राजनीति

    Showing 7,551-7,560 of 10,447 items.
  • नेपाल समाजवादी पार्टीको अध्यक्षमा भट्टराई र यादव

    झापा / पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेका छन् । भट्टराईले आफू पहिलो नम्बरमा र महेन्द्र राय यादवलाई दोस्रो अध्यक्ष बनाउँदै पार्टी गठन गरेका हुन् । उनको पार्टीको सहअध्यक्ष उनी प्रधानमन्त्री हुँदाका प्रमुख स्वकीय सचिव गंगानारायण श्रेष्ठलाई बनाएका छन् । श्रेष्ठ माओवादी जनयुद्धमा लामो समय होमिएका सिन्धुलीका नेता हुन् ।नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति भने १ सय ८९ सदस्यीय छ । पार्टीमा तीन उपाध्यक्ष बनाइएको छ । जसमा पहिलो नम्बरमा भट्टराई पत्नी हिसिला यमि समेत छिन् । उपाध्यक्षमा जाजरकोट घर भएका नेता भक्त बहादुर शाह र दुर्गा सोव र महासचिव रमेशप्रसाद यादवलाई

    • प्रकाशित मितिः साउन २२, २०७९
    • 122 पटक पढिएको
  • प्रचण्डको प्रमुख सुरक्षा अधिकृतमा डीएसपी न्यौपाने

    झापा / माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)का सुरक्षा अधिकृतको रुपमा प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेलाई खटाइएको छ।यसअघि प्रचण्डका सुरक्षा अधिकृतको रुपमा खटिएका डीएसपी नरेन्द्रराज सुवेदी प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएपछि न्यौपानेलाई खटाइएको हो।डीएसपी न्यौपाने यसअघि जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत थिए। प्रहरीमा व्यावसायिक अधिकृतको छवि बनाएका डीएसपी न्यौपाने जिल्ला प्रहरी कार्यालय कालिकोटको प्रमुख थिए ।

    • प्रकाशित मितिः साउन २०, २०७९
    • 164 पटक पढिएको
  • आज प्रचण्ड जापान जाँदै

    झापा / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान प्रस्थान गर्दैछन् । पाँच दलीय गठबन्धनले पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको जापान भ्रमणको सफलताको कामना व्यक्त गरेको छ ।बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको पाँच दलीय गठबन्धनले प्रचण्डको जापान भ्रमणको सफलताको कामना गरेको हो ।जापानस्थित नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन उनी आज राति १०:३० बजे जापान जान लागेका हुन् । यसअघि उनी भारत भ्रमणमा गएका थिए ।

    • प्रकाशित मितिः साउन २०, २०७९
    • 141 पटक पढिएको
  • गठबन्धनमा सिटको भागबन्डा मिलाउन कार्यदल गठन, कार्यदलमा को-को छन् ?

    काठमाडौँ / सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँड गर्न ११ सदस्यीय कार्यदल गठन गरेको छ ।बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको गठबन्धन बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए ।उनका अनुसार कार्यदलमा कांग्रेसबाट तीन र बाँकी दलबाट दुई/दुई जना सदस्य छन् । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की छन् । त्यस्तै कार्यदल सदस्यमा माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल, जसप

    • प्रकाशित मितिः साउन २०, २०७९
    • 158 पटक पढिएको
  • धर्मेन्द्र बाँस्तोला र मोहन वैद्यबीच पार्टी एकता गर्ने सहमति

    काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) पार्टीबीच एकता गर्ने सहमति भएको छ । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’ सहितको वार्ता टोलीको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो ।शुक्रबार बिहान बसेको दुई पार्टीको संयुक्त बैठकले एकता प्रकृयालाई अघि बढाउन संयोजन समिति समेत गठन गरेको छ । दुई पार्टीबाट ६/६ जना गरी १२ सदस्यीय संयोजन रहने गरी समिति गठन गरिएको छ । समितिमा किरण, सिपी गजुरेल, हरिभक्त कँडेल, परि थापा, इन्द्र मोहन सिग्देल र रामसिंह श्रीस र धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश वली, दीपक चला

    • प्रकाशित मितिः साउन २०, २०७९
    • 122 पटक पढिएको
  • संघ र प्रदेशको निर्वाचन मंसिर ४ गते गर्ने सरकारको घोषणा

