राजनीति

    Showing 7,421-7,430 of 10,447 items.
  • जसपा र एमालेबीच १४ जिल्लामा चुनावी तालमेल, कुन क्षेत्र कसलाई ? (सूचीसहित)

    झापा / आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा नेकपा एमाले र जसपा नेपालबीच गठबन्धन हुने भएको छ । एमाले र जसपाबीच १४ जिल्लामा चुनावी तालमेल गर्ने सहमति भएको हो ।एमालेका महासचिव शंकर पोखरेलका अनुसार शनिबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले सिट बाँडफाँटको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिअनुसार मधेस प्रदेशका आठ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेलको सहमति भएको महासचिव पोखरेलले बताए ।यी जिल्लामा प्रतिनिधिसभाका ३५ सिट एमालेले लिनेछ भने जसपाले १७ सिट लिने भएको छ । तालम

    • प्रकाशित मितिः असोज २२, २०७९
    • 193 पटक पढिएको
  • सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा जुट्यो सहमति, कसले कति सिट पाए ?

    झापा  / सत्ता गठबन्धनभित्र संघीय निर्वाचन अन्तर्गत सिट बाँडफाँटमा सहमति जुटेको छ । पछिल्लो समय सत्ता गठबन्धनका शीर्ष नेताहरू मङ्सिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचन अन्तर्गत भागबन्डा मिलाउन निरन्तर छलफलमा जुटेका थिए ।सत्ता गठबन्धनमा आवद्ध दल जनता समाजवादीले नेकपा एमालेसँग तालमेल गर्ने निर्णय गरेपछि गठबन्धनभित्र सहमति जुटेको हो । जसपा बाहिरिए पनि महन्थ ठाकुर नेतृत्वको लोसपा भने गठबन्धनमा सामेल हुने भएको छ ।जसअनुसार ९८ स्थानमा कांग्रेस र लोसपाबीच बाँडफाँट हुने स्रोतको दावी छ । हाल १२ क्षेत्र खाली राखिएको छ । त्यही १२ क्षेत्र लोसपालाई दिएर कांग्रेस ८६ मा बस्न सक्ने सहमित जुटेको जनाइएको

    • प्रकाशित मितिः असोज २२, २०७९
    • 120 पटक पढिएको
  • यी हुन् कांग्रेसका ११० जना समानुपातिक उम्मेदवार(सूचीसहित)

    झापा / नेपाली कांग्रेसले समानुपातिक तर्फका १ सय १० जना उम्मेदवार तय गरेको छ । सूचीमा खस आर्य पुरुषको १ नम्बरमा प्रवक्ता प्रकाशशरण महतको नाम छ भने दोस्रोमा वसन्त भट्टराई र तेस्रोमा आनन्द प्रसाद ढुङ्गानाको नाम राखिएको छ ।महिलातर्फ अम्बिका बस्नेतको नाम राखिएको छ । शेखर कोइराला पक्षको दबाबपछि प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको नाम खसआर्यको महिला तर्फको तेस्रो नम्बरमा राखिएको छ ।यस्तै, आदिवासी जनजाति पुरुषतर्फ एक नम्बरमा पूर्वउपसभापति गोपालमा​न श्रेष्ठ र महिलातर्फ केन्द्रीय सदस्य सरस्वती बजीमयको नाम राखिएको छ ।हेर्नुहोस् सूचीःखस – महिलातर्फअम्बिका बस्नेतसरिता प्रसाईंडा. आरजु राण

    • प्रकाशित मितिः असोज २१, २०७९
    • 339 पटक पढिएको
  • राष्ट्रपतिले सर्वसाधरणलाई टीका लगाइदिने

    काठमाडौंँ / राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँ २०७९ को अवसरमा यस वर्ष विशिष्ट व्यक्तिका साथै सर्वसाधरणलाई विजया दशमीमा टीका प्रसाद प्रदान गर्ने भएकी छिन् । राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिका अनुसार व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रीगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तिलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म तथा सर्वसाधरणलाई दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ ।राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार यही असोज १९ गते बुधबार विजया दशमीका दिन राष्ट्रपतिबाट टीका तथा प्रसाद प्रदान गर्ने कार्य

    • प्रकाशित मितिः असोज १८, २०७९
    • 112 पटक पढिएको
  • ३२ दलले सच्याए बन्दसूची

    काठमाडौँ / आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि ३२ राजनीतिक दलले प्रतिनिधि सभातर्फको समानुपातिकको बन्दसूची परिमार्जन गरेका छन् । निर्वाचन आयोगले आइतबारसम्म बन्दसूची संशोधन गर्न अवधि दिएकोमा आइतबार साँझसम्म २३ दलले पहिले प्रस्तुत गरेको सूची संशोधन गरी आयोगमा बुझाएका छन् । निर्वाचन आयोग राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आइतबार साँझसम्ममा ३२ वटा राजनीतिक दलले समानुपातिकको बन्दसूची सच्याएर बुझाएका हुन् । आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिकको बन्दसूची सच्याएर बुझाउन आइतबारसम्मको समयसीमा दिएर ४८ राजनीतिक

    • प्रकाशित मितिः असोज १७, २०७९
    • 105 पटक पढिएको
  • इटहरीका निवर्तमान मेयर द्वारिकलाल चौधरी माओवादीमा प्रवेश

    काठमाडौं  / सुनसरीको इटहरी उपमहानगरपालिकाका निवर्तमान मेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आइतबार बिहान चौधरीसहित नेकपा एमालेका नेता–कार्यकर्ताहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वागत गरेका हु्न ।इटहरी १७ घर भएका चौधरी २०४१ सालदेखि अनेरास्ववियुमा संगठित भएर राजनीतिमा लागेका थिए । २०७२ सालमा एमाले सुनसरी जिल्ला अध्यक्ष अध्यक्ष भएका उनी २०७४ को स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए । त्यसअघि २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा उनी एमालेको समानुपातिक उम्मेदवार समेत थिए ।

    • प्रकाशित मितिः असोज १६, २०७९
    • 100 पटक पढिएको
  • आम निर्वाचनमा काठमाडौं –१ बाट उम्मेदवारी दिने रवीन्द्र मिश्रको घोषणा

    झापा / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं –१ बाट उम्मेदवारी दिने भएका छन् ।विवेकशील साझा त्यागेर राप्रपासँग एकता गरेको दुई दिनपछि शुक्रबार मिश्रले औपचारिकरूपमा उम्मेदवारी घोषणा गरेका हुन् । मिश्रको उम्मेदवारी घोषणा कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको उपस्थित भए  । मिश्र २०७४ को संसदीय चुनावमा पनि यही क्षेत्रबाट उम्मेदवार बनेका थिए । विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका मिश्र त्यसबेला नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग थोरै मतान्तरमा पराजित भएका थिए ।सिंह १० हजार

    • प्रकाशित मितिः असोज १४, २०७९
    • 118 पटक पढिएको
  • निर्वाचनको तयारी थाल्न कांग्रेसको निर्देशन

    बिर्तामोड / नेपाली कांग्रेस झापाले आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी थाल्न मातहतका निकायलाई निर्देशन दिएको छ ।नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य, क्षेत्रीय सभापति, प्रदेश क्षेत्रीय सभापति, गाउँ/नगर सभापति एवं भातृ तथा शुभेच्छुक सङ्घसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागितामा सम्पन्न बैठकले असोज १५ गते सबै क्षेत्र, प्रदेश क्षेत्र, गाउँ-नगरमा बैठक राखी निर्वाचनको तयारी थाल्न निर्देशन दिएको हो ।आगामी असोज २३ गते प्रत्यक्ष निर्वाचनतर्फको उम्मेद्वार मनोनयन दर्ताका लागि गठबन्धन दलसँग छलफल एवं

    • प्रकाशित मितिः असोज १४, २०७९
    • 118 पटक पढिएको
  • प्रदेश र प्रतिनिधिसभा निर्वाचन : समानुपातिक सांसदको सूची हेरफेर गर्ने जिम्मा अध्यक्ष ओलीलाई

    झापा / प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समानुपातिक सांसदको सूची थपघट गर्ने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।बिहीबार राति अबेरसम्म बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फको उम्मेदवार सूची थपघट गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएको हो ।आगामी ४ मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले यसअघि असोज ३ गते समानुपातिक सांसद हुनेको नाम निर्वाचन आयोगमा बुझाएको थियो ।सो लिस्टमा आवश्यक उम्मेदवारको नाम हेरफेर गर्ने जिम्मा ओलीलाई दिइएको पार्टी प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।‘हामीले जे लिस्ट तयार पारेको थियौं वा प्रस्ताव गरेको थियौं त्यसमा अध्यक्ष ज्य

    • प्रकाशित मितिः असोज १४, २०७९
    • 120 पटक पढिएको
  • सिट बाँडफाँडका लागी सत्ता गठबन्धनको बैठक आज पनि बस्ने

    काठमाडौं / सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले सिट बाँडफाँडलाई अन्तिम रूप दिने नेताहरूले दाबी गरेका छन् । आजको बैठकले दलहरूले पाउने सिट संख्या टुङ्ग्याउने गठबन्धनका एक नेताले बताए ।साथै दोहोरो दाबी रहेका केही क्षेत्रबारे पनि आजको बैठकले निर्णय लिने बताइएको छ । एकीकृत समाजवादीले आफूले पाउनुपर्ने सिट संख्या बढाइनुपर्ने भन्दै असन्तुष्टि जनाइरहेको छ ।

    • प्रकाशित मितिः असोज १४, २०७९
    • 103 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.