ललितपुर / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी एमालेलाई नयाँ ढङ्गले व्यवस्थित र पुनर्गठन गर्दै अघि बढ्ने बताएका छन् । नेकपा एमाले ललितपुरद्वारा आयोजित ‘३१औँ पाटनमुक्त क्षेत्र घोषणा दिवस तथा शहीद सम्मान कार्यक्रम’मा मन्त्री श्रेष्ठले समृद्ध मुलुक निर्माणका लागि नेकपा एमाले पार्टीका साथै यसमा रहेका नेता तथा कार्यकर्ता समेत एकजुट भएर अघि बढ्न जरुरी भएको बताएका छन् । उनले भने, “सम्पूर्ण मुलुकवासीको मुहारमा खुशी र हासो देख्नका लागि हामी एकजुट भएर अघि बढ्न जरुरी छ । विसं २०४६ चैत १८ गते पाटन क्षेत्रलाई तत्कालीन शासकबाट मुक्त गर्ने क्रममा शही
मोरङ / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ‘खुवालुङ’ किराँत समुदायको धार्मिक र सांस्कृतिक धरोहर रहेकाले यसलाई जोडेर पर्यटन क्षेत्रको विकास गर्ने बताएका छन् । उदयपुर, धनकुटा र भोजपुरको सङ्गमस्थल शहीदभूमि गाउँपालिका–१ खुवालुङ क्षेत्रको मङ्गलबार भ्रमण गर्दै उहाँले विश्वमा रहेका नेपालीको आस्थाको केन्द्रका रूपमा रहेको खुवालुङलाई संरक्षण गरी आकर्षक केन्द्रका रूपमा विकास गरी पर्यटकको आगमन वृद्धि गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।जलयात्राका सम्बन्धमा विज्ञहरुद्वारा विस्तृत अध्ययन गरी खुवालुङ दायाँबायाँ पानीजहाज सञ्चालन गर्ने सम्बन्धमा काम भइरहेको बताउँदै उनले यस क्षेत्रका बृहत् विका
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् ।मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि वृद्धभत्ता लगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।
काठमाडौँ / नेकपा (एमाले)का नेता घनश्याम भूषालले पार्टीले सोधेको स्पष्टिकरणको जवाफ पेश गरेका छन् । भुषालले पार्टीले सोधेको स्पष्टिकरणको जवाफ पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लेख्दै आज पेश गरेको पार्टी मुख्यालयका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । यसअघि पार्टीका नेता माधवकुमार नेपाल र भीम रावलले स्पष्टिकरणको जवाफ दिइसकेका छन् । स्पष्टिकरणको जवाफ चित्तबुझ्दो नभएपछि उनीहरु दुवै जनालाई अध्यक्ष केपी शर्मा ओलीले छ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गरेका छन् । यहि चैत ७ गते बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले पार्टी विपरीतका गतिविधि गरेको भन्दै भूषालसहित पार्टीका नेता न
काठमाडौं / नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपालल र झलनाथ खनाल पक्षको स्थायी कमिटी बैठक जारी छ । काठमाडौंको कंलकीस्थित एक पार्टी प्यालेसमा माधव–झलनाथ पक्षको बैठक बसिरहेको छ ।अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी हितविपरीत कारबाही गरेको भन्दै माधव नेपाल र भीम रावललाई ६ महिनाको लागि साधारण सदस्यबाट निलम्बन गरेपछि माधव पक्षधरले बैठक बोलाएको हो । बैठकमा माधव–झलनाथ पक्षका केही केन्द्रीय सदस्य पनि सहभागी छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार वरिष्ठ नेता नेपाल र स्थायी कमिटी सदस्य भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेका थिए । आजको बैठकले पार्टीमा वारपार हुनेगरी निर्णय गरेर जा
काठमाडौँ / सर्वोच्च अदालतमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड ’ ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको सम्बन्धमा परेको मुद्दाको फैसला पुनरवलोकन गर्न निवेदन दर्ता गरेका छन् । सर्वोच्च अदालतले गत फागुन २३ गते ऋषि कट्टेल अध्यक्ष रहनुभएको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को पक्षमा तथा तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी) कानूनी रुपमा अलगअलग पार्टी भएको भनी फैसला सुनाएको थियो । उक्त फैसलाको पुनरवलोकन गर्न आज अध्यक्ष दाहाल आफैँ सर्वोच्च अदालतमा पुगी पुनरवलोकन निवेदन दर्ता गराएका हुन्। “हामीलाई विश्वास छ, देशको राजनीतिक स्थायित्वका निम्ति, शान्ति र सम
काठमाडौँ / नेपाली कांग्रेस संसदीय दलले वामपन्थी अग्रज नेता विष्णुबहादुर मानन्धरको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको उपचारका क्रममा यही चैत १६ गते ललितपुरस्थित पाटन अस्पतालमा निधन भएको हो ।कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आज शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गरेका छन्।स्व मानन्धर रौतहट, बारा र पर्सा जिल्लामा किसान नेताका रुपमा परिचित थिए । सरल र शान्त स्वभावका धनी मानन्धर आदर्श व्यक्तित्वका रुपमा स्थापित थिए ।
काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा खारेज गरेर सर्वोच्चले राजनीतिक काम गरेकाले सच्याउनुपर्ने बताएका छन् ।नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बनेको नेकपा सर्वोच्चले खारेज गरेपछि पुनरावलोकनका लागि सार्वोच्च पुगेको प्रचण्डले सर्वोच्चले आफ्नो फैसला सच्याउनुपर्ने बताएका हुन् ।फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्चमा निवेदन दिएपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने– ‘एकतावद्ध भइसकेका दललाई विभाजित गर्ने राजनीतिक काम अदालतले गर्यो, त्यो सच्याउनेछ । म विश्वस्त छु ।’सर्वोच्चको उक्त फैसला अस्वाभाविक, अप्राकृतिक र राजनीतिक प्रकृतिको रहेको समेत प्
प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नेपालीको उल्लासपूर्ण चाड होली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगति र उत्रतिका लागि शुभकामना व्यक्त गरेका छन् ।उनिबाट आज जारी गरिएको शुभकामना सन्देशमा शान्ति र सद्भाव फैलाउने उमङ्गको रङ्गिलो होली पर्व हरेक वर्ष फागु शुक्लपूर्णिमाका दिन मनाइने यस अवसरमा आफन्तसँगको भेटघाट, सांस्कृतिक मनोरञ्जन, सामूहिक हर्षबढाइँका साथ होली पर्वको शुभकामना आदानप्रदान गर्दै आपसी सद्भाव र सामाजिक सहिष्णुता बढाउने महत्वका साथ हेरिने उल्लेख गरेका छन् ।प्रदेश प्रमुख अधिकारीले वर
काठमाडौँ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले फागुपूर्णिमा पर्वले आपसी सद्भाव र आत्मियतामा थप वृद्धि गर्न सहयोग पु¥याउने बताएका छन्। फागुपूर्णिमाका अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्ता पर्वले आपसी सद्भाव र भाइचारा अभिवृद्धिका साथै राष्ट्रिय एकतालाई समेत सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् । मन्त्री ढकालले शुभकामना सन्देशमा कोभिड– १९ सङ्क्रमणको जोखिम कायमै रहेको अहिलेको अवस्थामा राज्यका व्यवस्थाभित्र रहेर स्वास्थ्य मापदण्डलाई अपनाएर मात्र फागुपर्व मनाउन पनि अनुरोध गरेका छन् । उनले सत्यको विजयको प्रतिकका रुपमा यो पर्व मनाइने गरेको उल्लेख गरे ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.