राजनीति

    Showing 7,861-7,870 of 10,447 items.
  • भद्रपुर –८ मा कांग्रेसका गौरव सुब्बा पुनः निर्वाचित

    भद्रपुर / झापाको भद्रपुर नगरपालिका –८ को वडा अध्यक्षमा गठबन्धनबाट नेपली कांग्रेसका गौरव सुब्बा (मनोज) पुनः निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जगदिस जोशी ६०७ मतान्तरले पराजित गर्दै कांग्रेसका सुब्बा दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित भएका हुन् । सुब्बाले एक हजार २२८ मत ल्याउँदा एमालेका जोशीले ६१९ मत मात्र ल्याएका छन् भने राप्रपाका गणेश लिम्बुले २१०, जसपाका डुक्पा राईले ५० र राष्ट्रिय जनमुक्ति पार्टीका महमद असर्फ शेक ५ मत ल्याएका छन् । त्यस्तै वडा सदस्यमा कांग्रेसका निमलाल राजवंशी, भगवती बस्नेत, लक्ष्मी परियार र एमालेका तुलाराम राजवंशी निर्वाचित भएक

    • प्रकाशित मितिः जेठ ४, २०७९
    • 112 पटक पढिएको
  • कचनकवलको अध्यक्षमा कांग्रेसका राजवंशी र बाह्रदशीको अध्यक्षमा एमालेका चम्लागाईँ निर्वाचित

    बिर्तामोड  / झापाको कचनकवल गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशी र उपाध्यक्षमा नेकपा एमालेका नवराज भट्टराई निर्वाचित भएका छन् । निकटतम् प्रतिस्पर्धी राप्रपाका अन्जरा आलमलाई ४ हजार ८१० मतान्तरले पराजित गर्दै राजवंशी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । राजवंशीले ११ हजार ४७७ मत ल्याएका छन् भने आलमले ६ हजार ६६७ मत ल्याएका छन् । त्यस्तै माओवादीका बुद्धिप्रसाद नेपालले ६६४, जनता समाजवादी पार्टीका ज्ञानबहादुर राईले १०९ र लोकतान्त्रिक समाजवादी पार्टीका कर्णलाल राजवंशीले १०१ मत ल्याएका छन् । त्यसैगरी उपाध्यक्षमा एमालेका भट्टराईले ८ हजार १४३

    • प्रकाशित मितिः जेठ ४, २०७९
    • 141 पटक पढिएको
  • कनकाई नगरपालिकाको प्रमुख मदमा पुनः एमालेका पोखरेल निर्वाचित

    बिर्तामोड / झापाको कनकाई नगरपालिकाको प्रमुखमा राजेन्द्रकुमार पोखरेल पुनः निर्वाचित भएका छन् ।निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियालाई दुई हजार १२ मतान्तरले पराजित गर्दै पोखरेल पुनः कनकाई मेयरमा निर्वाचित भएका हुन् । पोखरेलले आठ हजार ६७३ मत ल्याएका छन् भने चिमरियाले छ हजार ६६१ मत ल्याएका छन्। त्यस्तै, जेब्रा चिन्हका स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाले पाँच हजार ६९१ मत, राप्रपाका श्यामसुन्दर ओलीले दुई हजार २०५ र विवेकशील पार्टीका भीम प्रसाद अधिकारी १८४ मत पाएका छन् ।यस्तै, उपप्रमुख पदमा नेपाली काङ्ग्रेसकी आशा सिवाकोटी निर्वाचित भएकी छिन्। स

    • प्रकाशित मितिः जेठ ४, २०७९
    • 392 पटक पढिएको
  • हल्दीबारी गाउँपालिकाको अध्यक्षमा पुनः लिङदेन निर्वाचित

    बिर्तामोड / झापाको हल्दीबारी गाउँपालिकाको अध्यक्षमा रवीन्द्र लिङदेन पुनः निर्वाचित भएका छन् ।लिङ्देन निकटतम प्रतिस्पर्धी नेकपा एमालेका डम्बर बहादुर गिरीलाई दुई हजार १९० मतान्तरले पराजित गर्दै लिङदेन पुनः गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्।  लिङदेन छ हजार ८५६ मत र गिरीले गिरीले चार हजार ६६६ मत पाए भने नेपाली कांग्रेसका उम्मेदवार तुलसी प्रसाद ओलीले दुई हजार ७५८ र माओवादी केन्द्रका भवानी प्रसाद दङ्गालले एक हजार १४९ मत ल्याएका छन् ।लिङदेन राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनका भाइ हुन् भने गिरी निवर्तमान गाउँपालिका उपाध्यक्ष हुन् ।त्यस्तै गाउँपालिका उपाध्यक्षमा राप्रपाकी लक्ष्म

    • प्रकाशित मितिः जेठ ४, २०७९
    • 393 पटक पढिएको
  • भरतपुरको मतगणना टोली थपियो

    भरतपुर / भरतपुर महानगरपालिकाको मतगणनामा एकै साथ १३ टोली परिचालित हुने भएका छन् । हाल ८ वटा टोलीले गणना गर्दा मतगणनाको गति सुस्त भएपछि टाली थप गर्दै एक साथ १३ टोली परिचालित हुने भएका हुन् । मतगणनामा टोली थप्ने निर्णय मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको हो ।

