राजनीति

    Showing 7,411-7,420 of 7,777 items.
  • जसपा ठाकुर पक्षका सांसदहरुको बैठक सुरु

    काठमाडौं / जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षका सांसदहरुको बैठक सिंहदरबारमा सुरु भएको छ ।जसपा नेता बिमल श्रीवास्तवले अध्यक्ष ठाकुरले समसामयिक राजनीतिबारे छलफल गर्न बैठक बोलाएको बताए । उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षका नेताहरुले भने बैठकबारे आफूहरुलाई जानकारी नभएको बताएका छन् ।राजेन्द्र महतो संसदीय दलको नेता बनेपछि जसपाका सांसदहरुको बैठक बोलाइएको यो पहिलो पटक हो ।

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 71 पटक पढिएको
  • अन्य दलसँग छलफल गरी अघि बढ्ने कांग्रेसको निर्णय

    काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्लो राजनीतिक घट्नाक्रम बारे अन्य दलसँग छलफल गरी अघि बढ्ने निर्णय गरेको छ ।पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आज बिहान बसेको पार्टी पदाधिकारी एवम् पूर्वपदाधिकारीको बैठकले राष्ट्रपतिबाट संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि गरिएको कदम सम्बन्धमा अन्य दलसँग छलफल गर्ने निर्णय गरेको हो ।राष्ट्रपतिको पछिल्लो कदम संविधानको मूलमर्म विपरित भएको निष्कर्ष निकाल्दै बैठकले संविधानको रक्षाका लागि अन्य दलसँग छलफल गरी अघि बढ्ने निर्णय गरेको कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।राष्ट्रपतिले संविधानको ध

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 80 पटक पढिएको
  • संविधान संशोधनका लागि कार्यदल बनाउन एमाले अध्यक्ष र जसपा अध्यक्ष बीच सहमति

    काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली संविधान संशोधन गर्न सहमत भएका छन् । प्रधानमन्त्री ओली र जनता समाजवादी पार्टीको ठाकुर–महतो पक्षबीच संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति भएको हो ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री ओली र जसपा अध्यक्ष बिच बसेको बैठकले कार्यदलका सदस्यको टुंगो लगाउने सहमति भएको छ । मधेशवादी दलहरुले लामो समयदेखि संविधान संशोधनको माग उठाउदै आएका छन् ।ओलीले जनता समाजवादी पार्टीको ठाकुर–महतो पक्षको सबै माग पुरा गर्ने र जनता समाजवादी पार्टीको ठाकुर–महतो पक्षले ओलीलाई साथ दिएर सरकार टिकाई राख्ने सहमति भएको बताईएको छ ।

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 75 पटक पढिएको
  • संकटमा पुगेको सरकारद्वारा अध्यादेश जारी

    काठमाडौंं / राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी अध्यादेश जारी गरेकी छन् ।राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार मन्त्रिपरिषदको सिफारिसमा उनले शपथसम्बन्धी अध्यादेश २०७८ जारी गरेकी हुन् । नेपालमा हालसम्म शपथसम्बन्धी संघीय कानुन छैन ।प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ३१ गते प्रधानमन्त्री पदको शपथ लिँदा राष्ट्रपतिले वाचन गरेको शब्द वाचन नगरी ‘त्यो पर्दैन’ भनेपछि विवाद उत्पन्न भएको थियो ।कानुन व्यवसायीहरुले राष्ट्रपतिले गराएको शपथको कानुनी हैसियतमाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दिएका थिए । रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सरकारसँग लिखित जवाफ मागेको छ ।राष्ट्रपत

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 128 पटक पढिएको
  • अव प्रधानमन्त्रीले विश्वासको मत नलिने

    काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भएका छन् ।संसदको अधिवेशन जेठ ९ गते आह्वान गर्ने निर्णय समेत आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको छ । त्यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ ।संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेका ओलीले उपधारा ४ बमोजिम एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्छ । विश्वासको मत प्राप्त नभएमा उपधारा ५ को प्रक्रिया शुरू हुन्छ ।सरकारका प्रवक्ता सञ्चार तथा सूचन

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 420 पटक पढिएको
  • बादलले दुवै पद एकै दिन गुमाए

    बिर्तामोड / आज नै सर्वोच अदालतको आदेशमा मन्त्रीपद गुमाएका एमालेका नयाँ नेता रामबहादुर थापा (बादल), काँग्रेस र माओवादी पक्षिय गठबन्धनका उमेरद्धार खिमलाल देवकोटासँग पराजित भएका छन् । देवकोटाले कुल ५०८८ मतभारसहित विजय हासिल गरेका हुन् । एमालेको माधव नेपाल पक्षका मत तान्न नसकेपछि बादलको विजय असम्भव बनेको हो ।वाग्मती प्रदेशसभाका १०५ सदस्यले मतदान गरेकामा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाए ।त्यस्तै वाग्मती प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३३ जनाले मतदान गरेकामा देवकोटाले १२८, बादलले १०३ र तामाङले २ मत पाए ।

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 670 पटक पढिएको
  • बादललाई पछिपार्दै देवकोटा विजयको नजिक

    बिर्तामोड / आज भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा स्थानिय निकाय तर्फको मत गणना सकिएको छ । स्थानिय निकाय तर्फ गठबन्धनका साझा उमेरद्धार खिमलाल देवकोटाले नेकपा एमालेका उमेरद्धार रामबहादुर थापा (बादल)लाई पराजित गरेका छन् । देवकोटाले २३०४ मत ल्याउदा बादलको १४५४ मत मात्रै रहेको छ । आजमात्रै सर्वोच्चको अदालतको आदेशमा मन्त्रीपद गुमाएका बादलको पार्टी परिर्वतन आफ्नैलागि घातक हुने भएको छ । 

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 271 पटक पढिएको
  • पार्टीको निर्देशन विरुद्ध गतिविधि गर्नेप्रति एमाले गम्भीर

    काठमाडौँ / नेकपा (एमाले)ले आज सम्पन्न बाग्मती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको निर्देशन पालना नगरी आधिकारिक उम्मेदवार विरुद्ध मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई अत्यन्त गम्भीरताका साथ लिँदै भत्र्सना गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको स्थायी कमिटी बैठकमा उपनिर्वाचनका क्रममा पार्टीकै कतिपय जनप्रतिनिधिले आधिकारिक उम्मेदवार रामबहादुर थापा ‘बादल’ विरुद्ध प्रचार तथा मतदान गरेको सूचनाका आधारमा त्यस कार्यको समीक्षा गरिएको थियो ।बैठकमा प्रधानमन्त्री ओलीले कोभिड–१९ महामारीको बढ्दो प्रकोप र यसविरुद्

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 97 पटक पढिएको
  • राष्ट्रियसभा उपनिर्वाचनको मतदान सम्पन्न

    काठमाडौँ / वामती प्रदेशमा रिक्त  राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचनमा प्रदेशसभा सदस्यतर्फ १०५  र स्थानीय तहतर्फ २३३  गरी  ३३८ जनाले मतदान गरेको निवाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।निर्वाचनमा प्रदेशसभा सदस्य ११० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी  ३४८  मतदाता  थिए । निर्वाचनमा कोरोना भाइरस संक्रमित २५ मतदाताले भाग लिनुभएको थियो । प्रदेशसभा सदस्यको ४८ र स्थानीय तह सदस्यतर्फको मतभार १८ छ ।मतगणना व्यवस्थित गर्न  थप निर्देशनसमेत निर्वाचन अधिकृतलाई आयोगब

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 81 पटक पढिएको
  • सर्वोच्चले गरीदियो पूर्व माओवादी सात मन्त्रीलाई पदमुक्त

    काठमाडौं  /  सर्वोच्च अदालतले माओवादीबाट एमाले प्रवेशगरी मन्त्रीबनेकाहरुको पद खारेज गरिदिएको छ । गैर सांसदलाई मन्त्री नियुक्त गर्ने निर्णयविरुद्ध परेको रिटमा सुनुनवाई गर्दै सर्वोच्चले नियुत्ति बदर गर्ने फैसला गरेको हो ।सर्वोच्चको फैसलासँगै गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणि थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा मन्त्री पदबाट मुक्त भएका छन् ।बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले संविधानको धारा ७८ अनुसार गैर संसद एक पटकलाई बढीमा ६

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 739 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा