राजनीति

    Showing 7,211-7,220 of 10,445 items.
  • जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाही प्रतिनिधिसभा सदस्यमा निर्वाचित

    झापा / जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्रका उम्मेदवार गोमा गौतम कुँवरलाई १० हजार आठ सय ६० मत अन्तरले पराजित गर्दै शाही निर्वाचित भएका हुन् ।उनले २२ हजार आठ सय १९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी गौतमले ११ हजार नौ सय ५९ मत प्राप्त गरिन । त्यसैगरी नेकपा एमालेका रत्ननाथ योगीले छ हजार पाँच सय २८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 116 पटक पढिएको
  • एमालेका ओलीलाई हराउँदै डोटीमा एकीकृत समाजवादीका प्रेम आले निर्वाचित

    झापा / डोटी जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा एकीकृत समाजवादीका प्रेमबहादुर आले निर्वाचित भएका छन् । बिहीबार बिहान मतगणना सम्पन्न हुँदा आलेले नेकपा एमालेका उम्मेदवार गौरी ओलीलाई ४ हजार २०६ मतान्तरले हराएका हुन् ।सत्ता गठबन्धनका साझा उम्मेदवार आलेले २७ हजार २१० मत प्राप्त गरे । एमालेकी  ओलीले २३ हजार ४ मत प्राप्त गरिन् भने स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ६ हजार ६८९ मत पाए ।राप्रपाका अंकबहादुर खड्काले ८०२, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार केशव बलायरले ७७४ र स्वतन्त्र उम्मेदवार राजप्रासाद जोशीले १०४ मत प्राप्त गरे । कुल १ लाख २४ हजार ८७० मतदाता रहेकामा ६३ हजार ५५२ मत खसेको थियो, जस

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 126 पटक पढिएको
  • प्रतिनिधिसभाका ३० निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कहाँ कसले जिते ?

    झापा  / प्रतिनिधिसभाका १६५ मध्ये ३० वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ ।बुधबार दिउँसो पाँच बजेसम्मको मत परिणामअनुसार नेपाली कांग्रेस १३, एमाले ५, राष्ट्रिय स्वतन्त्र पार्टी ५, नेकपा माओवादी केन्द्र २, नेकपा एकीकृत समाजवादी पार्टी १, राप्रपा १ र नागरिक उन्मुक्ति पार्टी १ स्थानमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै स्वतन्त्र २ ठाउँमा विजयी भएका छन् ।नेपाली कांग्रेसप्रदीप पौडेल– काठमाडौं ५योगेश गौचन थकाली– मुस्ताङ १मोहन आचार्य– रसुवा १टेकबहादुर गुरुङ– मनाङ १राजेन्द्र कुमार के. सी. – काठमाडौं १०उदयशमशेर जबरा– ललितपुर १हृदयराम थानी– सुर्खेत २सन्तोष चालिसे– काठमाडौ

    • प्रकाशित मितिः मंसिर ७, २०७९
    • 157 पटक पढिएको
  • झापा २ (२) मा एमालेका पाठक निर्वाचित

    बिर्तामोड / झापा निर्वाचन क्षेत्र नं २ (२) बाट प्रदेश सभा सदस्य पदमा नेकपा एमालेका तिलचन पाठक (चिन्तन) भारी मतान्तरले विजयी भएका छन् ।नेकपा एमाले प्रदेश कमिटीका सचिवसमेत रहेका पाठकले २० हजार १८४ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार खगेन्द्र मैनालीले १६ हजार ३४४ मत प्राप्त गरे ।नेपाली कांग्रेसका मैनालीले ३ हजार ८४० मत कम पाएका हुन् । यसअघि झापा २ (१) बाट नेकपा एमालेका एकराज कार्कीले पनि १२ हजार ६३० मतको अन्तरले सत्ता गठबन्धनका उम्मेदवार पुष्प पोखरेललाई पराजित गरिसकेको छन् । 

    • प्रकाशित मितिः मंसिर ७, २०७९
    • 121 पटक पढिएको
  • रेशम चौधरीका बुवा लालवीर बर्दिया –२ बाट निर्वाचित

    झापा /  बर्दिया –२ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरी निर्वाचित भएका छन् । माओवादी केन्द्रका सुरेश पन्थलाई १३६ मतान्तरले पछि पार्दै चौधरी विजयी भएका हुन् ।चौधरीले २६ हजार ५२० मत ल्याउँदा पन्थले २६ हजार ३८४ मत पाए । नेकपा एमालेका पंकजसिंह राठौरले १६ हजार ९० मत प्राप्त गरे । राप्रपाका विनय रावलले १३ हजार २९२ मत प्राप्त गरे ।निर्वाचित चौधरी टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका पूर्वसांसद रेशम चौधरीका बुवा हुन्। रेशमको उम्मेदवारी खारेज भएपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्र उम्मेदवारी दिएका लालवीर चौधरीलाई सहयोग गरेको थियो ।

    • प्रकाशित मितिः मंसिर ७, २०७९
    • 133 पटक पढिएको
  • जसपा अध्यक्ष उपेन्द्र यादवलाई भारी मतान्तरले हराउँदै जनमत पार्टीका अध्यक्ष सिके राउत विजयी

    काठमाडौं / सप्तरी क्षेत्र नम्बर- २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके) राउत विजयी भएका छन् ।जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मत १८ हजार ६३ मतान्तरले पराजित गर्दै राउत विजयी भएका हुन् । राउतले ३५ हजार ४२ मत ल्याउँदा यादवले १६ हजार ९६९ मत ल्याए ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत ल्याए । अन्य उम्मेदवारले हजार मत पनि कटाउन सकेन ।

    • प्रकाशित मितिः मंसिर ७, २०७९
    • 109 पटक पढिएको
  • जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बाग्लुङ –१ बाट निर्वाचित

    बाग्लुङ / बाग्लुङ क्षेत्र नम्बर –१ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् । केसीले नेकपा एमालेका सूर्यप्रसाद पाठकलाई २ हजार ६२६ मतान्तरले पराजित गरेका हुन् ।केसीले २१ हजार ४५१ मत ल्याएका छन् भने एमालेका पाठकले १८ हजार ८२५ मत पाएका छन् । यहाँबाट ०७४ मा पाठक निर्वाचित भएका थिए । यसपटक बाग्लुङ १ मा ५४ हजार ७११ मत खसेको थियो ।

    • प्रकाशित मितिः मंसिर ७, २०७९
    • 105 पटक पढिएको
  • झापा –५ : अधिकारी भन्दा साढे २३ हजार मतले अगाडि ओली

    झापा  / झापा –५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २३ हजार ६५१ मतले पछि पार्दै अग्रता कायम राखेका छन् ।ओलीले ४४ हजार ८०५ मत प्राप्त गर्दा अधिकारी २१ हजार १५४ मतसहित दोस्रो स्थानमा छन् । तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेशकुमार पोखरेल रहेका छन् । उनले नौ हजार ९३० मत ल्याएका छन् । अन्य उम्मेदवारहरूले उल्लेख्य मत ल्याउन सकेका छैनन् । 

    • प्रकाशित मितिः मंसिर ७, २०७९
    • 101 पटक पढिएको
  • झापा –२ को प्रदेशसभा (१) मा एमालेका कार्की निर्वाचित

    बिर्तामोड / झापा क्षेत्र नम्बर –२ को प्रदेशसभा (१) मा एमालेका उम्मेदवार एकराज कार्की विजयी भएका छन् । नेकपा एकीकृत समाजवादीका उम्मेद्वार पुष्पराज पोखरेललाई छ हजार ८० मतान्तरले पछि पार्दै कार्की प्रदेशसभा १ बाट निर्वाचित भएका हुन् । कार्कीले १८ हजार ७३१ मत ल्याउँदा पोखरेलले १२६५१ मत प्राप्त गरेका छन् । कार्की विजयी भएपनि आधिकारिक घोषणा नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

    • प्रकाशित मितिः मंसिर ७, २०७९
    • 127 पटक पढिएको
  • गुल्मीमा झाँक्रीलाई हराउँदै गोकर्ण विष्ट निर्वाचित

    झापा / गुल्मी- २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । एमालेका विष्टले २८ हजार ४७६ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी नेकपा एसकी झाँक्रीले २६ हजार ४४२ मत पाइन् । विष्ट र झाँक्रीको मतान्तर २ हजार ३४ रहेको छ । विष्ट गुल्मी २ बाट २०७० र २०७४ मा पनि निर्वाचित भएका थिए । लगातार तेस्रो पटक विष्टले चुनाव जितेका हुन् ।

    • प्रकाशित मितिः मंसिर ७, २०७९
    • 104 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.