राजनीति

    Showing 7,341-7,350 of 10,447 items.
  • एमालेका एक सय भन्दाबढी नेता कार्यकर्ता माओवादीमा प्रवेश

    झापा / सिराहामा नेकपा एमाले परित्याग गरी एक सय भन्दाबढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । गोल बजार -४ भट्टटोलमा एक समारोहको आयोजित कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य तथा सिराहा क्षेत्र नम्बर ३ बाट वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विश्वनाथ साहले माला र अबिर लगाएर उनीहरूलाई स्वागत गरे । उनीहरू गोल बजार -४ का मदन यादव, नथुनी महरा (माइन्जन), गोविन्द महरा र गोल बजार- ६ का अरुण कुमार साहलगायत रहेका छन् ।नव-आगन्तुकहरुलाई पार्टीमा स्वागत गर्दै नेता साहले आगामी मंसिर ४ को निर्वाचनको  कार्यमा जुट्न समेत अनुरोध गरेका छन् । उनले आफू पदमा रहँदा वा नहुँदा सधैँ जनताको सेवामा

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • 128 पटक पढिएको
  • पार्टीमा आन्तरिक समस्या छैन् : डाक्टर शर्मा

    बेलबारी  / मोरङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उमेद्वार डाक्टर सुनील शर्माले पार्टीमा कुनै आन्तरिक समस्या नरहेको बताएका छन् । आज पत्रकारहरूसँग कुरा गर्दै उनले १२ लाख क्रियाशील सदस्य रहेको पार्टीमा एकाध ब्यक्तिको असन्तुष्टिलाई सामान्य मान्नु पर्ने बताए । उनले भने – पार्टीले आधिकारिक उमेद्वार बनाएपछि लोकतान्त्रिक पार्टीको सदस्य बनेर म मान्दिन भन्न मिल्दैन । पार्टीमा योगदान दिएका, लामो समय सम्म जेल नेल भोगेर काम गरेका सम्पूर्ण अग्रजहरू प्रति उनले आदर भाव प्रकट गर्दै भने – पार्टीको महाधिवेशनमा आन्तरिक प्रतिस्पर्धा भयो । त्यो पनि लोकतन्त्रको सुन्दर पक्ष हो । लोकतन्त्रको अभ्यासमा प्रतिस्पर्ध

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • 103 पटक पढिएको
  • माओवादीका कार्यकर्ताले गरे पूर्वपश्चिम राजमार्ग अवरुद्ध

    सर्लाही  / नेकपा माओवादी केन्द्रका कार्यकर्ताले हरिवनमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।माओवादीकी समानुपातिक उम्मेदवार माया बलमाथि भएको आक्रमणको विरोध गर्दै र दोषीमाथि कारबाहीको माग गर्दै उनीहरूले राजमार्ग बन्द गरेका हुन् ।सर्लाहीकी बलमाथि दुई दिनअघि आफूलाई विप्लव नेतृत्वको नेता बताउने हरिकृष्ण पौडेलले ढुंगामुढा प्रहार गरेको र चुनाव प्रचार प्रचारमा प्रयोग भएको गाडी तोडफोड गरेको माओवादीको आरोप छ ।पौडेललाई इलाका प्रहरी कार्यालय हरिवनले पक्राउ गरे पनि शनिबार पौडेल छुटेका थिए । उनले उम्मेदवारमाथि सांघातिक आक्रमण गर्नुका साथै निर्वाचन बिथोल्ने किसिमको क्रियाकलाप गरेकोमा आवश्यक कारबाही

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • 124 पटक पढिएको
  • घरदैलोमा पुग्दा रेखाको पक्षमा महिलाहरूको नाराबाजी

    विराटचोक  / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कि केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नम्बर -३ कि उम्मेदवार रेखा थापाको पक्षमा स्थानीय महिलाहरूले नाराबाजी गरेका छन् । शनिवार घरदैलोको क्रममा सुन्दरहरैंचा -१२ पुगेकी थापालाई जिताउन साथ दिने प्रतिबद्धता व्यक्त गर्दै केही महिलाहरूले उनको पक्षमा नारा लगाएका थिए ।रेखाको समर्थनमा नारा लगाउने स्थानीय शान्त चौधरी भन्छिन् धेरै पटक अरूलाई हेर्यौ अब एक पटक हाम्रो चेलीलाई, छोरी पनि जिताऊँ न त कतिसम्म गर्न सक्नुहुँदो रहेछ भनेर समर्थन गरेको हो । हामी उहाँलाई साथ दिन्छौ । उहाँ स्थानीय पनि हुनुहुन्छ । त्यै भएर पनि हाम्रोलाई हैन राम्रोलाई हे

    • प्रकाशित मितिः कार्तिक १९, २०७९
    • 116 पटक पढिएको
  • जसपाको घोषणापत्र : प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली, सबै नागरिकलाई नागरिकता (पूर्णपाठसहित)

    झापा  / जनता समाजवादी पार्टी (जसपा)ले घोषणापत्र सार्वजनिक गरेको छ । जसपाले शनिबार आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै घोषणापत्र सार्वजनिक गरेको हो ।जसपाले घोषणा पत्रमा पूर्णसमानुपातिक संसद् र प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको व्यवस्था, न्यायप्रणालीलाई संघीय स्वरूपमा पुनर्संरचना गर्ने र सबै नेपाली नागरिकलाई नागरिकता प्रदान गर्ने उल्लेख गरेको छ।यस्तै, भ्रष्टाचार अन्त्य गर्ने र नागरिकतामा विद्यमान लैंगिक विभेदको अन्त्य गरी युवाहरूलाई देशमै रोजगारीको व्यवस्था गर्ने पनि जसपाले प्रतिबद्धता व्यक्त गरेको छ।कृषि क्षेत्रको विकासका लागि भूमि

    • प्रकाशित मितिः कार्तिक १९, २०७९
    • 114 पटक पढिएको
  • झापा –३ : सिटौला र लिङ्देन दुवैलाई चुनाव जित्न चुनौति (भिडियाे रिर्पाेटसहित)

    आर. शर्माबिर्तामोड / निर्वाचनको मिति नजिकिसँगै झापा क्षेत्र नम्बर –३ मा आम चासो बढ्न थालेको छ । दुई हेभिवेट नेताहरू अलग अलग विचारको नेतृत्व गर्दै चुनावी मैदानमा उत्रिएका कारण यतिबेला सबैको ध्यान क्षेत्र नम्बर –३ मा परेको हो । कांग्रेसका प्रभावशाली नेता कृष्ण प्रसाद सिटौला र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन दुवैलाई यसपटक परिणाम आफ्नो पक्षमा पार्नुपर्ने चुनौति छ । राप्रपाले झापाको –३ नम्बर क्षेत्रलाई आफ्नो राजधानीको रुपमा लिएको छ । नेता लिङ्देन पार्टी अध्यक्ष बनेपछि चौथो पटक यस क्षेत्रबाट कांग्रेस नेता सिटौलासँग प्रतिस्पर्धा गर्दैछन् । कांग्रेसभित्र कूटनी

    • प्रकाशित मितिः कार्तिक १९, २०७९
    • 239 पटक पढिएको
  • झापा –५ मा गठबन्धनले सार्वजनिक गर्याे साझा प्रतिबद्धतापत्र

    बिर्तामोड  / नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीसहितको लोकतान्तिक–वाम गठबन्धनले झापा क्षेत्र नम्बर ५ को साझा प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । गठबन्धनका उम्मेदवारहरूले दमक –६ सिद्धि मार्केटस्थित गठबन्धनको निर्वाचन प्रचार कार्यालयमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि ४० बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो । क्षेत्र नम्बर –५ मा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ डा. खगेन्द्र पाण्डव अधिकारी, समानुपातिकमा अईन्द्र विक्रम केरुङ, प्रदेशसभामा प्रत्यक्ष तर्फ गगन पुरीले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।प्रतिनिधि

    • प्रकाशित मितिः कार्तिक १९, २०७९
    • 127 पटक पढिएको
  • आज घोषणापत्र सार्वजनिक गर्दै जसपा

    झापा / जनता समाजवादी पार्टी (जसपा)ले आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जसपाले आफ्नो घोषणापत्र सार्वजनिक गर्न लागेको हो।दिउँसो २ बजे नयाँ बानेश्वरस्थित होटल एभरेस्टमा एक कार्यक्रमका बीच घोषणापत्र सार्वजनिक गरिने पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बहादुर बस्नेतले जानकारी दिए । सत्ता गठबन्धनसँग असन्तुष्टि जनाउँदै जसपा नेकपा एमालेसँग गठबन्धन गरेर निर्वाचनमा होमिएको छ । नेकपा एमालेसंग तालमेल गरेको जसपाले प्रतिनिधि सभा सदस्यका लागि १७ स्थानबाट उम्मेदवारी दिएको छ ।

    • प्रकाशित मितिः कार्तिक १९, २०७९
    • 97 पटक पढिएको
  • झापा –३ मा विचारको भिडन्त (भिडियाे रिर्पाेटसहित)

    आर. शर्माबिर्तामोड / चुनावको मिति नजिकिएसँगै झापा निर्वाचन क्षेत्र नं.३ को चुनावी भिडन्त चाख लाग्दो बन्दै गएको छ । गणतन्त्रका सारथी र राजतन्त्रका हिमायतीबीचको प्रतिस्पर्धाले चुनावी भिडन्त चाखलाग्दो बन्दै गएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला दुवैले यस पटकको निर्वाचनमा राजनीतिक विचारको आधारमा प्रतिस्पर्धा हुने बताइरहेका छन् । वैचारिक रुझानलाई चुनावी एजेण्डा बनाउने ज्यादै कम निर्वाचन क्षेत्र मध्ये झापा ३ पर्ने भएको छ । हिन्दु राज्य र राजतन्त्र पुनःस्थापना अभियानका सबैभन्दा प्रखर नेतृत्व कर्ता राजेन्द्र लिङदेनला

    • प्रकाशित मितिः कार्तिक १८, २०७९
    • 1,151 पटक पढिएको
  • रिहा भए वली

    झापा / नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता शरद वली रिहा भएका छन् । बिहीबार नवलपुरको बसन्तपुरबाट पक्राउ परेका वलीलाई प्रहरीले आज बिहान रिहा गरेको हो । सरद नवलपरासी इन्चार्जसमेत हुन्। उनलाई नवलपुरको मध्यपुर नगरपालिका बसन्तपुरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। उनी पार्टीको काममा जाँदै थिए।विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले मंसिर ४ को चुनाव बहिष्कार गर्ने निर्णय गरेका थिए।यसपछि प्रहरीले ती पार्टीका नेता तथा कार्यकर्तामाथि निगरानी बढाएको छ। 

    • प्रकाशित मितिः कार्तिक १८, २०७९
    • 103 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.