राजनीति

    Showing 8,501-8,510 of 9,670 items.
  • बाढी प्रभावितलाई छिटोभन्दा छिटो राहत प्याकेजको घोषणा गर्छौं : देउवा

    बिर्तामोड / सरकारले बाढी पहिरोबाट भएको क्षतिलाई गम्भीरतापूर्वक लिएकाले तत्काल ‘रिलिफ प्याकेज’ ल्याउने प्रधानमन्त्री देउवाले बताएका छन् ।  बेमौसमी वर्षाका कारण प्रदेश १ का जिल्लामा परेको क्षतिको आज  निरीक्षण गर्न इटहरी आएका प्रधानमन्त्री देउवाले सरकारले ‘रिलिफ प्याकेज’ ल्याउने बताएका हुन् । उनले अहिले सरकारको प्राथमिकता नै बाढी पहिरोबाट परेको क्षति न्यूनिकरणमा रहेको बताए । यसले पारेको क्षति न्यूनीकरणका लागि सरकारले अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्ने उनको भनाइ छ । उनले बेमौसमी प्रकोपको प्रभाव पूर्वदेखि पश्चिमसम्म परेकाले सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण भएको

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • 139 पटक पढिएको
  • प्रदेशसभा बैठक स्थगित भएसँगै मुख्यमन्त्री आचार्यको सत्ता एक साता लम्बियो

    बिर्तामोड / प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गते सम्म स्थगित भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले बैठक स्थगित गर्न निवेदन दिएसँगै प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले सूचना जारी गरेर बैठक स्थगित भएको जनाएका हुन् ।आज बस्ने तय भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा छलफल गर्ने कार्यसूची तयार भएको थियो । तर, अन्तिम समयमा कांग्रेस र एमालेले बैठक स्थगित गर्न सभामुसमक्ष लिखित माग गरेपछि बैठक स्थगित भएको हो ।कांग्रेसले सरकारको नेतृत्व आलोपालो गर्नुपर्ने भन्दै आजको बैठक सार्न भनेको थियो भने एमालेले पार्टीको आन्तरिक अधिवेशन जारी रहेको

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • 109 पटक पढिएको
  • फागुनपछि मेरै छोरो प्रधानमन्त्री बन्छ : मोहनप्रसाद

    बिर्तामोड / एमाले अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहन प्रसाद ओलीले फागुनपछि आफ्नो छोरो पुनः प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । मोहनप्रसादले पत्रकारसँगको कुराकानीमा छोरालाई आफूले आशीर्वाद दिएको भन्दै फागुनपछि पुनः पाँच वर्ष एकलौटी सरकार चलाउनेगरी छोरो प्रधानमन्त्री बन्ने दाबी गरेका हुन् । मोहनप्रसादले भने, –‘एमाले सबैभन्दा ठूलो पार्टी बन्छ । फागुनपछि मेरै छोरो प्रधानमन्त्री बन्छ त्यो पनि पाँच वर्ष एकलौटी चलाउने गरी, हेरि राख्नुस् ।’ओलीलाई सत्ताबाट षड्यन्त्र गरेर हटाएपनि जनताले फेरि सत्तामा पुर्‍याउने भन्दै उनले आफ्नो आशीर्वाद सधैँ रहेको बताए । दुईपट

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • 238 पटक पढिएको
  • प्रधानमन्त्री देउवा प्रदेश १ का बाढी प्रभावित क्षेत्रको अवलोकनमा

    बिर्तामोड  / प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रदेश १ का बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न आएका छन् । केही दिनअघि लगातार परेको वर्षाका कारण आएको बाढीपहिरो र डुबानग्रस्त क्षेत्र प्रदेश नम्बर १ को स्थलगत अवलोकन गर्न उनी आज पूर्वी नेपालको अवलोकन भ्रमणमा आएका हुन् ।सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खापुङसहितको टोली लिएर प्रधानमन्त्री आएका हुन् । स्वास्थ्य राज्य मन्त्री खापुङले आफूहरू हेलिकप्टरमार्फत बाढी, पहिरो प्रभावित क्षेत्रको अवलोकनमा हिँडेको बताए । प्रधा

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • 120 पटक पढिएको
  • सांसद खातुन मुख्यमन्त्री आचार्यलाई भोट हाल्न आउने चर्चापछि प्रहरी अलर्ट

    विराटनगर / फरार सूचीमा रहेकी नेकपा एमालेकी सांसद गुलेफुन खातुन मियाँ प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यलाई विश्वासको मत दिन आउने चर्चा चलेपछि प्रहरी अलर्ट बनेको छ । सरकारी कागजात किर्ते गरेको अभियोगमा अदालतबाट दोषी ठहर भएपछि फरार रहेकी खातुन मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिन प्रदेश सभाको बैठकमा आउने चर्चा चलेपछि प्रहरी ‘अलर्ट’ बनेको हो।सरकारी छाप र हस्ताक्षर किर्ते गरेको मुद्दामा उच्च अदालत विराटनगरले सांसद खातुनलाई एक वर्ष कैद र १४ हजार ५८३ जरिवाना सजायको फैसला सुनाएपछि फरार रहेकी उनी प्रहरीको खोजी सूचीमा छिन् । उनी मोरङबाट समानुपातिक सांसद हुन्।

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • 164 पटक पढिएको
  • मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    बिर्तामोड / प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासको मत लिँदैछन् । आज बस्ने प्रदेशसभाको बैठकमा आचार्यले शुक्रबार पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफल र मत विभाजन हुने भएको छ । प्रदेश सभा बैठक आज दिउँसो साढे १२ बजे बस्दैछ । शुक्रबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत माग्दै प्रस्ताव प्रदेश सभामा टेबुल गरेका गरेका थिए। बैठक सुरु हुनुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्ता र प्रतिपक्षी दलहरूबीच शुक्रबार प्रस्ताव टेबुल गर्ने र आइतबार उक्त प्रस्तावमाथि छलफल गरी प्रदेश सभामा मत विभाजन गर्ने सहमति भएको थियो ।  सोहीअनुसार आज

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • 103 पटक पढिएको
  • मदन भण्डारी हत्याकाण्ड : राष्ट्रपति भण्डारी र ओलीको भूमिका शंकास्पद

    बिर्तामोड / नेकपा एकीकृत समाजवादीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जिवराज आश्रितको हत्यामा राष्ट्रपति विध्या भण्डारी र पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीको भूमिका शंकास्पद रहेको बताएका छन् ।एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापा पुगेका नेता खतिवडाले श्रीमती मुलुकको राष्ट्रपति र आफूलाई मदन भण्डारीका असली हकदार दावी गर्ने ओली शक्तिशाली प्रधानमन्त्री रहेको समयमा समेत हत्याका विषयमा छानविन नभएको भन्दै नेता खतिवडाले दुवैको भूमिकामाथि आशंका गर्ने ठाउँ रहेको बताएका हुन् । पार्टी निकटको पत्रकार सङ्गठनले झापाको बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • 387 पटक पढिएको
  • एमाले सकियो भन्नेहरू बलेसीका पानीका फोका हुन्ः ओली

    बिर्तामोड / नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई समाप्त पार्छु भन्नेहरुलाई बलेसीको पानीको फोकाको संज्ञा दिएका छन् । देशभरका वडा अधिवेशनहरुलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले एमाले समाप्त पार्न गठबन्धन बनाएर दलहरू लागेको आरोप लगाएका हुन् ।    उनले भने, –‘हिजो एमालेलाई सरकारबाट हटाएपछि एमाले समाप्त हुन्छ भने । ती सवै बलेसीका पानीको फोका हुन् । जसले हाम्रा चरित्र हत्या गर्न खोजे लान्छाना लगाए । तर ती निरर्थक भए । एक समय लड्डु खाने जमाना पनि चल्यो, अबिर जात्रा गरे तर एमाले तुलना नै गर्न नसकिने गरी प्रमुख शक्ति हो ।’ तल्ला कमिटीलाई  सर्वसम्मत नेतृत्व छान

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • 102 पटक पढिएको
  • राष्ट्रपतिसमक्ष चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

    बिर्तामोड / राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि ब्राजिल, इटाली, माल्टा र दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि ब्राजिलका आवासीय राजदूत कार्लोस अल्वेर्टो माइकल्सेन डेन हार्टोगसहित इटाली, माल्टा र दक्षिणअफ्रिकाका गैरआवासीय राजदूतहरू क्रमशः भिन्चेञ्जो डि लुक्का, रुबिन गाउची र जोएल सिबुसिसो एन्डेबेलेले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।त्यस अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालय

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • 106 पटक पढिएको
  • आज देशभर एमालेकाे वडा अधिवेशन हुँदै

    बिर्तामोड / नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज देशभर वडास्तरका अधिवेशन हुँदैछन् । वडा अधिवेशनलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय गरिएको छ । एमाले केन्द्रीय कार्यालयले त्यसका लागि तयारी पूरा गरिसकेकामा हालैको बाढी पहिरोबाट प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुने जनाइएको छ । यस्तै यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ । एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटी

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • 98 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.