राजनीति

    Showing 7,451-7,460 of 7,777 items.
  • पार्टीका सम्पूर्ण अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजित

    काठमाडौँ / नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीका सम्बन्धमा आवश्यक निर्णय लिन अधिकार प्रत्यायोजन गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका  सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन गरेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् । उनका अनुसार बैठकले नेता माधवकुमार नेपाल, भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेलाई गरिएको निलम्बनको कारवाही फुकुवा गर्ने निर्णय गरेको छ । उनले पार्टीभित्र विकसित पछिल्ला घटनाक्रमको&n

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 76 पटक पढिएको
  • जनता मारेर ढुक्कले बसेको छ सरकार : नारायणकाजी

    काठमाडौं / माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कोरोना महमारीमा सरकारले गैरजिम्मेवार र नालायकीपन देखाएको बताएका छन् । नेता श्रेष्ठले बिहीबार विहान सामाजिक सञ्जालमार्फत कोभिडविरुद्धको लडाइँमा आफ्नो तर्फबाट पहल गर्नु पर्ने बताएका छन् ।उनले भनेका छन्, ‘ आइसियू र भेम्टिलेटरको कुरा छाडौं, अक्सिजन नपाएर कोभिड बिरामी हेर्दा हेर्दै मरिरहेका छन् ।उपचारमा खटिएका चिकित्सक एवं नर्सहरु त्यो दृश्य टुलुटुलु हेर्नुपरेकोमा रुँदै कराई रहेका छन् ।’उनले अग्रपंक्तिमा खटिरहेका चिकित्सक ,नर्स र स्वास्थ्यकर्मीहरुको कामको सम्मान र अनुसरण गर्दै जनता बचाउन आ(आफ्नो ठाँउबाट लाग्‍न सबैमा अपील समेत गरेका छन् ।‘सरकार

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 87 पटक पढिएको
  • नेपाल सहित चार नेतामाथिको कारवाही फुकुवा

    काठमाडौँ / नेकपा (एमाले)ले नेता माधवकुमार नेपाल सहित चार नेताको कारवाही फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित नेता भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेको कारवाही फुकुवा गरेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । गत चैतमा स्पष्टीकरण सोधिएकामा चित्तबुझ्दो जवाफ नदिएको जनाई ती नेतालाई एमालेले छ महिनाका लागि पार्टीबाट निलम्बन गरेको थियो । उनका अनुसार बैठकले पार्टी एकताबद्ध बनाउने अधिकार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 100 पटक पढिएको
  • पार्टीभित्रको विवाद मिलाउन एमाले स्थायी कमिटी बैठक

    काठमाडौँ / नयाँ सरकार गठन, पार्टीभित्रको विवाद व्यवस्थापन लगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) को स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।यही वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री एवं सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीका पक्षमा विश्वासको मत नपुगेपछि दुई वा दुई भन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आज राति ९ बजेसम्मका लागि समय दिएकी छन् । एमाले भित्र असन्तुष्ट माधवकुमार नेपाल सहितका २८ सांसद २७ गतेको उक्त बैठकमा अनुपस्थित भएपछि विवाद नयाँ मोडमा पुगेको छ । नयाँ सरकार गठनमा विपक्षी गठबन्धनलाई मत सहयोग पुग्ने गरी नेपाल पक्षका

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 89 पटक पढिएको
  • उपनिर्वाचनका लागि मतदाता नामावली स्वीकृत

    काठमाडौँ / निर्वाचन आयोगले आगामी जेठ १७ गते हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ । आयोगको आजको बैठकले उपनिर्वाचनका लागि प्रदेशसभा सदस्य ७९ तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष र  नगरपालिकाका प्रमुख–उपप्रमुख २१७ गरी जम्मा २९६ मतदाताको नामावली स्वीकृत गरेको हो ।प्रदेशसभा सदस्य र स्थानीय तहका सदस्य गरी जम्मा ३०५ मतदाता रहेकामा विभिन्न कारणले प्रदेशसभा सदस्य आठ र स्थानीय तहका एक मतदाता रिक्त रहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । निर्वाचनका लागि दाङ जिल्ला, घोराही उपमहानगरपालिका वडा नं १५ स्थित कर्मचारी मिलन केन्द्रलाई

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 111 पटक पढिएको
  • गण्डकीमा कांग्रेस गठबन्धन असफल, पृथ्वी सुब्बा पुनः मुख्यमन्त्री बन्दै

