राजनीति

    Showing 7,981-7,990 of 8,366 items.
  • प्रदेश सरकारबाट फिर्ता नहुनेलाई कारबाही हुन्छ : अध्यक्ष थापा

    धनगढी / नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले प्रदेश सरकारबाट फिर्ता नहुने आफ्ना मन्त्रीलाई पार्टीले कारबाही गर्ने बताएका छन् ।पार्टीले सरकारबाट निक्लने एक महिना अगाडि गरेको निर्णय नमान्ने मन्त्रीलाई कारबाही गरिने उनले  बताएका हुन् । एमालेको प्रदेश कमिटी बैठकले गत चैत १५ गते सरकारबाट बाहिरिने निर्णय गरेको दुई महिनासम्म पनि सरकारबाट नबाहिरिएकालाई पार्टीले कारबाही गर्ने थापाले जनाएका हुन् । “हाम्रो पार्टीको प्रदेश कमिटीको बैठकले सरकारबाट बाहिर आउने र आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ”, थापाले भने, “माओवादीको सरकारबाट बाहिर नआउने मन्त्रीलाई प

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • 117 पटक पढिएको
  • ओली र भण्डारीको पक्षमा राप्रपा र नेमकिपा

    बिर्तामोड / देशभर संवैधानिक कु को विरोध भईरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा भएको संवैधानिक कुको समर्थन गरेका छन् । संसदमा रहेका राप्रपाका एक मात्रै सांसद राजेन्द्र लिङ्देनले प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचनको घोषणा स्वागतयोग्य कदम भएको प्रतिकृया दिएका छन् । सांसद लिङ्देनले महामारीका बेला निर्वाचन सम्पन्न गर्न कठिनाई भएपनि यो उपयुक्त कदम भएको प्रतिकृया दिएका हुन् । उनले आफ्नो दलले आधिकारीक धारणा बनाई नसकेको भएपनि संसद असफल भएकाले यो कदम सहि भएको जिकीर गरेका हुन् । उनले विधी प्

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • 554 पटक पढिएको
  • पत्रकार महासंघ भन्छ – संविधान मिच्ने प्रवृत्ति विरुद्ध एकजुट भएर संघर्ष गरौं

    बिर्तामोड / नेपाल पत्रकार महासंघले संविधान मिच्ने प्रवृतिका विरुद्ध एकजुट हुन सबैमा आग्रह गरेको छ । संविधानको संरक्षकबाटै पटक–पटक संविधान मिच्ने असंवैधानिक काम भएको भन्दै महासंघले संविधानको रक्षाका लागि एकतावद्ध हुन् अपिल गरेको हो ।प्रधानमन्त्री केपी ओलीको सिफारिसमा हिजो साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६,उपधारा ५ बमोजिम सरकार गठनको आव्हान गर्नुलाई महासंघले संविधान विपरितको कदम भनेको छ ।महासंघले धारा ७६ ९३० अनुसार नियुक्त प्रधानमन्त्रीले संविधानको अनिवार्य शर्तअनुसार प्रतिनिधिसभाबाट ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा त्यसो नगरी राष्ट्रपतिले सीधै ७६ ९५० को प्रक्रिया शुरु ग

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • 224 पटक पढिएको
  • प्रतिनिधिसभा मध्यराति फेरि विघटित : संकटकाल लगाउने तयारी

    बिर्तामोड / प्रधानमन्त्री केपी ओलीले मध्यरात प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए । शीतल निवासबाट सँविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनका निम्ति दुबै पक्षको दावी खारेज गरिएको बक्तव्य आएलगत्तै बालुवाटारमा बसेको क्याबिनेट बैठकले संसद विघटनको निर्णय गरेको थियो । संसद विघटन अघि बालुवाटारमा प्रधान सेनापती पुर्णचन्द्र थापा सहित सुरक्षा अंगका प्रमुख र केही सरकारी अधिकारीलाई बोलाईएको थियो । सो वैठक सकिए लगत्तै सरकारले “मध्यावधि चुनावको निम्ति प्रस्तावित नयाँ मिति कात्तिक २६ र मंसिर ३ गते ” तय गरेको थियो । प्रधानमन्त्रीले सिफारीस गरे लगत्तै रास्ट्रपतिले मध्यराती  पौने १२ बिज

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • 349 पटक पढिएको
  • राष्ट्रपतिको ओली मोह निर्वस्त्र भए सरह : नेता नैनसिंह महर

