बिर्तामोड / प्रधानमन्त्री केपी शर्मा ओलीले आज ४३ औँ प्रधानमन्त्रीको रुपमा पुन सपथ लिएका छन् । उनलाई राष्ट्रपति विद्यादेवि भण्डारीले उनकै निवास शितल निवासमा सपथग्रहण गराएकी हुन् । सपथ ग्रहण समारोहमा पुर्व प्रधानमन्त्रीहरु अनुपस्थित भएको विषयलाई भने भिन्न अर्थमा हेर्न थालिएको छ । पुर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेर बहादुर देउवा, माधव कुमार नेपाल, बाबुराम भट्टराई र झलनाथ खनाललाई समेत वोलाईएको भएपनि कोहि पनि सपथ ग्रहण समारोहमा उपस्थित भएनन् । राष्ट्रपति कार्यालयले सपथ ग्रहण समारोहमा पुर्व प्रधानमन्त्रीहरुलाई बोलाईएको जनाएको छ । कार्यालयका प्रवक्क्ता डा. रुपनारायण भट्टराई
काठमाडौँ / नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तार गरेको मन्त्रिमण्डलमा सबै यसअघिकै सरकारका सदस्यहरु रहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभाको ठूलो दलका नेताका हैसियतमा संविधानको धारा ७६ को उपधारा (३) बमोजिम बिहीबार नियुक्त प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी आफूले सम्हालेका छन् भने उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रीमा पुनः नियुक्त गरेका छन् ।विस्तारित मन्त्रिपरिषद्मा २२ मन्त्री र तीन राज्यमन्त्री छन् । नियुक्तमध्ये २० मन्त्री र दुई राज्यमन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिए ।
काठमाडौं / नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि छलफल हुने भएको छ । नेकपा एमालेको विवाद मिलाउने विषयमा अध्यक्ष ओली र नेता नेपालबीच सिंहदरबारमा छलफल हुनेभएको हो ।बिहीबार दुईजनाबीच भएको छलफलमा विवाद समाधान गर्न कार्यदल गठन गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार आजको छलफलले कार्यदलमा रहनेको नाम टुंगो लगाउने बताइएको छ ।यसअघि दुई नेताबीच भएको वार्तामा कार्यदलमा ओली समूहको तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल रहनेबारे छलफल भएको थियो ।यस्तै, नेपाल समूहकोतर्फबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट सदस्य रहने बताइएको थियो । आजको बैठकले
बिर्तामोड / प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो कार्यकालको सपथ लिएका छन् । शुक्रबार सपथ लिने क्रममा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण नै गरेनन् ।राष्ट्रपति भण्डारीले दोहो¥याएर ‘प्रतिज्ञा गर्छु’ भनेर ओलीलाई ती शब्द उच्चारण गर्न संकेत गरे पनि ओलीले राष्ट्रपतिलाई भने, ‘त्यो पर्दैन ।’सपथ ग्रहण समारोहमा नै देखिएको यो दृष्यलाई लिएर लिएर सामाजिक संजालमा अनेकौं प्रश्न उठ्न थालेका छन् । कतिपयले ओलीले राष्ट्रपतिलाई होच्याउन खोजेको भनेका छन् भने कतिपयले दलिय सम्वन्ध झल्केको उल्लेख गरेका छन् ।
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । शुक्रबार तेस्रोपटक प्रधानमन्त्रीको सपथ लिएका प्रधानमन्त्री ओलीले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्याएका हुन् ।राष्ट्रियसभा सदस्य पदका उम्मेदवार रहेका रामबहादुर थापा ‘बादल’लाई पनि ओलीले पुनः गृहमन्त्री बनाएका छन् । निर्वाचन आयोगले बिहीबारदेखि निर्वाचन आचारसंहिता लागू हुने घोषणा गरिसकेको पनि ओलीले ‘बादल’लाई नै गृहमन्त्री बनाएका हुन् ।आचारसंहिता लागू भइसकेपछि उम्मेदवारलाई मन्त्री पदमा नियुक्त गर्न नमिल्ने निर्वाचन आयोगका उच्च अधिकारी बताउछन् । तर, बादललाई भने मन्त्री बन्नको लागि आचारसंहिता छेक्न सकेन ।था
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । शुक्रबार दिउँसो शिलत निबासमा आयोजित बिशेष कार्यक्रमकाबीच राष्ट्रपति बिद्यादेवी भण्डारीले ओलीलाई सपथ गराएकी हुन् । राष्ट्रपति भण्डारीले एमाले संसदीय दलका नेता ओलीलाई प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले ओलीलाई संविधानको धारा ७६ को उपधारा ३ बमोजिम संसदमा सबैभन्दा ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
काठमाडौं / केपी शर्मा ओलीले आज तेस्रोपटक प्रधानमन्त्रीको सपथ लिँदैछन् । राष्ट्रपति कार्यालय शितल निवासमा ओलीको सपथको सबै तयारी पूरा भइसकेको छ । अहिले दिउँसो साढे २ बजे ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिँदैछन् ।स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफ्नो क्याबिनेटमा पुरानै मन्त्रीहरुलाई पनि सपथ खुवाउने तयारी गरेका छन् । यसअघि नयाँ मन्त्रिपरिषद विस्तार गर्ने भनिएपनि जसपा सरकारमा नआएसम्म पुरानै मन्त्रिपरिषदलाई निरन्तरता दिने बताइएको छ ।प्रधानमन्त्री ओलीले सांसद नरहेका पूर्वमाओवादी नेताहरूलाई पनि फेरि मन्त्रीको सपथ खुवाउन लागेका छन् । माओवादी त्यागेर गएका एक मन्त्रीले आफू फेरि सपथ खा
काठमाडौँ / नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिनेछन् । प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा उनलाई बिहीबार उक्त पदमा पुनः नियुक्त गरेकी छन् । तेस्रो कार्यकालका लागि नियुक्त प्रधानमन्त्री ओलीले दिउँसो २ः३० बजे शपथ लिने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । आजै पहिलो चरणको मन्त्रिपरिषद् विस्तार हुने जनाइएको छ ।राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त गर्न सक्
काठमाडौं / नेकपा एमाले निकट युवा संघ नेपालले संघका पुर्व अध्यक्ष पशुपति चौलागाईको निधन प्रति शोक व्यक्त गर्दै उनको सम्मानमा तीन दिनसम्म संघको झण्डा आधा झकाउँने, सम्पुर्ण कार्यालयहरु बन्द गर्ने र सात दिनसम्म संघको कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ ।संघका पुर्व अध्यक्षको निधनको यस दुखत घडीमा क। पशुपति चौलागाई प्रति सम्मान गर्दै ३ दिन सम्म संघको झण्डा आधा झुकाउने, सम्पुर्ण कार्यालयहरु बन्द गर्ने र ७ दिन सम्म संघका कुनैपनि औपचारिक कार्यक्रमहरु नगर्ने निर्णय गरिएको संघका अध्यक्ष नरेश शाहीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।एमालेका पोलिटब्युरो सदस्य समेत रहेका चौलागाई बागमती प्रदे
काठमाडौँ / नेकपा (एमाले) को आन्तरिक विवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ ।आजै सम्पन्न एमालेको स्थायी कमिटीको बैठकले नेपालसहित चार नेतालाई यसअघि गरिएको निलम्बनको कारबाही फिर्ता लिने निर्णय गरेपछि शीर्ष तहमा संवादको वातावरण बनेको हो । असन्तुष्ट नेपाल पक्षले पार्टीलाई नवौँ महाधिवेशनपछिको साङ्गठनिक संरचनाका आधारमा सञ्चालन गर्नुपर्ने अडान राख्दै आएको छ । भेटवार्ता बूढानीलकण्ठस्थित एक निजी घरमा भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । शीर्ष तहको भेटवार्ताले एकता जोगिने आशा पलाएको नेताहरुले सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् ।नयाँ सरका
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.