काठमाडौं / सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज (बुधवार)का लागि नौ इजलासमा नौ मुद्दाको पेशी तोकेका छन् ।प्रधानन्यायाधीश जबराले बुधबार तीन एकल इजलास र छ संयुक्त इजलास तोकेको सर्वोच्चले जनाएको छ । आजका लागि पेशी तोकिएका सबै मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित रहेको सर्वोच्चले जनाएको छ । यद्यपि प्रधानन्यायाधीश जबराले आज आफ्नो लागि भने कुनै इजलास तोकेका छैनन्।यता प्रधानन्यायाधीश जबराको राजीजामा मागिरहेको नेपाल बार एशोसिएसनका कानुन व्यवसायीहरुले सर्वोच्च परिसरमा आज पनि धर्ना जारी राखेका छन् ।
काठमाडौँ / नेकपा (एकीकृत समाजवादी) ले सचिवालय बैठक बोलाएको छ । बुधबार दिउँसो २ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए । उनका अनुसार पार्टीले संगठन विस्तार अभियान जारी राखेकाले सोही विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।बैठक पार्टी कार्यालय वा अन्य ठाउँमा बस्ने भन्ने टुंगो लागि नसकेको नेताहरूले बताएका छन् । सो पार्टीले केन्द्र, प्रदेश जिल्ला हुँदै पालिका, वडा र टोलसम्म पार्टी कमिटी विस्तार गरिरहेको छ ।
काठमाडौं / कानुन व्यवसायिहरूले आज पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै कानुन व्यवसायिहरूले प्रदर्शन गरेका हुन् । आन्दोलनको पहिलो चरणको कार्यक्रमको आज अन्तिम दिन हो । तर, आजदेखि पहिलो चरणको कार्यक्रम सकिने भए पनि प्रधानन्यायाधीशको राजीनामा नआए के गर्ने भन्ने तय भएको छैन।सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे भन्छन्, ‘आज दिउँसो चार बजेसम्म राजीनामा आउँछ भन्ने विश्वास छ । राजीनामा नआएको खण्डमा के गर्ने भनेर हामी सार्वजनिक गर्छौं ।’अहिले राजीनामा नदिए तिहारपछि प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउनुपर्ने विषय उठेको भन्
काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विभिन्न खोप केन्द्रमा पुगेर स्थलगत निरीक्षण गरेका छन् ।मन्त्रालयले यही कात्तिक १६ गतेदेखि आज (बुधवार)सम्म बल्खु, कोटेश्वर, गोङ्गबु र कलङ्कीमा सञ्चालन गरेको कोरोनाविरुद्धको खोप केन्द्रमध्ये कोटेश्वर र बल्खुको निरीक्षण गरेका हुन् । सो क्रममा मन्त्री खतिवडाले महामारीलाई न्यूनीकरण गर्न खोप प्रभावकारी रहेको बताएका छन् ।मन्त्री खतिवडाले तिहारपछि पनि खोप केन्द्र सञ्चालन गरिने प्रतिबद्धता जनाएका छन् । “अन्य स्थानमा पनि खोप केन्द्र थप गर्दैर्छौँ”, उनले भने । विभिन्न मुलुकबाट एक करोड खोप आयात गर्न लागिएको जानकारी दिँदै उनले ती खोप बालबालिकाक
इलाम / प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका गृहमन्त्री बालकृष्ण खाणले बाढीपहिरोबाट क्षतिग्रस्त बनेका स्थानहरूको मङ्गलबार निरीक्षण गरेका छन् । पहिरोग्रस्त क्षेत्रको अवलोकन गर्दै इलाम पुगेका उनले प्रधानमन्त्रीको निर्देशनअनुसार अहिले राहत, उद्धार र क्षतिग्रस्त संरचना पुनर्निर्माणको के कस्तो काम गर्नुपर्छ, त्यसको अवलोकन गर्न आएको बताएका छन् । कात्तिकको पहिलो साता आएको बाढीपहिरोबाट क्षतिग्रस्त क्षेत्र धनकुटा, पाँचथर र इलामका विभिन्न स्थानको निरीक्षण गरेका हुन् । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले क्षतिग्रस्त क्षेत्रको निरीक्षण गरेछि सम्बन्धित क्षेत्रका विभागलाई पुनर्निर्माणक
जनकपुर / बमकाण्डमा संलग्न रहेका पूर्व-राज्यमन्त्री सञ्जय साहलाई उच्च अदालत जनकपुरले ११ वर्षको कैद सजाय सुनाएको छ। बिक्की दास कथबनियाले दिएको मुद्दामा बहस गर्दै न्यायाधीश धीर बहादुर चन्द र रमेश ढकालको संयुक्त इजलाशले पूर्व राज्यमन्त्री साहलाई ११ वर्षको कैद सजाय सुनाएको हो।यसअघि जिल्ला अदालत धनुषाले साहलाई मुख्य अभियुक्त ठहर गर्दै जन्मकैदको सजाय २०७५ सालमा सुनाएको थियो। यद्यपि उच्च अदालतले जनकपुरले उनलाई ११ वर्षको कैद सजाय सुनाएको हो।उनी धनुषा क्षेत्र ३ बाट संविधानसभाको दुवै निर्वाचनमा विजयी भएका थिए। पहिलो पटक तत्कालीन मधेसी जनअधिकार फोरमबाट र दोस्रो पटक तत्कालीन सद्भावना पार्टीबाट चुनाव जितेका
विराटनगर / प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईसहित नवनियुक्त चार मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।आजै नियुक्त भएका उनीहरूलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथ गराएका हुन् ।नेपाली काङ्ग्रेसबाट केदार कार्की आन्तरिक मामिला तथा कानुनमन्त्री र हिमाल कार्की भौतिक पूर्वाधार मन्त्री, माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजनामन्त्री र जसपाबाट जयराम यादव सामाजिक विकास मन्त्रीको शपथ लिएका छन् ।त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी कृष्णकुमारी तुम्बाहाङ्फे सामाजिक विकास राज्यमन्त्रीको शपथ लिएकी छन् ।
विराटनगर / प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राई नियुक्त भएका छन् । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आज (मंलबार) उनलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।प्रदेश १ एमालेका सांसद भीमप्रसाद आचार्यले सोमबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि राईले प्रदेश प्रमुख प्यासीले अर्को सरकारका लागि मंगलबार दिउँसो १ बजेसम्म दावी पेश गर्न आह्वान गरेका थिए ।नेता राईले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका गरी ४९ सांसदको हस्ताक्षरसहित बहुमतको मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए ।नवनियुक्त मुख्यमन्त्री
हेटौंडा / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीले प्रधानन्यायाधीशसँग सेटिङ गर्दा सर्वोच्च अदालत ध्वस्त भइरहेको बताएका छन् । मंगलबार कांग्रेस मकवानपुरले आयोजना गरेको दीपावली तथा छठको शुभकामना आदानप्रदानमा बोल्दै पौडेलले सो कुरा बताएका हुन् । देशको अन्य संवैधानिक निकायहरू ध्वस्त भएपनि अहिले जनतालाई न्याय दिन सर्वोच्च अदालत नै ध्वस्त भएको पौडेलले बताएका छन् । पौडेलले भने, –‘संविधानको आत्मामाथि प्रहार गरेको त साक्षी बसिदे भनेर प्रधान्यायाधीशसँग प्रधानमन्त्रीले सेटिङ गरेका हुन् । सेटीङको समस्याले आज सर्वोच्च अदालतको यो अवस्था आयो ।’ नैतिकताको अ
विराटनगर / प्रदेश १ का प्रस्तावित मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईको नेतृत्वमा गठबन्धन दलले पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने भएको छ । मुख्यमन्त्रीसहित कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीको तर्फबाट १र१ जना गरी ५ सदस्यीय मन्त्रिपरिषद् गठन तयारी रहेको राईले बताए ।स्रोतका अनुसार मुख्यमन्त्रीसहित नेकपा (एकीकृत समाजवादी) बाट उपेन्द्र घिमिरे, खिनु लङ्वा लिम्बु र सरिता थापामध्येबाट मन्त्रीका रुपमा अघि सारिएको छ । त्यसैगरी गठबन्धनको ठूलो दल नेपाली कांग्रेसबाट दलका उपनेता हिमाल कार्की, प्रमुख सचेतक केदार कार्की, शिवनारायण गनगाँई
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.