राजनीति

    Showing 7,431-7,440 of 7,777 items.
  • जसपाका चार सदस्यलाई कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

    काठमाडौँ / सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट निर्वाचित चार सदस्यलाई पदमुक्त गर्ने प्रदेशसभा सचिवालयको निर्णय संविधान र कानूनसम्मत नभएको ठहर गर्दै उक्त निर्णय कार्यान्वयन गर्न आदेश जारी गरेको हो । अदालतको आदेशले जसपाका चार प्रदेशसभा सदस्यको पदबहाली भएको छ ।निष्काशन गर्नुअघि पार्टीले स्पष्टीकरण पेश गर्ने मौका  प्रदान गरेको भन्ने निवेदन तथा मिसिल संलग्न कागजातबाट देखिन नआएकाले संसदीय दलका सदस्यबाट निष्काशन गर्दा सम्बन्धित

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • 72 पटक पढिएको
  • जसपाका चार पदमुक्त सांसदको रिट नहकुल सुवेदीको इजलासमा

    काठमाडौं / जनता समाजवादी पार्टी (जसपा)का लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएका चार सांसदको बदरको माग गर्दै दायर रिट सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेको छ । अहिले चारै जना लुम्बिनी प्रदेशका मन्त्री छन् ।पार्टीको निर्देशनविपरीत सरकारमा गएको भन्दै जसपाको कार्यकारिणी समितिको बहुमतले सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई निस्कासन गरेको थियो । त्यही कारबाहीका आधारमा प्रदेशसभाका सभामुखले उनीहरु पदमुक्त भएको घोषणा गरेका थिए ।कारबाहीविरुद्ध चार मन्त्रीले दायर गरेको रिटमा लुम्बिनी प्रदेशसभाका सभामुख, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र य

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • 73 पटक पढिएको
  • जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री ओली

    काठमाडौँ / प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनसँग जोडन र जनतालाई समृद्ध जीवनको प्रत्याभूति गर्न सके मात्र लोकतन्त्र सार्थक हुने बताएका छन् ।जननेता मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको २८ औँ स्मृति दिवसका अवसरमा आज विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’को निरन्तरता रक्षा, कार्यान्वयन र विकास गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले राष्ट्रियताको सम्वद्र्धन र राष्ट्रिय हिताको रक्षाका लागि अविचलितरुपमा क्रियाशील हुने प्रण गर्दै पार्टीलाई एकताबद्ध, जनआधारित, गतिशील, अनुशासित र मुलुकको नेतृत्वदायी शक्तिका रुपम

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • 88 पटक पढिएको
  • प्रधानमन्त्रीको शपथ खारेज गर्न माग गर्दै रिट दायर

    काठमाडौँ /  प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथ ग्रहण गराउन माग गर्दै सर्वोच्चमा रिट निवेदन पेश भएका छन्।ओलीले सोमबार शपथ लिँदा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द छुटाएकाले पुनः शपथ गराउन अन्तरिम आदेशको माग गर्दै वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्र ओली, सन्तोष भण्डारी लगायतले तीनवटा रिट निवेदन पेश गरेका हुन्। सबै प्रशासनिक काम सकिए पनि आइतबार समय अभावका कारण निवेदन दर्ता हुन नसकेको ज्ञवालीले जानकारी दिए । ठूलो दलको संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्री नियुक्त भइ शपथ लिने क्रममा ओलीले सोमबार राष्ट्रपतिलाई  ‘त्यो पर्दैन’ भन्दै विवादस्पद शपथ लिएका थिए।शपथ

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 210 पटक पढिएको
  • अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई सलाम छ : सभापति देउवा

    काठमाडौँ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा दिनरात बिरामीका उपचारमा लागिपरेका चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकलगायत  सबैप्रति कृतज्ञता व्यक्त गर्दै उच्च प्रशंसा गरेका छन् ।उनले फ्रन्टलाइनरको मेहनतले बिरामीमा आशाको किरण देखिएको सामाजिक सञ्जालमार्फत  जर्नाका छन् ।  एक दिन राज्यले पक्कै पनि फ्रन्टलाइनरले यो कठिन अवस्थामा गरेको योगदानको कदर गर्ने पूर्वप्रधानमन्त्री देउवाले बताएका छन् ।

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 85 पटक पढिएको
  • एमालेमा विवाद मिलाउन कार्यदल गठन

    काठमाडौँ / सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको आज भेटवार्ताबाट पार्टीको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको छ ।कार्यदलमा अध्यक्ष ओलीका तर्फबाट संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल छन् भने नेता नेपालका पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त  रहेको नेता नेपालले सञ्चारकर्मीलाई जानकारी दिए । उनले कार्यदललाई तीन दिनको समय दिइएको र आवश्यकतानुसार थप्न सकिने बताए । भेटवार्ताबाट निस्किएपछि अ

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 74 पटक पढिएको
  • पदमुक्त गरिएका जसपाका चार सांसद द्धारा सर्वोच्चमा रिट दर्ता

    काठमाडौं / जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष उपेन्द्र यादव पक्षको कारबाहीमा परी लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएका चार सांसदले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।मुख्यमन्त्री शंकर पोखरेलको सरकार जोगाएर विपक्षीको अविश्वस प्रस्तावको हस्ताक्षर फिर्ता लिएका सन्तोषकुमार पाण्डेय, विजयबहादुर यदव, सुमन शर्मा र कल्पना पाण्डेलाई यादव पक्षको कारवाहीलाई आधार मानेर प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले १६ वैशाखमा पदमुक्त गरेका थिए ।उनीहरुले उत्प्रेषणको आदेशबाट भएको प्रदेशसभाको कारबाही बदर होस् गर्न माग गरेका छन् । अहिले उनीहरू चारैजना लुम्बिनी प्रदेशका मन्त्री छन् ।

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 96 पटक पढिएको
  • कार्यदल गठनका लागि अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता

    काठमाडौँ / दलभित्रको विवादको समाधान आपसी छलफलबाट निकाल्ने क्रममा नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र  नेता माधवकुमार नेपालबीच आज सिंहदरबारमा भेटवार्ता शुरु भएको छ ।नेकपा (माओवादी केन्द्र) सँगको एकता (२०७५ जेठ ३) पूर्वका अवस्थामा दलका सङ्गठन र संरचनालाई सञ्चालन गर्नुपर्ने नेता नेपाल पक्षको अडानलाई कसरी सम्बोधन गर्न भन्ने विषयमा शीर्ष नेता र दोस्रो तहका नेताबीच पछिल्ला दिनमा छलफल हुँदै आएको छ । अध्यक्ष ओली र नेपालले कार्यदल गठन गरी विवाद समाधानको उपाय निकाल्ने तयारी गर्दै आएका छन् ।

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 70 पटक पढिएको
  • राप्रपा महाधिवेशन स्थगित

    काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा हुने घोषणा भएको महाधिवेशन कोभिड–१९ महामारीको अवस्था दृष्टिगत गर्दै स्थगन गर्ने निर्णय गरिएको केन्द्रीय सचिवालय प्रमुख धु्रवबहादुर प्रधानले जानकारी दिए । पार्टी अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा प्रकाशचन्द्र लोहनी र कमल थापासहितको आजको बैठकले  महाधिवेशनको नयाँ मिति  उपयुक्त समयमा घोषणा गर्ने  निर्णय गरेको छ ।राप्रपाले बिरामीका लागि अस्पतालमा शय्या अभाव, अक्सिजन आपूर्तिमा देखिएको समस्या, सघन उपचार कक्ष, भेन्टिलेटर र अत्यावश्यक औषधिको कमीका का

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 76 पटक पढिएको
  • ११ मुलुकका लागि राजदूत नियुक्तिको सिफारिस (सूचीसहित)

    काठमाडौं / सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले राजदूत नियुक्तिको सिफारिस गरेको हो ।सरकारका प्रवक्ता पार्वत गुरुङले एक साताअघिकै बैठकले सिफारिस गरेका नाम संसदीय सुनुवाइ समितिमा पठाइ सकिएको जानकारी दिएका छन् । प्रस्तावित राजदूतमध्ये निर्मलराज काफ्ले र जीवनप्रकाश श्रेष्ठ परराष्ट्र सेवाका सहसचिव हुन् ।एमाले केन्द्रीय सदस्य तथा पूर्व सामान्य प्रशासनमन्त्री युवराज कार्की, विराटनगर महानगरपालिकाका पूर्व मेयर तथा एमाले नेता रमेशचन्द्र पौडेल, पाल्पाका पूर्व सांसद तथा एमाले नेता कुलप्रसाद नेपालसहित प्राध्यापक र अधिकार क्षेत्रम

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 169 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा