राजनीति

    Showing 7,451-7,460 of 10,447 items.
  • माओवादीका पोलिटब्युरो सदस्य हेमराज धनकुटाबाट स्वतन्त्र उठ्ने

    धनकुटा / नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हेमराज भण्डारी ‘सुदर्शन’ले पदबाट राजिनामा दिएर धनकुटाबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीले टिकट नदिने भएपछि पदबाट राजिनामा दिएर स्वतन्त्र उम्मेदवारी दिन लागेको भण्डारीले पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् । भण्डारीको उम्मेदवारीलाई जिल्लाका सबै नेताहरूले समर्थन गरेको जिल्ला समन्वय समितिका संयोजक डिल्लीराम राई ‘कमल’ले जानकारी दिए । भण्डारीको अभियानलाई साथ दिने निर्णय गरेका माओवादी केन्द्रका सबै पदाधिकारी तथा सदस्यहरूले पनि पदीय जिम्मेवारीबाट राजीनामा दिने निर्णय गरेका छन

    • प्रकाशित मितिः असोज ९, २०७९
    • 155 पटक पढिएको
  • निर्वाचनको मुखमा प्रदेश १ को मुख्यन्यायाधिवक्ता परिवर्तन, परिवर्तन राई नियुक्त

    झापा / कार्यकालको अन्तिम समयमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुख्यन्यायाधिवक्ता परिवर्तन गरेका छन् । मंसिर ४ गते प्रदेश सभाको निर्वाचन घोषणा भइसकेको अवस्थामा मुख्यमन्त्री राईले परिवर्तन राईलाई मुख्यन्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री राईको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले राईलाई संविधानको धारा १६० को उपधारा (२) बमोजिम आइतबार मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् ।राईलाई प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख प्रदीपकुमार भण्डारीको उपस्थितिमा उच्च अदालत विराटनगरका कायममुकायम मुख्यन्यायाधीश सत्यमोहन जोशी थारुले पद तथा गोपनियताको शपथ ग्रहण समेत गराएका छन्

    • प्रकाशित मितिः असोज ९, २०७९
    • 144 पटक पढिएको
  • सिट बाँडफाँडको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

    काठमाडौं / सत्तारुढ गठबन्धनको बैठक आज आइतबार पनि बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।गठबन्धनका दलहरूले आइतबारदेखि प्रदेशसभाको सिट बाँडफाँडको विषयमा छलफल थाल्ने गठबन्धनका एक नेताले जानकारी दिए ।शनिबार बसेको गठबन्धनको बैठकमा प्रतिनिधि सभाको सिट बाँडफाँडबारे छलफल भएको थियो । अहिलेसम्म भएको सहमतिलाई कायम राख्दै अब प्रदेशसभाबारे छलफल थाल्ने सहमति भएको उहाँले बताए । निर्वाचन आयोगले यही असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको मिति तोकेको छ । सोही कारण दलहरू छिटो सिट बाँडफाँड टुंगो लगाउनुपर्ने दबाबमा छन् ।

    • प्रकाशित मितिः असोज ९, २०७९
    • 179 पटक पढिएको
  • निर्वाचन आचारसंहिताबारे आज आयोगले दलहरूसँग छलफल गर्दै

    झापा  / निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू गर्ने तयारी गरेको छ । गत भदौमै आचारसंहिता राजपत्रमा प्रकाशित भइसकेकामा अब आयोगले निर्णय गर्ने बितिक्कै लागू हुनेछ ।त्यसअघि आयोगले आज राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल गर्दैछ । संघीय संसद् तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल तय भएको आयोगका प्रवक्ता शालिग्राम शर्माले बताए ।छलफलमा प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख र पदाधिकारीलाई निमन्त्रणा गरिएको छ ।

    • प्रकाशित मितिः असोज ९, २०७९
    • 137 पटक पढिएको
  • राष्ट्रपतिको कदमविरुद्ध जसपाले गर्‍यो आन्दोलनको घोषणा

    झापा / जनता समाजवादी पार्टी मधेश प्रदेश कमिटीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग्दै आन्दोलनको घोषणा गरेको छ ।संघीय संसद्का दुवै सदनबाट पारित गरेर दोस्रोपटक पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि राजनीति दुई ध्रुवमा बाँडिएका बेला जसपाले आन्दोलनको घोषणा गरेको हो ।नागरिकता विधेयक पारित नगरिँदा मधेशका लाखौँ जनता नागरिकताबाट वञ्चित हुनुपरेको भन्दै जसपा आन्दोलनमा उत्रिएको हो ।आन्दोलनका कार्यक्रमअनुसार भोलि ८ असोजमा मधेसका आठवटै जिल्लाका सदरमुकाममा राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरेको विषयमा नागरिक समाज, बुद्धिजीवी, व्यापारी, शिक्षक, कान

