विराटनगर / प्रदेश नं १ को प्रदेशसभाको आजको बैठक दैनिक कार्यसूचीमा प्रवेशै नगरी स्थगन भएको छ । दिउँसो १ बजे सञ्चालन हुने भनिएको बैठक केही समय ढिलापछि सञ्चालन हुने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदले उभिएर विरोध जनाएपछि सदन स्थगन भएको उपसभामुख सरस्वती पोखरेलले बताए । उभिनुभएका सांसदलाई पटकपटक आशन ग्रहण गर्न उपसभामुख पोखरेलले आग्रह गर्दा पनि सांसदले आशन ग्रहण नगरेपछि बोल्न समय पाउनुभएका नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतका झलकबहादुर मगरले सरकार चौथो वर्षमा प्रवेश गर्दा पनि जनता सरकारबाट सन्तुष्ट नरहेको टिप्पणी गरे । उनले हामी अहिले प्
काठमाडौं / नेपाली कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउनैपर्नेमा जोड दिएका छन् । शुक्रबार निजामति कर्मचारी युनियनको राष्ट्रिय भेलालाई सम्बोभन गर्दै उनले ओली सरकारका हटाउनु कांग्रेसको कर्तव्य भएको बताए ।नेता थापाले भने, ‘हामीले हाम्रो कर्तव्य र धर्म निर्वाह गर्दै गर्दा परिणाम हाम्रो पक्षमा आउँछ कि आउँदैन थाहा छैन । तर, प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्युत गर्नैपर्छ ।’नेता थापाले देशलाई निर्वाचन लान आवश्यक रहेको बताउँदै भने, ‘केपी ओलीलाई दण्डित गर्ने कांग्रेसको कर्तव्य र धर्म हो ।’ उनले कांग्रेसले ओलीलाई यसकारण पदच्युत गरेर निर्वाचनमा आएका हौँ भन्न सक्नुपर्
काठमाडौं / नेकपा माओवादी केन्द्रको कारबाहीबाट पदमुक्त भएका चार मन्त्रीको शुक्रबार नै पुनर्नियुक्ति तथा सपथ हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चारै जनालाई पुनर्नियुक्ति गर्न लागेका हुन् । स्रोतका अनुसार उनीहरुको आजै ५ बजे शीतलनिवासमा शपथग्रहण हुँदैछ । माओवादी छोडेर एमालेका लागेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई पुर्ननियुक्ती गर्न लागिएको हो । माओवादीको कारबाहीपछि चारै जनाको सांसद र मन्त्री पद गुमेको थियो ।प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार माओवादीबाट एमाले बनेका नेताहरुलाई पुनर्नियुक्ति
मोरङ / नेकपा (एमाले) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीलाई बलियो बनाउन विभिन्न जिल्लामा सङ्गठन विस्तार गरेको बताएका छन् ।विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै जिल्लामा गठन हुने कमिटीबाट पार्टी फुटाउने होइन यसबाट कार्यकर्तामा उत्साह थपिनुका साथै पार्टी एकताबद्ध हुने धारणा राखेका छन् । नेता नेपालले पार्टीले लोकतान्त्रिक सङ्घीयताको मूल्य र मान्यता कायम राखी मुलुकमा सुशासनसहित जनताको जीवनस्तर उकास्ने कार्यमा जिल्ला दौडाहा कार्यमा लागेको विचार व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री नेपालले अदालतको आदेशलाई आफूले सम्मान गर्ने बताउँदै पार्टीमा विस
विराटनगर / प्रदेश नं १ को प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलका सांसदहरुको विरोधका कारण स्थगन भएको छ । नेकपा माओवादीका तर्फबाट प्रदेश सांसद टङ्क आङ्बोले नेकपा (एमाले)मा प्रवेश गरेका कारण सो पार्टीका केन्द्रीय समितिले दलको विधान र ऐनविपरीत कार्य गरेको कारण देखाई सांसद् पदबाट खारेज गरेको पत्र सभामुख प्रदीपकुमार भण्डारीले सदनमा पढेर सुनाएपछि सांसदहरुले नियमापत्ती गरेका थिए । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का सांसदहरुले नियमापत्ति गरेपछि सभामुख भण्डारीले बैठक स्थगन भएको जानकारी दिएका छन् । सभामुखले बैठक नियमित रुपमा सञ्चालन गर्न पटक–पटक आग्रह गर्दा पनि सांसदहरुले उभ
काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभाका गतिविधि र काम कारवाहीलाई प्रभावकारी तुल्याउन सभामुखको विशेष पहल र भूमिका आवश्यक रहेको बताएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) का लालबाबु पण्डितले संसद् र संसदीय व्यवस्थामाथि प्रश्न उठ्छ भने सभामुखको भूमिकाप्रति पनि प्रश्न उठ्ने भएकाले प्रभावकारी भूमिका खेल्न सुझाव दिएका छन् । उनले भने, “प्रतिनिधिसभाको चालु सातौँ अधिवेशनका विधेयक अधिवेशन भएकाले मुलुक र जनताका सरोकारसँग सम्बन्धित पाँच दर्जनभन्दा बढी महत्वपूर्ण विधेयक लामो समयदेखि सदनमा अड्किएका छन्, यो अधिवेशनमा एउटा पनि विधेयक सदनले पास गर्छ कि गर्दैन भनी चास
काठमाडौँ / नेकपा (एमाले) ले सर्वोच्च अदालतको पछिल्लो फैसलाका आधारमा उत्पन्न परिस्थितिलाई दृष्टिगत गरी प्रतिनिधिसभाका विषयगत समितिमा दलीय प्रतिनिधित्वको हैसियत र सङ्ख्याका आधारमा सदस्य रहने गरी हेरफेर गर्न माग गरेको छ ।प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर नेकपा ९एमाले० का सांसद खगराज अधिकारीले अदालतको फैसलापछि सदनमा एमाले र नेकपा (माओवादी केन्द्र)को उपस्थिति बेग्लैरूपमा रहे पनि संसदीय समितिमा अझै नेकपाकै हैसियतमा रहनुपर्ने स्थितिलाई छिटो अन्त्य गर्न आवश्यक छ भनेका छन् । उनले भने, “अदालतको फैसलापछि सदनमा एमाले र माओवादी केन्द्र नजिक भएर पनि बेग्लाबेग्लै बसाइको स्थ
काठमाडौँ / नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ३० गते बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी चैत २७ गते शुक्रबार बस्ने भनिएको बैठक चैत ३० गते बस्ने गरी सारिएको जानकारी दिएका छन् ।बैठकमा पार्टीको आसन्न महाधिवेशन, मुलुकको समसाययिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने मुख्यसचिव पौडेलले बताएका छन् ।
काठमाडौं / नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले ओली पक्षमा प्रवेश गरेका चार जना मन्त्रीको सांसदको पद खोसिने भएको छ । बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको घोषणा गर्ने संसद सचिवालयको तयारी छ ।माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार संसद सचिवायलाई पत्र पठाएर एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको जानकारी दिएका दिए ।राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुनेछन् । चारै जना ओली न
काठमाडौँ / राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्पेनका प्रथम उपप्रधानमन्त्री कारमेन काल्भोबीच स्पेनको एक्स्त्रेमादुरामा भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल र स्पेनबीच आपसी कूटनीतिक सम्बन्धलाई अझै प्रभावकारी बनाउने विषयमा कुराकानी भएको थियो । अध्यक्ष तिमिल्सिनासहितको नेपाली टोलीसँग एक्स्त्रेमादुरा प्रदेशका मुख्यमन्त्री गुईलेरम्मो फर्नान्डेज भारासँग समेत भेट भएको छ । भेटमा स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पासहित विभिन्न नगरपालिकाका प्रमुख तथा लुम्बिनी गार्डेन फाउन्डेसनका प्रतिनिधिको सहभागिता रहेको थियो । लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा बुधबारदेखि तीन द
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.