राजनीति

    Showing 8,401-8,410 of 9,670 items.
  • करेन्ट लागेर विद्यार्थी नेता अधिकारीको मृत्यु

    हेटौंडा /  नेकपा एकीकृत समाजवादी पार्टी हेटौंडा उपमहानगरपालिकाका सचिव गिरिजा अधिकारीको करेन्ट लागेर मृत्यु भएको छ । उनको सोमबार बिहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।हेटौंडा उपमहानगरपालिका –१७ राजदेवीमा बाटो खन्ने क्रममा विद्युतको तार पन्छाउने क्रममा करेन्ट लागेपछि उपचारका लागि उनलाई हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा ल्याइएको थियो ।उपचारको क्रममा उनको निधन भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए । अधिकारी नेकपा एसनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका केन्

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 118 पटक पढिएको
  • ‘प्रधानमन्त्री, मन्त्री र न्यायाधीशहरूले राजिनामा दिनु पर्छ’

    विराटनगर  / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रीले पनि राजिनामा दिनु पर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज दिउँसो सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा, सरकारका सबै मन्त्री र प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासहित सर्वोच्चका सबै न्यायाधीशहरू राजीनामा दिनुपर्ने बताएका हुन् ।‘जुन दिन असंवैधानिक फैसला गरियो र त्यही फैसलाका आधारमा प्रतिनिधिसभाको पुनर्स्थापना गरियो, त्यही दिनदेखि प्रधान न्यायाधीश, फैसला गर्ने अन्य न्यायाधीश राजीनामाका लागि योग्य हुनुभयो,’ अध्यक्ष ओलीले भने, ‘सर्वोच्च अदालतले संविधानको व्याख्या गर्ने हो, परिवर्तन

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 129 पटक पढिएको
  • एमालेले आयोजना गरेको चियापान कार्यक्रममा एकीकृत समाजवादी सहभागि नहुने

    विराटनगर / नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सोमबार विराटनगर आएका छन् । ओली बडा दसैँ, तिहार र छठ पर्वको अवसरमा आयोजना गरिने चियापान कार्यक्रमलाई सम्बोधन गर्न विराटनगर आएका हुन् ।उक्त चियापान कार्यक्रममा ओलीसँगै प्रदेश र केन्द्रका नेताहरू सहभागी हुने बताइएको छ । तर, एमालेले आयोजना गरेको चियापान कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) भने सहभागि नहुने भएको छ । गत कात्तिक १३ मा आफ्नो पार्टीले चाडपर्वको शुभकामना तथा चियापान कार्यक्रम आयोजना गर्दा एमालेलाई पनि आमन्त्रण गरिएको तर एमाले नआएका कारण आफूहरू पनि एमालेको कार्यक्रममा सहभागि नहुने समाजवादी मोरङका प्रवक्ता ओसिम आलमले बताए । 

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 109 पटक पढिएको
  • आन्दोलनकाबीच प्रधानन्यायाधीशले तोके ६ इजलास

    काठमाडौँ  / प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज (सोमबार) का लागि ६ वटा इजलास गठन गरेका छन् । न्यायाधीश र नेपाल बार एशोसियसनले आन्दोलन जारी राखेका बेला प्रधानन्यायाधीश जबराले आजका लागि इजलास गठन गरेका हुन् । ६ वटा इजलासमा बन्दीप्रत्यक्षीकरणका सातवटा मुद्दा सुनुवाइका लागि पेसी चढाइएको छ । जबराले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायतका आरोप लगाउँदै सर्वोच्च अदालतका १९ जना न्यायाधीश र नेपाल बार एशोसिएसनले आन्दोलन गरिरहेका छन् । न्यायाधीशहरू बन्दीका बाहेक मुद्दा नहेरेर जबरालाई राजीनामा दिन दवाव दिइरहेका छन् । उनीहरूले सोमबार पनि आन्दोलन जारी राखेका

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 121 पटक पढिएको
  • बैतडीमा एमाले अधिवेशन : नेतृत्वमा महिला र दलित शून्य

    बैतडी/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशन अन्तर्गत जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । छ गाउँपालिका र चार नगरपालिका रहेको जिल्लाका १० पालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको  हो तर कुनै पनि पालिकामा महिला र दलितले नेतृत्व पाउन सकेका छैनन् । यसका साथै जिल्लाका ८४  वडामा पुरुषले नै नेतृत्व सम्हालेका छन् । दलित र महिलाको नेतृत्वप्रति अझै पनि शङ्का गर्ने प्रवृत्ति कायमै रहेकाले नेतृत्वमा शून्य देखिएको जनाइएको छ । पालिकाको अध्यक्ष पदमा महिला र दलित आउन नसके पनि अन्य पदाधिकारीमा भने उनीहरूलाई स्थान दिइएको एमाले जिल्ला सचिव तथा प्रदेशसभा सदस्य लिलाधर भट्

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 117 पटक पढिएको
  • बागमतीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

    काठमाडौँ / बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । सोही प्रावधान अनुसार मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिन लागेका प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले जानकारी दिएका छन् । एमाले विभाजित भएसँगै बहुमतको सरकार ढलेको थियो । लगत्तै गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका पाण्डे मुख्यमन्त्री बनेका थिए।बागमतीमा हाल मुख्यमन्त्रीसहित चार स

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 101 पटक पढिएको
  • कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

    काठमाडौँ / नेपाली कांग्रेसले केन्द्रिय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले कात्तिक २८ गतेका लागि पार्टी कार्यालय सानेपामा बैठक बोलाएको हो ।बैठकको कार्यसूची भने सार्वजनिक गरिएको छैन । यद्यपि बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीको १४ औं महाधिवेशनको विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रिय सदस्यहरूको उपस्थिति रहने बताइएको छ ।

    • प्रकाशित मितिः कार्तिक २१, २०७८
    • 97 पटक पढिएको
  • ६५ जिल्लामा अधिवेशन सक्यो राप्रपाले

    काठमाडौं  / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ६५ जिल्लामा पार्टीको अधिवेशन सम्पन्न गरेको छ।मङ्सिर ११ देखि १३ गतेसम्म काठमाडौँमा हुन लागेको पार्टीले केन्द्रीय महाधिवेशनलाई दृष्टिगत गरी जिल्ला अधिवेशन जारी राखेको छ।जिल्ला अधिवेशन कात्तिक २३ गतेभित्र सम्पन्न गर्न पार्टीको केन्द्रीय निर्वाचन समितिलाई जिम्मेवारी दिइएको केन्द्रीय सदस्य सुन्दर पाण्डेले बताए।तेह्रथुम, सङ्खुवासभालगायत केही जिल्लामा प्रतिनिधि छनोटका विषयमा विवाद छ। पर्सा, स्याङ्जा, महोत्तरी र गोरखामा सम्पन्न अधिवेशनमा विवाद उत्पन्न भएपछि केन्द्रीय निर्वाचन समितिले विवाद समाधान गरेको थियो।पार्टीले पहिलो पटक सक्रिय सदस्यबाट प

    • प्रकाशित मितिः कार्तिक २१, २०७८
    • 112 पटक पढिएको
  • एमालेको महाधिवेशन तयारी : उद्घाटन सत्रमा विदेशी पाहुनालाई निमन्त्रणा

    काठमाडौं  / नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ भने उद्घाटन सत्रमा सहभागिताका लागि विदेशी पाहुनालाई निमन्त्रणा दिएको छ । सो पार्टीले पार्टीसँग भाइचारा तथा मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टी र दक्षिण एसियाका सत्तारुढ एवं विपक्षी दलका प्रतिनिधिलाई आमन्त्रण गरेको जनाएको छ ।आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने सो महाधिवेशनको पूर्वसन्ध्यामा आज एमाले केन्द्रीय प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा आइक्यापका (आइसिएपीपी) का स्थायी कमिटीका सदस्यहरुलाई पनि निमन्त्रणा गरिएको विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् । कार्यक्रममा मुलुकका राष्ट्रि

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • 105 पटक पढिएको
  • एमाले महाधिवेशन : विद्युतीय उपकरण प्रयोग गरिने

    काठमाडौं  / नेकपा (एमाले)को १०औँ महाधिवेशनले विद्युतीय उपकरण मार्फत नयाँ पदाधिकारी चयन गर्ने  भएको छ । मतदानका लागि एक सय  विद्युतीय उपकरण प्रयोगमा ल्याइने तयारी गरिएको छ । महाधिवेशन मूल आयोजक समितिका सह–संयोजक एवं एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले विद्युतीय उपकरण मार्फत मतदान गर्ने तयारी गरिएको जानकारी दिए । यसबाट तीन घण्टाभित्रमा नतिजा आउने छ । उनले भने, “मतदानपछि प्रिन्ट ग¥यो भने तीन घण्टा लाग्छ भनिएको छ । क्यू आर कोडबाट भयो भने त्यो भन्दा अघि नै नतिजा आउँछ । ”विद्युतीय उपकरण जडान र व्यवस्थापनका विषयमा छलफल भइरहेको उनले बताए । सो पार्टीको केन्द्रीय समिति २२५ सद

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • 98 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.