    • प्रकाशित मितिः असोज ७, २०७९
    • 144 पटक पढिएको
  • बिप्लवद्वारा संघ र प्रदेशसभाको निर्वाचन बहिष्कार

    झापा  / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले संघीय चुनाव बहिष्कार गर्ने निर्णय गरेको छ । विप्लव नेतृत्वको नेकपाले मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचन बहिष्कार गर्ने भएको हो ।यसभन्दा अघि चुनावमा सहभागि हुने की नहुने विषयमा पार्टीभित्र विवाद थियो । तर, अन्तिममा नेकपाले चुनाव बहिष्कार गर्ने निर्णयमा पुगेको केन्द्रीय सदस्य असल क्षेत्रीले जानकारी दिएका छन् ।सरकारले चुनावमा जाने वातावरण नभएकोले उक्त निर्णयमा पुगिएको उनको दावी छ । सरकारले गत साउनमा विप्लवसहित शीर्ष नेताहरूलाई पक्राउ पुर्जी जारी गरेको थियो । सरकारले पक्राउ पुर्जी जारी गरेपछि नेकपा झनै सरकार प्रति रुष्ट बनेको छ ।

    • प्रकाशित मितिः असोज ६, २०७९
    • 125 पटक पढिएको
  • पूर्वआइजिपी सर्वेन्द्र खनाल एमालेमा प्रवेश

    काठमाडौं / नेपाल प्रहरीका पूर्वआइजिपी सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् । बिहीबार नेकपा एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पूर्वआइजिपी खनालले औपचारिक रूपमा एमालेमा प्रवेश गरेका हुन् । नेपाल प्रहरीको ३० वर्षे सेवाबाट अवकाशपछि स्वतन्त्र नागरिक अभियन्ताका रूपमा क्रियाशील रहेका खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतका नेताहरूले स्वागत गरे ।पारिवारिक रूपमा खनाल नेपाली कांग्रेसनिकट परिवारका मानिन्छन् । उनका दाजु सुवीर खनाल गृहमन्त्रालयको सहसचिवबाट राजीनामा दिएर कांग्रेसको राजनीतिमा लागेका थिए । उनी गिरिजाप्रसाद कोइराला र सु

    • प्रकाशित मितिः असोज ६, २०७९
    • 166 पटक पढिएको
  • सरकारले डेंगी नियन्त्रण गर्न सकेन : एमाले

    काठमाडौं / नेकपा एमालेले डेंगी रोकथाम तथा नियन्त्रणमा सरकार चुकेको बताएको छ ।  एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले आज विज्ञप्ति जारी गर्दै डेंगी फैलिरहे पनि रोकथाममा सरकार चुकेको बताएका हुन् ।एमालेले डेंगीबाट २१ जनाको मृत्यु भएको र ७५ जिल्लामा यसका लक्षण  देखा परेका बिरामी फेला परेको उल्लेख गरेको छ । ‘राजधानी काठमाडौंमा डेंगु आम मानिसमा फैलिएको छ । आम जनसमुदायमा सन्त्रासको अवस्था सिर्जना भएको छ। यो रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपर्थ्यो त्यसमा सरकार चुकेको छ। सरकारी संयन्त्र असफल भएको छ,’ व

    • प्रकाशित मितिः असोज ५, २०७९
    • 127 पटक पढिएको
  • कांग्रेसको घोषणापत्र तयारी समितिमा ४१ नेता मनोनीत (सूचीसहित)

    झापा  / नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि गठन गरेको घोषणापत्र तयारी समितिमा ४१ जना सदस्य मनोनित गरेको छ ।घोषणापत्र तयारी समितिको संयोजकमा सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रकाश शर्मालाई मनोनयन गरेका थिए । उनले शर्मा नेतृत्वको ‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन –२०७९, घोषणापत्र तयारी समिति’ मा बुधबार थप ४१ नेताहरूलाई मनोनीत गरेका हुन् ।देउवाले समितिमा ६ जना सह–महामन्त्रीलाई सदस्यमा मनोनित गरेका छन् । मनोनित हुने सहमहामन्त्रीहरूमा फरमूल्लाह मंसुर, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, बद्रीप्रस

    • प्रकाशित मितिः असोज ५, २०७९
    • 148 पटक पढिएको
  • राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाले जलायो संविधान

    काठमाडौँ / राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाले संविधान दिवसको विरोधमा काठमाडौँको माइतीघरमा संविधान जलाएको छ ।  ३ असोज ०७२ मा जारी संविधान र दिनलाई कालो दिन र संविधान भन्दै मोर्चाले संविधान जलाएको हो । संघीय गणतन्त्र र धर्मनिरपेक्षताको विरोध गर्दै उनीहरूले ‘कालो संविधान’ भन्दै नारा लगाएका थिए। संविधान जलाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।  प्रहरीले केही आन्दोलनकारीलाई पक्राऊ पनि परेका छन् ।

    • प्रकाशित मितिः असोज ३, २०७९
    • 152 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.