राजनीति

    Showing 7,531-7,540 of 7,777 items.
  • अस्थिरता निम्त्याउनेहरूको प्रतिवाद गर्न उपप्रमको आग्रह

    काठमाडौँ / उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक खिचातानी र सरकार ढाल्ने खेलले सरकारलाई काम गर्ने वातावरण नभएको बताएका छन् ।हाँडीगाउँस्थित टुवालदेवी मन्दिर नजिकैको सत्तलको आज उद्घाटन गर्दै नेकपा ९एमाले० का महासचिवसमेत रहेका उनले सरकार ढाल्ने खेल भइरहेकाले त्यसको खबरदारी र प्रतिवाद गर्न आह्वान गरेका छन् । कर्णाली प्रदेशमा एमालेकै सांसदले माओवादी केन्द्रका मुख्यमन्त्रीलाई विश्वासको मत दिएका प्रति लक्ष्य गर्दै पोखरेलले जालझेल गरेर सरकार ढाल्ने, अस्थिरता मच्चाउने र नयाँ बनाउने काम शुरु भए मुलुकका लागि दुर्भाग्य हुने जनाएका छन् । उनले विकास निर्माणका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड

    • प्रकाशित मितिः वैशाख ४, २०७८
    • 60 पटक पढिएको
  • प्रधानमन्त्रीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस–१९ को समस्याबारे समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको सर्वदलीय बैठकमा उनले सबैको सहकार्यबाट मात्र कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न सकिने भन्दै सबै दलका प्रतिनिधिसँग कोभिड–१९ को समस्या समाधान गर्न सुझाव माग्नुभएको राप्रपाका नेता प्रकाशचन्द्र लोहनीले जानकारी दिएका छन् । नेता लोहनीले आफ्नो पार्टीको तर्फबाट बैठकमा कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि पाँच–सात बुँदा पेश गरेको जानकारी दिए । उनका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले संसद्मा सरकारलाई सभामुखले काम गर्न नदिएको समेत बताएका छन

    • प्रकाशित मितिः वैशाख ४, २०७८
    • 82 पटक पढिएको
  • पर्यटनको माध्यमबाट नेपाल–डेनमार्क सम्बन्धलाई विस्तार गर्न सकिन्छ : राजदूत भाने

    काठमाडौँ / नेपालका लागि डेनमार्कका राजदूत फ्रेडी भानेले जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्र तथा हिमतालमा परेको असरलाई डेनमार्क सरकारले निकै गम्भीर रुपमा लिएको र यस समस्याको समाधानमा नेपालसँग मिलेर काम गर्न डेनमार्क सरकार तयार रहेको बताएका छन् । आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न नेपाल आउनुभएका राजदूत भानेले आज स्वदेश फर्कनुअघि रासससँग संक्षिप्त कुराकानी गर्दै जलवायु परिवर्तनले हिमाली क्षेत्रमा मात्र नभई ठूलो सङ्ख्यामा यहाँका वासिन्दाको जीविकोपार्जनमा समेत नकारात्मक असर गरेकाले यसमा नेपाल सरकारलाई आवश्यक सहयोग गर्न आफूले पहल गर्ने उल्लेख गरेका छन् । जलवायु परिवर्तनको असर विश्

    • प्रकाशित मितिः वैशाख ४, २०७८
    • 75 पटक पढिएको
  • सञ्चारमन्त्रीद्वारा हिम आरोहीलाई बिदाइ

    काठमाडौँ / सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हिम आरोही टोलीलाई आज बिदाइ गरेका छन् । मन्त्रालयद्वारा यहाँ आज आयोजित ‘थ्रि सिष्टर अन सेभेन समिट अभियान टोलीलाई बिदाइ’ कार्यक्रममा मन्त्री गुरुङले नेपालको झण्डा हस्तान्तरण गरेर सो टोलीलाई बिदाइ गरे । दोलखा, गौरीशङ्कर गाउँपालिका–९ बेदिङका एकै घरका तीन दिदीबहिनी ३० वर्षीया निमाजाङ्बु, २६ वर्षीया छिरिङनाम्गे र २४ वर्षीया दावाफुटी शेर्पाले शुक्रबारदेखि सातै महादेशका सात अग्ला शिखर आरोहण गर्ने छन् ।  आरोहीको तीन वर्षभित्र सातै हिम आरोहण गर्ने योजना छ । सो अवसरमा मन्त्री गुरुङले आरोहण सफल बनाउन मन्त्रालयले सक्दो सहयोग र समर्थन गर्ने

    • प्रकाशित मितिः वैशाख २, २०७८
    • 80 पटक पढिएको
  • डर त्रासबाट कहिल्यै प्रभावित हुन्न :भुसाल

    काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी(एमाले) का नेता तथा पूर्वमन्त्री घनश्याम भुसालले लोभ, लालचा र डर त्रासबाट कहिल्यै प्रभावित नहुने बताएका छन्। सिद्धार्थ नगरपालिका–३ दरखसवामा खेल मैदानको शिलान्यास कार्यक्रममा उनले भने, “म लोभ र डरबाट कहिल्यै प्रभावित हुनेछैन ।” भुसालले राजनीति गर्ने मान्छे लोभ र डरबाट टाढा बस्न सक्यो भने मात्रै पनि भ्रष्टाचार धेरै कम हुने बताएका छन् । उनले भने, “कमाउने, खाने र बाँड्ने काममा राजनीतिक नेतृत्व लागेन भने कर्मचारीले राम्रो काम गर्छन् ।” उनले नेपालका नगरपालिकामध्येको सिद्धार्थ नगरपालिकाले जे पूर्वाधारमा काम गर्दैछ, त्यो महत्वपूर्ण भएको समेत बताएका छन् ।उनले भने,

    • प्रकाशित मितिः वैशाख २, २०७८
    • 65 पटक पढिएको
  • हत्या र लुटपाटमा संलग्नलाई कानूनी दायरामा ल्याइन्छ : कानूनमन्त्री यादव

    लहान / प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले हत्या र लुटपाटमा संलग्नलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । गत शनिबार राति लुटेरा समूहको गोली प्रहारबाट मृत्यु भएका सिरहाको लहान नगरपालिका–२२ निवासी ४५ वर्षीय सुन चाँदी व्यवसायी प्रदीप विश्वकर्माको परिवारजनलाई आज भेटेर उनले लुटेरा समूहलाई कानूनी दायरामा ल्याउने र मृतक परिवारलाई उचित क्षतिपूर्तिसमेत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।मन्त्री यादवले भने, “घटना असाध्यै हृदयविदारक छ, घटनाका अपराधीलाई छिटोभन्दा छिटो कानूनी दायरामा ल्याइने छ ।” घटनामा संलग्न कतिपय व्यक्ति पक्राउ परिसकेका र कति

    • प्रकाशित मितिः वैशाख २, २०७८
    • 68 पटक पढिएको
  • सरकार सकेसम्म बन्दाबन्दीको पक्षमा छैन: प्रधानमन्त्री ओली

    काठमाडौँ /प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ का अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार कोभिडको महामारीका बेलामा सकेसम्म बन्दाबन्दी गर्ने पक्षमा नभएको बताएका छन् ।प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सरकार बन्दाबन्दी गर्ने पक्षमा नरहेको स्पष्ट पारेका हुन् । उनले सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने कुरा बाहिर आएको उल्लेख गर्दै सकेसम्म बन्दाबन्दीको पक्षमा नरहेको बताएका छन् ।प्रधानमन्त्री ओलीले कतिपय राष्ट्रहरुले कोभिडको महामारी बढी फैलिएको हुनाले बन्दाबन्दी गर्न बाध्य भएको र जनताको सुरक्षाका ल

    • प्रकाशित मितिः वैशाख १, २०७८
    • 67 पटक पढिएको
  • कोभिड–१९ विरुद्धको लडाइँमा सकारात्मक सहयोग आवश्यक : उपप्रधानमन्त्री

    काठमाडौ / उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ को जोखिम बढेकाले यसविरिुद्धको लडाइँमा सकारात्मक सहयोगको अपेक्षा गरेका छन् । नयाँ वर्ष २०७८ को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहेकाले घरमै बसेर परिवारसँग नयाँ वर्ष मनाउन पनि आग्रह गरेका छन् । “सिङ्गो मानवजगत् यतिबेला कोभिड–१९ सँग जुधिरहेको छ । नेपाल सरकारले पनि कोभिड–१९ विरूद्वको लडाइँमा हरसम्भव प्रयास र रोकथामका लागि रणनीति अपनाइरहेको यहाँहरूलाई विदितै छ । यो लडाइँमा सम्पूर्ण देशवासीको सकारात्मक सहयोगको अपेक्षा नेपाल सरकारले गरेको छ”, उपप्रधानमन्त्री पोखरेलले सन्देशमा भनेका छन्, “कोभिड–१९ को सङ्क्रमणको

    • प्रकाशित मितिः वैशाख १, २०७८
    • 74 पटक पढिएको
  • वर्ष २०७७ निरर्थक भएन : प्रधानमन्त्री

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले उक्त वर्ष निरर्थक हुन नदिएको बताउनुभएको  छ ।नयाँ वर्ष २०७८ को पहिलो दिन आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुनःनिर्मित कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काठमाडौँबासीको दसकौँदेखिको सपना पूरा गरिएको र नयाँ नयाँ विकासका कामहरु पूरा गरिएको र त्यो क्रम जारी रहेको बताएका छन् । सम्बोधन क्रममा उनले वर्ष २०७७ मा विभिन्न क्षेत्रमा भएका उपलब्धि र चुनौतीबारे पनि उल्लेख गरिरहेका छन् ।

    • प्रकाशित मितिः वैशाख १, २०७८
    • 68 पटक पढिएको
  • प्रदेश प्रमुख ‘प्यासी’द्वारा शुभकामना सन्देश

    विराटनगर/ प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नयाँ वर्ष २०७८ को शुभ अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर उन्नति र प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।उनले जारी गर्नुभएको शुभकामना सन्देशमा ऐतिहासिक, सांस्कृतिक, सामाजिक, प्राकृतिक, भौगोलिक तथा वातावरणीय विविधताले युक्त यस पावन भूमि प्रदेश नं १ का स्वदेश तथा विदेशमा बसोबास गर्ने सबैलाई शुभकामना दिँदै हाम्रो प्रदेश सामाजिक सदाचार, आपसी मित्रता र अनेकताबीचको एकताको प्रतिविम्ब हो भनेका छन् ।यस्तो अलौकिक आनन्दमय प्रदेशमा बसोबास गर्ने यस प्रदेशका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीलाई राष्ट्

    • प्रकाशित मितिः वैशाख १, २०७८
    • 158 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा