राजनीति

    Showing 7,971-7,980 of 10,447 items.
  • ‘ओलीको सरकार गएपछि जनताले मुक्ति पाए’

    तनहुँ / प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकार गएपछि जनताले मुक्ति पाएको बताएका छन् । नेपाली कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले यसलाई सफल बनाउन सबै दल प्रतिबद्ध रहेको बताएका छन्।कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन स्थानीय तह निर्वाचनका लागि मात्रै नभई प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म कायम रहने प्रधानमन्त्री देउवाले दाबी गरे।गठबन्धनलाई असफल बनाउने षड्यन्त्र भइरहेको भन्दै प्रधानमन्त्री देउवाले त्यस्ता तत्वलाई चुनावको मैदानबाट परास्

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • 100 पटक पढिएको
  • भरतपुरमा कांग्रेसलाई धक्का : १ सय ३६ जना कार्यकर्ताले दिए संयुक्त राजिनामा

    चितवन / स्थानीय तह निर्वाचनको मुखमा नेपाली कांग्रेस भरतपुरका १ सय ३६ कार्यकर्ताले संयुक्त राजिनामा दिएका छन्। भरतपुर महानगरका मेयर पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका नेपाली कांग्रेस चितवनका नेता जगन्नाथ पौडेल सहितका नेतालाई कारबाही गरेको भन्दै उनीहरूले राजिनामा दिएका दिएका हुन्।राजिनामा दिनेमा पूर्वसांसद भिमबहादुर श्रेष्ठदेखि जिल्ला कार्यसमिति सदस्यसम्म रहेको मेयर पदका उम्मेदवार पौडेलका सहयोगी नविन बरालले जानकारी दिए। उनकाअनुसार,अझै हस्ताक्षर संकलनका काम भइरहेको छ। उनीहरूले उठाएको माइनुट पत्रमा नेपाली कांग्रेसका केन्द्रीय सभापतिलाई सम्बोधन गरेर राजिनामा लेखेका छन्। सबैभन्दा ध

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • 116 पटक पढिएको
  • सुनसरीमा कांग्रेसबाट बागी वडाध्यक्ष उठेका उम्मेदवार मृत फेला

    सुनसरी / सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नम्बर ६ को वडाध्यक्ष उम्मेदवार गणेशबहादुर पौडेल रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । नेपाली कांग्रेसबाट टिकट नदिएपछि बागी उठेका पौडेल आज बिहान मृत अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले घर नजिकैको रुखमा झुन्डिरहेको अवस्थामा फेला परेको बताए । उनले मृतक पौडेलले आत्महत्या गरेको हुन सक्ने दाबी गरे ।यता मृतककी श्रीमती विमला पौडेलले भने उम्मेदवारी फिर्ता लिन बारम्बार धम्की आउने गरेको र त्यसैको कारण यस्तो घटना घटेको बताइन् । नेपाली कांग्रेसबाट उक्त वडामा वडाध्यक्ष उठेका आधिकारिक उम्मेदवार अनिष कार्कीक

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • 145 पटक पढिएको
  • राप्रपाका ६० जना युवालाई प्रचण्डले गराए माओवादीमा प्रवेश

    भरतपुर /  भरतपुरमा राप्रपा निकट मजदुर  सङ्गठनका जिल्ला उपाध्यक्ष तुलबहादुर घर्तीसहित ६० जना भन्दा बढी युवाले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरूलाई एक अनौपचारिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खादा र अबिर लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।पार्टी प्रवेश पछि युवालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रचण्डले देशको परिवर्तनका संवाहक युवा भएको बताए । उनले नव प्रवेशी युवालाई यतिबेला सबैभन्दा महत्वपूर्ण विषय स्थानीय तहको निर्वाचन भएकाले आफ्नो तहबाट निर्वाचनलाई सफल बनाउनको लागि लाग्न निर्देशन दिए ।

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • 128 पटक पढिएको
  • कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप हुँदा १० जना घाइते

    झापा / आठबीसकोट र चौरजहारी दुई  छुट्टाछुट्टै नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच झडप हुँदा १० जना घाइते भएका छन् । आठबीसकोट नगरपालिकाको ३ नम्बर वडामा भएको झडपमा परी एक प्रहरीसहित माओवादीका वडाध्यक्षका उम्मेदवार केशरमान बिक, तुलबहादुर बिक र सन्तोष बिक घाइते भएका हुन् । नेपाली कांग्रेसबाट डिल्लीराज बोहरा र सीता बोहरा घाइते भएका छन् । घाइतेहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यता चौरजहारी नगरपालिका १, मा भएको झडपमा परी कांग्रेसका वडा सभापति यज्ञश विष्ट, तरुण दलका त्रिलोचन गिरी र कांग्रेस कार्यकर्ता घाइते भएका छन् । टाउकोमा चोट लागेको सभापति विष्ट र

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • 113 पटक पढिएको
  • स्थानीय तह निर्वाचन –२०७९ मा २४ प्रतिशत युवा उम्मेदवार

    झापा / स्थानीय तह सदस्य निर्वाचन २०७९ मा कुल उम्मेदवारको २४ प्रतिशत मात्र युवाहरूको उम्मेदवारी परेको छ । २१ देखि ३५ वर्ष उमेर समूहका ३५ हजार २६७ युवाले उम्मेदवारी दिएको आयोगको तथ्याङ्क छ ।वैशाख ३० गते हुने निर्वाचनका लागि कुल १ लाख ४५ हजार १० जनाले उम्मेदवारी दिएका छन् । त्यसमध्ये २१ देखि ३५ वर्ष उमेर समूहका पुरुष १८ हजार ७८० र महिला १६ हजार ४८७ ले उम्मेदवारी  दिएका हुन् । पुरुषको एकल प्रतिशत १२.९५ छ भने महिलाको एकल ११.३६ प्रतिशत हुन्छ ।त्यस्तै, ३६ देखि ५० वर्ष उमेर समूहमा उम्मेदवारको संख्या सबैभन्दा बढी छ । सो उमेर समूहको पुरुषमा ३९ हजार ६६९ र महिला २७ हजार ४९३ जना उम्मेदवार हुनुहुन्छ ।

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • 105 पटक पढिएको
  • मतगणना स्थलमा सिसि क्यामेरा जडान

    काठमाडौँ / निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतगणना स्थलमा सिसि क्यामेरा राख्ने भएको छ । आयोगले मतगणना स्थलमा मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राख्न सीसी क्यामेरा जडान गर्न सरकारसँग आग्रह गरेको हो । आयोगले निर्वाचनका लागि ७ सय ५३ स्थानीय तहका मतगणना स्थलमा अनिवार्य रुपमा सिसि क्यामेरा राख्न निर्देशन दिएको थियो । आयोगले मतगणना स्थलमा सिसि क्यामेरा राख्न संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय मार्फत स्थानीय तहमा परिपत्र गरिसकेको छ ।मत गणनाको समयमा कुनै विवाद आएमा विद्युतीय अभिलेखीकरणका लागि उपयोगी हुने भएकोले पनि आयोगले सिसि क्यामेराको प्रबन्ध गर्न निर्देशन दिए

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • 101 पटक पढिएको
  • लोकतान्त्रिक वाम गठबन्धनको प्रतिवद्धतापत्रमा सार्वजनिक

    धरान / लोकतान्त्रिक वाम गठबन्धनले धरानलाई महानगरपालिकादेखि उज्यालो धरान बनाउने सम्मका योजना प्रतिवद्धतापत्रमा समेटेको छ ।शनिवार धरान १२ गोरखा होटलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवद्धतापत्रमा धरानलाई महानगरपालिकाका बनाउनेदेखि उज्यालो धरान बनाउनेसम्मका योजना सार्वजनिक गरेको हो ।वैशाख ३० को आसन्न स्थानीय निर्वाचन अन्तर्गत धरान उपमहानगरपालिकाको निर्वाचनमा होमिएको लोकतान्त्रिक वाम गठबन्धनका उमेद्वारहरुले प्रतिबद्धतापत्र यस्तै सार्वजनिक गरेको प्रतिद्धतापत्रमा धरानको जटिल समस्याको रुपमा रहेको खानेपानी समस्या, सर्वसाधारणको दैनिक जीवनमा पर्ने समस्या, धरानको गुरु योजना, धरानलाई खेलकुदको सहर

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • 102 पटक पढिएको
  • आचरणविपरीत जाँदा ४६ जना म्यादी प्रहरी सेवाबाट बर्खास्त

    काठमाडौं / आचरण विपरीतका गतिविधि गरेपछि ४६ जना म्यादी प्रहरी सेवाबाट बर्खास्त भएका छन् । नेपाल प्रहरीले जसरी ‘व्यावसायिक आचरण’ पालना गर्नुपर्ने म्यादी प्रहरीले आचरण विपरितका काम गरेपछि ४६ जना कारबाहीमा पर्दै बरखास्त भएका हुन् ।नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले मादक पदार्थ सेवन गर्ने, अरुलाई दुर्व्यवहार गर्ने, गालीगलौज गर्ने, खटाएको ठाउँमा नजाने, समयमा ड्युटीमा नआउने, अनावश्यक टिकाटिप्पणी गर्दै हिँड्ने र कुटपिट गर्ने काम गरेपछि कारवाही गरेको बताएका छन् । कारबाहीमा परेकामध्ये काठमाडौंमा उपत्यकामा खटिएका एक म्यादी प्रहरी भने बलात्कारको आरोपमा प्रहरी हिरासतमा रह

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • 137 पटक पढिएको
  • पोखराको चुनावी सभालाई सम्बोधन गर्दै लिङ्देन

    काठमाडौं / हिन्दु राष्ट्र पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन कास्कीको पोखरा गएका छन् । पोखरामा दिउँसो हुने चुनावी सभालाई लिङ्देनले सम्बोधन गर्ने भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका हुन् । पोखराको कार्यक्रमपछि नेपालगञ्ज जाने भएका लिङ्देन पार्टीको पक्षमा माहोल बनाउन आफैं चुनावी कमान्डर बनेर खटिएका हुन् । पार्टीको पक्षमा जनमत देखिएको भन्दै एक्लै निर्वाचन लडेर स्थानीय तहमा निर्वाचन जितिने पनि उनले दावी गरेका छन् । गएको माघमा पार्टीको लामो समय नेतृत्व गरेका नेता कमल थापा अलग भएका छन् भने थापालाई पराजित गर्दै लिङ्देन नेतृत्वमा प

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • 110 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.