राजनीति

    Showing 8,021-8,030 of 10,447 items.
  • माओवादी र कांग्रेसबीच झडप, वडा सभापतिसहित तीन घाइते

    सोलुखुम्बु / सोलुखुम्बुको नेलेमा सत्ता गठबन्धनका दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरू बीच झडप भएको छ ।सोमबार राति थुलुङ दूधकोशी गाउँपालिका –१ स्थित नेले बजारमा चुनावी प्रचारप्रसारको क्रममा दुई पक्षबीच झडप भएको हो ।झडपमा कांग्रेस वडा सभापति चुडाबहादुर बस्नेत, सचिव मिलन खत्री र दीपक सुनुवार घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।उनीहरूको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको र घाइतेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले जानकारी दिए ।नेले क्षेत्रमा घरदैलो कार्यक्रम गरेर फर्किएका कांग्र

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • 175 पटक पढिएको
  • माओवादीद्वारा प्रदेश १ का १४ बागी उम्मेदवार माथि कारबाही

    झापा / नेकपा (माओवादी केन्द्र) प्रदेश नम्बर १ कमिटीले प्रदेशका विभिन्न जिल्लामा बागी उम्मेदवारी दिने १४ जनालाई कारबाही गरेको छ।वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पार्टीको निर्देशन र नीति विपरित गएर बागी उम्मेदवारी दिएको भन्दै १ नम्बर प्रदेश कमिटीले उनीहरूलाई कारबाही गरेको हो । ती मध्ये केही तीन जनालाई कारबाहीका केन्द्रमा सिफारिस गरिएको छ भने बाँकीलाई प्रदेश समितिले नै निलम्बन गरेको छ। कारबाहीमा पर्नेहरुमा प्रदेश सदस्य भीमबहादुर अधिकारी, केपी बराल र यदु ढकाल छन् ।त्यस्तै साबित्रा थापा, होमबहादुर राई, कमलध्वज राई, तिलक राई, भीमबहादुर राई, दुर्गा बुर्जा मगर, रामप्रसाद बराल र सन्तोष

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • 109 पटक पढिएको
  • मोदी नेपाल आउँदै

    काठमाडौँ  / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार मोदी १६ मेमा बुद्ध जयन्तीको अवसर पारेर नेपाल आउने भएका हुन् । तर, यसबारे नेपालको परराष्ट्र मन्त्रालयले कुनै औपचारिक टिप्पणी गरेको छैन । नेपालले २ जेठमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी गरेको छ । प्रधानमन्त्री देउवाले एक महिनाअघि मात्र भारतको भ्रमण गरेका थिए । सन् २०१९ मा प्रधानमन्त्रीमा पुनः निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ । 

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • 108 पटक पढिएको
  • चुनावी सभालाई सम्बोधन गर्न ओली आज झापा आउँदै

    बिर्तामोड / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (मंगलबार) झापा आउँदैछन् । ओली आफ्नो गृह जिल्ला झापामा चुनावी सभालाई सम्बोधन गर्न आउने भएका हुन् । अध्यक्ष ओलीले आज झापाको भद्रपुर, बिर्तामोड, हल्दीबारी र धुलाबारीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने छन् । जिल्ला सचिव शिव ढुङ्गेलका अनुसार भद्रपुरको ज्ञानुचोकमा ११ बजे, हल्दीबारी १ गोलधापमा साढे १ बजे, मेचीनगरको पासाङल्हामु हलमा ३ बजे, र बिर्तामोडमा ४ः३० बजे सम्बोधन गर्ने छन् । स्थानीय तह निर्वाचन आउन भने १० दिन बाँकी छ । अध्यक्ष ओलीलाई झापामा निर्वाचन जिताउन पाँच दलीय गठबन्धन र राप्रपाका कारण चुनौती थपिँदै गएको छ। ओलीको

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • 176 पटक पढिएको
  • ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित

    काठमाडौं \ थानीय तह निर्वाचन, २०७९ मा हालसम्म ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । आयोगले सोमबार दिउँसोसम्म प्राप्त सूचनाका आधारमा ३५३ जना निर्वाचित भएको जनाएको हो । स्थानीय निर्वाचनको तयारीबारे जानकारी गराउन आयोजना गरिएको नियमित पत्रकार भेटघाट कार्यक्रममा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले हालसम्म ३५३ उम्मेदवार निर्विरोध निर्वाचित भएका र यो सङ्ख्या अझै बढ्ने बताए ।स्थानीय निर्वाचन २०७४ मा भने ४१२ उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए । सहायक प्रवक्ता अर्यालले निर्विरोध निर्वाचित भएको घोषणा गरिए पनि प्रमाणपत्र भने मतगणनापछि निर्वाचित उम्मेदवारसँगै हस्तान्तरण गरिने प्र

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • 126 पटक पढिएको
  • आयोगले सोध्यो स्थापितलाई २४ घण्टे स्पष्टीकरण

    बिर्तामोड / आसन्न स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका केशव स्थापितलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।आचारसंहिता उलङ्घन गरेको उजुरी आएको भन्दै आज (सोमबार) निर्वाचन आयोगले स्थापितलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार तपाईंले दिएका अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत भए कि भएनन् भनेर आयोगले स्थापितलाई २४ घण्टाभित्र कारण पेस गर्नु भनेर स्पष्टीकरण सोधिएको हो ।त्यस्तै आयोगले ओरेक र नेशनल कलेजलाई पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । उनीहरूलाई तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको प्रवक्ता पौडेलले बता

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 167 पटक पढिएको
  • सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा हजारको नोट एक भोट

    सिन्धुपाल्चोक / सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा एक उम्मेदवारले मतदातालाई खुट्टामा पैसा चढाइरहेको तस्बिर सार्वजनिक भएको छ । मेलम्ची नगरपालिका वडा नं १० का वडा अध्यक्षका अमृत खनालले यसरी मतदाताको खुट्टामा हजारका नोट राख्दै ढोगेर भोट मागिरहेको खुलेको हो ।चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका खनाल नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार हुन् ।  सोही क्रममा प्रत्येक घरमा गएर उनले उसो गर्ने गरेको स्थानीयले बताएका छन् । 

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 191 पटक पढिएको
  • आचारसंहिता विपरितका सामाग्री सामाजिक सञ्जालमा पोस्ट गरे कारबाही गर्ने आयोगको चेतावनी

    काठमाडौं / आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा झुटो सूचना तथा आचारसंहिता विपरितका सामाग्री सामाजिक सञ्जालमा पोस्ट गरे कारबाही गर्ने निर्वाचन आयोगले चेतावनी दिएको छ । आइतबार नियमित पत्रका सम्मेलन गर्दै आयोगले आचारसंहिता विपरित सामाग्री सामाजिक सञ्जालमा पोस्ट गरेमा निर्वाचन आयोग ऐन २०७३ को दफा २३ निर्वाचन कसुर तथा सजाय ऐन २०७३ तथा प्रचलित कानुन अनुसार कारबाही  हुने जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 116 पटक पढिएको
  • कांग्रेस र एमालेका कार्यकर्ताबीच कुटाकुट , दोष एक अर्कालाई

    झापा / पाल्पामा आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि चुनाव प्रचारको क्रममा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ ।    दुई दलका कार्यकर्ताबीच झडप भए पछि एमालेको जिल्ला अध्यक्ष विष्णुप्रसाद रेग्मीले विज्ञप्ति नै निकालेर कांग्रेसको झण्डा सहितका सय भन्दा बढीको सङ्ख्यामा आएको समुहले र चुनाव प्रचार गरिएका माथि कुटपिट गरेको बताएका छन् ।कालीगण्डकी करिडोर सडकमा दिउँसो ३ः३० बजेतिर कांग्रेसका कार्यकर्ताले कुटपिट गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।त्यसैगरी, कांग्रेसका रामपुर नगरपालिका सभापति नेत्रप्रसाद भट्टराईले पनि विज्ञप्ति जारी गर्दै बिहान आठ बजे एमा

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 112 पटक पढिएको
  • आयोगले तोक्यो उम्मेदवारका लागि खर्च गर्ने मापदण्ड

    बिर्तामोड / निर्वाचन आयोगले उम्मेदवारका लागि मतदाता नामावली रसिद, सवारी साधन, इन्धन, प्रचारप्रसार सामग्री, कार्यकर्ता सञ्चालन र विविध शीर्षकमा खर्च गर्न मापदण्ड तोकेको छ । स्थानीय तह निर्वाचनमा महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले ७ लाख ५० हजार भन्दा बढी खर्च गर्न नपाउने आयोगले जनाएको छ । त्यस्तै वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसङ्ख्या सदस्यले बढीमा ३ लाख खर्च गर्न पाउने समेत आयोगले गरेको छ । उपमहानगरपालिका मेयर र उपमेयरका उम्मेदवारले बढीमा ५ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने   भएका छन् । वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसङ्

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 107 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.