राजनीति

    Showing 7,401-7,410 of 10,447 items.
  • एमालेको टिकट अस्वीकार गरेका प्रभु साहलाई गठबन्धनको समर्थन

    झापा / रौतहट -३ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ । साहले एमालेको टिकट अस्वीकार गर्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन् । प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएसँगै रौतहट -३ मा एमालेको उम्मेदवार विहीन बनेको छ । स्वतन्त्र उम्मेदवारी दिएपछि साहले आफू एमालेमा नरहेको घोषणा गरिसकेका छन् । पूर्वमाओवादी नेता रहेका साह पछिल्लो समय एमालेको स्थायी कमिटी सदस्य थिए ।नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रौतहट -३ मा आफूहरूको उम्मेदवार रहेपनि गठबन्धनले साहलाई समर्थन गर्ने निर्णय भएको बताएका छन् । रौतहट -३ मा सत्तारूढ गठबन्धनब

    • प्रकाशित मितिः असोज २७, २०७९
    • 110 पटक पढिएको
  • सामाजिक सञ्जालबाट निर्वाचनको मतपरिणाबारे सर्वेक्षण नगर्न निर्देशन

    झापा / सामाजिक सञ्जालको प्रयोग गरेर आसन्न निर्वाचनका कुनै पनि उम्मेदवार वा राजनीतिक दलको मत सर्वेक्षण गर्न निर्वाचन आयोगले प्रतिबन्ध लगाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि आचारसंहिता लागू भइसकेका कारण आयोगले मत सर्वेक्षण र परिणाम घोषणा गर्न वा प्रकाशन गर्न प्रतिबन्ध लगाएको हो । निर्वाचनको आचारसंहिता विपरीत कतिपय व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण र सोको नतिजा सार्वजनिक गरेको पाइएको आयोगले जनाएको छ ।आयोगका उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले आज प्रेस विज्ञप्ति जारी गरी उपरोक्त व्यवस्था विपरीत कोही कसैल

    • प्रकाशित मितिः असोज २७, २०७९
    • 97 पटक पढिएको
  • झापामा राप्रपा नेपालका चारसहित १५ जनाले लिए उम्मेदवारी फिर्ता

    बिर्तामोड / आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि झापाबाट उम्मेदवारी दिएका २०७ जनामध्ये १५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका १०१ जनामध्ये ७ र प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका १०६ मध्ये  ८ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।  मनोनयन दर्ता गराएकाहरुलाई आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन फिर्ता गर्ने समय तोकिएको थियो। उक्त समयभित्र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका चार जना र स्वतन्त्र ११ जनाले उम्मेदवारी फिर्ता लिएका जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रकाश न्य

    • प्रकाशित मितिः असोज २६, २०७९
    • 138 पटक पढिएको
  • स्वतन्त्र रूपमा उम्मेदवारी दिएका मनाङे प्रदेशसभामा निर्विरोध निर्वाचित

    झापा  / मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’ बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उम्मेदवारी दिएका गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । अर्का स्वतन्त्र उममेदवार दोर्जेलामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका छन् ।गुरुङले निर्वाचन कार्यालयमा बिहान १० बजे आफ्नो उमेदवारी फिर्ताका लागि निवेदन दिएको निर्वाचन अधिकृतको कार्यालय मनाङका सहायक निर्वाचन अधिकृत तारादत्त बडुले बताएका छन् । उनको उमेदवारी फिर्तासँगै मनाङे गण्डकी प्रदेशसभामा निर्वाचित हुने पहिलो सांसद हुनेछन् । मनाङेलाई आफ्नो दलमा ल्याउन उक्त क्षेत्रमा नेकपा (एमाले) तथा

    • प्रकाशित मितिः असोज २६, २०७९
    • 115 पटक पढिएको
  • झापा १ मा विश्वप्रकाश शर्मासँगै १६ जनाको उम्मेदवारी, कुन पार्टीबाट को ?

    बिर्तामोड / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उम्मेदवारी दिएको निर्वाचन क्षेत्र झापा –१ मा प्रतिनिधिसभा सदस्य पदका लागि १६ जनाले मनोनयन दर्ता गराएका छन् ।  मनोनयन दर्ता गराउने १६ जनामा स्वतन्त्र उम्मेदवार तीन जना छन् । नेपाली कांग्रेसबाट विश्व प्रकाश शर्मा, नेकपा एमालेबाट अग्नि प्रसाद खरेल, जनता समाजवादी पार्टी (जसपा) बाट राधा थापा, लोकतन्त्र समाजवादी पार्टी नेपालबाट ओलीन राजवंशी, हाम्रो नेपाल पार्टीबाट ठण्डबहादुर अधिकारी, नेपालका लागि नेपाली पार्टीबाट मुकुन्द दाहाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट सन्तराज कार्की रहेका छन् । त्यस्तै मङ्गोल नेशनल अर्गनाइजेशनबाट स

    • प्रकाशित मितिः असोज २६, २०७९
    • 156 पटक पढिएको
  • राष्ट्रिय स्वतन्त्र पार्टीबाट झापाको कुन क्षेत्रमा कसले गरायो मनोनयन दर्ता ?

    बिर्तामोड  / राष्ट्रिय स्वतन्त्र पार्टीले झापाका पाँच वटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएको छ । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उक्त पार्टीले झापाका पाँच वटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट झापा क्षेत्र नम्बर –१ मा ओमनाथ भण्डारी, झापा –२ मा रुद्र प्रसाद गिरी, झापा –३ मा प्रकाश पाठक, झापा –४ मा शम्भु प्रसाद ढकाल र झापा –५ मा सुरेश कुमार पोखरेलले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गराउने सबै उम्मेदवार ५५ वर्ष भन्दा मुनिका रहेका छन् । राष्ट्रिय स्वतन्त्र पाटीबाट कति जना संसद् भवन पुग्न सफल हुन्छन् त्य

    • प्रकाशित मितिः असोज २६, २०७९
    • 105 पटक पढिएको
  • बागी उम्मेदवारी फिर्ता गर्न गठबन्धनको निर्देशन

    काठमाडौं / सत्ता गठबन्धनमा आवद्ध दलहरूले आगामी ४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको सहमतिबिना उम्मेदवारी दिने नेताकार्यकर्तालाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएका छन् ।सत्तागठबन्धनमा आवद्ध कांग्रेस, माओवादी केन्द्र, नेकपा एस तथा राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवारविरुद्ध उम्मेदवारी प्रस्तुत गर्ने सदस्यहरूले समयभित्रै आ–आफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको हो । निर्वाचन आयोगद्वारा निर्धारित समयसीमा २६ असोज दिउँसो १ बजेभित्र त्यस्ता सदस्यहरूले उम्मेदवारी फिर्ता नलिए सम्बन्धित पार्टीहरूले निष्कासन गर्ने आज बसेको सत्ता गठबन्धनको बैठकले निर

    • प्रकाशित मितिः असोज २५, २०७९
    • 131 पटक पढिएको
  • आज उम्मेदवारको नामावली प्रकाशन गर्दै निर्वाचन आयोग

    झापा / निर्वाचन आयोगले आज (मंगलवार) उम्मेदवारहरूको नामावली प्रकाशन गर्दैछ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको कार्यतालिका अनुसार आयोगले आज उम्मेदवारको नामावली प्रकाशन गर्न लागेको हो ।हिजो (सोमबार) परेका उजुरी र मनोनयन पत्र जाँचबुझ गरी आज साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ। आयोगले यसअघि आइतबार उम्मेदवारहरूको मनोनयन दर्ता गरेको थियो । यस्तै सोमवार उम्मेदवारविरुद्ध परेका उजुरी लिएको थियो । आयोगले उम्मेदवारविरुद्ध परेका उजुरीमाथि छानबिन गर्ने जिम्मा भने सम्बन्धित निर्वाचन अधिकृतलाई नै दिएको छ ।उम्मेदवारहरूमाथि परेको उजुरी पुष्टि

    • प्रकाशित मितिः असोज २५, २०७९
    • 109 पटक पढिएको
  • उम्मेदवारले आज आफूविरुद्ध परेको उजुरीको जवाफ दिनुपर्ने

    झापा  / प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारविरुद्ध परेको उजुरीबारे जवाफ दिनका लागि आज समयसीमा तोकिएको छ।२३ असोजमा उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध २४ असोजमा परेको उजुरीको जवाफ दिनका लागि आज अपरान्ह २ बजेसम्मको समयसीमा तोकिएको हो।प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छेदारसहितका उम्मेदवारविरुद्ध उजुरी परेको छ। देशैभरीका उम्मेदवारमाथि परेको उजुरी पछि आयोगले सो उजुरीका बारेमा आजै जवाफ दिन सम्बन्धित उम्मेदवारलाई सूचना टाँस गरी सम्बन्धित निर्वाचन कार्यालयले जानकारी गराएको छ। उता, निर्वाचन आयोगका अनुसार बुधबार बिहान १० देखि अपराह्न १ बजेसम्म उम्मेदवारले ना

    • प्रकाशित मितिः असोज २५, २०७९
    • 98 पटक पढिएको
  • प्रधानमन्त्री देउवाविरुद्ध कर्णबहादुर मल्लले दिए उजुरी

    झापा / डडेल्धुराबाट उम्मेदवारी दिएका कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा विरूद्ध उजुरी परेको छ । देउवाविरुद्ध नागरिकता र मतदाता नामावलीमा जन्म मिति फरक रहेको भन्दै उजुरी परेको हो । उनीविरूद्ध गन्यापधुराका कर्णबहादुर मल्लले सोमबार डडेल्धुरा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् ।‘नेपाली नागरिकताको प्रतिलिपि र मतदाता नामावलीमा फरक जन्ममिति रहेको, शेरबहादुर देउवा उम्मेदवार हुन अयोग्य भएकोले निजको मनोनयन खारेज गरी पाउन यो उजुरी दिएको छु,’ उजुरीमा उल्लेख छ । डडेल्धुराका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले उजुरीमाथि आवश्यक छानबिन तथा आगामी प्रक्रिया थालिने

    • प्रकाशित मितिः असोज २५, २०७९
    • 115 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.