राजनीति

    Showing 7,991-8,000 of 9,657 items.
  • माओवादीको अध्यक्षमा प्रचण्ड निर्वाचित

    काठमाडौँ  / नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका छन् । माओवादी केन्द्रको सम्पन्न ८औं महाधिवेशनपछि सोमबार ललितपुरमा बसेको पहिलो केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई अध्यक्ष चुनेको हो ।नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथग्रहण पछि नेता नारायणकाजी श्रेष्ठले दाहाललाई फेरि अध्यक्षमा नाम प्रस्ताव गरेका थिए ।नारायणकाजी श्रेष्ठले गरेको प्रस्तावमा कृष्णबहादुर महराले समर्थन गरेका थिए । अरु कसैको उम्मेदवारी नपरेको भन्दै ज्येष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका दिनानाथ शर्माले प्रचण्ड निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

    • प्रकाशित मितिः पुस १९, २०७८
    • 102 पटक पढिएको
  • कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि टुंग्यायो ६ उम्मेदवार

    काठमाडौँ / नेपाली कांग्रेसले माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि ६ जना उम्मेदवार छानेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमवार बसेको बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि ६ जना उम्मेदवार छानेको हो । कांग्रेसले प्रदेश १ बाट गोपाल बस्नेत, बागमती प्रदेशबाट कृष्णप्रसाद पौडेल, गण्डकी प्रदेशबाट कमला पन्त, लुम्बिनीबाट युवराज शर्मा, कर्णाली प्रदेशबाट दुर्गाकुमारी गुरुङ र सुदूरपश्चिमबाट नारायणदत्त मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।बिहान बसेको गठबन्धन बैठकमा कांग्रेसले ६ सीट पाउने सहमति भएको थियो ।

    • प्रकाशित मितिः पुस १९, २०७८
    • 103 पटक पढिएको
  • छ महिना देखि मन्त्री विहीन बन्यो उद्योग मन्त्रालय, बालुवाटारबाटै हुन्छ सबै काम

    काठमाडौं  / उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय छ महिना देखि मन्त्री विहीन बनेको छ ।उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवा आफैले सम्हाले पनि उनी ६ महिना देखि मन्त्रालय नपुग्दा मन्त्रालय मन्त्री विहीन बनेको हो ।  २०७८ असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले गत असोज २५ गते गजेन्द्र बहादुर हमाललाई उद्योग मन्त्रीमा नियुक्त गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटामा मन्त्री बनाएको भन्दै चर्को आलोचना भएपछि हमालले नियुक्त भएको ४८ घन्टा नबित्दै पदबाट राजीनामा दिएका थिए ।  हमालको राजीनामा पश्चात देउवाले नै उक्त मन्त्रालय सम्हाल्दै

    • प्रकाशित मितिः पुस १९, २०७८
    • 123 पटक पढिएको
  • श्रीमान् एमाले र श्रीमती माओवादीको केन्द्रीय सदस्य !

    काठमाडौँ / नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्यमा कुमारी मोक्तान निर्वाचित भएकी छिन् । माओवादी केन्द्रको मकवानपुर इन्चार्ज समेत रहेकी मोक्तान आदिवासी जनजाति तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । मोक्तान बागमती प्रदेशकी सामाजिक विकास मन्त्रीसमेत हुन् । तर, उनका श्रीमान दावा तामाङ भने नेकपा एमालेका केन्द्रीय सदस्य हुन् । तामाङ पूर्वमन्त्री समेत हुन्। १० वर्षसम्म जनयुद्ध लडेका सिन्धुपाल्चोकका तामाङ सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलग गराइदिएपछि एमालेमा प्रवेश गरेका हुन्। पहिलो संविधानसभाको निर्वाचन जितेका तामाङ २०७४ सालमा प्रदेशसभा सदस्यमा पराजित भएका थिए।आइ

    • प्रकाशित मितिः पुस १९, २०७८
    • 197 पटक पढिएको
  • जेलबाटै नयाँ पार्टी दर्ता गर्दै रेशम चौधरी

    काठमाडौँ /  डिल्लीबजार कारागारमा रहेका सांसद रेशम चौधरीले नयाँ पार्टी गठन गर्ने भएका छन् । चौधरीले आज (सोमबार) श्रीमती रञ्जिता श्रेष्ठको नाममा नागरिक उन्मुक्ति पार्टी गठन गर्ने भएका हुन् । चौधरीको अध्यक्षतामा उक्त पार्टी गठन गर्न लागिएको भए पनि त्यो सम्भव नभएपछि आफ्नो नाममा गठन गर्न लागिएको रञ्जिताले बताइन् । उनले भनिन्, –‘उहाँको नाममा पार्टी दर्ता गर्ने योजना छ, उहाँको नाममा नभए मेरो अध्यक्षतामा पार्टी दर्ता हुन्छ ।’ नयाँ पार्टी दर्ता गर्न श्रेष्ठसहितको टोली आज भृकुटीमण्डपबाट झाँकीसहित निर्वाचन आयोग जाने एक नेताले बताए । चौधरी टीकापुर घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहि

    • प्रकाशित मितिः पुस १९, २०७८
    • 107 पटक पढिएको
  • रामकुमारी झाँक्री पिर्के सलामीले विवादमा तानिइन् , सामाजिक सञ्जालमा विरोध

