काठमाडौं / सरकारले नेपालमा दैनिक साढे ६ किलोमिटर सडक कालोपत्रे हुँदै आएको जनाएको छ ।शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित १ सय ६५ वटा सडक सञ्जालको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले सो कुरा बताएका हुन् । प्रत्येक दुई दिनमा एउटा सडक पुल निर्माण सम्पन्न हुँदै आएको सरकारको दावी छ ।मुलुकमा पूर्वाधारको क्षेत्रमा सडकअन्तर्गत निर्माणको नयाँ चरणको अभियानको शुभारम्भ घोषणा गरिएको भन्दै उनले सरकारको चाहनासुखी नेपाली समृद्ध नेपालको लक्ष्यलाई पूरा गर्ने दावी गरे । केपी ओली नेतृत्वको सरकार आएपछि एक आर्थिक वर्षमै सडक पूर्वाधारको क्षेत्रमा विक
काठमाडौं / नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज शुक्रबार बस्दैछ । नयाँ सरकार गठनबारे अलमलमा देखिएको कांग्रेसको आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।पार्टी उपसभापति विमलेन्द्र निधिका अनुुसार आजको बैठकमा अरु दलबाट आएकाहरुको समायोजन र महामन्त्री पूर्णबहादुर खड्काले क्रियाशील सदस्यता छानविनका लागि समय थप गर्न र महाधिवेशनको कार्यतालिकालाई हेरफेरसम्बन्धी प्रस्ताव पेस गर्नेबारे छलफल हुनेछ ।माओवादी केन्द्रले कांग्रेसको नेतृत्वमा सरकार गठनको प्रस्ताव राखेको छ भने जनता समाजवादी पार्टी (जसपा) विभाजित देखिन्छ । डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष कांग्रेस, माओवादी र
काठमाडौं / नेकपा एमाले नेता घनश्याम भुषालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको हुर्मत लिएर गल्ती गरेको भन्दै आम जनतासँग माफी मागेका छन् ।नेता भुषालले समाजिक सञ्जालमा स्टाटस पोस्ट गर्दै भनेका छन्, ‘उनले (ओली) हाम्रो पार्टीको गौरवको चिरहरण गर्दैछन्, हामीले सामना गरौँला–गर्नेछौँ । तर यिनले लोकतन्त्रको जुन हुर्मत लिएका छन् त्यो अपूरणीय छ । उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ । मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादीका लागि मैले दुनियाँसँग माफी माग्छु ।’नेता भुषालले केपी ओलीमा सत्ताभोगको असीमित त
काठमाडौँ / सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नामको सम्बन्धमा परेको मुद्दाको फैसलामा पुनरावलोकन गर्न अनुमति नदिने आदेश जारी गरेको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुङ्गानाको पूर्ण इजलासले आज पहिलाकै फैसला सही भएको ठहर गर्दै नेकपा विवादको मुद्दाका पुनरावलोकन अनुमति नदिने आदेश गरेको हो ।सर्वोच्च अदालतले गत फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ऋषि कट्टेलको पार्टीको भएको र तत्कालीन नेकपा(एमाले) र तत्कालीन नेकपा ९माओवादी केन्द्र० कानूनीरूपमा अलग–अलग पार्टी भएको भनी फैसला सुनाएको थियो । उक्त फैसलाको पुनरावलोकन गर्न यही फागुन १७ गत
काठमाडौँ / प्रतिनिधिसभा संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित न्यायाधीशद्वय डा. कुमार चुडाल र नहकुल सुवेदीविरुद्ध सातवटा उजुरी परेको छ ।सिंहदरबारमा आज बसेको समितिको बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वय डा. चुडाल र सुवेदीविरुद्ध सातवटा उजुरी परेको जानकारी दिए । उनका अनुसार सात उजुरीमध्ये दुई उजुरी गोप्य रहेका छन् ।न्याय परिषद्ले सर्वोच्च अदालतका लागि न्यायाधीशद्वय डा. चुडाल र सुवेदीको नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिले उनीहरु विरुद्ध कुनै उजुरी भएमा १० दिनका लागि उजुरी आह्वान गर्न समय दिएको थियो । उक्त १० दिन आ
काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्बन्धमा छिट्टै निर्णय लिने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको अनौपचारिक बैठकले एक/दुई दिनभित्र अहिलेको राजनीतिक घटनाक्रमलाई कता लैजाने भनेर निष्कर्ष निकाल्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।“आज अनौपचारिक बैठक बस्यो । एक/दुई दिनभत्र औपचारिक बैठक बस्दैछ । बैठकको तयारीस्वरुप आजको बैठक बसेको हो । पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण, विभिन्न राजनीतिक दलसँग भएको वार्ता संवादका विषयमा छलफल भयो”, उनले भने, “अहिले पनि परिस्थिति अझै स
काठमाडौं / जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लामो संघर्षपछि प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रको धरापमा परेको बताएका छन् ।राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी सशस्त्र विद्रोह र २०६२/६३ को आन्दोलनपछि प्राप्त भएको संघीयता, गणतन्त्र, समावेशी लोकतन्त्र धरापमा परेको बताएका हुन् ।‘संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि जनताले वास्तवमा ठूलो आशा गरेका थिए । अब देश राजनीतिकरूपले संस्थागत भएर जान्छ भन्ने । तर, अहिले अर्कै अवस्था छ’, उनले भने, ‘प्रधानमन्त्रीजी यहीँ हुनु हुन्छ, मलाई मन्त्रिपरिषद्को यस्तो निर्णय सुन्दा दुख लागेको छ । यो गणतन्त्रको भविष्यमा
काठमाडौँ / पुनःस्थापित संसद्लाई सरकारले कहिलेसम्म ‘बिजनेस’विहीन बनाउने हो भनी सांसदहरुले प्रश्न गरेका छन् । उनिहरुले संसद्लाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउन सरकार समक्ष माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद टेकबहादुर बस्नेतले संसद्लाई कहिलेसम्म सरकारले बिजनेसविहीन बनाउने हो भनी प्रश्न गरे । सांसद डा डिला सङ्ग्रौला पन्तले काम विहीन भएर विदेशबाट फर्किएका नेपाली श्रमिकको पुनःस्थापनका लागि सरकारले ध्यान नदिएको आरोप लगाएका छन् । उनले ईपिएस कोटाबाट दक्षिण कोरिया जान भाषा परीक्षा पास गरेका करीब १० हजार युवा जान नपाएकोतर्फ ध्यानाकर्षण गराएका छन् ।सांसद दिलेन्द्
काठमाडौं / नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जनताको मुक्तिका लागि आफूहरु निरन्तर लागिपर्ने बताएका छन् । केपी ओली पार्टीभित्रको समस्या भएको भन्दै नेता नेपालले आफू समाधान भएको दावी गरे ।बुधबार युवा संघ नेपाल केन्द्रीय कार्यालय उद्घाटनको समारोहमा नेता नेपालले भने, ‘केपी ओली केही पनि होइनन् । न आन्दोलन, न त संगठन । ओली भनेको गुटको अर्को नाम मात्र हो ।’उनले केपी ओलीसँग कुनैपनि हालतमा सम्झौता नगर्ने बताए । उनले आफूहरुले २३ फागुनमा सर्वोच्च अदालतले गरेको फैसलालाई उचित नमानेपनि मान्न बाध्य भएको बताए । नेता नेपालले भने, ‘उहाँ सुध्रिनु्हन्छ भन्ने लाग्दैन । तर, आशाको सानो त्यान्द्रो बाँकी छ ।’न
काठमाडौँ / पुनःस्थापित संसद्लाई सरकारले कहिलेसम्म ‘बिजनेस’विहीन बनाउने हो भनी सांसदहरुले प्रश्न गरेका छन् । उनीहरुले संसद्लाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउन सरकार समक्ष माग हुन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद टेकबहादुर बस्नेतले संसद्लाई कहिलेसम्म सरकारले बिजनेसविहीन बनाउने हो भनी प्रश्न गरे । सांसद डा. डिला सङ्ग्रौला पन्तले काम विहीन भएर विदेशबाट फर्किएका नेपाली श्रमिकको पुनःस्थापनका लागि सरकारले ध्यान नदिएको आरोप लगाए । उनले ईपिएस कोटाबाट दक्षिण कोरिया जान भाषा परीक्षा पास गरेका करीब १० हजार युवा जान नपाएकोतर्फ ध्यानाकर्षण गराए ।सांसद दिलेन्द्रप्रसाद बडूले प्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.