राजनीति

    Showing 7,411-7,420 of 10,447 items.
  • प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रत्यक्षतर्फ महिलाहरूको सङ्ख्या न्यून (भिडियो सहित)

    झापा  / मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरूले आइतबार मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १ सय ६५ सिटमा देशभरबाट दुई हजार ४ सय ५२ जनाले उम्मेदवारी दिएका छन् ।दर्ता भएका उम्मेद्वारहरूमा महिलाहरूको सङ्ख्या न्यून रहेको छ । जसमा महिला उम्मेदवारको संख्या २ सय २९ मात्रै छ । प्रदेशसभाको प्रत्यक्षतर्फ ३ सय ३० सिटमा तीन हजार ३ सय २६ जनाको उम्मेदवारी परेकामा महिला २ सय ८६ जना मात्रै छन् ।कांग्रेस नेतृत्वको पाँच दलीय सत्ता गठबन्धनबाट र एमाले नेतृत्वको गठबन्धनबाट प्रतिनिधिसभामा २५ जना महिलाले मात्र प्रत्यक्षतर्फ चुनाव लड्ने मौ

    • प्रकाशित मितिः असोज २४, २०७९
    • 99 पटक पढिएको
  • एमालेबाट प्रत्यक्षतर्फ ११ जना महिलाले पाए टिकट (भिडियाेसहित)

    झापा / प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ११ जना महिलालाई उम्मेदवार बनाएको छ । २०७४ को निर्वाचनमा ५ जना मात्रै महिलालाई टिकट दिएको एमालेले यस पटक ११ जनालाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको हो । एमालेले कमलरीदेखि संसद्सम्मको संघर्ष गरेकी शान्ता चौधरीलाई दाङ –१ मा प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवार बनाएको छ ।त्यस्तै ०७४ मा झिनो मतान्तरले पराजित भएकी भगवती चौधरीले यस पटक पनि सुनसरी –३ मै उम्मेदवारी दिएकी छन् । यस क्षेत्रमा उनले कांग्रेसका विजयकुमार गच्छदारसँग प्रतिस्पर्धा गर्नेछिन् ।यता पद्माकुमारी अर्यालले स्याङ्जा –२ र विद्या भट्टराईले कास्की –२ मै उम्

    • प्रकाशित मितिः असोज २४, २०७९
    • 144 पटक पढिएको
  • प्रतिनिधिसभाका लागि माओवादीबाट आठ जना महिला उम्मेदवार (भिडियाेसहित)

    झापा / पाँच दलीय सत्ता गठबन्धनमा आवद्ध दल नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा तर्फ आठ जना महिलालाई उम्मेदवार बनाएको छ ।मंसिर ४ गते हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४८ वटा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाउँदा आठ जना महिलालाई समेटेको हो । तर, प्रदेश १, मधेस प्रदेश र गण्डकी प्रदेशमा भने माओवादीबाट महिलाहरूको उम्मेदवारी शून्य छ । बागमती प्रदेशमा माओवादीले पाँच जनालाई उम्मेदवार बनाएको छ । सबैभन्दा धेरै काठमाडौँबाट चार जना र ललितपुरबाट एक जना महिलाले माओवादीबाट उम्मेदवारी दर्ता गराएका छन् ।माओवादी नेतृ ओनसरी घर्तीले गठबन्धनको साझा उम्मेदवारका रूपमा काठमाडौँ –२ बाट उम

    • प्रकाशित मितिः असोज २४, २०७९
    • 119 पटक पढिएको
  • झापा क्षेत्र नं ३ बाट राप्रपा अध्यक्ष लिङ्देन र कांग्रेस नेता सिटौलाले गराए मनोनयन दर्ता

    बिर्तामोड / मङ्सिर ४ गते हुने निर्वाचनका लागि झापा क्षेत्र नं ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन उम्मेदवारी दर्ता गराएका छन्।लिङ्देनले नेकपा एमालेको समर्थनमा आइतबार चन्द्रगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् । लिङ्देनको उम्मेदवारीको प्रस्तावकमा राप्रपाकै विद्यार्थी नेता माधव पोखरेल र समर्थकमा नेकपा एमालेका नेता लक्ष्मण पाठक रहेका छन्।  झापाको क्षेत्र नम्बर ३ र ५ मा राप्रपाले एमालेसँग गठबन्धन गरेको छ । झापा ३ मा एमालेले लिङदेनलाई सघाउने छ भने झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई

    • प्रकाशित मितिः असोज २३, २०७९
    • 158 पटक पढिएको
  • कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले झापा १ मा गराए उम्मेदवारी दर्ता

    बिर्तामोड / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नं. १ बाट मनोनयन दर्ता गराएका छन् । आइतबार दिउँसो उनले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।शर्मा संसदीय चुनावमा झापा १ बाट यस अघि दुई पटक उम्मेदवार बनिसकेका छन् । तर, उनले दुबै पटक पराजय भोगेका थिए । उनले ०७० सालमा एमालेका रविन कोइराला र २०७४ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका राम कार्कीसँग पराजय भोगेका थिए ।यो क्षेत्रमा यस अघि एमालेका रविन काेइरालाकाे नाम चर्चामा रहे पनि अन्तिम समयमा एमालेले अग्नि खरेललाई अघि सारेको छ । यस निर्वाचन क्षेत्रमा मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिकाकाको वड

    • प्रकाशित मितिः असोज २३, २०७९
    • 157 पटक पढिएको
  • एमाले अध्यक्ष ओलीले गराए झापा –५ बाट मनोनयन दर्ता

    बिर्तामोड / मंसिर ४ गते हुने निर्वाचनको लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । आइतबार दिउँसो दमक नगरपालिकास्थित निर्वाचन कार्यालय पुगेर ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका हुन् । ओलीको प्रस्तावक रोमनाथ ओली र समर्थक दीपक कार्की रहेका छन् । ओली ०४८ सालदेखि निरन्तर यो क्षेत्रबाट चुनाव लड्दै आएका छन्। यसपटक पनि उनी विगतकै प्रतिस्पर्धीसँग चुनावी मैदान उत्रिँदै छन्। गठबन्धनको तर्फबाट कांग्रेसका खगेन्द्र अधिकारीले यस क्षेत्रमा टिकट पाएका छन्। ०७४ को निर्वाचनमा पनि ओली र अधिकारीको प्रतिस्पर्धा

    • प्रकाशित मितिः असोज २३, २०७९
    • 199 पटक पढिएको
  • नेकपा एमालेका जिल्ला सदस्य डम्बरबहादुर गिरीद्धारा पार्टी परित्यागको घोषणा

    बिर्तामोड / नेकपा एमालेका जिल्ला तथा सचिवालय सदस्य डम्बरबहादुर गिरीले नेकपा एमाले परित्यागको घोषणा गरेको छन् । गिरीले  आज सामाजिक सञ्जाल फेसबुक मार्फत पार्टी परित्याग गरेको जानकारी दिएका हुन् । झापा ३ मा एमालेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई गठबन्धनबाट उम्मेदवार बनाएपछि गिरीले नेकपा एमाले परित्यागको घोषणा गरेका  हुन् ।" उनले लेखेका छन् ‘विगत २०६२/०६३ को जनआन्दोलनसँगै मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा रूपान्तरण गर्ने अभियानमा नेकपा एमाले मार्फत सङ्गठित भएर नेकपा एमालेको साविक जलथल गाउँ कमिटी अध्यक्ष, क्षेत्रीय कमिटी क्षेत्र नं ३ को अध्यक्ष, युवा संघ नेपाल झापा

    • प्रकाशित मितिः असोज २३, २०७९
    • 588 पटक पढिएको
  • रूपन्देही १ बाट स्वतन्त्र चुनाव लड्ने घनश्याम भुसालको घोषणा

    झापा / नेकपा एमाले परित्याग गरेका घनश्याम भुसालले रूपन्देही क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन् । स्वतन्त्र वाम उम्मेदवारका रुपमा आफू चुनाव लड्ने उनले बताए । रूपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा भुसालले चुनाव लड्न कुनै दलको चिह्न नलिने बताए ।भुसालले पार्टी छाडेको घोषणा गरेलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनलाई आफ्नो पार्टीको चुनाव चिह्नमा चुनाव लड्न आग्रह गरेका थिए । तर आफू स्वतन्त्र बन्ने कुरा प्रचण्डलाई भनेको उनले जानकारी दिए । स्वतन्त्र उम्मेदवारका रुपमा रहने सत्ता गठबन्धनले पनि समर्थन गर्ने भन्दै प्रचण्ड र आफूसँग भएको कुरा

    • प्रकाशित मितिः असोज २३, २०७९
    • 120 पटक पढिएको
  • एमाले परित्याग गरेका राना झापा –२ बाट गठबन्धनको उम्मेदवार बन्दै

    बिर्तामोड / झापाको अर्जुनधारा नगरपालिकाका पूर्व मेयर तथा नेकपा एमालेका प्रदेश कमिटी सदस्य हरिकुमार रानाले पार्टी परित्याग गरेका छन् । प्रदेश सांसदको दाबेदार रहेका रानाले टिकट नपाउने भएपछि पार्टी परित्याग गरेका हुन् । रानालाई माओवादी केन्द्रले झापा निर्वाचन क्षेत्र नम्बर –२ बाट टिकट दिने भएपछि उनले एमाले परित्याग गरेको बताइएको छ । आइतबार पाँच दलीय गठबन्धनको तर्फबाट माओवादीको चुनाव चिन्ह हँसिया हतौडा लिएर रानाले मनोनयन दर्ता गर्ने भएका छन्।यसअघि क्षेत्र नम्बर –२ मा गठबन्धनले माओवादी केन्द्रकी नेतृ धर्मशीला चापागाइँलाई उम्मेदवारी बनाउने निर्णय गरेको थियो । चापागाईँले उक्त क्षेत्रबाट टिक

    • प्रकाशित मितिः असोज २३, २०७९
    • 586 पटक पढिएको
  • घनश्याम भुसालद्वारा एमाले परित्याग

    झापा / एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् । भुसालले शनिबार दिउँसो सामाजिक सञ्जाल फेसबुक पेज मार्फत एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।उनले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको पार्टीमा नीति र विधिको पुनःस्थापना हुने कुनै सम्भावना नदेखेपछि  घोषणा गरेका हुन् ।४५ वर्षसम्म आफ्नो सम्पूर्ण शक्ति पार्टीमा लगाएपनि नीति र विधिको पुनःस्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि आफूले पार्टी छाड्ने निर्णय गरेको उनले बताए ।फेसबुकमा उनले लेखेका छन्  –‘म स्वयंले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिक

    • प्रकाशित मितिः असोज २२, २०७९
    • 105 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.