राजनीति

    Showing 8,381-8,390 of 9,670 items.
  • संसद् बाहिर बनेका कानुनबारे सदन बेखबर

    काठमाडौं  / मुलुकको कानुन बनाउने प्रमुख जिम्मेवारी संसद्को भएता पनि नेपालमा भने ८० प्रतिशतभन्दा बढी कानुन अझै पनि कार्यपालिका मातहतका निकायले बनाउने गरेको पाइएको छ । कुन प्रयोजनका लागि ती कानुन कहाँ बनाइएको, कहाँ दर्ता हुन्छ, त्यसको ठिक सदुपयोग भए/नभएको  भन्ने पनि यकिन लेखाजोखा नै पाइन्न । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले कानुन निर्माण गर्ने मुख्य जिम्मेवारी रहेको संसद्ले २० प्रतिशत मात्र कानुन बनाउँदै आएको बताए ।उनले भने, “देशमा अहिले करिब ३५० ऐन र ३०० जति नियमावली अभ्यासमा छन् तर हजारौँका सङ्ख्यामा रहेका निर्देशिका, मापदण्ड जस्त

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • 96 पटक पढिएको
  • बारको आन्दोलनमा हस्तक्षेप नगर्न प्रधानमन्त्री देउवाको निर्देशन

    काठमाडौँ /  प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन व्यवसायीहरूको आन्दोलनमा हस्तक्षेप नगर्न प्रहरीलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई कानुन व्यवसायीको आन्दोलनमा हस्तक्षेप र बल प्रयोग नगर्न निर्देशन दिएको बारका महासचिव लिलामणि पौडेलले जानकारी दिए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनका कानुन व्यवसायीहरूले केही दिन देखि लगातार आन्दोलन गर्दे आएका छन् । शान्तिपूर्ण आन्दोलन गर्न र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग नहुने सरकारबाट प्रतिबद्धता आएको उपमहासचिव पौडलले बताए । आन्दोलनलाई सम्बो

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • 120 पटक पढिएको
  • एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दै

    काठमाडौं  / नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्न लागेको हो । समाजवादीले यो बैठकमा कात्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्तावहरू अनुमोदन गर्ने पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।बैठकमा नेकपा (एमाले) सहितका विभिन्न पार्टी परित्याग गरी समाजवादी पार्टी प्रवेश गरेका एवं प्रवेश गर्ने तयारीमा रहेका नेताहरूको जिम्मेवारी र भूमिकाबारे निश्चित मापदण्ड निर्धारण गरी केन्द्रीय कमिटीमा पेश गर्ने योजना छ ।

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • 107 पटक पढिएको
  • सर्वोच्चमा कानुन व्यवसायीहरूको लडाइ

    काडामाडौँ / सर्वोच्च अदालत अगाडि कानुन व्यवसायीबीच झडप भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग गर्दै नेपाल बार एशोसियसनका कानुन व्यवसायिहरूले केही दिन देखि लगातार विरोध प्रदर्शन गर्दै आएका छन् । सोही विरोधका क्रममा आज आन्दोलनरत पक्ष र विपक्षबीच धकेला धकेल भए पछि झडप भएको हो । झडपका क्रममा केहीलाई भने प्रहरीले पक्राउ गरेको छ । बारले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतको गेटमै रोक्ने रणनीति लिएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । सर्वोच्च अदालत क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । सर्वोच्च अदालत सुरक्षा गणका एसपी दीप

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • 102 पटक पढिएको
  • दश बुँदे कार्यान्वयनमा समस्या छैनः महासचिव पोखरेल

    काठमाडौँ  / नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीमा १० बुँदे कार्यान्वयनको विषयमा कुनै समस्या नरहेको बताएका छन् । आज पत्रकारहरूसँग कुरा गर्दै उनले १० बुँदे समझदारी आधारभूत रुपमा कार्यान्वयनमा आइसकेको बताए । “१० बुँदे समझदारी आधारभूत रुपमा कार्यान्वयनमा आइसकेको छ”, उनले भने, “कहिँकतै समस्या भए त्यसलाई पार्टीले समाधान गर्छ ।” महाधिवेशनमा आफ्नो उम्मेदवारीको विषयमा टुङ्गो लागि नसकेको महासचिव पोखरेलले बताए । वरिष्ठ उपाध्यक्षमा तपाइएको उम्मेदवारी हो भन्ने पत्रकारको जिज्ञासामा उनले भने, “सल्लाह हुन बाँकी नै छ ।” नेकपा एमालेको १०औँ महाधिवेशनको तयारीको अवस्था बुझ्न पोखरेलसँगै मह

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • 91 पटक पढिएको
  • नव नियुक्त प्रदेश प्रमुखले लिए सपथ

    काठमाडौँ / प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखहरूले आज (बिहीबार) पद तथा गोपनियताको सपथ लिएका छन् ।प्रदेश –१ का पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक २३ गते प्रदेश –१ को प्रदेश प्रमुखमा खापुङ, कर्णाली प्रदेशको प्रदेश प्रमुखमा परियार र सुदूरपश्‍चिम प्रदेशको प्रदेश प्रमुखमा जोशीलाई नियुक्त गरेकी थिइन् ।

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • 96 पटक पढिएको
  • शुक्रबार बेन्च बहिष्कार गर्ने नेपाल बारको घोषणा

    काठमाडौँ / नेपाल बार एसोसिएसनले भोलि शुक्रबार सबै बेन्च बहिष्कार गर्ने घोषणा गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको बारले शुक्रबार सबै बेन्च बहिष्कार गर्ने घोषणा गरेको हो ।कार्यपालिकासँग मिलेर राजनीतिक भागबन्डा खोजेकोलगायतका आरोप लगाएर सर्वोच्च अदालतकै १९ जना न्यायाधीश र बार आन्दोलनमा छ । सोही क्रममा बिहीबार सर्वोच्च अदालतमा धर्ना दिएका कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी भएको छ । घम्साघम्सीका क्रममा बार महासचिवसहित ६ जना कानुन व्यवसायी घाइते भएका छन् । घाइते हुनेमा नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेल, उपाध्यक्ष रक्षा बस्याल, पूर्

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • 113 पटक पढिएको
  • इन्धनको मूल्यवृद्धि तत्काल फिर्ता गर्न आग्रह

    काठमाडौं  / नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलले बिहीबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि  फिर्ता गर्न नेपाल सरकार, नेपाल आयल निगम र सम्बन्धित निकायसँग माग गरिएको हो।नेपाल आयल निगमले बुधबार मध्यरातदेखि लागू हुनेगरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमै ३ रुपैयाँ बढाउने निर्णय गरेको थियो । यस्तै खाना पकाउने ग्यासको मूल्य पनि एक सिलिन्डरमा ७५ रुपैयाँ बढाउने निर्णय गरेको थियो । निगमले मूल्

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • 106 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.