राजनीति

    Showing 8,481-8,490 of 9,670 items.
  • मुलुकको विकासका लागि एमाले बलियो हुनुपर्छ : पृथ्वीसुब्बा गुरुङ

    लमजुङ / नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले मुलुकको विकासका लागि एमाले बलियो हुनुपर्ने बताएका छन् । नेकपा एमाले मध्यनेपाल नगरपालिका कमिटीद्वारा आज आयोजित प्रथम नगर अधिवेशन कार्यक्रममा उनले मुलुकको विकास  समृद्धिका लागि एमाले सशक्त र बलियो हुनुपर्ने बताए । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका नेता गुरुङले आफ्नो नेतृत्वको सरकारले अघि बढाएको महत्वपूर्ण योजना वर्तमान सरकारले खारेज गरेर देश र जनताको उपलब्धि हुन नदिएको आरोप लगाए । उनले राष्ट्रिय पूँजीको निर्माण नगरेसम्म मुलुक आत्मनिर्भर हुन नसक्ने उल्लेख गर्दै मुलुक आत्मनिर्भर नभएसम्म समाजवाद व्यवहारिक कार्यान्वयन हुन

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • 102 पटक पढिएको
  • बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले राखेको प्रस्तावमा आज मतविभाजन हुने

    काठमाडौँ / बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको राखेको विश्वासको मतको प्रस्तावमा प्रदेशसभामा आज मतविभाजन हुने भएको छ ।दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत विभाजन प्रक्रिया अघि बढाइने प्रदेशसभा सचिवालयले जनाएको छ । मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको र अधिकृतसहितका कर्मचारी खटाइने प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री शाक्यले राखेको विश्वासको प्रस्ताव गत ४ गते प्रदेशसभामा टेबुल गरिएको थियो । सत्तारूढ एमाले र विपक्षी गठबन्धनको आन्तरिक विवादका कारण सभामुख सानुकुमार श्रेष्ठले मत विभाजन प्रक्रिया दुई पटक सारेका थिए। प्रदेशसभ

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • 85 पटक पढिएको
  • १५ बहालवाला न्यायाधीशको बैठक आज पनि बस्दै

    बिर्तामोड / प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामालाई मुख्य बटमलाइन बनाएका सर्वोच्च अदालतका १५ बहालवाला न्यायाधीशको बैठक आज बुधबार पनि बस्दैछ । न्यायालयमा देखिएको अहिलेको सङ्कटको कारक प्रधानन्यायाधीश नै रहेको निष्कर्ष निकालेका न्यायाधीशहरूको बैठक बिहान साढे ११ बजे बस्न लागेको हो । न्यायाधीशहरूले जबराले राजीनामा नदिएसम्म इजलासमा नबस्ने अडान लिइसकेका छन् ।मङ्गलबारको बैठकले प्रधानन्यायाधीशको राजीनामा माग्ने सामूहिक अडानमा कायमै रहने र थप निणर्यका लागि बुधबार छलफलमा जुट्ने निर्णय गरेको थियो । प्रधानन्यायाधीश जबराले तोक्ने कुनै पनि पेसी नहेर्ने न्यायाधीशले अडान लिएका छन् । मंगलबार

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • 103 पटक पढिएको
  • प्रधानन्यायाधीशले राजीनामा नदिए देशव्यापी आन्दोलन गर्ने बारको चेतावनी

    बिर्तामोड  / नेपाल बार एशोसिएसन सल्लाहकार समितिका सदस्यहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तत्काल राजीनामा नदिए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् । मंगलबार बसेको बैठकमा उपस्थित ३७ मध्ये ३६ जना न्यायाधीशले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा नदिए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका हुन् । प्रधानन्यायाधीश जबराले न्यायालयको गरमा बचाउन नसकेको र आफ्नै सहकर्मीको विश्वास जित्न नसकेको भन्दै जबराको राजीनामा माग गरेको बैठकमा सहभागी अधिवक्ता टीकाराम भट्टराईले जानकारी दिए । तर राजीनामा नदिए बारले दबाबमूलक कार्यक्रम ल्याउन सुझाव दिएको भट्टराईले बताए ।

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • 111 पटक पढिएको
  • झलनाथ खनालको आर्शिवाद : यौन हिंसामा संलग्नलाई निगमको अध्यक्ष उपहार

    एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नै जसरी कांग्रेस नेता शेर बहादुर देउवा नेतृत्वको सरकार पनि त्यही बाटोमा हिड्‌न थालेको छ । अघिल्लो सरकारले नै जसरी छानीछानी आफू निकटकालाई लाभका पदमा नियुक्तिको क्रममा देउवा नेतृत्वको सरकारले पनि निरन्तरता दिएको हो ।लाभका उच्च पद पदमा नियुक्ति गर्ने क्रममा सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा सत्तारुढ दलभित्रको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल निकटका विवादीत व्यक्ति इलामका युवराज अधिकारीलाई नियुक्त गरेको छ । नियममा ३४ वर्ष काम गरेका अधिकारी निगम रहँदा यौन हिंसाका घटनामा संलग्न रहेका थिए ।  ०७४ सालमा अधिकारी निगमको अर्थ

