काठमाडौं— प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार साँझ ५ बजे बस्ने बैठकमा विभिन्न संवैधानिक निकायका रिक्त पदमा नियुक्तिका लागि सिफारिस गर्ने विषयमा छलफल हुने भएको छ।परिषद्ले निर्वाचन आयोग, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय समावेशी आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, थारू आयोग, मधेशी आयोग तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा रिक्त रहेका पदहरूमा नियुक्ति प्रक्रिया अघि बढाउने तयारी गरेको छ।लामो समयदेखि रिक्त रहेका संवैधानिक निकायका पदपूर्तिलाई लिएर चासो बढिरहेका बेला बस्न लागेको परिषद् बैठकलाई म
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले सय दिन पूरा गर्ने क्रममा परराष्ट्र नीतिमा केही नयाँ अभ्यास सुरु गरेको दाबी गरेको छ। सरकारले राष्ट्रिय हितलाई केन्द्रमा राख्दै कूटनीतिक पहुँच विस्तार, संस्थागत प्रणाली सुदृढीकरण र आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेको जनाएको छ।सरकारले परराष्ट्र मन्त्रालयको समन्वयबिना मन्त्री वा उच्च सरकारी अधिकारीले विदेशी राजदूत तथा कूटनीतिक प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गर्न नपाउने व्यवस्था लागू गर्दै कूटनीतिक आचारसंहिताको कडाइका साथ पालना गराएको बताएको छ। यससँगै विगतमा प्रचलित अनौपचारिक भेटघाटको अभ्यास अन्त्
दुबई— इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको शनिबारदेखि सुरु हुने अन्त्येष्टि कार्यक्रमको तयारी तीव्र भइरहेका बेला लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका इरानको अर्धसैनिक क्रान्तिकारी गार्डका प्रमुख जनरल अहमद वाहिदी सार्वजनिक भएका छन्।इरानी राज्य सञ्चारमाध्यमले सार्वजनिक गरेको तस्बिर र भिडियोमा वाहिदी अन्त्येष्टिसम्बन्धी बैठक तथा तेहरानमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा सहभागी भएको देखिएका छन्। युद्ध सुरु हुनुअघि फेब्रुअरी ८ यता उनी सार्वजनिक रूपमा नदेखिएकाले उनको उपस्थितिलाई विशेष अर्थका साथ हेरिएको छ।विश्लेषकहरूका अनुसार अमेरिकासँग हुन सक्ने सम्भावित वार्तामा इरानको रणनीति तय गर्न वाहिदी
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने अभियानअन्तर्गत निर्माण गरिएको आरएसपीइआरएस नामक डिजिटल प्लेटफर्मबारे प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण गर्ने भएको छ ।रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा आज बिहान १०ः३० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सांसदहरूलाई आरएसपीइआरएस प्रणालीको प्रयोग तथा साइबर सुरक्षासम्बन्धी सचेतनाबारे जानकारी दिइने जनाइएको छ ।रास्वपाले बैठकपछि प्रत्येक सांसदले आफ्ना गतिविधि अनिवार्य रूपमा उक्त प्रणाल
काठमाडौं / नेपाली कांग्रेस संस्थापन इतर समूहको बैठक आज बस्दै छ । शुक्रबार नेता पूर्णबहादुर खड्काले आफ्नो निवास गोल्फुटारमा आफू निकट नेताहरूको बैठक दिउँसो २ बजे बस्नेगरी बोलाएका हुन् । काठमाडौंमा राष्ट्रिय भेलाको निर्णय गर्ने बोलाइएको बैठकमा १४ओँ महाधिवेशनबाट निर्वाचित इतर समूहका पदाधिकारीसहित शीर्ष नेता सहभागी हुनेछन् ।
काठमाडौं— राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । बैठक शुक्रबार अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।आजको बैठकमा राष्ट्रिय सभाका सचिव तुल बहादुर कंडेलले ‘आर्थिक विधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरु सभा समक्ष टेबुल गर्ने कार्यसूची रहेको छ । विनियोजन विधेयक, २०८३ का विभिन्न शीर्षकहरूमध्ये निम्न लिखित मन्त्रालयको विनियोजन शीर्षकहरुमाथि समूहीकृत रुपमा छलफल हुने ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, ग। पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्
काठमाडौँ। करिब सय दिनअघिको तुलनामा सार्वजनिक स्वास्थ्य संस्थाहरूको बाहिरी रूपमात्र नभएर सेवाको गुणस्तरसमेत फेरिएको छ । विगतमा सधैँ जनताको गुनासोमात्र बन्ने गरेको सरकारी अस्पतालको सरसफाइदेखि बिरामीलाई दिइने सबै स्वास्थ्य सेवा निकै व्यवस्थित हुँदै गएको छ ।बिरामी, स्वास्थ्य र उपचारको समग्र डिजिटल अभिलेख सुरक्षित तवरले बस्न थालेको छ भने बिरामीलाई सकेसम्म छिटो उपचारमात्र नभएर बिरामीलाई सुपथ मूल्यमै र सहज रूपमा औषधि उपलब्ध गराउने सरकारको लक्ष्यले साकार रूप पनि लिँदैछ ।प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारका एक सय कार्यसूचीको बुँदा नं ८५ मा रहेका स्वास्थ्
काठमाडौं / गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । यसैगरी सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगानालाई नियुक्त गरेको छ । साथै सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीहरूलाई सरुवा गरेको छ । सरकारका प्रवक्ता पोखरेलले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धर्मराज खड्का धनकुटालाई नियुक्त गर्ने निर्णय पनि गरिएको जानकारी दिए ।यस्तै, सरकारले कमैया श्रम निषेध गर्नेसम्बन्धी पहिलो संशोध
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुन र संयन्त्रलाई राजनीतिक उद्देश्य पूरा गर्ने माध्यमका रूपमा प्रयोग गर्न नहुने बताएका छन् । यसको दुरुपयोग भए नेपाल ग्रे लिस्टबाट बाहिरिन कठिन हुने उनको भनाइ छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री वाग्लेले नेपालले सम्पत्ति शुद्धीकरण नियन्त्रणका क्षेत्रमा गरेका गतिविधिमाथि अन्तर्राष्ट्रिय स्तरबाट कडा निगरानी भइरहेको उल्लेख गरे । उनले भने, ‘सम्पत्ति शुद्धीकरण जस्तो विषयलाई राजनीतिक अभीष्ट पूरा गर्नका लागि दुरुपयोग गरियो भने ग्रे लिस्टबाट बाहिरिन सक्दैनौं । त्यसैले यसलाई राजनीतिक हतियारका रूपमा अगाडि लैजान हुँदैन
काठमाडौं / प्रतिनिधिसभाले सम्पत्ति शुद्धिकरण मनि लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक, २०८३ बहुमतले पारित गरेको छ।बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले विधेयक पारित भएको हो। विधेयक पारित हुनुअघि भएको छलफलमा भाग लिँदै केही प्रतिपक्षी सांसदहरूले विधेयकलाई थप अध्ययन र विस्तृत छलफलका लागि संसदीय समितिमा पठाउनुपर्ने धारणा राखेका थिए।यद्यपि, उनीहरूको सुझावका बाबजुद प्रतिनिधिसभाले बहुमतका आधारमा विधेयक पारित गरेको हो।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.