राजनीति

    Showing 8,421-8,430 of 10,447 items.
  • संसद् भवन अगाडि नक्कली बम राख्ने विप्लवका कार्यकर्ता पक्राउ

    काठमाडौं / गत सोमबार प्रतिनिधिसभा संसद् भवन अगाडि नक्कली प्रेसरकुकर बम राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काभ्रेको भुम्लु गाउँपालिका-२ का सुवास महत रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ । महतलाई महाशाखाको टोलीले मंगलबार राति काठमाडौंबाट पक्राउ गरेको हो ।घटनामा संलग्न अर्का एक जनालाई प्रहरीले खोजी गरिरहेको पनि जनाइएको छ । महत नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अन्तर्गत पशुपति बहुमुखी क्याम्पस इकाई अध्यक्ष रहेको खुलेको प्रहरीको भनाइ छ । 

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 140 पटक पढिएको
  • एमसीसी परियोजना व्यवस्थापकदेखि कार्यालय सहयोगीसम्म सहयोगीसम्म कर्मचारी माग

    काठमाडौ / एमसीसीसँग सम्बन्धित परियोजना सञ्चालनका लागि परियोजना व्यवस्थापकदेखि कार्यालय सहयोगीसम्म कर्मचारी माग गरिएको छ।  आइतबार प्रतिनिधि सभाबाट एमसीसी सम्झौता अनुमोदन भएसँगै परियोजना कार्यान्वयनका लागि स्थापित एमसीए–नेपालले विभिन्न पदमा कर्मचारी माग गरीएको हो । एमसीए नेपालले प्रोजेक्ट म्यानेजरदेखि कार्यालय सहायकसम्म गरी विभिन्न १० पदमा कर्मचारी माग गर्दै आवेदन खुला गरेको छ। इच्छुक योग्य उम्मेदवारले आगामी चैत १ गतेभित्र एमसीए नेपालको वेबसाइटमा गएर रोजगारीका लागि आवेदन दिन सक्ने सूचनामा उल्लेख छ। 

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 111 पटक पढिएको
  • फागुन १५ गतेलाई कालो दिन घोषणा गर्दै आठ दलीय मोर्चाद्वारा संघर्षका कार्यक्रम घोषणा

    काठमाडौं / विभिन्न ६ कम्युनिष्ट राजनीतिक दल र दुई मोर्चाले फागुन २० गतेदेखि चैत ६ गतेसम्म संघर्षका कार्यक्रम घोषणा गरेका छन् । मंगलबार काठमाडौंको बुद्धनगरस्थित नेपाल कम्युनिष्ट पार्टीको कार्यालयमा बसेको आठ संगठनको बैठकले एमसीसी पारित भएको विरोधमा प्रर्दशनको कार्यक्रम घोषणा गरेको हो ।२० गते देशभर विरोध सभाबाट सुरु हुने कार्यक्रम बुद्धिजिबी, विद्यार्थी, किसान, श्रमिक र मजदुरले गर्ने विरोध प्रदर्शनसँगै चैत ६ गते पुनः विरोध सभा गर्दै अन्त्य हुनेछ । संगठनहरूले फागुन १५ गतेलाई कालो दिन घोषणा गर्दै अमेरिकी साम्राज्यवादको कानून लागू गराएको जनाएको छ ।साथै उनीहरूले एमसीसी अनुमोदन गर्न सघाउने राजनीतिक दल

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 145 पटक पढिएको
  • एमसीसी मुख्यालयले स्वीकार्यो संसदीय अनुमोदन

    काठमाडौं / आइतबार संघीय संसद्बाट अनुमोदन भएको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई मुख्यालयले स्वीकार गरेको छ ।मंगलबार एक विज्ञप्ति जारी गर्दै एमसीसी मुख्यालयले नेपालको संसद्बाट अनुमोदन भएको एमसीसी सम्झौतालाई स्वीकार गरेर कार्यान्वयनतर्फ अघि बढ्ने जनाएको हो ।विज्ञप्तिमा भनिएको छ, ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र नेपाल सरकारबीचको ५० करोड डलरको कम्प्याक्टलाई फेब्रुअरी २७ मा अनुमोदन गर्ने नेपालको संघीय संसदको निर्णयलाई स्वीकार गरेको छ। नेपाल कम्प्याक्टलाई अनुमोदन गर्ने निर्णयले नेपाल सरकारलाई सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक राज्यको रूपमा सधैं कायम रा

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 105 पटक पढिएको
  • आज पार्टी कार्यालय सानेपामा कांग्रेस पदाधिकारी बैठक बस्दै

    काठमाडौं / नेपाली कांग्रेसको पदाधिकारी बैठक दिउँसो पार्टी केन्द्रीय कार्यालयमा सानेपामा बस्दै छ ।  पदाधिकारीको अनौपचारिक बैठक बस्न लागेको पार्टी कार्यालय सचिव केशव रिजालले जानकारी दिए । बैठकमा पार्टीका भातृ संघको विधान माथि छलफल गरेर पारित गरिने छ । कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठकले पास गरेको संघको विधानलाई पदाधिकारी बैठकमा छलफल गरेर सुझावसहित पारित गरिँदैछ । 

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 101 पटक पढिएको
  • रेखा थापा सहित राप्रपाको केन्द्रीय सदस्यमा १४ जना मनोनीत

    काठमाडौं / नायिका रेखा थापा सहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सदस्यमा १४ जना मनोनीत भएका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम १४ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन्।मंगलबार एक विज्ञप्ति जारी गर्दै राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सो जानकारी दिएका छन् ।केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा रेखा थापा काठमाडौं, लक्ष्मी तण्डुकार काठमाडौं, समृद्धि राणा उदयपुर, मीना न्यौपाने चितवन, शान्ति माया गुरुङ धादिङ, लिलादेवी श्रेष्ठ इलाम, विन्दु पौडेल नवलपुर, प्रेक्षा मल्ल धनुषा, मीना झा सर्लाही, सन्तोषी शाही सुर्खेत, स्वा

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 194 पटक पढिएको
  • पार्टी एकताको प्रस्ताव लिएर विप्लव नारायणकाजी श्रेष्ठको निवासमा

    काठमाडौँ / सत्तारूढ नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच आज भेटवार्ता भएको छ । श्रेष्ठ निवास हरिसिद्दिमा दुई नेताबीच छलफल भइरहेको छ ।प्रतिनिधि सभाबाट अमेरिकी सहायता सम्झौता अनुमोदनमा आफ्नो पार्टी पनि संलग्न भएपछि नेता श्रेष्ठ अध्यक्ष प्रचण्डसँग असन्तुष्ट रहेका छन् । यसबीच प्रचण्डले श्रेष्ठबारे टिप्पणी गर्दै चित्त नबुझे पार्टी छाड्न पनि सकिने भनेका थिए । यहीबीच विप्लव पार्टी एकता गर्ने प्रस्ताव लिएर श्रेष्ठकहाँ पुगेको स्रोतले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 132 पटक पढिएको
  • एमसीसी अनुमोदन भएपछि आज पहिलो पटक प्रतिनिध सभा बैठक बस्दै

    काठमाडौँ / प्रतिनिध सभा बैठक आज (बुधवार) दिउँसो १ बजेका लागि बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ। एमसीसी अनुमोदन भएपछि आज पहिलो पटक संसद बैठक बस्न लागेको हो । गत आइतबारको संसद बैठकबाट एमसीसी सम्झौता अनुमोदन भएको थियो । त्यसपछि बैठक स्थगित भएको थियो । संसद सचिवालयका अनुसार आजको बैठकमा सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने लगायतका सम्भावित कार्यसूची रहेका छन् ।

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 94 पटक पढिएको
  • बुधबार राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक

    बिर्तामोड / राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १८ र १९ गते काठमाडौँमा बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तारको अवस्था, नेताहरूको व्यवस्थापनका साथै कार्य विभाजन, आसन्न स्थानीय तहको निर्वाचनमा कसरी पार्टीलाई सफल बनाउने लगायत विषयमा छलफल गरिने महामन्त्री भुवन पाठकले जानकारी दिए ।उक्त बैठक बस्नु अगाडि बुधबार नै पदाधिकारी बैठक बोलाइएको छ । देशैभर रहेका जिल्ला कार्यसमितिमार्फत स्थानीय तहको निर्वाचनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको पार्टीले आसन्न स्थानीय तहको चुनावमा उम्मेदवारको छनोट गरिरहेको छ । गत मङ्सिरमा एकता अधिवेशन सम्पन्न

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • 77 पटक पढिएको
  • एमसीसी अनुमोदन गर्ने प्रक्रियाबाट बञ्चित गरिएको एमालेंको टिप्पणी

    काठमाडौं / नेकपा (एमालें)ले संसद्को सबैभन्दा ठूलो र प्रमुख प्रतिपक्षी दललाई एमसीसी सम्झौता पारित गर्ने प्रक्रियाबाट बञ्चित गरिएको टिप्पणी गरेको छ ।पार्टी अध्यक्ष केपी शर्मा ओलीको वक्तव्य वाचन गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले पत्रकार सम्मेलनमा  सत्तारुढ गठबन्धनले एमसिसी पास गर्ने प्रक्रियामा एमालेलाई बाहिर राखिएको बताएका छन् ।सभामुखको बलमिच्याइँ र व्यवहारले उनी पदमा बस्न लायक नभएको पनि एमालेको जिकिर छ।

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • 105 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.