राजनीति

    Showing 7,751-7,760 of 9,657 items.
  • सहमति जुटाएर फागुन ६ गते टेबुल गर्छौं : कानुनमन्त्री बडु

    काठमाडौं /  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले अबको संसद बैठकमा एमसीसी टेबुल गर्ने गरी दलहरुसँग छलफललाई तीव्र बनाउने बताएका छन् । उनले दलहरुबीच सहमति जुटाएर अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी फागुन ६ गते संसद बैठकमा टेबुल गने बताएका हुन् ।संसद बैठकपछि पत्रकारसँग कुरा गर्दै बडुले भने, ‘ दलहरुका लागि केहि समय चाहिन्छ भनेपछि थप सहमति जुटाएर अबको संसद बैठकमा एमसीसी टेबल हुन्छ । ६ गते संसदमा टेबल गर्ने पर्यत्न गर्छौं । दुई दिनको समय पर्याप्त हुन्छ । यो समयको उपयोग गर्छौं । ’उनले भने,‘संसदमा एमसीसी टेबल हुनुपर्छ । सदनमा प्रवेश गराउनुपर्छ । संसद सार्वभौम हो ।यसलाई संस

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 156 पटक पढिएको
  • संसद बैठक शुक्रबारसम्म स्थगित

    काठमाडौं / प्रतिनिधिसभाको बैठक फागुन ६ गतेसम्‍मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी एमालेको अवरोधका बीच थारु आयोगको प्रतिवेदन पेश तथा शोक प्रस्ताव पारित गर्दै सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरेका हुन् ।सापकोटाले अर्को बैठक फागुन ६ गते एक बजे बस्ने जानकारी गराए । अर्को बैठकमा एमसीसी टेबल हुने सम्भावना छ ।

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 115 पटक पढिएको
  • एमसीसीबारे अन्तिम निर्णय लिन गठबन्धनको बैठक भोली बोलाइयो

    काठमाडौँ / एमसीसीको बारे अन्तिम निर्णय लिन भोली(बिहिवार) ३ बजे बस्दै छ । आज मध्याह्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको छलफलले भोलीका लागि बालुवाटारमा बैठक बोलाउने निर्णय गरेको हो ।केही बेर अघिमात्रै देउवा र दाहालबीचको छलफल सकिएको थियो । प्रचण्डकी स्वकीय सचिव गंगा दाहालका अनुसार दुई नेताबीचको छलफलले भोलि ३ बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक बोलाइएको जानकारी दिएका हुन् ।

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 188 पटक पढिएको
  • एमसीसी संसदमा आज टेबल नहुने

    काठमाडौं / एमसीसी आज संसदमा टेबल नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज टेबल नगर्ने सहमति भएको हो ।बुधबार संसदीय दलको बैठक सकेर सोझै बालुवाटार पुगेका प्रचण्ड र देउवाबीच भएको ‘वान टु वाट’ वार्तामा सो सहमति भएको हो ।

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 246 पटक पढिएको
  • कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

    काठमाडौं / प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । संसद भवन नयाँ बानेश्वरमा बैठक केहीबेर अघि सुरु भएको हो ।सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा बैठक बस्नुअघि संसद बैठकका कार्यसूचीबारे छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । प्रमुख प्रतिपक्षी दल एमाले भने बैठकमा उपस्थित भएको छैन् ।संसद बैठक आज दिउँसो एक बजे बोलाइएको छ । आजको बैठकमा एमसीसी टेबल गर्ने तयारी छ ।

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 112 पटक पढिएको
  • जबरजस्ती एमसिसी पारित गरे गठबन्धन तोड्ने माओवादीको चेतावनी

    काठमाडौँ / नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले यथास्थितिमा एमसीसी परियोजना अनुमोदन गर्न नसकिने निर्णय गरेको हो ।सरकारले जबरजस्ती अघि बढाए विपक्षमा मतदान गर्ने र सत्तारुढ गठबन्धन तोडिने चेतावनी माओवादी केन्द्रले जनाएको छ ।सरकारले आजको संसद् बैठकमा एमसीसी अनुमोदनका लागि पेश गर्ने तयारी गरिरहेका बेला माओवादी निर्णय आएको हो । राष्ट्रिय सहमति नजुटी एमसिसी अगाडि बढ्न नसक्ने उनले बताएका छन् । सदन सुचारु नगरी कुनै पनि एजेन्डा अगाडि बढ्न नसक्ने माओवादीले बताएको छ ।

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 103 पटक पढिएको
  • एमसीसीको विरोध गर्नेलाई सरकारबाट हट्न अध्यक्ष भट्टराईको चेतावनी

    काठमाडौं / जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले एमसीसीको विरोध गर्ने सत्तारूढ दललाई सरकारबाट हट्न चेतावनी दिएका छन् । उनले गएराति सामाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो बताएका हुन्  । एमसीसीका समर्थक र विरोधी एउटै सरकारमा बस्न नमिल्ने उनको तर्क रहेको छ ।

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 102 पटक पढिएको
  • शिक्षामन्त्री पौडेल र स्वीस राजदूत क्यापलरबीच भेटवार्ता

    काठमाडौं / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्यापलरसँग शिष्टाचार भेटवार्ता भएको छ । नेपालको शिक्षा, गरिबी न्यूनीकरण र ग्रामीण विकासका विषयमा मंगलबार सिंहदरबारमा कुराकानी भएको हो । सो भेटवार्तामा मन्त्री पौडेलले प्राविधिक शिक्षाको विस्तार, स्तरन्नोति र सवलीकरणको लागि सहयोग गर्न स्वीस सरकारलाई आग्रह समेत गरेका छन् । देशका ७ सय ५३ स्थानीय तहमा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पुर्याउने सरकारको योजना रहेको बताउँदै शिक्षामन्त्री पौडेलले स्वीस सरकारलाई थप सहयोग गर्न आग्रह गर्नुएको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ ।स्वीस

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 93 पटक पढिएको
  • स्वास्थ्यमन्त्रीले झुट बोलेको भन्दै एमालेले माग्यो राजीनामा

    काठमाडौं / प्रमुख विपक्षी नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई पदबाट राजीनामा दिन मागेको छ । मंगलबार एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले प्रेस विज्ञप्ति जारी गरेर मन्त्री खतिवडालाई पदबाट राजीनामा दिन माग गरेका हुन् ।विज्ञप्तिमा भनिएको छ, ‘झुट बोल्ने व्यक्ति नैतिक रुपमा मन्त्री पदमा बसिरहन अनुचित हुने भएकाले तत्काल राजीनामा गर्न हाम्रो पार्टी माग गर्दछ ।’ मन्त्री खतिवडाले केही दिनअघिको एउटा अन्तर्वार्तामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा आफूले पाँच हजार तिरेर पहिलो खोप लगाएको भनेका थिए ।मन्त्री खतिवडाको उक्त भनाइ सरा

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 109 पटक पढिएको
  • माओवादी केन्द्रीय समिति बैठक फागुन ८ मा

    काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र)ले यही फागुन ८ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । मसामयिक राजनीतिक विषय, पार्टी पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय सदस्यको मनोनयनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक फागुन ८ र ९ गतेका लागि तय गरिएको छ । गत पुसमा आठौं महाधिवेशन गरेको माओवादीले अध्यक्ष र केन्द्रीय समितिको सङ्ख्या निर्धारण गरे पनि पदाधिकारी चयन गरेको छैन ।बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, स्थानीय तहको निर्वाचनलगायतका विषयमासमेत छलफल गर्ने कार्यसूची निर्धारण गरिएको बताइएको छ ।

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 119 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.