राजनीति

    Showing 7,591-7,600 of 10,447 items.
  • बाबुराम भट्टराईको सांसद पद नजाने

    काठमाडौँ / जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको सांसद पद नजाने भएको छ । गत शुक्रबार वीरगञ्जमा बसेको उपेन्द्र यादव पक्षधरको बैठकले पार्टीका सम्पूर्ण जिम्मेवारीबाट पदमुक्त गरे पनि भट्टराई लगायतको सांसद पद भने जोगिने भएको हो ।‘बाबुरामजीलाई पार्टीको जिम्मेवारीबाट मुक्त गरिए पनि सांसद पदबाट भने मुक्त गरिएको छैन्, अहिले त्यो दिशामा पार्टी जाँदैन्,’ अध्यक्ष यादवले भने, ‘आत्माआलोचना गरेर फर्केमा उहाँ लगायतलाई पार्टीको जिम्मेवारीमा पुर्नस्थापित गरिनेछ ।’ उनका अनुसार काठमाडौंको जडिबुटीमा भएको भेलालाई भने पार्टीले मान्यता दिनेछैन ।काठमाडौंमा अलग्गै केन्द्रिय समिति बैठक बोलाएक

    • प्रकाशित मितिः साउन १, २०७९
    • 114 पटक पढिएको
  • राष्ट्र बैंक घेराउन गर्न पुगेका अखिलका कार्यकर्ता पक्राउ

    काठमाडाैँ / गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै नेपाल राष्ट्र बैंक घेराउ गर्न पुगेका नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का कार्यकर्ता पक्राउ परेका छन् ।गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउन आज बिहान १० बजे बालुवाटार ३ नम्बर गेट पुगेका अखिलका ५ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूले निषेधित क्षेत्रमा नाराबाजी गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरू नेविसंघ र अखिलले गभर्नर अधिकारीको राजीनामाको माग गर्दै घेराउ र विरोध प्रदर्शन गरिरहेको बेला प्रहरी र कार्यकर्ता

    • प्रकाशित मितिः साउन १, २०७९
    • 144 पटक पढिएको
  • प्रचण्डले आज भारतीय प्रधानमन्त्री मोदीलाई भेट्दै

    काठमाडौं / भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् । उनले आज अपराह्न प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएको हो । साथै उनले आजै भाजपाको मुख्यालय भ्रमण गरेर भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।तीन दिनको भारत भ्रमणका लागि गत शुक्रबार नयाँ दिल्ली पुगेका अध्यक्ष प्रचण्ड भारत पुगे देखी नै राजनीतिक भेटघाटमा व्यस्त छन् । शुक्रबार भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका प्रचण्डले शनिबार भारतीय विदेश सचिव एस जयशंकर, राष्ट्रिय

    • प्रकाशित मितिः साउन १, २०७९
    • 107 पटक पढिएको
  • प्रतिनिधिसभाको उपसभामुखमा कांग्रेसकी पुष्पा भुसाल निर्वाचित

    काठमाडौँ / प्रतिनिधिसभाको उपसभामुखमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल निर्वाचित भएकी छिन् । लामो समयदेखि खाली रहेको संसदको उपसभामुख पद एमालेकी प्रतिस्पर्धी विद्या भट्टराईलाई ५५ मतले पराजित गर्दै  भुसाल निर्वाचित भएकी हुन् ।२४२ मत खसेकोमा भुसालले १४८ मत प्राप्त गरेकी छिन् भने भट्टराईले ९३ मत पाएकी छिन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा उपसभामुख चयनका लागि निर्वाचन भएको थियो । नेपाली कांग्रेसकी नेत्री भुसाल दोस्रो प्रयासमा प्रतिनिधिसभाको उपसभामुख निर्वाचित भएकी हुन् । भुसाललाई माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, राष्ट्रिय जनमोर्चा र लोसपाले समे

    • प्रकाशित मितिः असार ३१, २०७९
    • 111 पटक पढिएको
  • जसपाले पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने

    काठमाडौँ  / जनता समाजवादी पार्टी (जसपा)ले सत्तारुढ पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।वीरगञ्जमा सम्पन्न पार्टीको केन्द्रीय कार्यकारिणी र केन्द्रीय समिति बैठकले सत्ता गठबन्धनलाई आगामी संघीय र प्रदेश निर्वाचनसम्म निरन्तरता दिने निर्णय गरेको हो ।विगतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई–दुईपटक संसद् विघटन गरेपछि प्रतिगमनलाई परास्त गर्न बनेको गठबन्धन आफ्नो उद्देश्यमा सफल भएको जसपाले निष्कर्ष निकालेको छ ।बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष उपेन्द्र यादले लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई राजनीतिक स्थिरता तर्फ अगाडि बढाउन गठबन्धनको निरन्तरता आवश्यक रहेको बताए ।

    • प्रकाशित मितिः असार ३१, २०७९
    • 127 पटक पढिएको
  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

    काठमाडौँ  / प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी छ । उक्त बैठक सकिने बित्तिकै बालुवाटारमै मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।नागरिकतालगायत महत्वपूर्ण विधेयकमाथि छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको स्रोतको भनाइ छ । संसदमा पेश भएका विधेयकहरू पास नगरी निर्वाचनको मिति घोषणा हुने सम्भावना न्यून देखिएपछि देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् । 

    • प्रकाशित मितिः असार ३१, २०७९
    • 127 पटक पढिएको
  • प्रचण्ड आज भारत जाँदै

    काठमाडौँ  / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शुक्रबार भारत भ्रमणमा जाँदैछन् । उनी भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा तीन दिने भ्रमणमा जान लागेका हुन् ।प्रचण्ड आज दिउँसो १ बजे भारतको राजधानी नयाँदिल्ली प्रस्थान हुने कार्यक्रम छ । दिल्लीमा रहँदा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । माओवादी नेता देव गुरुङका अनुसार भाजपा नेतृत्वसँग सद्भावना आदान–प्रदानका सन्दर्भमा प्रचण्ड भारत जान लागेका हुन् । यस्तै भारतका विदेश मन्त्री डा एस जयशंकर र विदेश सचिव विनय

    • प्रकाशित मितिः असार ३१, २०७९
    • 109 पटक पढिएको
  • उपसभामुखको निर्वाचन आज हुँदै, भुसाल र भट्टराई प्रतिस्पर्धामा

    काठमाडौँ / संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज निर्वाचन हुँदैछ ।  प्रतिनिधिसभाको दिउँसो ३ बजे बस्ने बैठकमा उपसभामुख चयन प्रक्रिया सुरु हुनेछ ।उपसभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का तर्फबाट विद्या भट्टराई प्रतिस्पर्धामा छन् ।उक्त बैठकको सुरुमा सांसद देवप्रसाद गुरुङले ‘यस सभाका माननीय सदस्य श्री पुष्पा भुसाल (गौतम)लाई उपसभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । सांसद लक्ष्मीकुमारी चौधरीले उक्त प्रस्तावको समर्थन गर्नेछिन् ।यस्तै, सांसद शान्ता चौधरीले ‘यस सभाका माननी

    • प्रकाशित मितिः असार ३१, २०७९
    • 172 पटक पढिएको
  • जसपा कार्यकारिणी सदस्य रेणु कुमारी यादवद्वारा पार्टी परित्याग

    काठमाडौँ / जनता समाजवादी पार्टीकी कार्यकारिणी सदस्य रेणुकुमारी यादवले पार्टी परित्याग गरेकी छन् । व्यक्तिगत कारण देखाउँदै पूर्वमन्त्री रहेकी यादवले बिहीबार जसपासँगको सम्पूर्ण पदीय जिम्मेवारी त्याग गरेको घोषणा गरेकी हुन् ।  जनता समाजवादी पार्टीकी नेतृ रेणुकुमारी यादवले राजीनामा दिएकी छन् । जसपाकी संस्थापक नेतृ समेत रहेकी पूर्वमन्त्री यादवले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन् ।‘वर्तमान अवस्थामा व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्न सक्ने अवस्था नरहेकोले मैले यस जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट अलग

    • प्रकाशित मितिः असार ३०, २०७९
    • 115 पटक पढिएको
  • नेपालमा बनेका मात्रै लुगा लगाउने र स्टेजमा नबस्ने रवि लामिछानेको घोषणा

    बिर्तामोड / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विदेशमा बनेका पोशाक नलगाई नेपालमा बनेका मात्रै लगाउने घोषणा गरेका छन् । झापाको बिर्तामोडस्थित अग्रासन भवनमा आयोजित पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।उनले भने, – ‘परिवर्तन आफैँबाट गर्नुपर्ने रहेछ । हालै मैले चितवनको कार्यक्रममा आफ्नो राजनीतिक जीवनमा नेपालमा बनेका नेपाली फेब्रिक्समात्रै लगाउँछु भनेको थिएँ । मैले अहिले लगाएको पहिरन नेपालमा बनेको हो । म नेपालमा बनेका सामानहरू प्रयोग गर्नेछु ।’लामिछानेले नेपाली उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने भन्दै त्यसका लागि आफूबाटै सुरु गर्नुपर्ने बताएका छन् । स

    • प्रकाशित मितिः असार ३०, २०७९
    • 193 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.