राजनीति

    Showing 7,631-7,640 of 7,779 items.
  • महान्यायाधिवक्तामा बडाललाई सिफारिस

    काठमाडौं  / प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको मुख्य कानुनी सल्लाहकार महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाललाई सिफारिस गरेका छन् ।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेको स्रोतले जनाएको छ । बडाल नेपाल बार एशोसियशनको उपाध्यक्षमा निर्वाचनसमेत लडेका थिए ।अग्नि खरेलले शुक्रबार नै महान्यायाधिवक्ता पदबाट राजीनामा दिएका थिए । त्यसलगत्तै बडाललाई नियुक्ति लागि सिफारिस गरिएको हो । बडाल नेकपा एमालेको जनवर्गीय संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय सचिव हुन् ।

    • प्रकाशित मितिः चैत ६, २०७७
    • 70 पटक पढिएको
  • एमालेले संसदीय दलको विधान संशोधन प्रक्रिया बढायो

    बिर्तामोड  / नेकपा एमालेले संसदीय दलको विधान संशोधन प्रक्रिया अघि बढाएको छ । त्यसका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ ।बालुवाटारमा बसेको संसदीय दलको बैठकले विशाल भट्टराईको नेतृत्वमा कार्यदल गठन गरेको सांसद शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार कार्यदलमा भट्टराईसहित शेरबहादुर तामाङ, विमला राई पौडेल र अर्का एकजना रहेका छन् ।बिहीबार बालुवाटारमा बसेको एमालेको संसदीय बैठकले २७ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । बोर्डको प्रमुखमा पार्टीको अध्यक्ष नेता केपी शर्मा ओली रहेका छन् ।सदस्यहरूमा माधवकुमार नेपाल, झलनाथ खनाल, उपनेता सुवास नेम्वाङ छन् । त्यस्तै शेरबहादुर तामाङ, रघुवीर महासेठ, भुपे

    • प्रकाशित मितिः चैत ५, २०७७
    • 74 पटक पढिएको
  • ओलीको अध्यक्षतामा संसदीय बोर्ड गठन , माधव र झलनाथ पनि मनोनीत

    काठमाडौं / नेकपा एमालेले प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा संसदीय बोर्ड गठन गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको संसदीय दलको बैठकले २७ सदस्यीय संसदीय बोर्ड गठन गरेको हो । बोर्डमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि मनोनीत गरिएको छ ।बोर्डको प्रमुखमा पार्टीको अध्यक्ष नेता केपी शर्मा ओली रहेका छन् । सदस्यहरूमा माधवकुमार नेपाल, झलनाथ खनाल, उपनेता सुवास नेम्वाङ छन् । त्यस्तै शेरबहादुर तामाङ, रघुवीर महासेठ, भुपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल, विमला विक पनि सदस्य मनोनीत भएका छन् ।दलका नेता, उपनेता, प्रमुख सचेतक र सचेतक बोर्डमा पदेन

    • प्रकाशित मितिः चैत ५, २०७७
    • 85 पटक पढिएको
  • नेपाली कांग्रेसका नेता कोइरालाको निधन

    विराटनगर / नेपाली कांग्रेस मोरङका पूर्वसभापति अशोक कोइरालाको गए राति १ बजे निधन भएको छ । उहाँको निधन विराटनगरस्थित न्यूरो अस्पतालमा निमोनियाको उपचारका क्रममा भएको कांग्रेस निर्वाचन क्षेत्र ४ मोरङका सचिव सन्तनु रेग्मीले जानकारी दिएका छन्।कांग्रेसका प्रखर नेता कोइराला २०४६ सालको राजनीतिक परिवर्तनपछि विराटनगर उपमहानगरपालिकाको प्रमुखमा विजयी भएका थिए भने संविधानसभाको दोस्रो निर्वाचनमा मोरङको निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित भएका थिए । पचहत्तर वर्षीय कोइरालाका एक छोरा, एक छोरी र श्रीमती छन् । उनको आजै दिउँसो १ बजे शवयात्रा निकाल्ने कांग्रेसको पार्टी कार्यालय पुगेर एक घण्टा श्रद्धाञ्जलि व्यक

    • प्रकाशित मितिः चैत ५, २०७७
    • 70 पटक पढिएको
  • कांग्रेसद्वारा प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता

    काठमाडौँ  / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा  तीन प्रस्ताव दर्ता गराएको छ । कांग्रेस सांसदले मंगलबार सङ्घीय संसद् सचिवालयमा दुई जरुरी सार्वजनिक महत्वका  र एक सङ्कल्प प्रस्ताव दर्ता गराएका हुन् ।  महिला तथा बालवालिकामाथि भएका हिंसा न्यूनीकरण गर्न जरुरी सार्वजनिक महत्वका विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराउन प्रस्ताव दर्ता गराइएको छ । सरकारलाई महिलामाथिको हिंसा सम्बोधन गर्न न्यूनीकरण गर्न सदनले सरकारलाई मार्गनिर्देशन गर्न अपरिहार्य भएको जनाउँदै ध्यानाकर्षण प्रस्ताव पेश गरिएको हो । गृह मन्त्रालयसँग सम्बन्धित उक्त प्रस्ताव कांग्रेस सांसद डा डिला सङ्ग्रौला,

    • प्रकाशित मितिः चैत ४, २०७७
    • 81 पटक पढिएको
  • जोशीको भेन्टिलेटरमा राखेर उपचार जारी : अस्पताल

    बिर्तामोड / नेपाली कांग्रेसका युवानेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । नर्भिक इन्टरनेशनल हस्पिटलका प्रमुख कर्पोरेट कम्युनिकेशन एण्ड पिआर डिपार्टमेन्ट सोमनाथ बाँस्तोलाले आज विज्ञप्ति जारी गरी  मस्तिष्काघात भई उपचार गराइरहनुभएका जोशीको अवस्था गम्भीर रहेको जानकारी दिए । उनका अनुसार जोशीलाई हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ । केही सञ्चारमाध्यमले जोशीका बारेमा भ्रामक समाचार सम्प्रेषण गरेपछि अस्पतालले विज्ञप्ति निकालेर उहाँको अवस्थाबारे जानकारी गराएको हो ।विज्ञप्तिमा केही दिनको उपचारपछि उहाँको अवस्थामा सुधार आएको तर अहिले भने अवस्था गम्भीर भएको जनाइएको छ ।

    • प्रकाशित मितिः चैत ४, २०७७
    • 82 पटक पढिएको
  • सभामुखका अनुपस्थितिमा अध्यक्षता गर्ने सांसद मनोनीत

    बिर्तामोड / प्रतिनिधिसभाको मंगलबारको बैठकले सभामुखका अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको नाम मनोनयन गरेको छ ।   सभामुखका अनुपस्थितिमा डा डिला सङ्ग्रौला, मानबहादुर विक, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेयको नाम प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्य मनोनयन गरिएको हो ।

    • प्रकाशित मितिः चैत ३, २०७७
    • 129 पटक पढिएको
  • प्रतिनिधिसभा बैठकमा शोक प्रस्ताव पारित

    बिर्तामोड  / प्रतिनिधिसभाको आजको बैैठकले तत्कालीन संविधानसभा सदस्य दिनेशचन्द्र यादवका निधनमा शोक प्रस्ताव पारित गरेको छ ।  सभामुख अग्निप्रसाद सापकोटाले पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री यादवका निधनमा प्रस्तुत गर्नुभएको शोक प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो ।  बैठकमा यादवप्रति श्रद्धाञ्जलि अर्पण गर्दै  एक मिनेट मौनधारण गरिएको थियो । उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ  । उहाँ विसं २०७० को संविधानसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का तर्फबाट बाँके क्षेत्र नं २ बाट निर्वाचित हुनुहुन्

    • प्रकाशित मितिः चैत ३, २०७७
    • 76 पटक पढिएको
  • ‘सहकार्य र समन्वयबाट भ्रष्टाचार न्यूनीकरण’

    बिर्तामोड / जिल्ला प्रशासन कार्यालयले भ्रष्टाचार न्यूनीकरण गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याउन आह्वान गरेको छ । आपसि सहकार्य र समन्वयबाट मात्र भ्रष्टाचार न्यूनीकरण हुने कार्यालयले जनाएको छ ।   प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जिल्लाका सरोकार पक्षसँग सोमबार परिचयात्मक तथा छलफल आयोजना गरी सो आग्रह गरेका हुन्  । उनले आमनागरिकले महसुस गर्ने गरी जिल्लामा शान्तिसुरक्षाको प्रबन्ध मिलाउने र  जिल्लाको समग्र विकासका लागि सबै क्षेत्रसँग समन्वय र छलफल गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  छलफल कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुख, राजनीतिक दलका प्रतिन

    • प्रकाशित मितिः चैत ३, २०७७
    • 91 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा