राजनीति

    Showing 8,391-8,400 of 10,447 items.
  • एकीकृत समाजवादीको पोलिट्ब्यूरो बैठक जारी

    काठमाडौं / नेकपा एकीकृत समाजवादीको पोलिट्ब्यूरो बैठक बानेश्वरमा जारी छ ।बैठकले २५–२६ फागुनमा बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नेछ । आगामी चुनावको तयारी र पार्टीको आन्तरिक गतिविधिबारे निर्णय लिन केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • 101 पटक पढिएको
  • माओवादीको केन्द्रीय समिति बैठक आज बस्दै

    काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज बस्दै छ । यसअघि दुईपटक सारिएको बैठक  आज बस्न लागेको हो ।बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिएका छन् । यसअघि, आइतबार बिहान ११ बजेका लागि तय गरिएको बैठक आइतबारै दिउँसो २ बजेका लागि सारिएको थियो । तर, नबसी आजका लागि सारिएको हो ।शुक्रबारदेखि सुरु भएको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताका बारेमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नाराणकाजी श्रेष्ठले धारणा राखेका थिए । बैठकका लागि विभिन्न ६ वटा एजेन्डा तय गरिएको छ ।नेताहरुले आजको बैठकमा पदाधिका

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • 92 पटक पढिएको
  • प्रधानन्यायाधीश राणा विरुद्ध महाअभियोग सिफारिस समिति गठन

    काठमाडौँ / प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधका बीच आइतबार बसेको प्रतिनिधिसभा बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध एघार सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रस्ताव गरेको प्रधानन्यायाधीश जनताविरुद्धको महाअभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमतले पारित गरेको हो । उक्त समितिमा सांसदहरू एकवाल मियाँ, कल्याणी कुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मिनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाम्फे रहेका छन् ।नेपालको संविधानको

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • 113 पटक पढिएको
  • प्रतिनिधिसभाको बैठक फागुन २९ सम्मका लागि स्थगित

    काठमाडौं / संसद् बैठक फागुन २९ गतेसम्म स्थगित भएको छ ।आइतबारको बैठकबाट ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन भएसँगै बैठक एक साताका लागि स्थगित गरिएको हो ।सभामुख अग्नि प्रसाद सापकोटाले आजको बैठकबाट ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन भएको घोषणा गरेसँगै अर्को बैठक २०७८ फागुन २९ गते आइतबार दिनको १ बजेका लागि तय गरिएको जानकारी दिए । 

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • 89 पटक पढिएको
  • माओवादीको केन्द्रीय कमिटी बैठक भोलिका लागि सर्‍यो

    काठमाडौँ / नेकपा माओवादी केन्द्रको आज बस्न लागेको केन्द्रीय कमिटी बैठक भोलिका लागि सारिएको छ । यसअघि बैठक बिहान ११ बजेका लागि तय भएको थियो भने बैठकलाई फेरि २ बजेका लागि सारिएको थियो ।छलफल अलिक नपुगेको र संसद् बैठक पनि आजै परेको भन्दै आजको बैठक स्थगित गरिएको माओवादी केन्द्रका नेता गणेश शाहले जानकारी दिएका छन् ।शुक्रबार राष्ट्रिय सभागृहबाट सुरु भएको बैठक बत्तिसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा बस्ने तयारी गरिएको थियो । भोलि बस्न लागिएको उक्त बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी बारे उठेका प्रश्नको जवाफ दिएलगत्तै  बैठकका नियमित कार्यसूचीमा छलफल हुने भएको छ । माओवादी केन्द

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • 75 पटक पढिएको
  • राप्रपा नेता गणेश शेरचनको ७८ वर्षको उमेरमा निधन

    काठमाडौँ / राप्रपाका नेता गणेश शेरचनको ७८ वर्षको उमेरमा निधन भएको छ । मधुमेह र मिर्गौलाको समस्याबाट पीडित शेरचनको आइतबार बिहान ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।शेरचन राप्रपाको संस्थापक नेता एवम् तत्कालीन राप्रपा नेपालको महामन्त्री हुन् । राजाको प्रत्यक्ष शासनकालमा उनी क्षेत्रीय प्रशासकसमेत थिए ।राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले शेरचनको निधनबाट आफू दुःखी र स्तब्ध भएको बताएका छन् । यसैगरी राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले शोक वक्तव्य जारी गर्दै शेरचन इमानदार देशभक्त, राष्ट्रवादी व्यक्तित्व रहेको भन्दै उनको निधनबाट पार्टी र नेपालको राष्ट्रवादी आन्दोलनलाई

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • 104 पटक पढिएको
  • माओवादीको केन्द्रीय कमिटी बैठक २ बजे सर्यो

    काठमाडौं / नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक २ बजेलाई सरेको छ । यसअघि बैठक बिहान ११ बजेका लागि तय गरिएको थियो ।माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार ११ बजेका लागि तय गरिएको बैठक २ बजे बस्ने भएको हो । माओवादीको केन्द्रीय कमिटी बैठक शुक्रबारबाट सुरु भएको हो । आजको बैठक बत्तिसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा बस्ने भएको छ ।बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे उठेका प्रश्नको जवाफ दिएपछि बैठकका नियमित कार्यसूचीमा छलफल हुनेछ । माओवादी केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटीको पूर्णता, पदाधिकारी चयन, स्थायी र पोलिटब्युरो गठन गर्ने बताइएको छ ।

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • 89 पटक पढिएको
  • संसद बैठकमा आज अख्तियारको प्रतिवेदन पेस हुने

    काठमाडौँ / संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१ औँ वार्षिक प्रतिवेदन पेस गरिने सम्भावित कार्यसूची रहेको छ ।संसद सचिवायले तयर गरेको कार्यसूची अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त प्रतिवेदन संसदमा पेश गर्नेछन् । संसद बैठकअघि बिहान साढे ११ बजे सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था समितिको बैठक बोलाएका छन् । कार्यव्यवस्था बैठकमार्फत संसदको सम्भावित कार्यसूची संशोधन समेत हुन सक्छ ।तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध कायमै राख्ने संकेत देखिएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्दा भने अवरोध नगरेको एमा

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • 98 पटक पढिएको
  • राप्रपा नेता शेरचनको निधन

    काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता गणेश शेरचनको ७८ वर्षका उमेरमा आइतबार बिहान निधन भएको छ । लामो समयदेखि मधुमेहबाट पीडित उनको ग्रान्डी अस्पतालमा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।शेरचन राप्रपाको संस्थापक नेता एवम् तत्कालीन राप्रपा नेपालको महामन्त्री थिए । राजाको प्रत्यक्ष शासनकालमा उनी क्षेत्रीय प्रशासकसमेत भएका थिए । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एक शोक वक्तव्य जारी गरी शेरचनको निधनबाट आफू दुःखी र स्तब्ध भएको बताएका छन्।

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • 101 पटक पढिएको
  • नेपाली कांग्रेस बाराको मतदान रद्द

    काठमाडौं / नेपाली कांग्रेस बाराको जिल्ला अधिवेशनमा भएको मतदान रद्द भएको छ । शनिबार जिल्ला सभापतिसहित कार्यसमिति चयन गर्न भएको मतदानमा फर्जी मत खसालेको पाइएपछि मतदान नै रद्द भएको हो ।नेपाली कांग्रेस बारा जिल्ला निर्वाचन कार्यालयले विज्ञप्ति निकालेर मतदानमा व्यापक अनियमितता र अमर्यादित स्थिति सिर्जना भएकाले मतदानको सम्पूर्ण प्रक्रिया अर्को सूचना नआइन्जेलसम्मका लागि रद्द गरिएको जनाएको छ । प्रमुख निर्वाचन अधिकृत राजकुमार उप्रेतीका अनुसार पुनः मतदानको लागि आइतबार बैठक बसेर तय गरिने छ ।शनिबार खसेका मत सबै नष्ट गरिएको छ ।

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • 110 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.