    बिर्तामोड / नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको दिवालियापनले संविधान ध्वस्त पार्ने निश्चित भएको बताएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सरकार बनाउने अधिकार संवैधानिक, कानूनी, नैतिक र राजनितिक कुनैपनि आधारमा नरहेको बताएका छन् । यस्तो अवस्थामा राष्ट्रपति भण्डारीले अब पनि  केपी ओली मोह देखाउनु निर्वस्त्र हुनु सरह भएको महरले बताए । उनले भने, : अब पनि केपी ओली मोह देखाउनु निर्वस्त्र हुनु सरह हो ।

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 1,595 पटक पढिएको
  • ओलीद्धारा माधव नेपालसहित २६ सांसदलाई निस्कासन

    बिर्तामोड / नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता  केपी शर्मा ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका एमालेका बरिष्ठ नेता माधव नेपालसहित २६ जना सांसदलाई साधारण सदस्य समेत  नरहने गरी कारबाही गरेका छन् ।उनीहरुले दलीय अनुशासन उल्लंघन गरेकाले कारबाही गरिएको ओली निकट स्रोतले जानकारी दिएको छ । संसदीय दलका नेता ओलीले माधव नेपाल सहित २६ जना सांसद कारबाहीमा परेको जानकारी राष्ट्रपति कार्यालय पनि पठाएको छ ।

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 590 पटक पढिएको
  • योगेश भट्टराई र जय कुमार राईद्वारा माधव नेपाल समूह छाडेको घोषणा

    बिर्तामोड / नेकपा एमालेका नेता योगेश भट्टराई र जयकुमार राईले माधव नेपाल समुहको साथ छाडेका छन् । सरकार फेरवदलको खेल चलिरहेका बेला माधव समुहका नेता भट्टराई र राईले आफुहरु देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा नरहेको जनाएका हुन् । नेता भट्टराईले आफुले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको समेत बताएका छन् । माधव नेपाल पक्षका २८ जनामध्ये २६ जनाकोमात्र हस्ताक्षर पेश भएकोमा भट्टराई र जयकुमार राईको छैन ।

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 5,171 पटक पढिएको
  • अपडेट: माधव नेपाल समुहका सांसदलाई कारवाही गर्ने व्यहोराको पत्र राष्ट्रपति कार्यालय पुग्यो

    काठमाडौं / नेकपा एमालेले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदलाई दलको साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने पत्र राष्ट्रपति कार्यालयलाई पठाएको छ ।देउवालाई समर्थन गरेर आफ्नो दलका सांसदहरुले दलीय अनुशासन उल्लंघन गरेकाले कारबाही गर्ने जानकारी राष्ट्रपति कार्यालयमा पठाएको हो । शुक्रबार संविधानको धारा ७६९५० अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेको माधव नेपाल समुहका सांसद सहित १४९ सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाएका थिए । जसमा नेकपा एमालेको माधवकुमार नेपाल पक्षका २६ सांसदले पनि हस्ताक्षर गरेका छन् ।देउवाले बुझाएको सुचिमा समावेश सांस

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 2,672 पटक पढिएको
  • अपडेट : देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिद्धारा अस्विकार

    काठमाडौं / शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दाबी गर्दै १४९ जना सांसदको पत्र राष्ट्रपति कार्यालयमा दर्ता भएको छ । एमाले नेता माधव कुमार नेपाल समेतका नेताहरुले राष्ट्रपतिलाई भेटेर बहुमत हस्ताक्षर सहितको दाबी प्रस्तुत गरेका थिए ।राष्ट्रपतिले संविधान र कानून हेरेर विज्ञसित सल्लाह गरेपछि निर्णय लिने बताएको शीतलनिवास पुगेका एक नेताले जानकारी गराएका छन् । ति नेताले प्रधानमन्त्री केपी शर्मा ओलीका हरेक निर्णय हतारमा गर्ने राष्ट्रपति भण्डारीले तत्काल निर्णय गर्न अस्विकार गरेर गैर संवैधानिक कदम चाल्न खोजेको हुन सक्ने बताएका छन् । ओलीको दाबी कमजोरप्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूसँग एमालेक

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 17,160 पटक पढिएको
  • प्रधानमन्त्री ओलीबाट १५३ सदस्यसहित दाबी

    काठमाडौँ / नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीमा आफ्नो पार्टी एमाले र जनता समाजवादीका गरी १५३ प्रतिनिधिसभा सदस्यको समर्थन रहेको आधारसहित राष्ट्रपतिसमक्ष दाबी गरेका छन् ।वर्तमान प्रधानमन्त्री ओलीले एमालेका १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित नेपालको संविधानको धारा ७६९५० वमोजिम प्रधानमन्त्री पदको लागि दाबी गरेको उनका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् । सो दाबीपत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महत्तो र एमालेका अध्यक्ष एवं दलका नेता ओलीले हस्ताक्षर गरेका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 185 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा