राजनीति

    Showing 7,741-7,750 of 8,361 items.
  • केपी ओली: सरकारबाट बाहिरिनु परेकोमा मलाई चिन्ता छैन

    काठमाडौं / निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारबाट बाहिरिनु परेकोमा कुनै चिन्ता नभएको व्यक्त गरेका छन् ।उनले आज सिंहदरबारबाट देशवासीको नाममा सम्बोधन गर्ने क्रममा उनले कुनै चिन्ता नभएको बताएका हुन्। उनले भने,‘सरकारबाट बाहिरिनुपरेकोमा मलाई चिन्ता छैन । मैले जनताको पक्षमा काम गरेको हुँ । विकास, सुशासन र समृद्धिलाई ध्यानामा राखेर सम्पूर्ण इमानदारीताका साथ काम गरें । नयाँ नयाँ भीजन दिएर काम गरेको हुँ ।’ओलीले आफ्नो नेतृत्वमा देशले चौतर्फी ढंगवाट विकास, परिवर्तन र रुपान्तरण अनुभुत गरेको बताएका छन् । उनले भने,‘मेरो नेतृत्वको सरकारमा जनताले राहत मह

    • प्रकाशित मितिः असार २९, २०७८
    • 128 पटक पढिएको
  • पार्टीका कार्यकर्तालाई धैर्यता र संयमता नगुमाउन आग्रह

    काठमाडौं  / प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पार्टीका कार्यकर्तालाई धैर्यता र संयमता नगुमाउन आग्रह गरेका छन् । निवर्तमान प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा बिदाइ सम्बोधन गर्दै आफ्ना पार्टीका कार्यकर्तालाई धैर्यता र संयमता नगुमाउन आग्रह गरेका हुन् ।सम्बोधनका क्रममा ओलीले भने– ‘अदालतको फैसला मानेर त्यसलाई कार्यनयन गरेको हुँ । पार्टीका कार्यकर्ताहरूले धैर्यता, संयम गुमाउने होइन ।” ओलीले आफू जनताको अभिमतमा प्रधानमन्त्री नियुक्त भएको र अहिले सर्वोच्चको परमादेशमा पदमुक्त भएको टिप्पणी गरे । 

    • प्रकाशित मितिः असार २९, २०७८
    • 333 पटक पढिएको
  • अदालतले राजनीतिक विषयमा हात हालेको छ : प्रम ओली

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च  अदालतले अत्यधिक न्यायिक सक्रियतासहित राजनीतिक विषयमा हात हालेर दलीय व्यवस्थामाथि धक्का दिन खोजेको टिप्पणी गरेका छन् । देशवासीका नाममा आज सम्बोधनका क्रममा उनले कहिलेकाँही मागै नभएका विषयमा पनि हात हालेर गन्तव्यमा पुग्न नसकिने जनाउँदै भने, ‘खेल खेल्ने जिम्मेवारी खेलाडीहरूको हो तर रेफ्री आफैँले खेल खेल्ने चाहना राखेमा समस्या हुन्छ । अदालतको फैसलाबाट दलीय प्रणालीमाथि धक्का दिइएको छ । संविधान संशोधन गराउन खोजिएको छ । राज्यका अङ्गहरुमाथि जनताको विश्वास गुम्ने र जनतामा नैराश्य उत्पन्न भई भयावह दुष्परिणाम ल्याउन सक्ने स्थिति पैदा गराइएको छ

    • प्रकाशित मितिः असार २९, २०७८
    • 109 पटक पढिएको
  • महान्यायाधिवक्ता बडालले दिए राजीनामा

    बिर्तामोड / महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् । सर्वोच्च अदालतको फैसलासँगै नयाँ सरकार गठन हुने भएपछि बडालले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष आज पदबाट राजीनामा दिएका हुन् ।महान्यायाधिवक्ता कार्यालयमा आजै बडालको बिदाई कार्यक्रम राखिएको छ । बगालले सरकारको कानूनी सल्लाहकारका रुपमा गत चैत ८ गते नियुक्त भई तीन महिना २१ दिन काम गरे । सर्वोच्च अदालतले विपक्षी गठबन्धनका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न सोमबार परमादेश जारी गरेको थियो ।

    • प्रकाशित मितिः असार २९, २०७८
    • 225 पटक पढिएको
  • आज प्रधानमन्त्रीको सपथ लिँदै देउवा

    बिर्तामोड  / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज (मंगलबार) साँझ ५ बजे प्रधानमन्त्रीको शपथ लिने भएका छन् । सर्वोच्च अदालतले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएसँगै राष्ट्रपति कार्यालयले आजै देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्ने र शपथ गराउने तयारी थालेको हो ।  सोमबार सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटन बदर गर्नुका साथै देउवालाई मंगलबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो।पाँचौँपटक प्रधानमन्त्री बन्न लागेका देउवाले आजै मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको बताइएको छ ।

    • प्रकाशित मितिः असार २९, २०७८
    • 230 पटक पढिएको
  • माओवादीले देउवासँगको छलफलपछि मात्र मन्त्री टुंगो लगाउने

    काठमाडौँ / नेकपा (माओवादी केन्द्र)ले नेपाली काङ्ग्रेससँगको छलफलपछि मात्र सरकारमा सहभागी हुनेको नाम टुंग्याउने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बिहान बसेको स्थायी समिति बैठकले कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि मन्त्रीको नाम टुंगो लगाउने निर्णय गरेको हो । बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देउवासँग सरकार सञ्चालनका निम्ति आवश्यक विविध विषयमा प्रारम्भिक छलफल गर्ने र सरकारको स्वरूपका बारेमा ठोस छलफल गरेर आजको मन्त्रिपरिषद् गठनको पहल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । “आज कस्तो मन्त्रिमण्डल निर्माण गर्ने, कति जना सहभागी हुने, कुनकुन पार

    • प्रकाशित मितिः असार २९, २०७८
    • 157 पटक पढिएको
  • अदालतको निर्णयप्रति राप्रपाको धारणा

    काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सर्वोच्च अदालतले गरेको फैसला र परमादेश संसदीय व्यवस्था, बहुदलीय प्रणाली र शक्ति पृथकीकरणको मान्यताविपरीत रहेको धारणा सार्वजनिक गरेको छ ।सरकारबाट पीडामा परेकालाई तत्कालका निम्ति केही राहत र प्रधानमन्त्री वा मन्त्री हुनेलाई केही सुविधा वा लाभ प्राप्त भएता पनि फैसलाले नेपालको राजनीतिमा दूरगामी नकारात्मक प्रभाव पर्ने राप्रपाको ठहर छ । उक्त पार्टीको विज्ञप्तिमा भनिएको छ, “अहिले सरकारको नेतृत्वमा रहने दुःखित भए पनि आगामी दिनमा अरू धेरैले दुःख पाउने निश्चित छ । सांसदमाथि दलको नियन्त्रण नरहने फैसला अत्य

    • प्रकाशित मितिः असार २९, २०७८
    • 97 पटक पढिएको
  • एमाले स्थायी कमिटी बैठक स्थगित

    काठमाडौं  / नेकपा एमालेको आज बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो दुई बजे देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेकाले स्थायी कमिटी बैठक स्थगन भएको हो ।बैठक आज (मंगलबार) दिउँसो एक बजेका लागि बोलाइएको थियो । स्थायी कमिटी बैठक स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    • प्रकाशित मितिः असार २९, २०७८
    • 143 पटक पढिएको
  • आज देशवासीको नाममा सम्बोधन गर्दै ओली

    बिर्तामोड / प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । सर्वोच्च अदालतको परमादेशपछि हट्न लागेका ओलीले आज देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् । मंगलबार दिउँसो २ बजे ओलीले सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।सर्वोच्च अदालतले सोमबार संसद् विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो ।

    • प्रकाशित मितिः असार २९, २०७८
    • 160 पटक पढिएको
  • ओली समर्थकद्धारा प्रधानन्यायाधीशको पुत्ला दहन

    काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला दहन गरेका छन् । सर्वोच्च अदालतले गैरसंवैधानिक काम गरेको भन्दै ओलीका समर्थकरुले बानेश्वरमा प्रधानन्यायाधीश जबराको पुत्ला दहन गरेका हुन् ।सर्वोच्च अदालतले संसद् विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो । सर्वोच्चको आदेश लगत्तै नेकपा एमालेका युवा नेता महेश बस्नेतले आदेशविरुद्ध सडकमा उत्रिन नेता, कार्यकर्ताहरूलाई आह्वान गरेका थिए ।उनी आफैं पनि माइतीघर मण्डलामा उभिएर  ‘चोलेन्द्र शमशेर मुर्दावाद’ को नारा लगाएका थिए । साँझ बानेश्वरमा भेला भएका

    • प्रकाशित मितिः असार २८, २०७८
    • 265 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा