काठमाडौँ / लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको आगामी जेठ १७ गते हुने उपनिर्वाचन कार्यक्रम स्वीकृत गरिएको छ । कार्यक्रमानुसार जेठ ४ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र उम्मेदवारको सूची प्रकाशन गरिने छ ।त्यसअघि जेठ १ गते मतदाता नामावली प्रकाशन गर्ने र दावीविरोधको उजूरी दिने, जेठ २ र ३ गते प्राप्त निवेदन तथा उजूरीमाथि छानबिन र कारवाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।आयोगका अनुसार जेठ ५, ६ र ७ गते उम्मेदवारको विरोधमा उजूरी दिने, मनोनयनपत्र र उजूरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तथा नामा
काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज अपराह्न ३ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल हुने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।प्रधानमन्त्री केपी शर्मा ओेलीले सोमबार प्रतिनिधिसभामा पेश गरेको विश्वासको मत अस्वीकृत भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान बमोजिम दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरेका छन् ।विश्वा
काठमाडौं / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले विश्वासको मत गुमाएको छ । सोमबार प्रतिनिधिसभामा संविधानको धारा १०० को १ बमोजिम विश्वासको मत मागेका प्रधानमन्त्रीले विश्वासको मत नपाएका हुन् ।विश्वासको मतको पक्षमा ९३ र विपक्षका १२४ सांसदहरुले मतदान गरेका छन् । १५ जना सांसदहरूले पक्ष वा विपक्ष दुवैतर्फ मत दिएनन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा २३२ जना सांसद उपस्थित रहेका थिए ।प्रधानमन्त्रीले विश्वासको मत लिन नसकपछि अब राष्ट्रपतिबाट संयुक्त सरकार बनाउन आह्वान गर्नुपर्ने हुन्छ । संविधानको धारा ७६ को २ बमोजिम नै सरकार बनाउनका लागि आह्वान गर्नुपर्छ ।प्रतिनिधिसभामा १३६ मत जसले ल्य
काठमाडौँ / नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् विघटन गर्ने प्रधानमन्त्रीलाई सदनमा विश्वासको मत माग्ने अधिकार नै नरहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विश्वास छ भनी प्रष्ट पार्न आह्वान भएको प्रतिनिधिसभाको अधिवेशनमा भाग लिँदै उनले प्रधानमन्त्रीबाहेक सबैले प्रस्तावका विपक्षमा मतदान जाहेर गरेमा संविधान र लोकतन्त्रको रक्षा हुने धारणा राखेका छन् । पार्टी संसदीय दलका नेता दाहालले भने, “विघटन गर्ने व्यक्तिलाई सांसदसँग विश्वासको मत माग्ने अधिकार छ र प्रधानमन्त्रीजी ? फेरि पनि मध्यावधिमा सरकार जाने हो कि भन्ने जनताको संशय र प्रश्न छ
काठमाडौँ / संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायहरुमा नियुक्ति सिफारिस गरेको छ । आइतबार बसेको परिषदको बैठकले रिक्त रहेका स्थानमा पदाधिकारी नियुक्तिका लागि सिफरिस गरेको हो ।बैठकले लोक सेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मीलाई सिफरिस गरिएको छ । यस्तै सदस्यहरुमा माधव बेलबासे, विरवहादुर राई, दिनेश सिलवाल, र मन्जु कुमारीलाई सिफरिस गरिएको छ ।यस्तै, अख्तियार दुरुपयोग अनसन्धान आयोगको आयुक्तहरुमा डा. हरी पौडेल र सुमित्रा अमात्यलाई सिफरिस गरिएको छ भने निर्वाचन आयोगमा सगुन शमसेर जबरा, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा विपिनराज निरौला, सुधा कुमारी झालाई सिफरिस गरेको छ ।अन्य सिफारिस गरिएको ना
काठमाडौँ / नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा प्रधानमन्त्रीका पक्षमा मतदान गर्न दलका तर्फबाट पुनः आग्रह गरेका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज अपराह्न १ बजेदेखि प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दै छ । उनले आज बिहान ट्वीट गर्दै यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने भएकाले हतारोमा कुनै अनुचित निर्णयमा जान वाञ्छनीय नहुनेमा सबै सांसदको ध्यानाकर्षण गराएका छन् ।“आउनुस्, केही समस्या भए सँगै बसौंँ, छलफल गराँैं र समाधान गरौंँ”, प्रधानमन्त्री ओलीको ट्वीटमा भनिएको छ ।
काठमाडौँ / नेकपा (एमाले) माधवकुमार नेपाल समूहका सांसद आजको प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुने भएका छन् ।सिंहदरबारस्थित संसद् भवनमा बसेको सो समूहको बैठकले प्रधानमन्त्री ओलीले संविधान मिचेर प्रतिनिधिसभाको विघटन गरेको, राजनीतिक दललाई विभाजन गराउन खोजेको र भ्रष्टाचारलाई बढावा दिएको आरोप लगाउँदै विश्वासको मत नदिने निर्णय गरेको हो । विश्वासको मत लिने एक दिन अगाडि अध्यादेशबाट संवैधानिक अङ्गमा नियुक्ति गरेको तथा लोकतन्त्रलाई कमजोर तुल्याएको आरोप लगाउँदै आफूहरुले उनीलाई विश्वासको मत दिनुहुन्न भन्ने निर्णय गरेको र उनी प्रधानमन्त्रीबाट हट्नुपर्छ भन्ने माग गरेको नेता भीमबहादुर रावलले जानक
काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिंहदरबारमा पुगेका छन् । नेकपा एमालेको माधव कुमार नेपाल पक्षको बैठक जारी रहँदा माओवादी केन्द्र संसदीय दलको बैठक पनि बस्दैछ । उक्त बैठकका लागि प्रचण्ड सिंहदरबार पुगेका हुन् ।एक सांसदले माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा केहीबेरपछि बैठक सुरु हुने जानकारी दिए । सिंहदरबारमा ओवादीका शीर्ष नेताहरु पनि पुग्ने क्रम सुरु भएको छ।
पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएसँगै ११ दिन अघि मन्त्री बनेका युवा तथा खेलकुद मन्त्री दिपक मनाङ्गे पदमुक्त भएका छन् । मन्त्री नियुक्त भएकै दिन उनले दुई हप्तामै यो सरकार ढल्ने बताएका थिए ।गुरुङले आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव सफल हुने देखेपछि राजीनामा दिएका हुन् । विपक्षीले दर्ता गरेको अविश्वासको प्रस्ताव माथि सोमबार मतदान हुँदैछ ।मुख्यमन्त्रीले राजीनामा दिएसँगै सबै मन्त्रीहरु पदमुक्त भएका छन् । प्रदेश प्रमुख सीता पौडेलले राजीनामा स्वीकृत गरेर तीन दिनभित्र नयाँ सरकार गठनका लागि समय दिएकी छिन् ।
पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाएका हुन् ।नेकपा एमाले संसदीय दलको बैठकपछि गुरुङले राजीनामा दिएका हुन् । उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृत समेत गरेको एमाले प्रमुख सचेतक मायानाथ अधिकारीले जानकारी दिए ।उनीविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमा सोमबार मतदान हुने तय भएको थियो । त्यस अगाडी नै उनले राजीनामा दिएका हुन् ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.