राजनीति

    Showing 7,481-7,490 of 7,777 items.
  • राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयन हुँदै

    काठमाडौं / वाग्मती प्रदेशमा रिक्त हुन पुगेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवारी मनोनयन हुँदै छ । निर्वाचन आयोगका अनुसार प्रदेश राजधानी हेटौंडामा खोलिएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ ।वाग्मती प्रदेशबाट निर्वाचित भएकामध्ये रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि उनको पद रिक्त भएको हो । माओवादी केन्द्रबाट निर्वाचित भएका थापा एमालेमा प्रवेश गरेपछि उनलाई माओवादीले कारबाही गरेको थियो । मतदान ६ गते हुनेछ ।आयोग प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार राष्ट्रिय सभा निर्वाचनमा वाग्मती प्रदेशको प्रदेशसभाका १ सय १० सदस्य तथा

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • 57 पटक पढिएको
  • प्रधानमन्त्री ओलीले बोलाए एमालेको आकस्मिक बैठक

    काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् । नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले आज बिहाीबारका लागि बैठक बोलाएका हुन् ।प्रधानमन्त्री निवास बालुवाटार अहिले हुने बैठकमा विश्वासको मत लिने र दलहरुसँग भएका छलफलको बारेमा जानकारी दिइने बताइएको छ ।माधव नेपाल पक्षले राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेस माओवादीसहित अन्य दलसँग गठबन्धन गरेर अलग्गै उम्मेदवार उठाउन लागेको सन्दर्भमा बैठकले थप कारवाही गर्ने तयारी गरिएको बाुलवाटार स्रोतले जनाएको छ ।एमाले केन्द्रीय कमिटीले कारवाही लगायतका निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको छ ।

    • प्रकाशित मितिः वैशाख २३, २०७८
    • 55 पटक पढिएको
  • पूर्वराजा रानीको स्वास्थ्यमा सुधार, डिस्चार्जको तयारी

    बिर्तामोड / कोरोना संक्रमण पुष्टि भएपछि नर्भिक अस्पतालमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र र रानीको स्वास्थ्यमा सुधार आएको कारण चार दिनपछि डिस्चार्ज हुने बताइएको छ ।स्रोत भन्छ,‘आज पूर्वरानी कोमललाई आइसियुबाट माथिल्लो तलाको प्राइभेट क्याबिनमा सार्ने तयारी छ । भर्ना भएको १० दिन भयो,अब बढीमा चार दिन राखिन्छ ।’छोरी प्रेरणासमेत संक्रमण पुष्टि भएपछि एकैदिन भर्ना भएकाले तीनै जनाको डिस्चार्ज पनि एकै चोटी गरिने बताइएको छ ।यता,कोरोना संक्रमण पुष्टि भएपछि सोही अस्पतालमा भर्ना हुनुभएका पूर्वप्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता झलनाथ खनाल भने अझै केही दिन अस्पतालमै रहेका छन् । नेगेटिभ नआएसम्म घर पठाउन नमिल्न

    • प्रकाशित मितिः वैशाख २३, २०७८
    • 91 पटक पढिएको
  • प्रधानमन्त्रीलाई झाँक्रीको चेतावनी : हम तो डुबेंगे ही सनम्, आपको भी ले डुबेंगे

    बिर्तामोड / प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विपक्षी गठबन्धनमा उभिएको एमालेको खनाल–नेपाल समूहका नेताहरुले सामाजिक संजालमा प्रहार गर्दै आफुहरु सँगै डुवाएर छाड्ने चेतावनी दिन थालेका छन् ।प्रतिनिधी सभा सदस्य समेत रहेकी  एमाले नेतृ रामकुमारी झाँक्रीले २७ गतेको संसदको प्रस्तावको सामना गर्न सामाजिक संजाल मार्फत ओलीलाई चुनौती दिएकी हुन् । उनले फेसवुकमा स्टाटस लेख्दै आफूहरुलाई पेल्न खोजे स्वयं पतन हुने कुरामा हेक्का राख्न ओलीलाई चेतावनी समेत दिएकी छन् ।सामाजिक सञ्जाल फेसबुकमा झाँक्रीले लेखेको स्टाटस यस्तो छ –  हामी त डुब्छौं नै । हामी सत्यानाश हुनु नै छ,तिमीलाई पनि लिएरै डुब्छौं । यदि सत्

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • 716 पटक पढिएको
  • माओवादीले समर्थन फिर्ता लिएपछि देउवाको शरणमा ओली

    काठमाडौं / प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन् ।नेकपा माओवादी केन्द्रले आफू नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ओली कांग्रेस सभापति देउवलाई भेट्न पुगेका हुन् । माओवादी केन्द्रले समर्थन फिर्ताको पत्र आज बिहान संसद सचिवालयमा बुझाइएको थियो ।देउवाका स्वकिय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्री ओली बुधबार दिउँसो देउवा निवास पुगेका हुन् । उनले भने, ‘प्रधानमन्त्रीज्यू केहीबेरअगाडि सभापति निवास आउनुभएको हो। अहिले उहाँहरूबीच कुराकानी भइरहेको छ ।’बैठकमा नेपाली कांग्रेको तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • 64 पटक पढिएको
  • माओवादीद्वारा समर्थन फिर्ता

