरेले जानकारी गराएका छन्। कोरोना संक्रमण भएका र समस्यामा परेकालाई सहयोग गर्न माओवादीले बनाएको समितिमा घिमिरे , एनपी सुब्बा, खगेन्द्र प
विराटनगर / प्रदेश १ को प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आज तेस्रो दिन पनि प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।आर्थिक वर्ष २०७८ र ७९ को बजेटमा भौतिक पूर्वाधार क्षेत्रको विषयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा आइतबार भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले सदनमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै माओवादीले आज पनि सदन अवरुद्ध गरेको हो ।मन्त्रीले संसदमा दिएको अभिव्यक्ति फिर्ता लिनु पर्ने र माफि माग्नु पर्ने माग राख्दै माओवादीले सदन अवरुद्ध गर्दै आएको छ । मंगलबार बैठक सुरु भए लगत्तै सांंसदले विरोध जनाएपछि सभामुख प्रदीप भण्डारीले स्थगित गरेका छन् ।मन्त्री कै अमर्यादित र अशोभनीय अभिव
काठमाडौँ / महान्यायाधीवक्ता रमेश बडालले अहिलेको संविधान अनुसार प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपतिलाई नै भएको दावि गरेका छन् । संसद् विघटन सम्बन्धी मुद्दाको सुवाई गर्ने क्रममा सोमबारदेखि सर्वौच्च अदालतमा सुरु भएको बहसको क्रममा उनले राष्ट्रपति र प्रधानमन्त्रीको कदमको बचाउ समेत गरेका छन् । बहसमा महान्यायाधीवक्ता बडालले संविधानको आधारभूत संरचना नै बहुलवाद र बहुदलीय व्यवस्था रहेकाले निर्दलीय व्यवस्थाको कल्पना गर्नै नसकिने बताएका छन् । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मागसहित १४६ सांसदको तर्फबाट दायर रिटमा निवेदकको तर्फबाट बहस गर्ने अधिवक्ताले संविधानको धारा ७६ (५) अ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.