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • 67 पटक पढिएको
  • विपद् व्यवस्थापनसम्बन्धी नीतिगत सुधारको प्रयास सुरु

    काठमाडौं  / सरकारले विपद् व्यवस्थापनसम्बन्धी नीतिगत सुधारको प्रयास थालेको छ । विगतको अनुभव र हाल कार्यान्वयनको चरणमा रहेका नीति, नियमलाई थप प्रभावकारी र समयसापेक्ष बनाउन पहल थालिएको गृहमन्त्रालयले जनाएको छ । उक्त विषयमा मन्त्रालयले आज  विपद् व्यवस्थापनसम्बन्धी नीतिगत सुधारका लागि परामर्श बैठक सम्पन्न गरेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व रहेकाले त्यसबाट राज्य पछि हट्नै नसक्ने बताएका हुन्। उनले आवश्यकताका आधारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण निर्माण गरिएको उल्लेख गर्दै त्यस्ता संरचना नेपालको आवश्यकताअनुसार निर्माण ग

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • 94 पटक पढिएको
  • विभाजनले असर गरेको छैन : ज्ञवाली

    गुल्मी / नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीमा भएको विभाजनले नेकपा एमालेलाई कुनै असर नगरेको जिकिर गरेका छन् । नेकपा एमाले रेसुङ्गा नगर कमिटीको प्रथम अधिवेशनलाई आज सम्बोधन गर्दै उनले अधिकांश कार्यकर्ता तथा जनप्रतिनिधि विभाजनको विरुद्धमा रहेको बताए । पार्टीका केन्द्रीय कमिटीबाट  २३ प्रतिशत र स्थानीय तहबाट सात प्रतिशत मात्रै समाजवादीमा गएको जिकिर गर्दै सचिव ज्ञवालीले गुल्मीमा कोही पनि जननिर्वाचित प्रतिनिधिले एमाले नछोड्नु खुसीको कुरा भएको र एमाले छोडेकाहरू पनि फर्कने क्रम सुरु भएको बताए । 

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • 93 पटक पढिएको
  • संकटमा न्यायालय : चोलेन्द्र जोगाउने कोशिसमा राजनितिक दल

     राजनीतिक दलसँगको मिलेमतोमा सर्वोच्च अदालतबाट फैसला दिएर अनुचित लाभ लिने गरेको आरोप खेपिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई जोगाउन ठूला राजनीतिक दलले कोसिस थालेका छन् । आफू अनुकुल फैसला नहुँदा विरोध गर्ने गरेका सत्तारुढ दल र  प्रमुख प्रतिपक्षी दल एमालेले पनि चोलेन्द्रमाथि कारवाहीको चौतर्फी दवाव भइरहको समयमा पनि मौनता साँधेर उनलाई जोगाउने कोसिस गरिरहेका छन् ।सिंगो न्यायक्षेत्र र अदालतकै बहालवाला न्यायाधीश समेत चोलेन्द्र विरुद्ध आन्दोलनमा उत्रिँदा समेत राजनीतिक दलले साँधेको मौनताले मिलेमतोमा अदालतबाट फैसला हुने गरेको भनेर लाग्दै आएको आरोपलाई पुष्टि गरेको छ ।

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • 94 पटक पढिएको
  • परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एक जनाको राजीनामा माग्‍नु हुन्छ ?

    बिर्तामोड / नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेश जारी गर्ने सर्वोच्च अदालतका पाँचै जना न्यायाधीशले राजिनामा दिनु पर्ने बताएका छन् । एमालेको पालिका अधिवेशनलाई सम्बोधन गर्दै ओलीले पाकिस्तानी शैलीमा परमादेश जारी गर्ने सबैले राजीनामा दिनुपर्ने बताएका हुन् ।पाँच जना न्यायाधीशहरू मिलेर परमादेश जारी गरेकाले पाँचै जना न्यायाधीशले पदबाट राजिनामा दिनुपर्ने ओलीले बताए । ओलीले भने, –‘एक जनाले मात्रै होइन परमादेश पाँच जनाले सर्वसम्मत फैसला गरेको हो । एक जनाले मात्रै किन राजीनामा गर्नु ? पाँचै जनाले राजिनामा दिनु पर्छ ।’उनले पाकिस्तानी शैलीमा परमादेशबाट सरकार गठन हुन थालेपछि

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • 122 पटक पढिएको
  • गरिबी निवारणका लागि योजना बनाएर काम हुन्छ : मन्त्री श्रेष्ठ

    चितवन / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइ रहेको जानकारी दिएकी छन् । आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिलेसम्म मन्त्रालयमा औपचारिक कार्यक्रम बाहेक केही नभएको जनाउँदै गरिबी निवारणका लागि योजना बनाएर काम गर्ने स्पष्ट पारिन् ।उनले भनिन्, “गरिबी निवारणका लागि औपचारिक कार्यक्रम बाहेक केही नभएको रहेछ । अहिले योजना बनाउने काम भइरहेको छ ।” कर्मचारी गरिबी निवारण कसरी गर्न सकिन्छ भन्ने विषयमा कार्ययोजना बनाउने काममा व्यस्त रहेको उनको भनाइ थियो । फरक प्रसङ्गमा  उनले सुकुम्बासी समस्या समाधान संविधान अनुरूप गरिने जानक

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • 102 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.