    काठमाडौँ / नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादीले समर्थन फिर्ता लिइएको व्यहोराको पत्र आज सङ्घीय संसद् सचिवालयलाई दिएको छ ।माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले सङ्घीय संसद्का महासचिवलाई समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन् । सो क्रममा संसदीय दलका नेता एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत सांसदको उपस्थिति थियो । “माओवादी केन्द्र सङ्घीय संसदीय दलको निर्णयअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन आजकै मितिदेखि लागू हुने गरी फिर्ता लिइएको छ”, अध्यक्ष दाहालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ । नेपालको

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • 65 पटक पढिएको
  • कार्यान्वयन गर्न सम्भाव्य नीति तथा कार्यक्रम तर्जुमामा विशेष ध्यान दिनुपर्छ : मुख्यमन्त्री पौडेल

    वाग्मती / वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्दा विषयगत मन्त्रालयहरुले कार्यान्वयन गर्न सम्भाव्य नीतिको तर्जुमामा विशेष ध्यान दिनुपर्ने बताएका छन् । मङ्गलबार प्रदेशका सबै मन्त्रालयका सचिवहरुलाई निर्देशन दिँदै पौडेलले अन्तर–मन्त्रालयगत समन्वय कायम गर्दै नीति कार्यक्रम ल्याउनुपर्ने बताए । उनले विगत तीन वर्षको अनुभवका आधारमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वस्तुगत यथार्थतामा आधारित भई तर्जुमा गर्न र वर्तमान कोभिडको महामारीले पारेका असरलाई सम्बोधन हुने गरी कार्यक्रम तर्जुमा गर्न निर्देशन दिए । मुख्यमन्त्री पौडेलले नीति तथा कार्

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • 63 पटक पढिएको
  • प्रतिनिधिसभा सदस्यलाई अधिवेशनमा उपस्थितिका लागि अनुुरोध

    काठमाडौँ / सङ्घीय संसद् सचिवालयले यही वैशाख २७ गते सोमबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा आह्वान गरिएको अधिवेशनमा उपस्थितिका लागि प्रतिनिधिसभा सदस्यलाई अनुुरोध गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानअनुुरुप आफूूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको जनाउँदै सोही प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् ।प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा, १०० को उपधारा, ९१० बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकाले अधिवेशन आह्वान

    • प्रकाशित मितिः वैशाख २०, २०७८
    • 67 पटक पढिएको
  • लुम्बिनीका दुई स्वतन्त्र प्रदेशसभा सदस्य एमालेमा

    रुपन्देही / सूर्य चिह्न लिएर प्रदेशसभा सदस्यमा निर्वाचित कपिलवस्तु क्षेत्र नम्बर २ (ख) का धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी (बर्दघाट सुस्तापश्चिम) (१) ख का अजय शाहीले आफूहरु नेकपा (एमाले) प्रदेशसभा संसदीय दलप्रति प्रतिबद्ध रहेको बताएका छन् ।  उनीहरुले आज प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री शंकर पोखरेलप्रति आफूहरुको समर्थन रहेको स्पष्ट गरेका छन् । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता कुलप्रसाद केसी नेतृत्वको सरकार गठनको दाबीमा आफूहरुको हस्ताक्षर हुनु बदनियत र त्रुटिपूर्ण रहेको विज्ञप्तिमा उल्लेख छ । नेता केसीले मुख्यमन्त्रीका लागि आइतबार प्रदेश प्रमुखसमक्ष बुझाएको दाबीम

    • प्रकाशित मितिः वैशाख २०, २०७८
    • 83 पटक पढिएको
  • जसपाका पदमुक्त सांसदका रिट दर्ता गर्न अस्वीकार

    काठमाडौँ / सर्वोच्च अदालत प्रशासनले जनता समाजवादी पार्टी (जसपा)को लुम्बिनी प्रदेशसभाका चारजना सदस्य (सांसद)को रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ । प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएको निर्णयविरुद्ध आज सर्वोच्च अदालतमा पुगेका सन्तोषकुमार पाण्डे, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालको रिट निवेदन दर्ता गर्न अस्वीकार गरिएको हो । सर्वोच्च अदालतका सहरजिष्ट्रार बाबुराम दाहालका अनुसार कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण बन्दीप्रत्यक्षीकरण र कोरोना सङ्क्रमणसँग सम्बन्धित बाहेक अन्य विषयका निवेदन दर्ता नहुने निर्णय भएको हुनाले दर्ता गर्न अस्वीकार गरिएको हो । जसपा प

    • प्रकाशित मितिः वैशाख १९, २०७८
    • 88 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा