राजनीति

    Showing 8,511-8,520 of 10,447 items.
  • एमसीसीविरुद्धको प्रदर्शनले बानेश्वर तनावग्रस्त

    काठमाडौं  / एमसीसीविरुद्धको प्रदर्शनले बानेश्वर तनावग्रस्त भएको छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा नेपालसहित साना ६ घटक बामपन्थी दलले आइतबार पनि विरोध प्रदर्शन गरेका हुन् ।प्रदर्शनकारी उत्तेजित भएपछि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरिएको छ । एमसीसीविरुद्धको सडक संघर्ष निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोलनलाई आइतबार पनि निरन्तरता दिएका हुन् ।

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • 116 पटक पढिएको
  • एमसीसी पारित हुने प्रधानमन्त्री देउवाको दाबी

    काठमाडौं /  प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अब पारित हुने दाबी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल गरिएपछि सञ्चारकर्मीहरुसँग प्रधानमन्त्री देउवाले सम्झौंता अब पारित हुने बताएका हुन् । सत्ताघटकका नेताहरुले नै विरोध गरिरहेका बेला संसद बैठकबाट बाहिरिँदै सञ्चारकर्मीहरुलाई उनले ‘एमसीसी अब पास हुन्छ,’ भनेका हुन् । यसअघि बैठकमा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सहयोगसम्बन्धी सम्झौता अनुमोदनका लागि सदनमा टेबल गरेका थिए ।सत्ता घटक एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने आफ्नो पार्टीले एमसिसी पारित गर्ने निर्णय नगरेको बताएका छन् । संसद बैठकपछि नेपालले

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • 110 पटक पढिएको
  • प्रतिनिधि सभाको बैठक फागुन १२ गते सम्मका लागि स्थगित

    काठमाडौं / एमसिसी सम्झौता टेबल गरेपछि प्रतिनिधिसभा बैठक १२ गते सम्मका लागि स्थगित भएको छ ।सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेस गरेका छन् ।नेकपा एमालेका सांसदहरूले भने आज पनि नाराबाजी गरिरहे । एमालेसँगै  सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रका केही सांसदहरूले पनि उठेर नाराबाजी गरे । सत्ता गठबन्धनको आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठकमा एमसिसी संसद्‍मा पेस गर्ने सहमति भएको थियो ।

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • 109 पटक पढिएको
  • प्रतिनिधि सभा बैठकमा एमालेको अवरोध जारी

    काठमाडौं / प्रतिनिधिसभाको आइतबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालले अवरोध जारी राखेको छ । आजको बैठक शुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी शुरु गरेका हुन् । एमाले सांसदहरुले रोस्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् ।एमालेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसदलाई गरेको कारवाही सभामुख अग्नीप्रसाद सापकोटा कार्यान्यवयन नगरेको भन्दै एमालेले गत २३ भदौदेखि संसख अवरोध गर्दै आइरहेको छ ।आजको बैठकमा अमेरिकी सहयोग संझौता,मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेबुल गरिदैछ । बैठक शुरु हुनासाथ माओवादीका केही सांसद र एमाले नेता भीम रावलले राष्ट्रिय सहमतिबिना एमस

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • 77 पटक पढिएको
  • एमाले झापाका अध्यक्ष कार्कीद्वारा प्रदेश सरकार खारेजीको माग

    बिर्तामोड / नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीले सबै प्रदेश सरकार खारेज गर्न माग गरेका छन ।संविधान सभाका सदस्य समेत रहेका अध्यक्ष कार्कीले प्रदेश सरकार खर्चको काल मात्र भएको भन्दै केन्द्र र स्थानीय तह भए नेपालमा काफी हुने उनको तर्क रहेको छ ।प्रदेश  सरकारको कामै नभएको भन्दै अध्यक्ष कार्कीले समन्वयका लागि ७ सदस्यीय इकाई बनाइदिए प्रदेशमा परेका समस्या हेर्न सक्ने उनको भनाइ छ । आवश्यक परेको खण्डमा समन्वय इकाईका लागि सरकारले ७ जनालाई नियुक्त गर्न सक्ने उनले बताए ।प्रदेश सरकार व्यवहारमा चाहिन्छ जस्तो देखिदैन अध्यक्ष कार्कीले भने । यो खर्चको काल मात्र भएको र प्रदेश सरकारलाई दिइने बजेट त्यो सि

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • 101 पटक पढिएको
  • आज पनि एमसीसी विरुद्ध ६ पार्टी र २ मोर्चाले प्रदर्शन गर्ने

    काठमाडौं /  ६ कम्युनिष्ट पार्टी र २ मोर्चाले आज एमसीसीको विरुद्धमा प्रदर्शन गर्ने भएको छ ।एमसीसी जस्तो सुकै अवस्थामा पनि खारेज हुनुपर्ने बताउँदै उनीहरूले आज आइतबार संसद् भवन घेराउ र देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने निर्णय गरेका हुन् ।६ कम्युनिष्ट पार्टी नेकपा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसालसहित २ मोर्चाले नेपालमा अहिले एमसीसी विरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको निष्कर्ष निकालेका छन् ।नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेकपा, चित्रबहादुर केसी नेतृत्वक

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • 96 पटक पढिएको
  • सत्ता गठबन्धनको बैठक सुरु

    काठमाडौं / एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।एमसीसी संसद्‌मा पेश गर्ने कि नगर्ने भन्ने विषयमा सत्ता गठबन्धन दलबीच अझै मतभेद कायम छ । एमसीसीमा उपयुक्त विकल्प खोज्ने आजको बैठकबाट प्रयास गरिने बताइएको छ ।सत्ता गठबन्धनमा एमसीसीबारे साझा धारणा बनाउन यसअघि पटक – पटक छलफल भएपनि निष्कर्षविहीन भएका थिए । गत शुक्रबार बसेको गठबन्धनको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारको बैठक निर्णायक हुने बताएका थिए । त्यसैले आजको बैठकलाई चासोका साथ हेरिएको छ ।आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी अ

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • 87 पटक पढिएको
  • बिर्तामोडमा एकीकृत समाजवादीको वडा कमिटी गठन

    बिर्तामोड / नेकपा एकीकृत समाजवादी बिर्तामोड ७ को वडा भेलाले अनिता पौडेल खत्रीको अध्यक्षतामा ३५ सदस्य वडा कमिटी गठन गरेको छ ।जसमा उपाध्यक्षहरू महानन्द भण्डारी, महेश मालपाडिया, गङ्गा कार्की, सचिव उर्मिला खरेल, उपसचिव कल्पना भट्टराई चयन भएका छन् ।बिर्तामोड नगर कमिटी अध्यक्ष श्रीप्रसाद सिटौलाको अध्यक्षतामा भएको भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य पुष्प पोखरेलले केपी ओलीले पार्टी राजा ज्ञानेन्द्रलाई बुजाउन लागेपछि पार्टी बचाउन विद्रोह गर्नु परेको बताए ।पार्टी प्रदेश कमिटी सदस्य विमल उप्रेती र प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले भेलालाई सम्बोधन गर्दै महिला नेतृत्वलाई वडाको जिम्

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • 103 पटक पढिएको
  • विगतमा गरेको गल्तीप्रति माफी माग्न चाहन्छु : कमल थापा

    काठमाडौँ / राप्रपा छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको अध्यक्ष कमल थापाले आफूले विगतमा गल्ती गरेको भन्दै माफी मागेका छन् । शनिबार राप्रपा नेपालको घोषणा गर्दै उनले पाँच वर्षयता आफूहरूले बाटो बिराएको र धेरै गल्ती गरेको बताएका हुन् ।पार्टी ठूलो बनाउने नाममा असहज र अस्वाभाविक सम्झौताहरू गर्नु र पटक पटक सरकारमा जानु गल्ती भएको उनको भनाइ रहेको छ ।पाँच वर्षको अलमलमा हामीले राप्रपा नेपालको नाम गुमायौ, लोकप्रिय चुनाव चिह्न गाई गुमायौ’ उनले भने ‘आज राप्रपा नेपालको अभियान प्रारम्भ गर्दा म माफी माग्न चाहन्छु, विगतमा गरेको गलत सम्झौताको परिणाम भोगिसक्यौ ।’

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • 97 पटक पढिएको
  • गौतमबुद्ध विमानस्थलबाट एअरलाइन्सको विमान मार्फत परीक्षण हुन्छ : मन्त्री आले

    भैरहवा / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एअरलाइन्सको विमान मार्फत परीक्षण उडान गर्ने बताएका छन् ।शनिबार सो विमानस्थलको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यान्त्रिक परीक्षण सम्पन्न भइसकेपछि नेपाल एअरलाइन्सको ध्वजाबाहक विमानबाट परीक्षण उडान सुरु गर्ने बताएका हुन् । परीक्षण उडानपछि विमानस्थल उद्घाटनको तयारी समेत गर्ने उनको भनाइ छ । बुद्ध जयन्तीमा विभिन्न देशका बौद्ध धर्मावलम्बिहरु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउने उनले बताएका छन् ।टर्मिनल भवन टी–२ को लागि अर्थमन्त्रीसँग कुरा भएको जानकारी दिदै उनले टी–२

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • 114 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.