राजनीति

    Showing 8,491-8,500 of 10,447 items.
  • सरकारले किन बढायो गगन थापा, ज्ञानेन्द्र कार्की र प्रकाशशरण महतको सुरक्षा ?

    काठमाडौं  / सरकारले अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौताको पक्षमा वकालत गर्ने नेपाली कांग्रेसका तीन जना नेताहरूको सुरक्षा बढाएको छ ।गृह मन्त्रालयले कांग्रेस महामन्त्री गगन थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की र पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको सुरक्षा बढाएको हो ।पछिल्लो समय थापा, कार्की र महतले  एमसीसी सम्झौताको पक्षमा बोल्दै आएकाले उनीहरूमाथि जोखिम हुन सक्ने भन्दै सुरक्षा बढाइएको मन्त्रालय स्रोतले जनाएको छ।एमसीसी संसद् टेबल भइसकेको छ । एमसीसीविरुद्ध सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 141 पटक पढिएको
  • लोसपा संसदीय दलको बैठक बबरमहलमा बस्दै

    काठमाडौँ / लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज बस्दै छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बैठक बस्ने सांसद लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् ।बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी), महाअभियोग प्रस्तावलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । मंगलबार बसेको पार्टीका शीर्ष नेताहरूको बैठकपछि संसदीय दलको बैठक बोलाइएको हो ।बैठकबाट एमसीसीका सम्बन्धमा पार्टीको आधिकारिक धारणा तय गर्ने तयारी छ । लोसपाका नेताहरू एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने सम्बन्धमा सकारात्मक देखिँदै आएका छन् ।

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 94 पटक पढिएको
  • अध्यक्ष ओली भेट्न बालकोट पुगे गृहमन्त्री खाण

    काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाण बालकोट पुगेका छन् ।एमसीसीमा सहमति जुटाउने अन्तिम प्रयास भइरहेका बेला गृहमन्त्री खाण ओलीनिवास बालकोट गएका हुन् । भेटमा सत्तागठबन्धन र एमसीसीबारे छलफल हुने बताइएको छ ।

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 114 पटक पढिएको
  • प्रचण्ड भेट्न प्रधानमन्त्री देउवा खुमलटारमा

    काठमाडौँ / सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न प्रधानमन्त्री देउवा खुमलटार पुगेका छन् । हिजो प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका प्रधानमन्त्री देउवा आज बिहानै प्रचण्डलाई भेट्न प्रचण्डनिवास पुगेका हुन् ।संसदमा टेबल भएको एमसीसी पारित गर्नका लागि प्रधानमन्त्री देउवाले दौडधुप बढाएका छन् । देउवा र ओलीबीच हिजो भएको भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ । हिजोको भेटमा देउवालाई ओलीलाई एमसीसीमा सघाउन आग्रह गरेका थिए । जवाफमा ओलीले पहिले आफूहरुको माग पूरा गर्न भनेका थिए । एमालेले आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न माग

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 126 पटक पढिएको
  • नेपाल-भारत उर्जा बैठक काठमाडौंमा बस्दै

    काठमाडौं/  नेपाल भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आजदेखि काठमाडौंमा सुरू हुँदैछ । विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न बैठक बस्न लागेको हो ।यसअघि संयुक्त निर्देशक समितिको बैठक २०७६ असोजमा भारतको बैंगलोरमा बसेको थियो ।यसपटकको बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीले नेतृत्व गर्ने भएका छन् भने भारतीय टोलीको नेतृत्त त्यहाँका ऊर्जा सचिव आलोककुमारले गर्ने छन् ।  आज सहसचिवस्तरीय समितिले एजेण्डा तय गरी भोलि सचिवस्तरीय बैठक बस्ने बताइएको छ ।बैठकमा नेपालका तर्फबाट विद्युत् व्यापार र केही प्रसारण लाइन आयोजनाका बारेमा प्रस्

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 108 पटक पढिएको
  • पशुपति धर्मशाला छिटोभन्दा छिटो सरकारको स्वामित्वमा ल्याउछौँ : स्मन्त्री आले

    काठमाडौँ / संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले बतास समुहले चलाइरहेको पशुपति क्षेत्रको धर्मशाला छिटोभन्दा छिटो सरकारको स्वामित्वमा ल्याउने बताएका छन् ।आज महाशिवरात्री पर्व २०७८ मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री आलेले बतास समुहलाई हटाउने सरकारको निर्णयमा सो समुहले लिएर आएको अल्पकालीन आदेश समेत अदालतले खारेज गरिसकेकाले छिटोभन्दा छिटो धर्मशाला फिर्ता ल्याइने बताएका हुन् । विगतका प्रतिनिधिले धर्मशाला कौडीको भाउमा बेचेको भन्दै उनले अब त्यस्तो कदम सह्य नहुने बताएका छन् । मन्त्री आलेले पशुपतिप्रति गिद्धे दृष्टि लगाउनेहरुको कहिल्यै कल्याण नहुने बताए ।पश

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 97 पटक पढिएको
  • एमसीसीविरुद्धको मुद्दा सर्वोच्चद्वारा दरपीठ

    काठमाडौं / सर्वोच्च अदालतले सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गरेको विरुद्ध परेको रिट दरपीठ गरिदिएको छ । सोमबार वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र अधिवक्ता स्वागत नेपालले पेश गरेको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको हो ।एमसीसी संसदमा पेश भइसकेका कारण यो संसदको विशेषाधिकारमा पर्ने तर्क गर्दै दरपीठ गरिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिएका छन् । एमसीसी सम्झौता सन्धि ऐन अनुसार संसदमा पेश गर्न नमिल्ने जिकिर गर्दै अदालतमा रिट परेको थियो ।अदालतमा दर्ता हुन आएको मुद्दा दर्ता हुन नसक्ने भएमा कारण खुलाएर दर्ता हुन नसक्ने जानकारी सम्बन्धित पक्षलाई गराउने

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 106 पटक पढिएको
  • मधेस प्रदेशको प्रदेशसभा बैठक २२ गतेसम्मका लागि स्थगित

    काठमाडौं / मधेस प्रदेशसभा बैठक आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह पारिवारिक भ्रमणमा भारत गएपछि फागुन २२ गतेसम्मका लागि स्थगित गरिएको छ । प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल गर्न आज मंगलबार दिउँसो बोलाईएको बैठकमा मन्त्री साह अनुपस्थित हुने भएपछि फागुन २२ गतेसम्मका लागि स्थगित गरिएको हो ।सञ्चारमन्त्री साहले गत २६ माघमा पेस गरेको सो प्रस्तावबारेमा छलफल गर्न प्रदेशसभाको बैठक मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको थियो । गत १ फागुनमा सो विषयमा छलफल गर्ने भनिए पनि प्रावधिक कारण देखाउँदै स्थगित भएको बैठक कार्यसूचीमा छलफल ९ दिनपछि पुनः सुरु हुने तय भएको थियो ।तर, मन

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 103 पटक पढिएको
  • नेपाल बारको चैत १९ गते हुने निर्वाचन कार्यतालिका सार्वजनिक

    काठमाडौं / नेपाल बार एसोसिएसनले आगामी चैत १९ गते हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेकोछ । तालिका अनुसार बारले आज मंगलबार मतदाता नामावली सार्वजनिक गार्ने जनाएको हो । तालिका अनुसार, २३ फागुन २०७८ मा उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्नेछ । त्यसपछि करिब तीन साता भन्दा बढी प्रचार(प्रसारका लागि समयअवधि मिलाइएको छ । १९ चैतमा देशभरका ३५ वटा निर्वाचन केन्द्रमा मतदान हुनेछ।नेपाल बारको अहिलेको कार्यसमितिको कार्यकाल सकिन लागेकाले नयाँ नेतृत्व चयन गर्न निर्वाचन हुन लागेको हो ।

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 121 पटक पढिएको
  • एमसीसी विरुद्ध सर्वोच्च अदालतमा रीट निवेदन

    काठमाडौं / प्रतिनिधिसभामा टेबल भएको अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्झौता अघि नबढाउन माग गर्दै सर्वोच्च अदालतमा रिटका लागि निवेदन परेकोछ ।वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले सोमबार निवेदन दिएका हुन् । भण्डारीको रीट निवेदन दर्ता गर्ने नगर्ने विषयमा आज मंगलबार टुंगो लाग्नेछ । भण्डारीले नेपाल सन्धि ऐन २०४७ को दफा ४ अनुसार एमसीसी सम्झौता सन्धिको मापदण्डमा नपर्ने जिकीर गर्दै त्यसलाई सन्धिको मान्यता दिन नहुने आदेशका लागि रीट हालेका हुन् ।प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ, परराष्ट्र, कानून, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई रीटमा विपक्षी बनाइएको छ ।

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 149 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.