    झापा / सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मंसिर ४ गते गर्ने निर्णय गरेको छ ।  बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आगामी २०७९ साल मंसिर ४ गते आइतबार एकै चरणमा गर्ने निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । यसअघि निर्वाचन आयोगले मङ्सिर २ गतेका लागि सिफारिस गरे पनि सरकारले मङ्सिर ४  गते निर्वाचन गर्ने गरी मिति घोषणा गरेको हो । निर्वाचन आयोगले एक महिनाअघि नै १२० दिनको निर्वाचन अवधि राखेर कार्यतालिकासहित मंसिर २ गते निर्वाचनको मिति तोक्न सिफारिस गरेको थियो । तर, सरकारले १

    • प्रकाशित मितिः साउन १९, २०७९
    • 153 पटक पढिएको
  • आज मन्त्रिपरिषद्को बैठक बस्दै, निर्वाचनको मितिबारे छलफल हुने

    काठमाडौँ / आज मन्त्रिपरिषद्को बैठक बस्दै छ। प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मितिबारे निर्णय गर्ने सम्भावना रहेको छ । बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले आगामी ४ मङ्सिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री देउवालाई सुझाएका थिए । त्यस सुझावका आधारमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठकमार्फत प्रदेश र संघको निर्वाचन तोक्न सक्नेछन् ।निर्वाचन आयोगले पनि आगामी ४ मङ्सिरमा एकै चरणमा प्

    • प्रकाशित मितिः साउन १९, २०७९
    • 139 पटक पढिएको
  • पुनः द्वन्द्वको बाटो रोज्न बाध्य नबनाउन सरकारलाई ओलीको चेतावनी

    काठमाडौँ / ललितपुर जिल्ला अदालतले सोमबार तीनबुँदे सहमतिविपरीत विभिन्न नेताहरूको नाममा पक्राउ पुर्जी जारी गरेपछि विभाजित बनेको नेकपामा तरङ्ग पैदा भएको छ ।  अदालतले नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’। प्रवक्ता खड्गबहादुर विश्वकर्मा, नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलासहित २३ जना नेतामाथि ४ वटा कसुरमा ३५ दिने पक्राउ पुर्जी जारी गरेपछि नेकपामा तरङ्ग पैदा भएको हो । पक्राउ पुजी जारी भएपछि नेकपा विभाजित भएर बनेको नेबपाका प्रवक्ता हेमन्तप्रकाश ओली  ‘सुदर्शन’ले अदालतले प्रतिबन्धको अवधिको विषयलाई लिएर पक्राउ पुर्जी जारी गरेर राज्यलाई द्वन्द्वतिर धकेल्न खोजेको बताएका छन

    • प्रकाशित मितिः साउन १८, २०७९
    • 195 पटक पढिएको
  • संघीय सरकारविरुद्ध आन्दोलन गर्दै मधेश सरकार

    जनकपुरधाम / मधेश प्रदेश सरकारले संघीय सरकारविरुद्ध आन्दोलनको घोषणा गरेका छन् । प्रदेशका गृह तथा सञ्चार मन्त्री भरत साहका अनुसार संघीय सरकारले प्रहरी समायोजना गर्न आलटाल गरेपछि संघीय सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णय गरिएको हो । आफूहरूले प्रधानमन्त्री शेरबहादुर देउवा, गृह मन्त्री बालकृष्ण खाणसहित गठबन्धनका नेताहरूलाई ज्ञापन बुझाए पनि समायोजन गर्ने मनसायमा नदेखिएकोले आन्दोलनको बाटो रोज्नु परेको मन्त्री शाहले बताए । ‘संघ प्रहरी हुने, स्थानीय तहको पनि प्रहरी हुने तर प्रदेश सरकारले संविधानमा व्यवस्था भए पनि राख्न नपाउने रु यो संघीयता विरोधी कदम हो,’ उनले भने, ‘यसविरूद्ध न्याय

    • प्रकाशित मितिः साउन १८, २०७९
    • 170 पटक पढिएको
  • आज मन्त्रिपरिषद् बैठक बस्दै, निर्वाचन मिति तोक्न सक्ने

    काठमाडौँ / मन्त्रिपरिषद्को बैठक सोमबार बस्ने भएको छ । बैठक आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।आज बस्ने बैठकले संघीय निर्वाचनको मिति तोक्ने सम्भावना रहेको जनाइएको छ । संघ र प्रदेशको मिति मंसिर पहिलो साताभित्र तोकिने सत्ता गठबन्धनका शीर्ष नेताहरूको दावी छ ।यता निर्वाचन आयोगले पनि संघीय निर्वाचनका लागि मिति तोक्न ढिला भइसकेको बताउँदै आएको छ । आयोगले यसअघि नै सरकारलाई आगामी मंसिर २ गते चुनाव गर्न मिति प्रस्ताव गरेको छ ।

    • प्रकाशित मितिः साउन १६, २०७९
    • 171 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.