    काठमाडौँ / सहरी विकासमन्त्री रामकुमारी झाँक्री यतिबेला विवादमा तानिएकी छिन् । केही दिन यता आफ्नो गृहजिल्ला गुल्मीमा रहेकी झाँक्री यतिबेला ‘पिर्के सलामी’ का कारण विवादमा तानिएकी हुन् ।आफू सत्ताबाहिर हुँदा अरुको सलामी प्रति कटाक्ष गर्ने झाँक्रीले आफू मन्त्री हुँदा सलामी खाएको भन्दै उनको सामाजिक सञ्जालमा तीव्र आलोचना भएको छ ।गुल्मीको मदाने गाउँपालिका–६, पुर्कोट दहस्थित इलाका प्रहरी कार्यालय परिसरमा सलामी लिएको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । नेकपा एकीकृत समाजवादी पार्टीकी सचिवसमेत रहेकी झाँक्री गुल्मीका विभिन्न स्थानमा पुगेर आफ्नो पकड बढाउने प्रयास गरिरहेकी छिन् ।यो क्षेत्र नेकपा एमालेका

    • प्रकाशित मितिः पुस १९, २०७८
    • 130 पटक पढिएको
  • माओवादीको केन्द्रीय कमिटीमा १२ दम्पती निर्वाचित

    काठमाडौँ / नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्यमा १२ दम्पती निर्वाचित भएका छन् । खुला र विभिन्न कलस्टरबाट १२ दम्पती केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । खुल्लाबाट हितमान शाक्य केन्द्रिय सदस्य बनेका छन् भने उनकी श्रीमती अमृता थापा जनजाति महिलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन् । त्यस्तै गणेशमान पुन खुल्लाबाट केन्द्रीय सदस्य बन्दा कमला रोका जनजाति महिलाबाट, पूर्वमन्त्री वर्षमान पुन खुलातर्फबाट र ओनसरी घर्ती जनजाति महिलाबाट, कुलप्रसाद केसी खुल्लाबाट र ताराकुमारी घर्ती जनजाति महिलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । कृष्णध्वज खड्का र रेखा शर्मा,  दु

    • प्रकाशित मितिः पुस १९, २०७८
    • 147 पटक पढिएको
  • माओवादीको केन्द्रीय कमिटीमा प्रदेश १ बाट ३२ जना निर्वाचित

    विराटनगर / नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीमा प्रदेश १ बाट ३२ जना निर्वाचित भएका छन् । माओवादीको आठौँ महाधिवेशनबाट केन्द्रीय कमिटीमा ३२ जना निर्वाचित भएका हुन् । जसमा २२ जना पुरानै नेता छन् भने १० जना नयाँ नेताहरू छन् । खुलातर्फबाट प्रदेशका इन्चार्ज रहेका सुरेन्द्रकुमार कार्की, सावित्रिकुमार काफ्ले (मोरङ), सुरेश राई (उदयपुर), पदम राई (भोजपुर), राजेन्द्र कार्की (संखुवासभा), सुदन किराँती (भोजपुर), किरण राई (सुनसरी), एकचन्द्र बराल (सुनसरी), हेमराज भण्डारी (धनकुटा), शिवकुमार बस्नेत (सोलुखुम्बु) र गोपी अछामी (मोरङ) केन्द्रीय सदस्य निर्वाचित भएका हुन्  त्यसैगरी खसआर्य क

    • प्रकाशित मितिः पुस १९, २०७८
    • 100 पटक पढिएको
  • कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

    काठमाडौँ / नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । नवनिर्वाचित केन्द्रीय समितिको दोस्रो बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पौडेलका अनुसार बैठकमा राष्ट्रिय सभा सदस्य चुनाव, देशको पछिल्लो राजनीतिक अवस्था लगायत समसामयिक विषयमा छलफल हुनेछ ।

    • प्रकाशित मितिः पुस १९, २०७८
    • 92 पटक पढिएको
  • उत्तराखण्डका गभर्नरले गरे अतिक्रमित नेपाली भूमी नाबी र गुन्जीको भ्रमण

    झापा / प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारी चलिरहँदा भारतीय राज्य उत्तरखण्डका गभर्नर गुर्मित सिंहले भारतद्वारा अतिक्रमित नेपाली भूमि नाबी र गुन्जीको  भ्रमण गरेका छन्। देउवा पुस २५ गते भारतको चार दिने भ्रमणमा जाने तयारीमा छन् । शनिबार साँझ सिंहले नाबी र गुन्जी लगायत सीमा क्षेत्रको भ्रमण गरेको तस्वीर ट्विटर मार्फत सार्वजनिक गरेका हुन् । सिंहले भारतीय सीमा सडक सङ्गठनले सीमा क्षेत्रमा गरिरहेको पूर्वाधार विकासको र भारतीय सुरक्षाकर्मीले सीमा सुरक्षामा खेलेको भूमिकाको उच्च प्रशंसा गरेका छन्। उनी गत सेप्टेम्बर १५ मा मात्रै उत्तराखण्डको गभर्नर नियुक्त भएका थिए । सिंहले ट्वि

    • प्रकाशित मितिः पुस १८, २०७८
    • 280 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.