बिर्तामोड / संवैधानिक प्रकृया र कानुन मिचेर सरकारको सिफारिसमा भएको संसद विघटनको विरुद्ध राष्ट्रपति निवास शीतल निवास अगाडी नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले विरोध प्रदर्शन गरेको छ । नेविसंघका विद्यार्थीले राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै शीतलनिवास अगाडि प्रदर्शन गरेका हुन् ।
बिर्तामोड / चिकित्सकहरुले महामारीको समयमा जनताको जीवन रक्षामा लाग्न छाडेर प्रधानमन्त्री र राष्ट्रपतिले मध्यावधि निर्वाचनको घोषणा गरेर नागरिकको जीवनप्रति गैर जिम्मेवार बनेको आरोप लगाएका छन् । कोरोनाको दोस्रो लहरले मुलुक आक्रान्त बनेका बेला प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन र मध्यावधि निर्वाचनको घोषणाले चिन्तित र मर्माहित तुल्याएको उनीहरुले बताएका छन् । उनीहरुले विज्ञप्ति जारी गरी स्वास्थ्य क्षेत्रमा आएको सङ्कटलाई स्वीकार गरेको सरकारले निर्वाचनको घोषणा गर्नु विरोधाभासपूर्ण भएको जिकीर गरेका छन् । उनीहरुले निर्वाचनमा ठूलो खर्च हुने जसले गर्दा कोरोनाका लागि आवश
बिर्तामोड / निर्वाचन आयोगमा नेकपा एमालेको माधव नेपाल पक्षका युवा नेताले राजनीतिक दल दर्ताको लागि निवेदन दर्ता गराएका छन् । युवा नेता जीवन राई अध्यक्ष रहेको नयाँ दलको नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) राखिएको छ । गत वैषाख ७ गते नै सो समुहले दल दर्ताको निवेदन दिएको निर्वाचन आयोगले जानकारी गराएको छ । राई नेपाल पक्षिय अनेरास्ववियूका पूर्व विद्यार्थी नेता हुन् ।नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला माधव पक्षका युवा नेताहरुले दल दर्ताका लागि निवेदन दिएका हुन् । दर्ता भएको नयाँ पार्टीको केन्द्रिय कमिटि २५ सदस्यीय रहेको छ । केन्द्रीय कमिटीको अध्यक्षमा जीवन राई, उपाध्यक्ष कल
काठमाडौँ / नेकपा (एमाले)का युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेतले देशमा बढ्दो राजनीतिक अस्थिरतालाई निकास दिन निर्वाचन अपरिहार्य भएकाले अब सबै निर्वाचनमा केन्द्रित हुनु पर्ने बताएका छन् । सञ्चारकर्मीहरुसँग आज उनले जनताले एमालेलाई पाँच वर्ष सरकार सञ्चालनको जिम्मेवारी दिए पनि पार्टीहरुबीच अस्वस्थ प्रतिस्पर्धा भएको र पार्टीभित्रै चलेको दूषित खेलका कारण सरकार ढाल्ने फोहोरी खेल चलेपछि राजनीतिलाई सही मार्गमा ल्याउन निर्वाचन आवश्यक भएको उनले बताए । निर्वाचन नै अहिलेको राजनीतिक निकास दिने सूत्र भएको भन्दै उनले प्रतिनिधिसभा विघटन प्रधानमन्त्री केपी शर्मा ओलीको रहर नभई बाध्यता भएको बताएु । सरकारमा
बिर्तामोड / चर्चित अधिवक्ता डाक्टर सुरेन्द्र भण्डारीको नेतृत्वमा विगत एक वर्ष यता सकृय रहेको नेपालका लागि नेपाली नामको नागरिक अभियान नेपालका लागि नेपाली नामको राजनीतिक दलका रुपमा परिवर्तन भएको छ । संवैधानिक प्रकृया मिचेर निर्वाचनको घोषणा गरिए लगत्तै नागरिक अभियानमा सकृय उनीहरुले राजनीतिक दल बनाएका हुन् । देशभर संवैधानिक प्रकृया मिचेर घोषणा गरिएको निर्वाचनको विरोध भईरहेको समयमा सो समुहले सो विषयमा आफ्नो धारणा सार्वजनिक नगरी सो कदमको समर्थन गरेको देखिने गरी आफ्नो समुहलाई राजनीतिक दल बनाईएको विषय सार्वजनिक गरेका हुन् । सो पार्टीले एक विज्ञप्ति जारी गरी नवगठीत पार्टीको अध्यक्ष बालकृष्ण न
काठमाण्डौ / संसद विघटनविरुद्ध रिट हाल्न विपक्षी गठबन्धनका दलहरुले आफ्ना पार्टीका सांसदहरुलाई नागरिकता सहित उपस्थित हुन निर्देशन दिएका छन् । दलहरुले आज सर्वोच्च अदालतमा रिट दायर गर्नका लागि आफ्ना सांसदलाई नागरिकता सहित संसद भवनमा उपस्थित हुन निर्देशन दिएका हुन् ।माओवादी संसदिय दलका सचेतक देव गुरुङले प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा भएको संवैधानिक कु को निर्णय कानुनी रुपमा उल्टाउन सर्वोच्च अदालत जानका लागि दलहरुले आफ्ना सांसदलाई नागरिकता सहित उपस्थित हुन निर्देशन दिएको जानकारी गराएका छन् । नेपाली कांग्रेस , माओवादी , एमालेको माधव नेपाल समुह , जसपाको बाबुराम– उपेन्द्र
काठमाडौँ / नेकपा(माओवादी केन्द्र)ले नयाँ सरकार गठन हुने अवस्था कायम रहेको जिकिर गर्दै प्रतिनिधिसभाको विघटन गरी नयाँ निर्वाचनको मिति तोकिएकामा आपत्ति जनाएको छ । सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विज्ञप्ति जारी गरी प्रतिनिधिसभाका १४९ जना सदस्यको हस्ताक्षरसहित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्रीमा दाबी गरिएको उल्लेख गराएका छन् । संविधानको धारा ७६ ९५० बमोजिम नयाँ प्रधानमन्त्रीा दाबी गर्ने दुवै पक्ष (केपी शर्मा ओली र देउवा) को आधार बलियो नभएको भन्दै आज राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी कात्र्तिक २६ र मङ्सिर ३ गते निर्वाचनको मिति तोकेका छन्
काठमाडौँ / नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै प्रतिनिधिसभा विघटन गर्नु दुःखद् भएको बताएका छन् । महामन्त्री डा. कोइरालाले आज विज्ञप्ति जारी गरी राष्ट्रपतिको आह्वानअनुसार नै वैकल्पिक सरकारको दावी गरिएका अवस्थामा संसद् विघटन गरेर नयाँ निर्वाचन मिति तोकिनु लोकतन्त्र र संविधान विपरीत भएको आरोप लगाए ।निवर्तमान सांसद डा कोइरालाले लोकतन्त्र र संविधान रक्षाका लागि एक जुट हुन सबैलाई आग्रहसमेत गरेका छन् । कांग्रेस नेत्री सुजाता कोइरालाले पनि मध्यरातमा संसद् विघटन हुनु संविधान र लोकतन्त्र माथिको प्रहार भएको बर्ताकीछिन् । पूर्वउपप्रधानम
काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीलाई घोषित मितिमा निर्वाचन गराउनका लागि तयारीमा जुट्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोग पदाधिकारीलाई बोलाएर उनले आगामी कात्तिक २६ र मङ्सिर ३ गते हुने प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले राजनीतिक निकास अपरिहार्य भएकाले नै मुलुक निर्वाचनतर्फ नै अघि बढेको स्पष्ट पारेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका सिफारिशमा गए राति दुई चरणमा प्रतिनिधिसभाको
बिर्तामोड / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राज्यको अभिभावकको रूपमा राजसंस्थाको आवश्यकता पुष्टि भएको जनाएको छ । राप्रपाका अध्यक्ष पशुपति शमशेर जबराले विगतमा गल्ती भएको बताउँदै राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको धज्जी उडाएकाले विश्वमा सफल राजा सहितको प्रजातन्त्रको मोडलमा दलहरु जानुपर्ने बताएका छन् । राप्रपा अध्यक्ष राणाले ट्वीट गर्दै भनेका छन् ‘राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधानको पूर्ण अवमूल्यन भएको छ । दलभन्दा माथि रहने राष्ट्रप्रमुख, निष्पक्ष अभिभावकको रूपमा शाहवंशीय राजसंस्थाको अपरिहार्यता पुनः पुष्टि गरेको छ ।’निर्वाचन प्रजातान्त
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.