राजनीति

    Showing 7,671-7,680 of 10,447 items.
  • आगामी निर्वाचनमा विद्युतीय मतदान गराउन सरकारलाई आयोगको आग्रह

    काठमाडौँ / निर्वाचन आयोगले आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा विद्युतीय मतदान यन्त्र (इभीएम) प्रयोग गर्ने भए साउन मसान्तसम्म व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले गृह मन्त्रालय मार्फत सरकारलाई उक्त आग्रह गरेको हो ।निर्वाचन व्यवस्थापन प्रक्रियालाई छरितो, सुरक्षित तथा स्वच्छ बनाउन निर्वाचन सम्बन्धी कानूनमा भएको ब्यवस्था समेतको आधारमा इभीएमको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न आयोगले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन गरेको थियो ।  समितिबाट प्राप्त प्रतिवेदन आवश्यक निर्णयार्थ तथा कार्यार्थ गृह मन्त्रालय मार्फत मन्त्रिपरिषद्मा पठाइएको आ

    • प्रकाशित मितिः असार १६, २०७९
    • 113 पटक पढिएको
  • जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक २७ र २८ गते बस्ने

    काठमाडौँ / जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।जसपाले असार २७ र २८ गते वीरगञ्जमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । ५०७ सदस्यीय जसपाको केन्द्रीय समितिमा हाल ४९९ सदस्य छन् । फुटको सङ्घारमा रहेको जनता समाजवादी पार्टीमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईबीच अलग हने विषयमा छलफल भइसकेको छ ।

    • प्रकाशित मितिः असार १६, २०७९
    • 125 पटक पढिएको
  • मुख्यमन्त्री पाण्डेलाई हटाउन कांग्रेस र माओवादीका सांसदले थाले हस्ताक्षर संकलन

    काठमाडौँ  / बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई पदबाट हटाउने कसरत सुरु भएको छ । मुख्यमन्त्री पाण्डेविरुद्ध सत्तारूढ गठबन्धनमा आवद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले हस्ताक्षर संकलन गरेका हुन् ।गत कात्तिक ११ गते गठबन्धनबाट सत्तारोहण गरेका नेकपा एकीकृत समाजवादी पार्टीका राजेन्द्र प्रसाद पाण्डे र नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँबीच आधाआधा समय सरकारको नेतृत्व गर्ने सहमति भएको थियो ।कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले पूर्वसहमति अनुसार पदबाट हट्न पाण्डेलाई आग्रह गरेका थिए । तर पाण्डेले पदबाट हट्न नमानेपछि उनीविर

    • प्रकाशित मितिः असार १६, २०७९
    • 110 पटक पढिएको
  • प्रदेश १ की एमाले सांसद खातुनले दिइन् पदबाट राजीनामा

    झापा / प्रदेश १ की एमाले सांसद गुलेफुन खातुनले पदबाट राजीनामा दिएकी छन्। सरकारी छाप, दस्तखत र कागजात किर्ते गरेको अभियोग प्रमाणित भएको लामो समयपछि सांसद खातुनले बुधबार पदबाट राजीनामा दिएकी थिइन् । खातुनको राजीनामा सभामुख प्रदीपकुमार भण्डारीले बिहीबार स्वीकृत गरेका हुन्। मोरङको तत्कालीन कदमाहा गाउँ विकास समितिमा रहेको ३ कठ्ठा १० धुर जग्गाको मोही प्राप्त गर्न खातुनले कागजात, हस्ताक्षर र सरकारी छाप कीर्ते गरेकी थिइन् । २०७१ साल चैतमा गाविस सचिवको तर्फबाट सिफारिस गरेको पत्र तयार पार्दा दुई वटा सिफारिसमा एउटै दर्ता नम्बर भेटिएपछि कीर्ते गरेको खुलेपछि मुद्दा परेको थियो । सोही मुद

    • प्रकाशित मितिः असार १६, २०७९
    • 142 पटक पढिएको
  • प्रधानमन्त्रीसँग एमालेले माग्यो एसपीपीबारे अमेरिकालाई पठाएको पत्र

    काठमाडाैँ / नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले एसपीपीबारे अमेरिकालाई लेखेको सबै पत्र संसद्मा ल्याउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । संसद् दिवसको अवसरमा नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा बोल्दै नेता नेम्वाङले एसपीपीबारे अहिलेसम्म अमेरिकालाई लेखेको सबै पत्र संसद्मा ल्याउन आग्रह गरेका हुन् ।एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको १५ औँ दिनमा सेनाबाट अमेरिकालाई पत्र लेखिएको उनले बताए । तर, उक्त चिठीबारे तत्कालीन प्रधानमन्त्री ओलीलाई कुनै जानकारी नभएको उनले बताए ।‘एसपीपीलाई लिएर प्रधानमन्त्री भएको १५ औं दिनमा सेनाबाट एउटा चिठी गएछ । त्यो ठिक हो कि होइन,’ नेमवाङले भने,

    • प्रकाशित मितिः असार १६, २०७९
    • 105 पटक पढिएको
  • शेखर कोइरालाले बोलाए आफू पक्षीय नेताहरूको छुट्टै बैठक

    काठमाडौँ / नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू निकट नेतालाई बिहीबार दिउँसो २ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफलका लागि बोलाएका छन्। स्थानीय निर्वाचनपछि पार्टीभित्र निर्वाचन समीक्षाबारे कुनै छलफल नभएपनि शेखर समूहले भने निर्वाचन समीक्षा, भ्रातृ संस्थामा गरिएको एकलौटी मनोनयन लगायत विषयमा छलफल गर्न बैठक बोलाएको हो । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पार्टी गतिविधि र सरकारका कामकारबाहीलाई सँगसँगै लैजान नसकेको भन्दै आलोचना भइरहेको छ। साथै सभापति देउवाले विधानअनुसार गठन गर्नुपर्ने विभाग तथा समितिहरूलाई पूर्णता दिएका छैनन्।गत मङ्सिरमा कांग्रेसको १४ औँ महाधिवेशन

    • प्रकाशित मितिः असार १६, २०७९
    • 105 पटक पढिएको
  • आज ६४ औँ संसद् दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै

    काठमाडौं / आज नेपालमा संसद् दिवस मनाइँदैछ । १६ असार २०१६ मा संसद्को पहिलो बैठक बसेको दिनको सम्झनामा हरेक वर्ष असार १६ गते संसद् दिवस मनाउन थालिएको हो । पहिलो निर्वाचित संसद्‌को पहिलो बैठक १६ असार २०१६ को मध्यरातमा शुरु भएको थियो । संघीय संसद् सचिवालयको अभिलेख अनुसार राजा महेन्द्रले प्रतिनिधिसभाको बैठक रातको ११ः४५ बजेका लागि आह्वान गरेका थिए।संसद् सचिवालयको पुस्तकालयमा पहिलो संसद्को कामकारबाही सम्बन्धी विवरण (भर्बेटियम) राखिएको छ । जस अनुसार, पहिलो दिनको बैठकमा सभामुख चयन नभएसम्मका लागि गिरीप्रसाद बुढाथोकीलाई कार्यकारी अध्यक्ष तोक्ने पत्र पढेर सुनाइएको थियो । गुल्मी उत्तरपूर्व क्षेत्र

    • प्रकाशित मितिः असार १६, २०७९
    • 105 पटक पढिएको
  • रविको पार्टी राष्ट्रिय स्वतन्त्रले ‘घण्टी’ चिन्ह नपाउने

    काठमाडौं / रवि लामिछानेले गत असार ७ गते घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले घन्टी चुनाव चिन्ह नपाउने भएको छ । पार्टीको नाम नै फेर्न दवाव झेलिरहेका लामिछानेले रोजेको घण्टी चिन्ह यसअघि नै दर्ता भएका कारण उनले नपाउने भएका हुन् ।  उनले रोजेको चिन्ह घण्टी राष्ट्रवादी पार्टीको चुनाव चिन्हका रुपमा यसअघि नै आयोगमा दर्ता भइसकेको छ ।२०७३ साल मंसिर ३० गते आयोगमा दर्ता भएको सो पार्टीको कार्यालय नारायण गोपाल मार्ग काठमाडौं रहेको छ । पार्टीका केन्द्रीय संयोजक सहजाद मियाँ भिकरानी रहेका छन् । निर्वाचन आयोगकाअनुसार कुनै एउटा दलको नाममा दर्ता भएको चुनाव चिन्ह अर्को दलले पाउन सक्दैन ।राष्ट्रवादी द

    • प्रकाशित मितिः असार १५, २०७९
    • 110 पटक पढिएको
  • माओवादी धाराहरू एकीकृत हुन आवश्यक छ : प्रचण्ड

    काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोर्‍याउन माओवादी धाराहरू सबै एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको बताएका छन् ।बुधबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले देशको राष्ट्रिय स्वाधीनताका लागि, जनयुद्ध र जनआन्दोलनको बलमा हासिल उपलब्धिको रक्षा गर्न र वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोर्‍याउन माओवादी धाराहरू सबै एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको बताएका हुन् ।त्यस्तै उनले विगतमा केही साथीहरू ‘क्रान्तिका लागि’ भन्दै माओवादीको मुल धारबाट बाहिरिएको र अहिले तिनैमध्ये कतिपय साथीहरू फर्किन थ

    • प्रकाशित मितिः असार १५, २०७९
    • 116 पटक पढिएको
  • लुम्बिनीकी राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

    बुटवल / पछिल्लो समय विवादमा तानिएकी लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । ओलीले आज (बुधबार) मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा बुझाएकी हुन् ।गत ३१ जेठमा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि उनी विवादमा तानिएकी थिइन् । सो प्रकरणमा उनी प्रहरी नियन्त्रणमा परेकी थिइन् भने पछि बिरामी भएको भन्दै उपचारका लागि बुटवल लगिएको थियो । बुटवलमा केही दिन बसेर दाङमा बस्दै आएकी उनले अन्ततः राजीनामा दिएकी माओवादीका लुम्बिनी प्रदेश प्रमुख सचेतक तुलाराम घर्ती मगरले जानकारी दिए । वलीले सोमबार नै

    • प्रकाशित मितिः असार १५, २०७९
    • 108 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.