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • 112 पटक पढिएको
  • चीनका र दक्षिण अफ्रिकाका लागि राजदूतको नाम अनुमोदन

    काठमाडौं / संसदीय सुनवाई समितिले चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङको नाम अनुमोदन गरेको छ । मंगलबार सिंहदरबारमा बसेको बैठकले चीन र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको हो ।प्रस्तावित दुवै राजदूतको उजुरी नपरेको र उपयुक्त लागेकाले समितिले सर्वसम्मतिले अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् ।  

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • 112 पटक पढिएको
  • ९ महिनापछि हट्यो संसदको अवरोध

    काठमाडौँ / नेकपा एमालेले ९ महिनादेखि गर्दै आएको संसद् अवरोध हटेको छ । मंगलबार बजेट अधिवेशनको पहिलो बैठकमा एमालेले संसदको अवरोध हटाएको हो । एमालेले २३ भदौ २०७८ देखि संसद् अवरुद्ध गर्दै आएको थियो । एमालेले माधवकुमार नेपालसहितका नेतालाई सांसदबाट हटाउन सिफारिस गरेको थियो। तर, सभामुख अग्निप्रसाद सापकोटाले उक्त सिफारिस कार्यान्वयन नगरेको भन्दै एमालेले संसद् अवरोध जारी राखिरहेको थियो । सभामुखले राजीनामा दिनुपर्ने वा कारबाहीको सूचना टाँस्नुपर्ने एमालेको माग थियो।एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले आफूहरूले संसद्मा अवरुद्ध नगर्ने भएपनि आफ्ना असन्तुष्टिहरू फरक शैलीमा प्रस्तुत गर्ने बताएका छन् ।

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • 136 पटक पढिएको
  • केन्द्रीय सदस्यमाथि कांग्रेसकै कार्यकर्ताद्वारा हातपात

    बिर्तामोड / नेपाली काङ्ग्रेसबाट वडाध्यक्षका उम्मेदवार बनेका हसन अन्सारीमाथि कांग्रेसकै कार्यकर्ताले हातपात गरेका छन् । केन्द्रीय सदस्य समेत रहेका अन्सारी कै कारण विराटनगर महानगरपालिका–१७ मा काङ्ग्रेसले वडाध्यक्षमा पराजय भोग्नु परेको भन्दै हातपात गरिएको हो । अन्सारीको घर रहेको सो वडामा काँग्रेस उम्मेदवार असमल आलमलाई पराजित गर्दै जसपाका समिर कमर अध्यक्षमा निर्वाचित भएका थिए । अघिल्लो निर्वाचनमा जसपाबाट वडाध्यक्षमा निर्वाचित भएका आलम कांग्रेसमा प्रवेश गरि उम्मेदवार बनेका थिए ।मंगलबार बिहान चुनाबको समीक्षा गर्न अन्सारीकै घरमा बसेको छलफलमा हातपात भएपछि दुबै पक्ष इलाका प्रहरी कार्यालय

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • 132 पटक पढिएको
  • दुई पत्रकार पालिका उपाध्यक्षमा विजयी

    बिर्तामोड / प्रदेश १ का दुई महिला पत्रकार गाउँपालिका उपाध्यक्षमा विजयी भएका छन् । पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका पूर्व पत्रकार शान्ता आङबुहाङ र विना राई गाउँपालिका उपाध्यक्षमा विजयी भएका हुन् । नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्य रहेकी शान्ता आङबुहाङ ताप्लेजुङको आठराइ त्रिवेणी गाउँपालिका उपाध्यक्षमा विजयी भएकी छन् । उनले २ हजार ८ सय १९ मत प्राप्त गरी नेकपा माओवादी केन्द्र प्रजिन हाङवाङलाई हराएकी हुन् ।त्यसैगरी पत्रकार महासंघ सोलुखुम्बु शाखाको उपाध्यक्षबाट रहेकी विना राई नेचा सल्यान गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी छन् । कांग्रेसबाट उम्मेदवार बनेकी उ

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • 114 पटक पढिएको
  • बिर्तामोड अपडेट : एमालेको अग्रता निरन्तर

    बिर्तामोड / झापाको बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमालेको अग्रता कायम रहेको छ । नगर प्रमुख पदमा एमालेकी उम्मेदवार पवित्रा महतरा प्रसाईँले सबैभन्दा धेरै ५ हजार ५७ मत प्राप्त गरेकी छिन् । महतरालाई गठबन्धनका तर्फबाट कांग्रेसका भोजराज सिटौलाले ४ हजार ३४ प्राप्त गर्दै पछ्याएका छन् भने राप्रपाका ध्रुव कुमार उप्रेतीले १ हजार ७ सय ५० मत प्राप्त गरेका छन् । त्यस्तै , उपमेयरमा एमालेबाट नगेन्द्र प्रसाद सङ्ग्रौला ५ हजार १ सय ७१ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् । संग्रौलालाई पछ्याउँदै गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका सीपी कडरियाले २ हजार ५ सय

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • 191 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.