राजनीति

    Showing 7,891-7,900 of 10,447 items.
  • हल्दीबारी एकमा राप्रपाको प्यानल नै विजयी

    झापा / हल्दीबारी-१ मा राप्रपाले वडा अध्यक्षसहित प्यानल नै जितेका छन् । राप्रपाका देवीबहादुर थापा १९६८ मत प्राप्त गर्दै वडा अध्यक्षमा निर्वाचित भएका छन् । निवर्तमान वडा अध्यक्ष एमालेका त्रिलोचन सापकोटालाई हराउँदै थापा ३६८ को मतान्तरले विजयी भएका हुन् । त्यस्तै वडा सदस्यहरूमा राप्रपाका प्रकाश कार्की, कुलबहादुर राई, शान्ता खतिवडा सिवाकोटी र रुपादेवी रसाइली निर्वाचित भएका छन् । गाउँपालिकाको अध्यक्षमा भने राप्रपाका रवीन्द्र लिङ्देनले फराकिलो मतान्तरले अग्रता लिएका छन् ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 125 पटक पढिएको
  • अपडेट : शिवशताक्षीमा गठबन्धनलाई पछाडि पार्दै एमालेको अग्रता

    बिर्तामोड / झापाको शिवशताक्षी-२ मा १००० मत गणना गर्दा नगरप्रमुख पदमा अग्र स्थानमा रहेको नेकपा एमालेले ४१३ मत प्राप्त गरेको छ । पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसले २८९ मत प्राप्त गरेको छ । त्यस्तै , उपप्रमुखमा एमालेले ३४६ र माओवादी केन्द्रले २१३ मत प्राप्त गरेको छ । वडाअध्यक्षमा एमालेले ३३६ र माओवादी केन्द्र ३९२ मत प्राप्त गरेको छ । 

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 149 पटक पढिएको
  • अपडेट : बिर्तामोडमा एमालेको अग्रता कायमै

    बिर्तामोड / झापाको बिर्तामोड नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेले गठबन्धनलाई पछाडि पार्दै अग्रता कायम गरेको छ । पछिल्लो परिणाम अनुसार १९७० मत गन्दा गठबन्धनलाई पछाडि पार्दै प्रमुखमा एमालेका उम्मेदवार पवित्रा महतरा प्रसाईँले सबै भन्दा बढी नौ सय १९ मत प्राप्त गरेकी छिन् । त्यस्तै , दोस्रोमा गठबन्धनको तर्फबाट कांग्रेसका भोजराज सिटौलाले ६ सय ३७ मत प्राप्त गरेका छन् ।उपमेयरमा एमालेबाट नगेन्द्र प्रसाद सङ्ग्रौलाले आठ सय ९६ र गठबन्धनबाट माओवादीका सीपी कडरियाले तीन सय ७७ मत प्राप्त गरेका छन् । त्यस्तै , वडाध्यक्षमा एमालेले आठ सय ५५ र कांग्रेसले ६ सय ९३ मत प्राप्त गरेको छ ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 159 पटक पढिएको
  • अर्जुनधारा अपडेट : गठबन्धनलाई पछाडि पार्दै एमाले

    बिर्तामोड / झापाको अर्जुनधारा नगरपालिका वडा नं २ मा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङले पछिल्लो मत परिणाम अनुसार १९०९ ल्याएर अग्र स्थान ओगटेका छन् ।गठबन्धनबाट मेयर पदकी उम्मेद्वार रञ्जिता कार्कीले १४७९ मत प्राप्त गरेकी छिन् । त्यस्तै उपमेयरमा एमालेले १८०२ र गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवारले ९९७ मत प्राप्त गरेको छ । त्यसैगरी वडा नं २ को वडाअध्यक्षमा एमालेले १०० र कांग्रेसले १५८ मत प्राप्त गरेको छ । 

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 187 पटक पढिएको
  • कनकाई-९ मा एमालेको प्यानल नै विजयी

    झापा / झापाको कनकाई नगरपालीका-९ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसलाई हराउँदै एमालेका राजेन्द्रप्रसाद उप्रेती वडा अध्यक्षमा निर्वाचित भएका छन् । उप्रेतीले १०९८ मत प्राप्त गर्दै निवर्तमान वडा अध्यक्ष समेत रहेका नेपाली कांग्रेसका प्रेमप्रसाद राजवंशीलाई पराजित गरेका छन् भने राजवंशीले ५९६ मत प्राप्त गरेका छन् ।त्यस्तै वडा सदस्यहरूमा एमालेका नरमान श्रेष्ठ, युवराज राजवंशी, सुसिला बुधनी कुमारी चौधरी र तारा दमाइ निर्वाचित भएका छन् । 

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 137 पटक पढिएको
  • अपडेट : हल्दीबारीमा अग्रतामा राप्रपाका लिङदेन

    बिर्तामोड / हल्दीबारी गाउँपालिकाको प्रमुख पदमा ४०१५ मत गणना गर्दा राप्रपाका रविन्द्र प्रसाद लिङदेनले अग्रता कायम गरेका छन् । लिङदेनले २०४८ मत ल्याउँदै एमालेका डम्बर बहादुर गिरीलाई पछाडि पार्न सफल भएका हुन् भने गिरीले ११९५ मत प्राप्त गरेका छन् ।त्यस्तै, प्रमुखमा नै कांग्रेसका तुलसी प्रसाद ओलीले ३९१ र माओवादीका भवानी प्रसाद दङ्गालले ११५ मत प्राप्त गरेका छन् ।उपप्रमुख पदमा राप्रपाकी लक्ष्मी देवी मैनालीले १६७६ मत प्राप्त गरेकी छिन् भने एमालेका शान्ता देवी गौतमले ११९२ र माओवादीका टिका देवी राउतले १५८ मत ल्याएका छन् । 

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 179 पटक पढिएको
  • अपडेट : हल्दीबारीमा अग्रता कायम गर्दै राप्रपाका लिङदेन

    बिर्तामोड / हल्दीबारी गाउँपालिकाको प्रमुख पदमा ३६३७ मत गणना गर्दा राप्रपाका रविन्द्र प्रसाद लिङदेनले अग्रता कायम गरेका छन् । लिङदेनले १८६५ मत ल्याउँदै एमालेका डम्बर बहादुर गिरीलाई पछाडि पार्न सफल भएका हुन् भने गिरीले १११८ मत प्राप्त गरेका छन् ।त्यस्तै, प्रमुखमा नै कांग्रेसका तुलसी प्रसाद ओलीले ३२७ र माओवादीका भवानी प्रसाद दङ्गालले १०६ मत प्राप्त गरेका छन् ।उपप्रमुख पदमा राप्रपाकी लक्ष्मी देवी मैनालीले १५३८ मत प्राप्त गरेकी छिन् भने एमालेका शान्ता देवी गौतमले ११०९, माओवादीका टिका देवी राउतले १४५  र स्वतन्त्र लखन हेमरमले ६१५ मत ल्याएका छन् । 

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 161 पटक पढिएको
  • अपडेट : भद्रपुरमा राजवंशीलाई पछाडि पार्दै पोखरेल

    बिर्तामोड / भद्रपुर नगरपालिकाको मेयर पदमा गठबन्धनका उम्मेदवार गणेश पोखरेलले अग्रता कायमै गरेका छन् । पोखरेलले एमालेका तर्फबाट उम्मेदवार बनेका असारु राजवंशीलाई पछि पार्दै अग्रता लिएका हुन् ।पोखरेलले २ हजार १२२ मत प्राप्त गरेका छन् भने एमालेका असारु राजवंशीको १ हजार ६३४ मत रहेको छ । त्यस्तै तेस्रो स्थानमा रहेका राप्रपाका नवराज पनेरुको १ हजार ४६७ मत रहेको छ ।उपमेयरतर्फ पनि गठबन्धनका उम्मेदवार शिवकुमार राजभण्डारी १ हजार ९५० मतसहित अगाडि  रहेका छन् । त्यस्तै दोस्रोमा रहेकी एमालेकी कौशिल्या अधिकारीको १ हजार ५६७ र राप्रपाकी राधा कार्कीको १ हजार ५०७ मत रहेको छ ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 422 पटक पढिएको
  • बिर्तामोडको मत गणना ३ बजेबाट पुन:सुचारु हुने

    बिर्तामोड / विवादका कारण मध्यरातदेखि रोकिएको बिर्तामोड नगरपालिकाको मतगणना आज आइतबार अपरान्ह ३ बजेदेखि सुचारु हुने भएको छ ।निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको सुचना अनुसार सम्बद्ध राजनीतिक दल , उम्मेदवार , प्रशासन समेतको सर्वदलीय सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो ।वडा नं १ को बाँकी रहेको मतपत्रबाट मत गणना पुन: सुचारु गरिने समेत निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 109 पटक पढिएको
  • ९ पालिकामा एमालेको जित

    काठमाडौँ / हालसम्म २२ वटा पालिकाको नतिजा सार्वजनिक भएसँगै नेकपा एमालेले ९ वटा पालिका जितेको छ । से फोक्सुण्डो गाउँपालिका– डोल्पा , चामे गाउँपालिका – मनाङ , ङिस्याङ गाउँपालिका– मनाङ , घेकर दामोदरकुण्ड गाउँपालिका – मुस्ताङ र लोमन्थाङ गाउँपालिका–मुस्ताङमा एमालेले प्रमुख र अध्यक्षमा जित तय गरेको छ । त्यस्तै , बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका–मुस्ताङ , खुम्बु पासाङल्हामु गाउँपालिका–सोलुखुम्बु , साइपाल गाउँपालिका–बझाङ र बौदीकाली गाउँपालिका,नवलपुरमा समेत एमालेले मेयर र अध्यक्षमा विजयी भएको छ ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 105 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.