राजनीति

    Showing 7,481-7,490 of 10,447 items.
  • ‘प्रचण्ड’ की बुहारी विनाको नाम प्रतिनिधिसभामा

    झापा  / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी विना मगरको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको छ । बहालवाला सांसद समेत रहेकी मगरको नाम बिहिवार एकल सिफारिस भएको हो । २०७४ को आम निर्वाचनमा उनि वाम गठबन्धनबाट उम्मेदवार भएर निर्वाजित भएकी थिईन । माओवादीकी मगरले गत निर्वाचनमा ३९ हजार २१ मत प्राप्त गरेकी थिइन् भने उनका प्रतिस्पर्धी कांग्रेस नेता दिवान विष्टले १९ हजार ४३७ मत ल्याएका थिए । दुवैबीच १९ हजार ५ सय ८४ मतको फरक थियो । तर, पछिल्लो समय कांग्रेसले स्थानीय तहमा राम्रो कमब्याक गरेको छ ।मगर ०७० मा भने कांग्रेस नेता विष्टसंगै पराजित भएकी थिईन । विष्ट अहिले कांग्रेस

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • 139 पटक पढिएको
  • माओवादीद्धारा भोजपुरमा उम्मेद्वारको नाम सिफारिस, प्रतिनिधि सभामा सुदननसहित ४ जना सिफारिस

    झापा  / नेकपा माओवादी केन्द्र भोजपुरले आसन्न प्रतिनिधिसभा तथा प्रदेश निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।माओवादीका जिल्ला संयोजक नगेन्द्र भुजेल ‘शैलेन्द्र’ का अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चार जना र समानुपातिक तर्फ दुई जनाको नाम सिफारिस गरिइएको छ । एउटा मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा प्रतिनिधिसभको प्रत्यक्षतर्फ सुदन किराती, अजम्बर काङमाङ राई, विमल खड्का र शरणकुमार तामाङको नाम सिफारिस भएको छ । सिफारिस भएकाहरु मध्ये किराती माओवादीका बलियो दाबेदार हुन् । उनी हाल प्रतिनिधिसभा सदस्य छन् । ७४ को चुनावमा वाम गठबन्धनबाट उठ

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • 93 पटक पढिएको
  • उपेन्द्रले मागे ३२ सिट, नदिए गठबन्धनबाट बाहिरिने चेतावनी (भिडियाेसहित)

    झापा / पाँच दलीय सत्ता गठबन्धनमा सिट बाँडफाट पेचिलो बन्दै गएको छ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि दलहरुले आआफ्नो अडान नछोड्दा गठबन्धन फुट्न सक्ने संकेत देखिएको छ ।जसपाका अध्यक्ष उपेन्द्र यादवले आफुले दावी गरेका सिट नपाए गठबन्धनबाट बाहिरिने चेतावनी नै दिइसकेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवदी पार्टी आफ्नो अडानबाट पछि नहटेका बेला अध्यक्ष यादवले गठबन्धनसामु नयाँ अडान राखेका छन् ।जसपा अध्यक्ष यादवले आफूहरू एक्लै उठे पनि मधेश प्रदेशसहितका स्थानबाट १०/१२ सिट त सजिलै जित्ने दावी गरिरहेका छन् । बिहीबार वीरगञ्ज पुगेर यादवले भने, ‘३२ सिट हामी लिन

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • 67 पटक पढिएको
  • सातै प्रदेशका सभामुखहरुको भेला सम्पन्न, संघीयता बलियो बनाउन १६ बुँदे घोषणा पत्र जारी (भिडियाे)

    धनकुटा / पहिलो पाँच बर्षे कार्यकालमा संघीयता बलियो बनाउन शसक्त भूमिका खेल्न सफल भएको भन्दै सातवटै प्रदेशका सभामुखहरुको भेलाले सोह्र बुँदे घोषणा पत्र जारी गरेको छ । २१ र २२ भदौमा धनकुटाको हिलेमा आयोजना भएको सातवटै प्रदेश सभाका सभामुख, उपसभामुख र सचिवहरूको भेलाले अन्तिम तथा पाँच वर्षे कार्यकालको समीक्षा गर्दै संघीयता बलियो बनाउन १६ बुँदे घोषणा पत्र जारी गरेको हो । प्रदेश नं १ प्रदेश सभाले संघीयता प्रर्वद्धनमा प्रदेश सभाहरुको भूमिकाबारे समीक्षा गर्न सातवटै प्रदेश सभाका सभामुखहरुलाई&n

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • 76 पटक पढिएको
  • तेह्रथुम माओवादीबाट प्रतिनिधिसभाका लागि जिल्ला संयोजक लिम्बू सर्वसम्मत

    तेह्रथुम / नेकपा माओवादी केन्द्र तेह्रथुमले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।माओवादी केन्द्रको जिल्ला समिति बैठकले प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फका उम्मेदवार सिफारिस गरेको हो । एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा माओवादीबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ पार्टीका जिल्ला संयोजक इन्द्रबहादुर इम्सङ लिम्बूको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ होमकुमारी लिम्बू (खापुङ) र नन्दलाल दर्नालको नाम सिफारिस भएको छ । त्यस्तै प्रदेश सभाको (क) मा प्रत्यक्षतर्फ तेजबहादुर कटुवाल र समानुपातिकतर्फ दिलकुमारी लिम्बू, जेतेन्द्र लिम्बू कुरुम्वाङ र सूर्यबहाद

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • 163 पटक पढिएको
  • विषयगत समितिमा पुनको जिम्मेवारी हेरफेर

    काठमाडौं  / प्रतिनिधि सभाका सदस्य वर्षमान पुनको विषयगत समितिमा जिम्मेवारी हेरफेर भएको छ । यसअघि संसद्को अर्थ समितिमा रहेका पुनको जिम्मेवारी हेरफेर गर्दै कानून, न्याय तथा मानव अधिकार समितिमा पठाइएको हो ।सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा नियमावली २०७५ को नियम १७२ बमोजिम हेरफेरका लागि मङ्गलवारको बैठकमा सहमतिका लागि सभामा प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई सभाको बहुमतले पारित गरेको छ ।यस अघि आइतबार बसेको प्रतिनिधि सभा बैठकले १० जना सदस्यको पनि समिति हेरफेर गरेको थियो 

    • प्रकाशित मितिः भदौ २१, २०७९
    • 143 पटक पढिएको
  • विनोद चौधरीको नाम तीन ठाउँबाट सिफारिस

    काठमाडौँ / नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको नाम प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारमा तीन ठाउँबाट सिफारिस भएको छ । प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य चौधरीको नाम नवलपरासीको क्षेत्र नम्बर १ का साथै नवलपुर निर्वाचन क्षेत्र नम्बर १ र २ बाट प्रत्यक्षतर्फ उम्मेदवारमा सिफारिस भएको हो ।नवलपरासी १ मा कांग्रेस नेता चौधरीसहित पाँचजनाको नाम सिफारिस भएको छ । नवलपुर क्षेत्र नम्बर १ मा कांग्रेसका पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाले निर्वाचन लड्दै आएका छन् । उनी तीनपटक यही निर्वाचन क्षेत्रबाट निर्वाचित हुन् । यसपटक पनि पूर्वमहामन्त्री कोइरालाले निर्वाचन लड्ने आकांक्षा

    • प्रकाशित मितिः भदौ २१, २०७९
    • 146 पटक पढिएको
  • संसद्मा पर्यटनमन्त्री श्रेष्ठको राजिनामा माग

    झापा  / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने देखि लिएर संसद्को कार्यकालसम्बन्धी विधेयक फिर्ता लिने विषयमा संसद्मा आवाज उठेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले पर्यटनमन्त्री श्रेष्ठको राजिनामा माग र संसद्को कार्यकालसम्बन्धी विधेयक फिर्ता लिने विषयमा आवाज उठाएका हुन् ।  आफ्नो जिम्मेवारी पालना गर्दा सुरक्षागार्डलाई पक्राउ गरी थुनामा राखिएको घटनाको विषयलाई लिएर बैठकको शून्य समयमा बोल्दै डा. विमला राई पौडेलले जनताले तिरेको करबाट तलबभत्ता खाने शासक नभएर सेवक रहेको भन्दै मन्त्री श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नु

    • प्रकाशित मितिः भदौ २१, २०७९
    • 161 पटक पढिएको
  • माओवादी केन्द्रले चुनाव लक्षित ‘क्रान्तिकारी फोर्स’ गठन गर्दै

    झापा / नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले चुनाव लक्षित ‘क्रान्तिकारी फोर्स’ गठन गर्ने भएको छ ।अखिल (क्रान्तिकारी)ले मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनका दौरान सङ्गठनलाई देशव्यापी व्यवस्थित र प्रभावकारी बनाउन क्रान्तिकारी फोर्स गठन गर्ने भएको हो ।त्यसका लागि अखिलले भदौ २२ गते बिहान १० बजे राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष प्रचण्डले गर्ने अखिल (क्रान्तिकारी)का उपाध्यक्ष अमरजंग शाहीले जानकारी दिए ।‘क्रान्तिकारी फोर्स’ अखिल (क्रान्तिकारी) केन्द्रीय समिति मातहत रहने नयाँ संरचना हुने बताइएको छ । कार्यक्रममा

    • प्रकाशित मितिः भदौ २१, २०७९
    • 182 पटक पढिएको
  • माओवादी केन्द्र मोरङद्वारा सबै निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम सिफारिस

    विराटनगर  / मोरङका ६ वटै निर्वाचन क्षेत्रबाट नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ उम्मेदवारको नाम सिफारिस गरेको छ। २०७४ सालको निर्वाचनमा बाम गठबन्धनबाट २ क्षेत्रमा उम्मेदवार भई विजयी भएको माओवादी केन्द्रले यस पटक सत्तारुढ गठबन्धनबाट चुनाब लड्ने तयारीमा छ । गठबन्धनको भागबन्डा टुंगो नलागेको बेला सबै क्षेत्रबाट उम्मेद्वार सिफारिस भएको पार्टीले जनाएको छ ।माओवादीले क्षेत्र नम्बर १ बाट प्रेम लिम्बूलाई सिफारिस गरेको छ । उनी पार्टीका प्रदेश कमिटी सदस्य हुन् । सो क्षेत्रबाट अघिल्लो निर्वाचनमा बाम गठबन्धनका एमाले उम्मेदवार घनश्याम खतिवडा विजयी भएका थिए ।क्षेत्र नम्बर २ बाट

    • प्रकाशित मितिः भदौ २१, २०७९
    • 207 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.