काठमाडौं / जनता समाजवादी पार्टीका महन्थ ठाकुरको नेतृत्वमा रहेको समूहका पाँच नेता आज मन्त्री बन्ने निश्चित भएको छ।राजेन्द्र महतोले उपप्रधानमन्त्री सहित वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने स्रोतले जनाएको छ।त्यसैगरी शरतसिंह भण्डारी उर्जा जलस्रोत तथा सिचाई, विमल श्रीवास्तव खानेपानी मन्त्रालय, अनिल झा शहरी विकास मन्त्री र उमाशंकर अरगरिया युवा तथा खेलकुद मन्त्री बन्ने निश्चित भएको स्रोतले जनाएको छ।‘आजै साँझसम्म उहाँहरुले सपथग्रहण गर्ने कार्यक्रम रहेको छ,’ स्रोतले भन्यो । आफूलाई खेलकुद मन्त्रालय दिएकोमा अरगरिया भने सन्तुष्ट नरहेको स्रोतको भनाइ छ। ठाकुर पक्षबाट मन्त्री बन्ने तय भ
काठमाडौँ / प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन् । संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणाका अध्यक्षतामा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा विवाद आएपछि प्रधान्यायाधीश राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने जानकारी दिँदै यही जेठ २३ गते विवादको सुनुवाइका लागि पेशी तोकेका थिए ।नेपालको संविधानमा सर्वोच्च अदालतमा विचाराधीन कुनै मुद्दामा गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएका देखिएमा त्यस्तो मुद्दा हेर्ने गरी प्रधानन्यायाधी
धनगढी / पार्टी निर्णय विपरीत सुदूरपश्चिम प्रदेशमा नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारलाई समर्थन जारी राख्ने निर्णय गरेका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ओलीले शाहलाई ४८ घण्टे स्पष्टीकरण सोध्नुभएको एमालेका प्रदेश अध्यक्ष कर्ण थापाले जानकारी दिए । पार्टी स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारमाथिको समर्थन फिर्ता लिने निर्णय गर्दासमेत प्रदेश संसदीय दलले पार्टीको निर्देशन विपरीत निर्णय गरी अघि बढेको जनाई कारवाही प्रक्रिया थालेको बताइएको छ । एमाले केन्द्रीय सदस्य शाहलाई अध्यक्ष ओलीले
काठमाडौँ / संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले हवाई इन्धनको मूल्य घटाउन सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिएका छन् । मन्त्री ढकालले आज मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्रालयका सचिव दिनेश भट्टराई, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेललगायतसँग छलफल गरेर मूल्य घटाउन निर्देशन दिएका हुन् ।अन्तर्राष्ट्रिय विमान कम्पनीले प्रयोग गर्ने हवाई इन्धनको मूल्य घटाउन विभिन्न संस्थाहरूले माग पनि गर्दै आएका थिए ।&nb
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ६ बजे बोलाइएको हो ।प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीले आजै स्थायी समिति बैठक बोलाएका थिए । तर, आजै माधव पक्षले पनि स्थायी कमिटी बैठक राखेकाले त्यसको प्रतिक्रिया पर्खने भन्दै बैठक स्थगित गरिएको छ ।स्थायी कमिटी बैठक स्थगित गरिएसँगै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । आजको मन्त्रीपरिषदको बैठक नियमित बैठक भनिएको छ ।
काठमाडौं / नेकपा एमालेको स्थायी कमिटी बैठकस्थगित भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज ४ बजे बैठक बोलाएका थिए ।पार्टी एकताका लागि माधव नेपाल पक्षका दोस्रो तहका नेतासँग वार्ता चलिरहेका बेला बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।बरिष्ठ नेता माधव नेपाल पक्षले आजै केन्द्रीय कमिटी बैठक राखेपछि परिस्थिति हेरेरमात्र बैठक बस्नेगरि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको कार्यालय सचिव शेरवहादुर तामाङले जनाएका छन् । उनका अनुसार बैठकका लागि चाँडै मिति तय गरिने छ ।
काठमाडौँ / नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ः०० बजे बैठक बस्ने भएको हो । बुधबार स्थगन गरिएको बैठक आज बस्न लागिएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीको आन्तरिक जीवनबारे छलफल हुनेछ ।एमालेको पार्टीभित्र देखिएको विवाद समाधानका लागि बैठक लगातार बस्दै आएको छ । यता आजै पार्टीका नेता माधवकुमार नेपाल–झलनाथ खनाल पक्षको बैठक पनि बसिरहेको छ ।
काठमाडौँ / प्रदेश १ सरकारले आर्थिक कार्यविधि ऐन संशोधन गर्न अध्यादेश ल्याएको छ । बजेट ल्याउनु १५ दिन अघि प्रि बजेट छलफल गर्नुपर्ने संवैधानिक व्यवस्था भएपनि प्रदेश सरकारले बजेट प्रस्तुत हुनुभन्दा ५ दिन अगाडि मात्रै प्रि बजेट छलफल गर्न मिल्ने गरी ऐन संशोधन गर्न अध्यादेश ल्याएको हो ।अध्यादेशबाट सरकार चलाउने प्रधानमन्त्रीको प्रदेश सरकारले भद्दा नक्कल गरेको भन्दै प्रदेश १ माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले आपत्ति जनाएका छन् । कानुन छल्न र औपचारिकता पूरा गर्ने उद्देश्यले ल्याइएको अध्यादेश र अध्यादेश बमोजिम प्रदेशसभा नियामावली निलम्बन गर्ने र प्रदेशसभालाई निकम्मा बनाउने सरकारी रबैया कुनै प
काठमाडौँ / माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यापार घाटा कम गर्ने नाममा ढुङ्गा, गिट्टी, बालुवा निर्यात गर्ने सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेका छन् ।अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत सरकारले बजेटमार्फत ल्याएको यो नीति कुर्सी बचाउने र तराइलाई मरुभूमिकरण गर्ने योजनाको हिस्सा भएको बताएका छन् । साथै उनले तराईलाई मरुभूमीकरण गर्ने राष्ट्र र जनविरोधी निर्णय तुरुन्त खारेज गरियोस् भन्दै माग गरेका छन् ।प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘असंवैधानिक सरकारले बजेट मार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने’ नाम मा कुर्सी बचाउने र तराइल
काठमाडौँ / नेकपा (एमाले) लुम्बिनी प्रदेश सभा संसदीय दलले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याइए संसद् अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याउने चेतावनी दिएको छ।बुधबार देखि सुरु भएको प्रदेशको वर्षे अधिवेशनमा सरकारको आधिकारिकताको प्रश्न तेर्साउदै विपक्षी दलहरु सरकारमाथि खनिएपछि एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले जस्केलाबाट मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याइए संसद् चल्न नदिने चेतावनी दिएका हुन् ।बैठकमा प्रदेशसभामा बोल्ने विपक्षी दलका नेताहरुले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेको बताउँदै तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्न दबाब दिए । बहुमतका लागि ४१ जना
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.