बिर्तामोड। नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले बिहीबार दिउँसो गिरफ्तार गरेको छ । झाँक्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको आरोप छ । उनलाई राज्य विरुद्धको कसुर सम्बन्धि ऐनको दफा ५८ अनुसार प्रहरीले पक्राउ गरेको हो ।गोरखामा केही दिनअघि नेतृ झाँक्रीले राष्ट्रपतिविरुद्ध गालीगलौज गरेको आरोप लगाउँदै नेकपा ओली समूहले विरोध गरेका थिए । उनलाई तत्काल पक्राउ गर्न भन्दै ओली समूह सम्बद्ध महिला संघले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो ।अभियोग पुष्टि भएमा उनलाई ७ बर्ष जेल वा ७० हजार रुपैय
काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल पक्षका नेृत रामकुमारी झाँक्रीको निवास शंखमुलमा पक्राउ गर्न पुगेपछि कार्यकर्ताले चर्को विरोधस्वरुप नाराबाजी गरिरहेका छन् । पक्राउ गर्न सादा पोशाकमा खटिएको अपराध महाशाखाको टोली फर्किए पनि नाराबाजी चलेपछि प्रहरी पुनः त्यहाँ पुगेको जनाइएको छ । नाराबाजीकै क्रममा प्रहरीका एक सुरक्षार्मी घाइते भएको जनाइएको छ ।
काठमाडौं । सरकारको दवावमा नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरीले तयारी थालेको छ । सरकार विरुद्द आक्रामक रुपमा प्रस्तुत हुँदै आएकी झाक्रीलाई पक्राउ गर्न नेकपाको ओली पक्षले दवाव दिँदै आएको थियो । बुधवार नेकपाको विरोध सभामा आक्रमक रुपमा प्रस्तुत भएकी झार्कीलाई पक्राउका लागि सत्तासिन ओली पक्षवाट दवाव वढेपछि प्रहरीले पक्राउका लागि तयारी अघि वढाएको गृहमन्त्रालय उच्च स्रोतले जानकारी गराएको छ । गृहमन्त्रालयका एक अधिकारीले गुप्तचर खबरलाई दिएको जानकरीका अनुशार राष्ट्रपति विरुद्द गम्भिर एवं संगिन आरोप लगाएको अभियोगमा कारवाही गर्न नेकपाको ओली पक्षवाट दवाव भएपछि प्रहरीलाई सोधपुछ अनि
काठमाडौंं / प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध आन्दोलनमा रहेको नेकपा प्रचण्ड–माधव समूहले बुधबार काठमाडौंमा विरोधसभा आयोजना गरेको थियो । प्रदर्शनी मार्गमा सभा चल्दै गर्दा एउटा तस्बिर सामाजिक संजालमा ‘भाइरल’ बन्यो ।प्रचण्ड, माधवकुमार नेपाल लगायतका शीर्ष नेता ‘विरोध–प्रदर्शन’ लेखेको व्यानरसहित र्यालीको अग्रपंक्तिमा देखिएको तस्बिरमा भारतीय झण्डा समेत रहेको एउटा तस्विर सामाजिक संचालमा भाईरल बन्यो । सामाजिक संजालमा तस्विर भाईरल भएपछि सोहि तस्विरलाई आधार बनाएर ओली पक्षिय नेकपाको पत्रकार संगठनमा रहेका पत्रकारहरुले केहि अनलाईन पत्रिकामा समाचार सम्म तयार पारे । ओली पक्षिय नेकपाका नेता तथा कार्य
काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले बल मिचेर जंगली प्रक्रियाबाट संवैधानिक आयोगहरुमा नियुक्ति गरेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा गरेको विरोध सभामा उनले यस्तो बताएका हुन् । उनले केपी ओलीको वर्तमान सरकार काम चलाउ मात्र हो तर यसलाई काम चलाउ भनेर पनि घोषणा नभएकाले सरकार पूर्णत अवैधानिक भएको पनि बताएका छन् । अवैधानिक सरकारले गरेका सबै निर्णय र नियुक्तिका विरुद्ध आन्दोलन गर्नु परेको पनि उनले बताए । केपी ओलीले प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक आधार गुमाइसकेको पनि नेता श्रेष्ठले बताए ।
काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले खड्गप्रसाद ओली कागजी बादशाह भएको बताएकी छिन् । ओली अब ढलेको घोषणा हुन मात्र बाँकी रहेको उनको भनाइ थियो ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा गरेको विरोध सभामा उनले यस्तो बताएकी हुन् । ओली तानाशाह भएकाले उनी विरुद्ध आफूहरुले आन्दोलन गर्नु परेको झाँक्रीले बताइन् । प्रतिनिधिसभा विघटन लगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध संघर्षरत यस समूहले आज पनि विरोध प्रदर्शन गरेको हो ।
काठमाडौँ । न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार एक दिन स्थगित संसद विघटनको मुद्धाको बहस आजबाट पुनः शुरु हुँदैछ ।संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा मुद्दा परेका छन् । ती मुद्दामाथि माघ चार गतेदेखि हालसम्म पनि निरन्तर बहस हुँदै आएको छ । हाल प्रधानमन्त्रीका निजी कानून व्यवसायीले सरकारी निर्णयको प्रतिरक्षामा बहस चलिरहेको छ । त्यसअघि रिट निवेदकका तर्फबाट ७० जनाभन्दा बढीले बहस गरिसकेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।
भद्रपुर / नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले प्रधानमन्त्रि केपी शर्मा ओली संसद विघटन गरेर वर्तमान व्यवस्था नै समाप्त पार्ने खेलमा लागेको दावी गरेका छन् । गृह जिल्ला झापा आएका उनले काठमाण्डौ फर्किनु अगाडि स्थानिय संचारकर्मीसँग बोल्दै त्यस्तो धारणा व्यक्त गरेका हुन्। नेता सिटौलाले आफ्नो दलभित्रको विवाद सम्हाल्न नसकेपछि व्यवस्था नै समाप्त पार्ने खेलमा प्रधानमन्त्रि ओली लागेको दावी गर्दै निर्वाचन नभएको स्थितिमा राजसंस्था समेत फर्किने संभावना देखिन थालेको घुमाउरो भाषामा उल्लेख समेत गरेका छन् । संचारकर्मीले राजसंस्था अन्त्यको समयमा आएको वेवि किंगको प्रसंग कोट्याएपछि नेता सि
काठमाडौं । सरकारले दुई चरणमा गर्ने गरी वैशाख १७ र २७ का लागि घोषित निर्वाचनबारे निर्णय गरेको छ । प्रतिनिधिसभा विघटन गर्दै सरकारले यसअघि नै वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको हो ।मन्त्रिपरिषद बैठकले वैशाख १७ गते कर्णाली, लुम्बिनी र प्रदेश २ का ४० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने निर्णय गरेको एक एक मन्त्रीले जानकारी दिए । वैशाख २७ गते दोस्रो चरणमा सुदूरपश्चिम, बागमती र प्रदेश १ का ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेक
काठमाडैँ । प्रधानमन्त्री केपी शर्मा ओली मुलुक संकटमा परेको बेला धार्मिक पथमा लागेका छन् । केही दिन अगाडी प्रधानमन्त्रि ओली र उनकी श्रीमती राधिका शाक्य पशुपतिनाथको दर्शन गर्नका लागि गएका थिए । दर्शन गर्ने क्रममा उनले पशुपतिनाथको मन्दिरमा एक अर्व बाराबरको सुनको जलहरी लगाउने घोषणा गरे । केही समय अघि ओलीले माडी नगरपालिकामा रामको जन्म भएको भन्दै विवदास्पद कुरा गरेका थिए । भगवान श्रीरामको जन्म नेपालमा भएको भन्ने कुराले ओलीे विवादमा तानिएका थिए । ओलीले आफ्नो विवादास्पद भनाईलाई सत्य बनाउने कोशिस गर्दै माडी नगरपालिकामा अयोध्याधाम बनाउनका लागि काम अघि बढाएका छन् । उनले व्यक्तिगत सहयोगमा भगवान
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.