राजनीति

    Showing 7,711-7,720 of 8,361 items.
  • प्रदेश २ का एक मन्त्री र एक राज्यमन्त्रीले दिए राजीनामा

    जनकपुरधाम / प्रदेश २ का प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले राजीनामा दिएका छन् ।  नेकपा माओवादी केन्द्रलाई प्रदेश सरकारमा सहभागी गराउने सहमति भएपछि मार्गप्रशस्त गर्दै जनता समाजवादी पार्टी नेपालको निर्देशनानुसार दुवैजनाले राजीनामा दिएका हुन् ।मन्त्री र राज्यमन्त्री दुवैजनाले मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा पत्र समेत बुझाइसकेका छन् भने मुख्यमन्त्री राउतले तिनीहरुको विदाई समेत गरिसकेका छन् । मन्त्री र राज्यमन्त्रीको राजीनामा आइसकेपछि शनिबार दिउँसो ३ बजे माओवादीलाई सो मन्त्रालयको जिम्मेवारी दिने भएको छ ।माओवादी

    • प्रकाशित मितिः साउन २, २०७८
    • 84 पटक पढिएको
  • आज ओली र नेपाल पक्षका नेताहरुको बैठक बस्दै

    काठमाडौँ / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षधर नेताहरु आज बैठक बस्दै छन् । बैठकमा पार्टी एकताको बिषयमा १० बुँदे समझदारी कार्यान्वयनबारे छलफल हुने भएको छ ।दुवै पक्ष बैठक बस्ने भने पनि समय भने तय भएको छैन । एमाले स्थायी कमिटीको शुक्रबार बसेको बैठकले कार्यदललाई धन्यवाद दिदै कार्यदल विघटन भएको घोषणा गरेको थियो ।स्थायी कमिटीको बैठक रोक्न माग राख्दै एमाले उपाध्यक्ष भीम आचार्य,उपमहासचिव घनश्याम भुसाल,सचिवहरु भीम आचार्य,गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य सुरेन्द्र बैठक स्थल पुगेका थिए । तर नेपाल पक्षको आग्रहलाई ओलीले अस्वीकार गरेका थिए । ओलीको ध्यानाकर्षण गराएर नेपाल पक्ष

    • प्रकाशित मितिः साउन २, २०७८
    • 116 पटक पढिएको
  • महान्यायाधिवक्ता खातीद्वारा शपथ

    काठमाडौँ / प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले पद तथा गोपनीयताको शपथ गराएका छन् । सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश राणाले महान्यायाधिवक्ता खातीलाई शपथ गराएका हुन् । यसअघि महान्यायाधिवक्ताको शपथ राष्ट्रपतिका उपस्थितिमा प्रधानन्यायाधीशले गराउने कानूनी व्यवस्था थियो । गत वैशाखदेखि प्रधानन्यायाधीशबाट हुने सबै शपथ सर्वोच्च अदालतबाट गरिन थालिएको छ । सोहीअनुसार महान्यायाधिवक्ताको शपथ सर्वोच्च अदालतमा भएको हो ।सरकारको कानूनी सल्लाहकारका रुपमा महान्यायाधिवक्तालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्

    • प्रकाशित मितिः साउन १, २०७८
    • 97 पटक पढिएको
  • प्रधानमन्त्री देउवाद्वारा खोप केन्द्र बढाउन निर्देशन

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड –१९ विरुद्धको खोप सर्वसाधारणलाई रूपमा उपलब्ध गराउनका लागि आवश्यकताअनुसार खोप केन्द्र बढाउन निर्देशन दिएका छन् ।  खोप केन्द्रमा लामो लाइन भएको गुनासो सुनेपछि प्रधानमन्त्री देउवाले आज मुख्यसचिव शङ्करदास वैरागी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई बोलाई सो निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।प्रधानमन्त्री देउवाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन समेत निर्देशन दिएको छ । प्रधानमन्त्री देउवाले पद बहाली गरेलगत्तै पहिलो मन्त्रिपरिषद् बैठकबाट आगामी चैत भित्र खोप लगाउन आवश्यक

    • प्रकाशित मितिः साउन १, २०७८
    • 88 पटक पढिएको
  • दलहरुबीच बृहत्तर राष्ट्रिय एकताको खाँचो छ : सभामुख सापकोटा

    काठमाडौँ / सभामुख अग्निप्रसाद सापकोटाले समग्र बदलिँदो परिस्थितिलाई विश्लेषण गर्दै हरेक हिसाबले दलहरुबीच बृहत्तर राष्ट्रिय एकताको खाँचो औँल्याएका छन् ।सङ्घीय संसद् आइतबारदेखि शुरु हुने अधिवेशनको व्यवस्थापन तयारीको निरीक्षणपछि सञ्चारकर्मीको जिज्ञासामा उनले पुनःस्थापित संसद् धेरै हिसाबले ऐतिहासिक, बहुआयामिक र दूरगामी महत्वको रहेकाले दलहरुबीच एकता अपरिहार्य रहेको बताए ।  सभामुख सापकोटाले भने, “बृहत् राष्ट्रिय एकताको शक्तिशाली सन्देश दिने थलो प्रतिनिसभा हो, यो अहिलेको आवश्यकता हो, यहाँबाट यो सन्देश दिनुपर्छ भन्ने मेरो मत छ, दलहरुसँग समन्वय गर्नेमा इमान्दारी र निष्ठाका साथ प्रयत्न गर्

    • प्रकाशित मितिः साउन १, २०७८
    • 78 पटक पढिएको
  • पार्टी एकता गर्न गठित कार्यदल खारेज

    काठमाडौँ  / एमाले स्थायी कमिटी बैठकले पार्टी एकता गर्न गठित १० सदस्यीय कार्यदल खारेज गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज (शुक्रबार) बसेको स्थायी समितिको बैठकले १० बुँदे सहमति अनुमोदन गर्दै कार्यदल खारेज गरेको हो । बैठकले देउवा नेतृत्वको सरकारको विपक्षमा उभिन आफ्ना सांसदहरूलाई निर्देशन दिएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । त्यस्तै अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ऐतिहासिक काम गरेको भन्दै बैठकले धन्यवाद व्यक्त गरेको छ ।

    • प्रकाशित मितिः साउन १, २०७८
    • 290 पटक पढिएको
  • एमालेको बैठकबाट नेपाल समूहका नेता बाहिरिए

    काठमाडौँ /  नेकपा एमालेको स्थायी कमिटीको बैठकबाट वरिष्ठ नेता झलनाथ खनाल – माधवकुमार नेपाल पक्षका नेताहरू बाहिरिएका छन् । पार्टीको स्थायी कमिटी बैठक रोक्न माग गर्दा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बैठक रोक्न नमाने पछि नेपाल पक्षका नेताहरू बैठकस्थलबाट बाहिरिएका हुन् । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदलमा रहेका नेताहरूले गृहकार्य गरेर मात्रै स्थायी कमिटीको बैठक राख्न आग्रह गरेका थिए ।     ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित बैठकका बीचमा पार्टीका उपाध्यक्ष डा भीमबहादुर रावलसहितका नेताहरू प्रवेश गरी सहमतिमा मात्रै बैठक र

    • प्रकाशित मितिः साउन १, २०७८
    • 103 पटक पढिएको
  • आफु सक्रिय र रचनात्मक प्रतिपक्षमा रहने : ओली

    काठमाडौँ / नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएको जनाउँदै अब आफूहरु सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताएका छन् ।पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षता गर्दै अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण, विकास निर्माण र समृद्धिका लागि पार्टी निरन्तर सक्रिय रहने जनाएका छन् । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित बैठकमा अध्यक्ष ओलीले आफूहरु कुनै आवेग र उत्तेजनामा नआउने पनि स्पष्ट पारेका छन् ।उनले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापना हुने फैसलाप्रति असहमति रहने तर कार्यान्वयनमा जान अघि बढ्ने जनाएका छन्

    • प्रकाशित मितिः साउन १, २०७८
    • 101 पटक पढिएको
  • प्रधानमन्त्री देउवाले गरे बालुवाटार प्रवेश

    बिर्तामोड  / प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश गरेका छन् । गत मंगलबार प्रधानमन्त्रीमा नियुक्ति भएका देउवा आज (शुक्रबार) बिहान १०ः०० बजे प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका हुन् । गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएपनि निजी निवास बूढानीलकण्ठमै बस्दै आएका थिए । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै बुधबार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छोडेका थिए ।

    • प्रकाशित मितिः साउन १, २०७८
    • 164 पटक पढिएको
  • प्रतिनिधिसभा बैठक साउन ३ मा बोलाउन राष्ट्रपति समक्ष सिफारिस

    काठमाडौँ  / सरकारले आगामी साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज (विहीबार) बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद १ वर्ष थप गर्ने निर्णय गरेको छ । यस्तै दुबै आयोगका पदाधिकारीको म्याद पनि एक वर्ष थप गरिएको बैठकपछि गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।गत जेठ ७ गते तत्कालीन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचन घोषणा गरे

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 134 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा