राजनीति

    Showing 8,471-8,480 of 10,447 items.
  • फागुन १५ गतेसम्मका लागि संसद बैठक स्थगित

    काठमाडौं / अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि बोलाइएको प्रतिनिधि सभा बैठक १५ गतेसम्मका लागि स्थगित गरिएको छ।शुक्रबार सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर गृहकार्यका नपुगेको भन्दै समय मागेपछि संसद् बैठक आइतबारसम्म स्थगित गरिएको हो ।प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेको लागि तय भएको थियो। बिहीबारका लागि तोकिएको बैठक अन्तिम समयमा आएर शुक्रबारको लागि तोकिएको भए पनि आज पनि अन्तिम समयमा आएर सारिएको हो।गएको आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरिएको थियो । यस्तै, कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले महा

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • 95 पटक पढिएको
  • स्थानीय चुनावका लागि एमालेले गर्यो दल दर्ता

    काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि एमालेले शुक्रबार आयोगको कार्यालय पुगेर दल दर्ता गराएको हो । दल दर्ताका लागि महासचिव शंकर पोखरेलको नेतृत्वको टोली आयोगको कार्यालय पुगेको थियो । दल दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पोखरेलले एमाले चुनावको तयारीमा जुटेको बताए । अहिले सरकार परिवर्तन गर्नुपर्ने पक्षमा आफूहरू नरहेको पनि उनले बताए । संसदीय प्रक्रियामा सहभागी हुने वातावरण बनेपछि मात्र एमसीसी लगायत विषयमा एमालेले आधिकारिक धारणा सार्वजनिक गराउने उनले बताए ।

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • 97 पटक पढिएको
  • नेकपा एमाले अध्यक्ष ओली पोखरा जाँदै

    काठमाडौं / पूर्व-प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज शुक्रबार पोखरा जाँदै छन् ।पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनका लागि उनी आज शुक्रबार पोखरा जाने कार्यक्रम रहेको नेकपा एमालेका कार्यालय सचिब शेरबहादुर तामाङले बताएका छन् । अध्यक्ष ओली आजै काठमाडौं फर्कने कार्यक्रम रहेको उनले बताएका छन् । 

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • 108 पटक पढिएको
  • आज जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

    काठमाडौं / जनता समाजवादी पार्टी (जसपा) को आज शुक्रबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । एमसीसीसँगको सम्झौताका विषयमा निर्णय लिनका लागि (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज शुक्रबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने भएको हो ।सो बैठकमा एमसीसीसँगै विधान अधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । राष्ट्रिय बहस बनेको एमसीसी सम्झौताका विषायमा अनिर्णित हुन नहुने भन्दै पार्टी संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले दवाव दिएपछि केन्द्रीय परिषद् अध्यक्ष उपेन्द्र यादवले सो बैठक बोलाएका हुन् ।

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • 199 पटक पढिएको
  • संसद बैठक आज, एमसीसीबारे छलफल अघि बढ्ला त ?

    काठमाडौँ / आजको संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल हुने बताइएको छ । छलफलका लागि हिजो बिहीबार नै बैठक बोलाइएकोमा राजनीतिक सहमति जुट्न नसक्दा बैठक आजका लागि सारिएको थियो ।आज १ बजे बस्ने बैठकमा एमसीसी सम्झौताबारे छलफल अघि बढ्ने आकलन गरिएको छ । तर त्यसअघि सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच सहमतिको प्रयास जारी रहेको बताइएको छ । सत्ता गठबन्धनमै रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने एमसीसीको विपक्षमा रहेका छन् । उनीहरुको सहमतिविना या एमालेको समर्थनविना कांग्रेस एक्लैले एमसीसी पास गर्न सक्दैन ।सहमति वा समर्थन जुटाउन बिहीबार दिनभर प्रधा

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • 96 पटक पढिएको
  • प्रदेश १ : मतदाता नामावली अद्यावधिक गर्न आग्रह

    विराटनगर / स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न सरोकारवालाहरुलाई आग्रह गरेको छ ।विहीबार प्रदेश निर्वाचन कार्यालय मोरङले विराटनगरमा एक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी निर्वाचनमा अधिक भन्दा अधिक मतदाताको सहभागिताका लागि राजनैतिक दलहरु संवेदनशील हुनुपर्ने जानकारी दिदै प्रदेश निर्वाचन अधिकारी लेवन कश्यप अधिकारीले त्रुटिरहित मतदानका लागि मतदाता नामावली अद्यावधिकको कार्यक्रम ल्याइएको बताए ।उनले निर्वाचनमा सहभागिताका लागि फागुन १९ गतेदेखि २६ गतेसम्ममा मतदाता नामावलीमा नाम सच्याउन, हटाउन तथा अद्यावधिक गर्न आग्रह गरेका छन् । सो कार्यक्रममा निर्वाचन आयोगल

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • 105 पटक पढिएको
  • निर्वाचन आयोगमा थप २९ दल दर्ता

    काठमाडौं / निर्वाचन आयोगमा थप २९ दल दर्ता भएका छन् । आगामी वैशाख ३० गते सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै त्यसमा सहभागी हुनका लागि फागुन ५ गतेदेखि अहिलेसम्म २९ दल दर्ता भएको आयोगको नियमित प्रेस ब्रिफिङमा जानकारी दिइयो ।आयोगका अनुसार ६ वटा नयाँ दल पनि दर्ता भएका छन् । योसँगै आयोगमा दर्ता भएका दलको सङ्ख्या १ सय ९ पुगेको छ ।फागुन ५ गतेदेखि आयोगमा दर्ता भएका दलहरूःजनता प्रगतिशील पार्टीराष्ट्रिय जनमुक्ति पार्टीसामाजिक एकता पार्टीनागरिक उन्मुक्ति पार्टीनेपाल कम्युनिष्ट पार्टी (गौरवशाली)साझा पार्टी नेपालसमावेशी लोकतान्त्रिक पार्टीजनमत पार्टीमंगोल नेशनल अर्गनाइजेशननेपाल मजदूर किसान पार्टीराष

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • 102 पटक पढिएको
  • शुक्रबारको प्रतिनिधिसभा बैठकमा एमसीसीबारे सामान्य छलफल हुने

    काठमाडौं / प्रतिनिधिसभाको (भोलि)शुक्रबार बस्ने बैठकमा एमसीसीबारे सामान्य छलफल हुने भएको छ ।संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एससीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव उल्लेख रहेको छ ।प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्ने सम्भावित कार्यसूची छ । यद्यपि बिहीबार तोकिएको बैठकमा भने अर्थमन्त्री शर्मा सहभागी नहुने जनाएका थिए । एमसीसी प्रस्ताव टेबल गर्ने समयमा पनि मन्त्री शर्मा संसद बैठकमा उपस्थित रहेका थिएनन्।यस्तै, कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले ‘महान्यायाधीवक्ताको वार्षिक प्रतिवेदन’ पेश गर्ने प्रस्

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • 120 पटक पढिएको
  • देउवा र ओली संसद भवनमै छलफलमा

    काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली संसद भवनमै छलफलमा जुटेका छन् । प्रतिनिधिसभाको बैठक स्थगित भएपछि देउवा र ओली छलफलमा जुटेका हुन् ।स्रोतका अनुसार बानेश्वरस्थित संसद् भवनमा अहिले प्रधानमन्त्री देउवा र ओलीबीच छलफल चलिरहेको छ। संसदमा एमसीसीको विषयमा छलफल भइरहेको सन्दर्भमा दुई नेताबीच भएको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।छलफलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल सहभागी छन् भने काँग्रेसबाट देउवासहित सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र महामन्त्री गगन थापा सहभागी छन् ।नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मसीसीसँगक

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • 97 पटक पढिएको
  • बिर्तामोडमा एमसीसीको विषयमा सडक जनमत संग्रह

    बिर्तामोड  / वाई सी एल झापा र अनेरास्ववियु (क्रान्तिकारी) झापाले यथास्थितिमा एमसीसी पारित गर्ने वा नगर्ने विषयमा सडक जनमत संग्रह गरेको छ । बिहान ७ बजे देखी बेलुकी ४ सम्म झापाका ४ वटा निर्वाचन क्षेत्रमा एकै पटक सडक जनमत संग्रह गरिएको हो ।एमसीसीको विषयमा आम धारणा बुझेर सो धारणा सत्तामा बस्ने नेतालाई सुनाउनका लागि भन्दै वाई सी एल झापा र अनेरास्ववियु (क्रान्तिकारी)ले बिर्तामोड बजारको मुक्तीचोकमा यथास्थितिमा एमसीसी पारित गर्ने वा नगर्ने विषयमा सडक जनमत सङ्ग्रह गरेको हो ।सडकमै मत पेटिका राखेर गरिएको उक्त जनमत संग्रहको नतिजा भोलि मात्र आउने  अनेरास्ववियु (क्रान्तिकारी) झापाका अध्यक्ष रञ्जन

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • 123 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.