काठमाडौँ / नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि स्थगित भएको छ । कोभिड संक्रमण बढ्दै गएपछि यही माघ १५ गतेको लागि तोकिएको जिल्ला अधिवेशन स्थगित गरिएको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा कांग्रेसको अधिवेशन हुन बाँकी छ । कोभिड संक्रमण घट्दै गएर जनजीवन सामान्य भएपछि पुनः यी जिल्लाको अधिवेशन हुने रिजालले जानकारी दिए ।
काठमाडौँ / साल्ट ट्रेडिङ्ग कर्पोरेसनका अध्यक्ष एवं राष्ट्रियसभाका पूर्वसदस्य लक्ष्मीदास मानन्धरको निधन भएको छ । मानन्धरको ९३ वर्षको उमेरमा निधन भएको हो । राजनीतिबाट टाढा रहेपनि उनी २०४६ सालको जनआन्दोलनका कमान्डर गणेशमान सिंहसँग निकट थिए । उनलाई नेकपा एमालेले २०५८ सालमा राष्ट्रियसभामा सदस्य बनाएको थियो । तर उनी राजनीतिमा कम र व्यवसायमा नै बढी सक्रिय रहँदै आएका थिए । नेपालमा नुनको कारोबारलाई व्यवस्थित गर्न र मूल्यमा एकरूपमा कायम गराउन उनको महत्वपूर्ण भूमिका छ । श्रेष्ठ नारायणी नेशनल फाइनान्सका अध्यक्ष समेत थिए । जसलाई केही वर्षअघि सनराइज बैंकले प्राप्ति (एक्वायर) गरेको थियो ।
काठमाडौं / नेकपा ( माओवादी केन्द्र ) को केन्द्रीय समितिको बैठक स्थगित भएको छ । कोरोना महामारीको बढ्दो सङ्क्रमणका कारण यही माघ ८ गतेका लागि तय गरिएको केन्द्रीय समितिको बैठक स्थगित गरिएको हो । स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीको सुझावलाई मध्यनजर गर्दै अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।पार्टीको स्थायी समितिका पूर्वसदस्य र आयोगको बैठक भने स्वास्थ्य मापदण्डको पालना गरी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा यही माघ ८ गते शनिबार बिहान ८ः३० बजेका लागि तय गरिएको छ ।
काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शुक्रबार) राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । गठबन्धनको सरकार बनेपछि पहिलोपटक देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका हुन् । कोरोना संकट, सरकार बनेको ६ महिनाको समीक्षा लगायतका विषयमा दिउँसो ३ बजे सम्बोधन गर्ने कार्यक्रम छ । सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । देशमा संघीय निर्वाचन, स्थानीय निर्वाचन वा तीनै तहका निर्वाचन एकसाथ गराउने विषयमा बहस भइरहेका बेला प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन गराउनका लागि शुक्रबारसम्म मिति घ
काठमाडौँ / सत्तारुढ राजनीतिक समन्वय समितिको बैठक आज पनि बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बस्ने भएको हो । बैठकमा राष्ट्रिय सभा सदस्य चुनाव, स्थानीय तहको चुनाव लगायत समसामयिक राजनीतिक विषयमा केन्द्रित हुने माओवादी नेता देव गुरुङले जानकारी दिए ।यसअघि मंगलबार बसेको बैठकले स्थानीय तह चुनाव समयमै गर्ने सहमति गरेपनि मिति तोक्ने विषयमा कुनै निष्कर्ष दिन नसकेपछि पुनः बैठक बस्न लागेको हो । निर्वाचन आयोगले सरकारले माघ पहिलो साता भित्र स्थानीय तहको मिति तोक्न आग्रह गरेपछि सत्ता गठबन्धन छलफलमा जुटेको छ । तर सत्ता गठबन्धनभित्र चुनावको विषयलाई लिएर निक्कै मतभ
काठमाडौं / तीनवटा राजनीतिक दलको दल दर्ता खारेज भएको छ । निर्वाचन आयोगले नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद्को दर्ता खारेज गरिदिएको हो ।लेखा परिक्षण प्रतिवेदन नबुझाएका दललाई २० हजार जरिवाना गर्ने र सो जरिवाना नतिर्ने दलको दर्ता खारेज गर्ने नियम अनुसार तीनवटा दलको दल दर्ता खारेज गरिएको आयोगले जनाएको छ ।यी तीनै दलले लेखा परीक्षण प्रतिवेदन नबुझाएको तथा जरिवाना समेत नतिरेकाले पुस ३० को निर्णयअनुसार दल दर्ता खारेज गरिएको हो ।
काठमाडौँ / निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनलाई लक्षित गरेर स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य लागू गर्न निर्देशन दिएको छ ।बिहीबार विज्ञप्ति जारी गरेर आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी गरेको २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न निर्देशन दिएको हो ।मतदान तथा मतगणना कार्यमा संलग्न हुने सबै मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवक लगायत सरोकारवालाले मापदण्डको पालना गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।आयोगको निर्देशनअनुसार मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न अनुम
खोटाङ / कार्यालय प्रमुखलाई कोरोना भाइरस संक्रमण भएपछि इलाका प्रशासन कार्यालय खोटाङ बजारको सेवा स्थगित गरिएको छ । कार्यालय प्रमुखलाई कोभिड –१९ पोजेटिभ पुष्टि भएपछि बुधबारदेखि इलाका प्रशासन कार्यालयको सम्पूर्ण सेवा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको हो ।अन्य कर्मचारीहरू होम क्वारेन्टिनमा बस्नु पर्ने भएकाले सेवा स्थगित गर्नुपरेको इलाका प्रशासन कार्यालयले जनाएको छ ।खोटेहाङ गाउँपालिका –७ खोटाङ बजारस्थित इलाका प्रशासन कार्यालयको सेवा बन्द हुँदा खोटेहाङ, जन्तेढुङ्गा, बराहपोखरी गाउँपालिकाका सेवाग्राही मारमा परेका छन् ।
काठमाडौँ / सत्ता गठबन्धन द्धारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ । आज (बिहिबार) साँझ चार बजेका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित स्थगित गरिएको माओवादीका नेता देव गुरुङले जानकारी दिए । आजको बैठकमा निर्वाचन ऐन संशोधन, तीन तहका निर्वाचन र अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची थियो । यसअघि गत मंगलबार बसेको बैठकमा पनि स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएको थियो ।निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन बैशाखभित्रै गर्नुपर्ने भन्दै मिति सिफारिस गरिसकेको छ । सत्ता गठबन्धन दलहरूबीच निर्वाचन कहिले गर्ने भन्ने सहमति हुन सकेको छैन । निर्वाचन मित
काठमाडौँ / राष्ट्रिय सभा निर्वाचनमा विपक्षी दलबाट मधेस प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच गठबन्धन गर्ने सहमति भएको छ । बिहीबार एमालेका मधेस प्रदेश अध्यक्ष राम औतार यादव र लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।सहमतिअनुसार अन्यतर्फ एमालेका उम्मेदवार ऊसमान अन्सारी र महिलातर्फ लोसपाकी उम्मेदवार रुपाकुमारी यादवलाई दुबै पार्टीले एकअर्कालाई मतदानमा सघाउनेछन् ।दुई पार्टीबीच गठबन्धन भएपनि यसअघि नै सत्तारुढ गठबन्धनमा काँग्रेस, माओवादी केन्द्र र जसपाबीच गठबन्धन भइसकेको छ । प्र
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.