राजनीति

    Showing 7,461-7,470 of 9,653 items.
  • पाठक, बास्तोला र कार्कीलाई गर्यो माओवादी केन्द्र कनकाईले सम्मान

    झापा / नेकपा माओवादी केन्द्र कनकाईले कनकाई उद्योग वाणिज्य संघ र सुरुङ्गा रेडक्रसमा बिजयी हुने तीन प्रतिनिधिलाई पार्टीको तर्फबाट सम्मान गरेको छ । कनकाई उद्योग वाणिज्य संघका उपाध्यक्ष डिल्ली पाठक र सदस्य उत्सव बास्तोला र सुरुङ्गा रेडक्रसमा उपसचिवमा निर्वाचित भएका यज्ञराज कार्कीलाई पार्टीले सम्मान गरेको हो । उनीहरु तीनै जना नेकपा माओवादी केन्द्रका नगर सदस्य हुन् । पार्टीको तर्फबाट उम्मेदवारी दिई निर्वाचित भएका उनीहरूलाई पार्टीकी केन्द्रिय निर्वाचन आयोगकी सदस्य तथा संविधानसभा सदस्य सुशीला कन्दङ्वा (वर्षा), मणिकुमार साम्पाङ (बिजय), पार्टी नगर अध्यक्ष यामनाथ सेडाई र पार्टीका प्रदेश सदस्य ग

    • प्रकाशित मितिः चैत १४, २०७८
    • 100 पटक पढिएको
  • स्थानीय तह निर्वाचन : सबैभन्दा धेरै मतदाता मोरङमा

    मोरङ / निर्वाचन आयोगले आगामी वैशाख २० गते हुने स्थानीय तह निर्वाचनका लागि मतदाताहरूको अन्तिम टुंगो लगाएको छ । आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभर एक करोड ७७ लाख ३३ हजार सात सय २३ जना मतदाताले निर्वाचनमा सहभागि हुन पाउने छन् । जसमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार पाँच सय ३० जना महिला र एक सय ८३ जना मतदाता रहेका छन् । आयोगले सार्वजनिक गरेको सूचीअनुसार सबैभन्दा बढी मतदाता मोरङमा रहेका छन् भने सबैभन्दा कम मतदाता मनाङमा रहेका छन् । मोरङमा सात लाख १५ हजार दुई सय २३ छन् भने मनाङमा छ हजार चार सय ९६ जना रहेका छन् । धेरै मतदाता हुनेमा झापा र काठमाडौँ पनि रहेको छ ।

    • प्रकाशित मितिः चैत १४, २०७८
    • 93 पटक पढिएको
  • स्थानीय तह निर्वाचनका लागि तोकियो निर्वाचन अधिकृत, झापाका कुन पालिकामा कसले पाए जिम्मेबारी ?

    झापा / आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जिल्लामा रहने मुख्य निर्वाचन अधिकृत र पालिकामा खटिने निर्वाचन अधिकृत तोकेको छ । चैत २९ गतेदेखि लागू हुनेगरि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको निर्वाचन आयोगले जनाएको छ । आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको ज्येष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ भने स्थानीय तहका लागि जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरू र निजामती सेवाका उपसचिवहरू रहने गरी निर्वाचन अधिकृत तोकेको आयोगले जनाएको छ । झापाको मुख्य निर्वाचन अधिकृतका रुपमा झापा जिल्ला अदालतका ज्येष्ठतम न

    • प्रकाशित मितिः चैत १४, २०७८
    • 109 पटक पढिएको
  • स्थानीय निर्वाचन : ओखलढुङ्गामा एमाले र माओवादी चुनावी एकता गर्दै

    ओखलढुंगा / देशभर सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलको तयारी भइरहेका बेला ओखलढुङ्गाको एक गाउँपालिकामा भने नेकपा माओवादी र एमालेले तालमेल गर्ने भएका छन् । कांग्रेसकै अध्यक्ष र उपाध्यक्ष रहको चम्पादेवी गाउँपालिकामा सत्तारुढ गठबन्धन दल माओवादी र एमालेले तालमेल गर्ने भएका हुन् । माओवादी र एमालेबीच तालमेल गर्ने सैद्धान्तिक सहमति भएपनि भागबन्डाको विषय टुंगो लगाउन बाँकी रहेको चम्पादेवी –५ का वडाध्यक्ष तथा माओवादी केन्द्रका इन्चार्ज झलक तामाङले जानकारी दिए । तामाङका अनुसार १० वटा वडा रहेको उक्त गाउँपालिकामा माओवादी केन्द्रले पालिका अध्यक्षसहित चार वडाध्यक्ष मागेको छ । यदि अध्यक्ष एमा

    • प्रकाशित मितिः चैत १४, २०७८
    • 116 पटक पढिएको
  • स्थानीय तह निर्वाचनका लागि खोटाङमा १३ दल दर्ता

    खोटाङ / आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि खोटाङमा १३ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ ठूला दलबाहेक १३ साना दलले निर्वाचनका लागि चिह्न लिन दल दर्ता गराएका हुन्।जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गराउनेमा किरात खम्बुवान साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, सामाजिक एकता पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, जनसमाजवादी पार्टी रहेका छन् । त्यस्तै नेपाल, मङ्गोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, उन्नत लोकतन्त्र पार्टी, नेपालको लागि नेपाली

    • प्रकाशित मितिः चैत १३, २०७८
    • 93 पटक पढिएको
  • स्वदेश फर्किए चिनियाँ विदेशमन्त्री वाङ यी

     काठमाडौं / चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । तीन दिने नेपाल भ्रमण सकेर चिनियाँ विदेश मन्त्री यी आज(आइतबार) स्वदेश फकिएका हुन् । विदेशमन्त्री वाङ यीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्यालले बिदाइ गरेका छन् । 

    • प्रकाशित मितिः चैत १३, २०७८
    • 94 पटक पढिएको
  • ओली र प्रचण्डले पालैपालो भेटे चिनियाँ विदेशमन्त्रीलाई

    काठमाडाैँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेका छन् । विदेशमन्त्री वाङलाई अध्यक्ष ओलीले नक्सालस्थित मेरियट होटलमा गएर भेटेका हुन् । अध्यक्ष ओली र विदेशमन्त्री वाङबीच दुई पक्षीय सहयोग र सम्बन्धलाई निरन्तरता दिनेबारे छलफल भएको एमाले नेता राजन भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार ओलीले नेपाल चीनबीच भएको सम्झौता बीआरआई परियोजना अघि बढाउन वाङ यीसँग आग्रह गरेका छन् । अध्यक्ष ओलीले भेटे लगतै वाङ यीसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोली नक्सलस्थित मेरियट होटलमा गएर भेटवार्ता गरेका छन् ।&nbs

    • प्रकाशित मितिः चैत १३, २०७८
    • 87 पटक पढिएको
  • प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता

    काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ । गृहमन्त्री खाँणले आज बिहान खुमलटारमा पुगेर प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।उनीहरूबीच भएको भेटघाटमा  स्थानीय तह निर्वाचन, शान्ति सुरक्षाका वर्तमान अवस्था र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । 

    • प्रकाशित मितिः चैत १३, २०७८
    • 93 पटक पढिएको
  • राष्ट्रपति भण्डारी र चीनका विदेशमन्त्री वाङ यी बीच शिष्टाचार भेट

    काठमाडौँ  / राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीले शिष्टाचार भेट गरेका छन् । तीनदिने नेपाल भ्रमणका क्रममा आइबार राष्ट्रपति भवन शीतलनिवासमा वाङ यीले शिष्टाचार भेट गरेका हुन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा उनी तीन दिने नेपाल भ्रमणमा शुक्रबार काठमाडौं आइपुगेका हुन् । 

    • प्रकाशित मितिः चैत १३, २०७८
    • 111 पटक पढिएको
  • आज प्रदेश १ को प्रदेश सभा बैठक बस्दै

    बिर्तामोड / प्रदेश १ को प्रदेश सभा बैठक  आज(आइतवार) संसद् भवन विराटनगरमा बस्दै छ । आज दिउँसो १ बजे बस्ने बैठकमा ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विद्येयक’ माथि सैद्धान्तिक छलफल हुने बताइएको छ । विद्येयकमाथि बिहीबारदेखि छलफल भइरहेको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिएका छन् । बैठकमा सांसदहरूले प्रदेशको नामकरण छिटो टुङ्ग्याउनुपर्ने भन्दै दबाब दिँदै आएका छन् । प्रदेश सभा गठन भएको चार वर्ष बितिसक्दा पनि अझैसम्म प्रदेश १ नामबिहीन छ । प्रदेशको नामको रूपमा भने किरात, लिम्बुवान, सगरमाथा, कोसी, किरात–सगरमाथा, किरात–कोसी आएका छन् ।प्रदेश संसद्मा रहेकामध्ये अधिकांश

    • प्रकाशित मितिः चैत १३, २०७८
    • 171 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.