    काठमाडौं / गण्डकी प्रदेशमा एमाले संसदीय दलका नेता पृथ्वी सुव्वा गुरुङ फेरि मुख्यमन्त्री बन्ने भएका छन् । मुख्यमन्त्रीमा कांग्रेस नेतृत्वको चारदलीय गठबन्धनले बहुमतको दावीसहित पत्र बुझाए पनि बहुमत नपुगेका कारण गुरुङ फेरि मुख्यमन्त्री बन्ने भएका हुन् । जनमोर्चाका कृष्ण थापा र खिमविक्रम शाही तटस्थ बस्ने भएपछि कांग्रेस नेतृत्वको चार दलीय गठबन्धन वैकल्पिक सरकार गठन गर्न असफल भयो ।कांग्रेस नेतृत्वमा बनेको माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा नेपाल र जनता समाजवादी पार्टी ९जसपा०को संयुक्त गठबन्धनले बहुमत पुर्याएको भन्दै सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष दावी गरेका थिए । गठबन्धनले कांग्रेस संसदीय

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 100 पटक पढिएको
  • कांग्रेसद्वारा स्वास्थ्य सामग्रीका लागि हवाई ढुवानीको प्रबन्ध माग

    काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वास्थ्य सामग्री तथा उपकरण आयातका लागि हवाई ढुवानी प्रबन्ध गर्न सरकारसँग माग गरेको छ । नेपाली कम्पनीले खरीद गरेका स्वास्थ्य सामग्री तथा उपकरण हवाइजहाजका अभावका कारण नेपाल ढुवानी हुन नसकी चीनका विभिन्न विमानस्थलमा अलपत्र अवस्थामा रहेको जनाउँदै कांग्रेसले सो माग गरेको हो ।कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आज वक्तव्य जारी गरी अविलम्ब स्वास्थ्य सामग्री तथा उपकरणको हवाई ढुवानीको प्रबन्ध गरी  सहजीकरण गर्न सरकार एवं सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।उनले कोभिड–१९ महामारीको कारणले दिनानुदिन संक्रमित र मृत्यु हुने वृद्धि हुँदै गइरह

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 86 पटक पढिएको
  • जनमोर्चाले सोध्यो प्रदेशसभा सदस्य थापालाई स्पष्टीकरण

    गण्डकी / राष्ट्रिय जनमोर्चाले पार्टीका गण्डकी प्रदेश सदस्य कृष्ण थापालाई स्पष्टीकरण सोधेको छ । पार्टीले प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार गठनका लागि हस्ताक्षर गर्न दिएको पार्टी निर्देशन पालना नगरेको सन्दर्भमा स्पष्टीकरण सोधेको पार्टीका प्रदेश अध्यक्ष शङ्कर बरालले जानकारी दिए ।यही वैशाख २६ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेशप्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र दलहरूलाई नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको र उक्त समय सीमा आज दिउँसो ४ः०० बजे सकिनेछ ।यसअघि मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता सम

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 81 पटक पढिएको
  • गण्डकीमा नयाँ सरकार गठनबारे प्रयास

    गण्डकी / गण्डकी प्रदेशमा आज नयाँ सरकार गठनबारे दलले प्रयासलाई तीव्र बनाएका छन् । यही वैशाख २६ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र दललाई नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।यसअघि मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० र जनता समाजवादी पार्टीका नेताले नयाँ सरकार गठनका लागि ३१ सदस्यसहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने प्रयास गरे पनि राष्ट्रिय जनमोर्चासँग अझै कुरा मिल्न सकेको छैन । जनमोर्चाले यसअघि अविश्वासको प्रस्तावका पक्षमा समर्थन गर्ने निर्णय गरे पनि  प

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 98 पटक पढिएको
  • जसपा र माधव समूहलाई मिलाएर सरकार बनाउने कांग्रेसको निर्णय

    काठमाडौं / नेपाली कांग्रेसको पदाधिकारी बैठकले बहुमतको सरकार बनाउन जनता समाजवादी पार्टी र एमाले भित्रको असन्तुष्ट समूहलाई मिलाएर अघि बढ्ने निर्णय गरेको छ ।मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले माओवादी, जसपालाई मात्र नभई एमाले भित्र असन्तुष्ट रहेको माधवकुमार नेपाल समूहलाई लिएर सरकार बनाउने निर्णय गरेको हो ।राष्ट्रपतिले दिएको समयभित्र सिंगै जसपा र माधव नेपाल पक्षको समेत समर्थन जुटाउने कोशिस गर्ने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले बताए ।राष्ट्रपतिले आह्वान गरे अनुसार नै कांग्रेस नेतृत्वमा सरकार बन्ने दावी गरे । उनले भने,‘माओवादीका अध्यक्ष प्रचण्डजी पनि का

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 128 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा