राजनीति

    Showing 8,281-8,290 of 10,447 items.
  • प्रधानमन्त्री देउवाले गरे तनहुँ जलविद्युत आयोजनाको निरीक्षण

    तनहुँ / तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रधानमन्त्री शेरबहादुर देउवाले  आज (बिहिवार) स्थलगत निरीक्षण गरेका छन् ।  देउवासँगै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आयोजनाको निरीक्षण गरेका हुन् । तनहुँ जलविद्युत आयोजना को वस्तुस्थितिका बारेमा देउवालाई प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिएका थिए । 

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 120 पटक पढिएको
  • नागरिक उड्डयन मन्त्री आले आज भारत जाँदै

    काठमाडौँ / नागरिक उड्डयन  तथा संस्कृति, पर्यटन मन्त्री प्रेमबहादुर आले आज छिमेकी राष्ट्र भारत भ्रमणका लागी जाने भएका छन् ।भारतको हैदरावादमा भारतीय सरकार तथा वीङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको कार्यक्रममा उनी सहभागी हुन जान लागेका हुन् । शुक्रबार हुने कार्यक्रमको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने तय भएको बताइएको छ ।कार्यक्रममा मन्त्री आलेले नेपालको पर्यटन प्रवर्द्धन र विकासका क्षेत्रमा तथा बढीभन्दा बढी नेपालमा पर्यटक भित्र्याउन र भारतसँग सिमाना जोडिएका  विभिन्न विमानस्थलमा हवाई रुट खोल्नेल गायत आवश्यक सहयोगका विषयमा बोल्ने नेपाल नाग

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 181 पटक पढिएको
  • शेखर कोइराला पक्षधरको बैठक कमलपोखरीमा

    काठमाडौं  / नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षधरको बैठक कमलपोखरीमा बसिरहेको छ।बैठकमा शुक्रबार बस्ने केन्द्री समितिको बैठमा आफ्नो पक्षले उठाउने विषय बारे छलफल भइहेको सहभागी एक नेताले बताएका छन् । उनका अनुसार भातृ संस्थाको नेतृत्व चयन, चुनावी तालमेल लगायतका विषयमा पनि छलफल भइरहेको छ । बैठकमा डेढ दर्जन बढी नेताहरुको सहभागीता रहेको छ । 

    • प्रकाशित मितिः चैत ९, २०७८
    • 104 पटक पढिएको
  • मौनता तोड्दै एमाले पनि एमसीसीको पक्षमा

    काठमाण्डौ / एमसीसी सम्झौताका विषयमा दोधारे चरित्र देखाउँदै मौनता साध्दै आएको नेकपा एमालेले पनि अन्तत एमसीसीलाई स्वीकार गरेको छ । बुधबार बसेको एमाले केन्द्रीय समितिको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा नै एमसीसीको विषय उल्लेख गरेर एमालेले सो विषयमा साध्दै आएको आफ्नो दलको मौनता तोडेको हो । आफ्नो दल सरकारमा रहेको समयमा एमसीसी पारित गर्न भएजति सबै कोसिस गरेको एमालेले सत्ताच्युत भएपछि सो विषयमा मौनता साध्दै आएको थियो । ओलीले बैठकमा पेश गरेको प्रतिवेदनमा सरकारले गरेको सम्झौता अनि त्यो सम्झौता कार्यान्वयन गर्न भएको अनुमोदनलाई एमालेले स्वीकार गर्ने

    • प्रकाशित मितिः चैत ९, २०७८
    • 107 पटक पढिएको
  • सत्तारुढ दल गठबन्धन जोगाउदै चुनावी तालमेलमा

    बिर्तामोड / बामपन्थी दलको गठबन्धन बन्ने सम्भावना बढ्न थालेपछि चुनाव हार्न सक्ने भयले सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने भएको छ । माओवादी, एकीकृत समाजवादी , जसपा लगायतका दलले स्थानीय तह चुनावमा गठबन्धनका लागि खुला रहने निर्णय गरेसँगै चुनावी तालमेलका लागि तयार नभएको कांग्रेसले गठबन्धन जोगाएर जाने योजना बनाएको हो ।कांग्रेसले गठबन्धनमा रहेको माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई एमालेलगायत अन्य दलसँग तालमेल गर्न नपाउने रणनीति बनाएको छ । गठबन्धन बाहेकका दलसँग तालमेल गर्न नपाउने सर्त राख्दै पार्टीको केन्द्रीय समिति बैठकले

    • प्रकाशित मितिः चैत ९, २०७८
    • 110 पटक पढिएको
  • जनप्रतिनिधिले मनोनयन अघि राजीनामा दिनुपर्ने प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    काठमाडौँ / सर्वोच्च अदालतले स्थानीय तह निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने निर्वाचन आचारसंहिताको प्रावधान तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । आयोगले चैत्र ३ गते राजपत्रमा प्रकाशित गरेको आचारसंहिताको उक्त प्रावधानविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।सो रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले निर्वाचन आचारसंहिताको सो व्यवस्था तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।सर्वोच्चले अन्तरिम आदेशका लागि भने रिट निवेदक र विपक्षी दुबै

    • प्रकाशित मितिः चैत ८, २०७८
    • 108 पटक पढिएको
  • मेयरको लागि उम्मेदवारी दिन एसएसपी शाहले दिए राजिनामा

    धनुषा / बैशाख ३० गते तय भएको स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार बन्न नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साहले पदबाट राजीनामा दिएका छन् । साहले नेपाली कांग्रेसको तर्फबाट धनुषाको विदेह नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिन एसएसपीको पदबाट राजिनामा दिएका हुन् । साहले दिएको राजीनामा गत फागुन १० गते स्वीकृत भएको छ । राजीनामा दिएर गृह जिल्ला धनुषा पुगेका शाह संघीय प्रहरी कार्यालय घरानमा कार्यरत थिए । २०७७ पुसमा एसएसपीमा बढुवा भएका साहले २०४९ चैत्रबाट प्रहरी निरीक्षक (इनिस्पेक्टर)बाट सेवा थालेका हुन् । उनका इन्सपेक्टरका ब्याची नेपाल प्रहरीको भावी आईजीपीको लाइनमा छन् ।

    • प्रकाशित मितिः चैत ८, २०७८
    • 194 पटक पढिएको
  • कृष्णबहादुर महराका स्वकीय सचिवद्वारा पार्टी परित्याग

    काठमाडौँ / नेकपा (माओवादी केन्द्र) का प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले पार्टी परित्यागको घोषणा गरेका छन् । माओवादी केन्द्र घोराही उपमहानगरपालिकाको कमिटी अध्यक्ष समेत रहेका शर्माले मंगलबार बिहान समाजिक सञ्जाल फेसबुक मार्फत पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले फेसबुक मार्फत माओवादी केन्द्रको साधारण सदस्यता समेत नरहने गरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन् । शर्माले आगामी दिनमा एक स्वतन्त्र नागरिकको रूपमा देश र जनताको लागि सामाजिक भूमिका निर्वाह गर्ने गरी अगाडि बढ्ने समेत प्रतिबद्धता जनाएका छन् ।

    • प्रकाशित मितिः चैत ८, २०७८
    • 112 पटक पढिएको
  • अभिनेतृ करिश्मा एमाले प्रवेश गर्दै

    बिर्तामोड / अभिनेत्री करिश्मा मानन्धर आज नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन् । संघीय राजधानी काठमाण्डौमा आज आयोजना हुने पार्टी प्रवेश कार्यक्रममा उनी एमाले प्रवेश गर्ने एमालेले जनाएको छ ।अभिनेतृ मानन्धरसँगै आज हुने पार्टी प्रवेश कार्यक्रममा समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वमा रहेको सिंगो पार्टी नै एमालेमा समाहित हुने समेत एमालेले जानकारी गराएको छ ।पार्टी केन्द्रीय कार्यलयमा एक कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दिउँसो १ बजे उनीहरूलाई पार्टी प्रवेश गराउनेछन् ।यसअघि अभिनेत्री मानन्धर डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा सक्रिय थिइन

    • प्रकाशित मितिः चैत ८, २०७८
    • 108 पटक पढिएको
  • धनकुटामा समस्यामा एमाले : निर्वाचनमा सत्तारुढ दलले साझा उमेदवार बनाउने

    धनकुटा / आसन्न स्थानीय निकायको निर्वाचनको चुनावी माहोल सुरु भएसँगै दलहरूले निर्वाचन जित्न तयारी थालेका छन् । सत्तारुढ दलबीच चुनावी तालमेलका विषयमा छलफल भएपनि ठोस निर्णय हुन नसकिरहेका बेला प्रदेश १ को धनकुटामा भने सत्तारुढ दलले साझा उमेदवार तय गरी निर्वाचनमा लड्ने औपचारिक निर्णय नै गरेका छन् ।पार्टीको केन्द्रिय तहबाट समेत निर्णय हुन नसकिरहेका बेला सत्तारुढ दल धनकुटामा भने साझा उमेदवार तय गर्न एकजुट बनेका छन् । गठबन्धनमा रहेका अनि धनकुटामा बलियो संगठन भएका नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी र संघीय समाजवादी धनकुटाका स्थानीय तहमा साझा उमेदवार बनाएर निर्

    • प्रकाशित मितिः चैत ७, २०७८
    • 119 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.