राजनीति

    Showing 8,001-8,010 of 9,660 items.
  • माओवादीको केन्द्रीय कमिटीमा प्रदेश १ बाट ३२ जना निर्वाचित

    विराटनगर / नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीमा प्रदेश १ बाट ३२ जना निर्वाचित भएका छन् । माओवादीको आठौँ महाधिवेशनबाट केन्द्रीय कमिटीमा ३२ जना निर्वाचित भएका हुन् । जसमा २२ जना पुरानै नेता छन् भने १० जना नयाँ नेताहरू छन् । खुलातर्फबाट प्रदेशका इन्चार्ज रहेका सुरेन्द्रकुमार कार्की, सावित्रिकुमार काफ्ले (मोरङ), सुरेश राई (उदयपुर), पदम राई (भोजपुर), राजेन्द्र कार्की (संखुवासभा), सुदन किराँती (भोजपुर), किरण राई (सुनसरी), एकचन्द्र बराल (सुनसरी), हेमराज भण्डारी (धनकुटा), शिवकुमार बस्नेत (सोलुखुम्बु) र गोपी अछामी (मोरङ) केन्द्रीय सदस्य निर्वाचित भएका हुन्  त्यसैगरी खसआर्य क

    • प्रकाशित मितिः पुस १९, २०७८
    • 101 पटक पढिएको
  • कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

    काठमाडौँ / नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । नवनिर्वाचित केन्द्रीय समितिको दोस्रो बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पौडेलका अनुसार बैठकमा राष्ट्रिय सभा सदस्य चुनाव, देशको पछिल्लो राजनीतिक अवस्था लगायत समसामयिक विषयमा छलफल हुनेछ ।

    • प्रकाशित मितिः पुस १९, २०७८
    • 93 पटक पढिएको
  • उत्तराखण्डका गभर्नरले गरे अतिक्रमित नेपाली भूमी नाबी र गुन्जीको भ्रमण

    झापा / प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारी चलिरहँदा भारतीय राज्य उत्तरखण्डका गभर्नर गुर्मित सिंहले भारतद्वारा अतिक्रमित नेपाली भूमि नाबी र गुन्जीको  भ्रमण गरेका छन्। देउवा पुस २५ गते भारतको चार दिने भ्रमणमा जाने तयारीमा छन् । शनिबार साँझ सिंहले नाबी र गुन्जी लगायत सीमा क्षेत्रको भ्रमण गरेको तस्वीर ट्विटर मार्फत सार्वजनिक गरेका हुन् । सिंहले भारतीय सीमा सडक सङ्गठनले सीमा क्षेत्रमा गरिरहेको पूर्वाधार विकासको र भारतीय सुरक्षाकर्मीले सीमा सुरक्षामा खेलेको भूमिकाको उच्च प्रशंसा गरेका छन्। उनी गत सेप्टेम्बर १५ मा मात्रै उत्तराखण्डको गभर्नर नियुक्त भएका थिए । सिंहले ट्वि

    • प्रकाशित मितिः पुस १८, २०७८
    • 281 पटक पढिएको
  • माओवादीको आग्रहमा प्रतिनिधि सभा बैठक स्थगित

    काठमाडौँ / संघीय संसद् प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । नेकपा माओवादी केन्द्रको आग्रहमा प्रतिनिधि सभाको बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए । माओवादीले पार्टीको आठौं महाधिवेशन जारी रहेकोले प्रतिनिधि सभा बैठक स्थगित गर्न सभामुख सापकोटालाई आग्रह गरेको थियो।संघीय संसद् सचिवालयका अनुसार अब पुस २२ मा अर्को बैठक बस्नेछ। संसद् बैठकअघि बोलाइएको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ । 

    • प्रकाशित मितिः पुस १८, २०७८
    • 94 पटक पढिएको
  • साथीहरूका व्यक्तिगत आकांक्षाले पार्टीमा रूपान्तरण ल्याउन सकिएन: पौडेल

    दमौली  / नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण ल्याउन नसकिएको बताएका छन्। खैरेनीटारमा शनिबार उनले पार्टीमा रुपान्तरण ल्याउने अभियानमा लागे पनि अन्तिममा आएर उक्त प्रयास पूरा हुन नसकेको बताएका हुन्।‘पार्टीमा नयाँ रुपान्तरण ल्याउनुपर्छ भनेर धेरै प्रयास गर्‍यौँ तर केही साथीहरूका व्यक्तिगत आकाङ्क्षाका कारण पूरा हुन सकेन’, पौडेलले भने।पौडेलले १४ औँ महाधिवेशनले आफूले उठाएका रुपान्तरणको प्रश्नको उत्तर दिनुपर्नेमा जोड दिए। ‘सबै साथीहरू उठ्छौँ भनेपछि म प्रतिस्पर्धाबाट अलग रहे, उहाँहरूकै अनुरोधमा म प्रतिस्पर्धामा गइन। महाधिवेशनले मैले उठाएको प्रश्नको उत्तर आएको छैन,’ उनले भने।प

    • प्रकाशित मितिः पुस १८, २०७८
    • 83 पटक पढिएको
  • माओवादी महाधिवेशन : नयाँ नेतृत्व छान्न आज निर्वाचन हुँदै

    काठमाडौँ / नेकपा (माओवादी केन्द्र) को जारी आठौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढेको छ । माओवादीको बन्द सत्रमा सहमतिबाटै केन्द्रीय सदस्य चयनको विषयमा विवाद भएपछि निर्वाचनका लागि माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले संशोधित कार्यतालिका सार्वजनिक गरेको हो ।  निर्वाचन तालिका अनुसार आइतबार दिउँसो २ बजेदेखि साढे तीन बजेसम्म उम्मेदवारको मनोनयन हुनेछ । यस्तै, मनोनयन दर्ताको प्रारम्भिक सूची ३ः४० बजे प्रकाशित हुनेछ।निर्वाचन कार्यतालिका अनुसार अन्तिम नामावली प्रकाशन ४ः४५ बजे हुनेछ। यस्तै साँझ ६ः२५ बजे राति १०ः२५ बजेसम्म मतदान हुनेछ।माओवादी केन्द्रको कूल २९९ केन्द्रीय

    • प्रकाशित मितिः पुस १८, २०७८
    • 104 पटक पढिएको
  • एमाले अधिवेशन : कर्णालीका नौ जिल्लामा आज प्रतिनिधि छानिँदै

    सुर्खेत / कर्णाली प्रदेशका नौ जिल्लामा नेकपा (एमाले) को जिल्ला अधिवेशनका लागि आज शनिबार प्रतिनिधि छनोट गरिँदैछ ।२३ पुसमा हुने जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट गरिन लागिएको हो ।कर्णालीका सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, रुकुमपश्चिम, कालिकोट, जुम्ला, मुगु, डोल्पा र हुम्ला जिल्लामा आज प्रतिनिधि छनोट हुने एमाले कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाहले जानकारी दिए ।जुम्ला जिल्लामा भोलि मात्र जिल्ला प्रतिनिधि चयन गरिनेछ ।

    • प्रकाशित मितिः पुस १७, २०७८
    • 108 पटक पढिएको
  • ललिता निवास जग्गा प्रकरण : पाँच दिनमा १३० जनाविरूद्ध पक्राउ पुर्जी

    काठमाडौँ /  ललिता निवास जग्गा हिनामिना गरेको आरोपमा काठमाडौं जिल्ला अदालतले १३० जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ।गत आइतबार यता पहिलो पटक ७७ जना र त्यसपछि ४५ जना र आज आठ जनाविरूद्ध पक्राउ पुर्जी जारी गरिएको उक्त अदालतका स्रेस्तेदार ज्ञानेन्द्र इटेनीले जानकारी दिए।सरकारी जग्गा गर्ने प्रकरणमा उच्च पदस्थ कर्मचारी, भू(माफिया तथा व्यापारीसमेत जोडिएका थिए। सो प्रकरणका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अध्ययन गरेको छ। 

    • प्रकाशित मितिः पुस १७, २०७८
    • 105 पटक पढिएको
  • माओवादी केन्द्रको आज नेतृत्व चयन हुँदै

    काठमाडौँ / नेकपा (माओवादी केन्द्र)को जारी आठौं राष्ट्रिय महाधिवेशनबाट आज (शनिबार) विधान पारित हुँदैछ।विधान मस्यौदामा उठेका जिज्ञासाको जवाफ नेता देवप्रसाद गुरुङले दिएपछि मात्रै पारित गर्ने कार्यसूची रहेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।विधान पारित भएपछि मात्रै नेतृत्व चयनको विषयले प्राथमिकता पाउँछ। माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ।माओवादीले बहुपदीय अवधारणा अगाडि सारेको छ। सोही अवधारणाका आधारमा नेतृत्व चयन गर्ने तयारी गरेको छ। क्लस्टर अनुसार प्रदेशबाट केन्द्रीय सदस्यका लागि नाम माग गरेका छन्। ३५ प्रतिशत महिला र ४० प्रतिशत

    • प्रकाशित मितिः पुस १७, २०७८
    • 91 पटक पढिएको
  • राष्ट्रियसभा सदस्य निर्वाचन प्रक्रिया आजदेखि शुरु हुँदै

    काठमाडौं  /   राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्यका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरु हुँदैछ ।आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा रिक्त हुने १९ सदस्यका लागि निर्वाचन प्रक्रिया आजदेखि शुरु हुने निर्वाचन आयोगले जनाएको छ ।पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली, निर्वाचन चिह्न दिने कार्यक्रम र निर्वाचन आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहमा १४ सय ९३ जना र प्रदेश सभामा ५३२ जना गरेर जम्मा दुई हजार २५ मतदाता रहेको आयोगले जनाएको छ ।मतदानका लागि आठ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । यसैगरी निर्वाचनमा भाग द

    • प्रकाशित मितिः पुस १७, २०७८
    • 85 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.